अन्तरवार्ता

अब यो सरकारको काम छैन

चन्द्र भण्डारी, कांग्रेस नेता/गुल्मीका सांसद कांग्रेसको मझौला पुस्ताका नेता चन्द्र भण्डारी अहिलेको विवादास्पद प्रदेश नं. ५ (गुल्मी) का हुन् । संविधानको बहुचर्चित संशोधन प्रस्ताव दर्ता नभए पनि प्रदेश ५ चलाइने कुराले अहिले त्यतातिर आगो दन्किसकेको छ । उक्त प्रदेशको सिमाना हेरफेरका निम्ति दलीय रुपमा त्यताका नेता विभाजित छैनन् । संशोधनको मामिलामा स्वयं नेपाली कांग्रेस पनि प्रष्ट भूमिकामा उभिएको छैन । द्विविधाग्रस्त नेतृत्व र निर्णयहीनताका कारण… विस्तृत समाचार

नत्र उतिबेलै नेपालमा मरिसक्थें

भरतसमशेर राणा, पुराना राजनीतिज्ञ राणाको छोरा भइकन नेपालमा प्रजातन्त्र र गणतन्त्रको यात्रामा अविचलित लागि परेका भरतसमशेर अहिले भारतको कोलकाता शहरमा गुमनाम जीवन बिताइरहेका छन् । एक समय केही न केही बोलेर नेपाली राजनीतिमा चर्चामा आइरहन्थे । खुकुरी दल, गोर्खा परिषद्जस्ता पार्टी हुँदै बीपीको प्रभावले नेपाली कांग्रेसमा आवद्ध भए । तर, गिरिजाप्रसाद कोइरालासँग लामो समय खटपट रह्यो । कृष्णप्रसाद भट्टराई पक्षधरका रुपमा चिनिए । ८९ वर्षका… विस्तृत समाचार

इण्डियाले त्यसो गर्न लाग्यो

श्रीहरि अर्याल, वरिष्ठ अधिवक्ता/अध्यक्ष– ट्रान्सपरेन्सी इन्टरनेशनल अदालतमा न्याय चाहने र दिनेभन्दा बढी दलालहरुको बिग्बिगीलाई आफ्नो अध्ययन प्रतिवेदनमै उल्लेख गरेका वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल त्यस्ता वकिल हुन्, जसको प्रष्ट बोल्ने बानीका कारण बेञ्चमा बस्ने न्यायाधीश पनि धेरै कुरा सोचेरमात्र बोल्छन् । अर्थात्, अदालती भ्रष्टाचारलाई उदाङ्गो पारेर पारदर्शीताको कुुरा उठाउने व्यक्ति हुन् उनी । तर, उनको प्रतिवेदन अहिले न्यायप्रशासनमा सुरक्षित छैन । पहिलाका कांग्रेस । अहिले पार्टीहरुका… विस्तृत समाचार

अराजकता ल्याउन र ‘कू’ हुनसक्छ

– पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता/संवैधानिक कानुनविद् नेपालमा कमर्सियल लका थोरै विज्ञ छन्, तीमध्येका अग्रणी मानिन्छन्, पूर्णमान शाक्य । सँगै उनी संवैधानिक कानुनका ज्ञाता पनि हुन् । आस्थाले कांग्रेसनिकट, तर कांग्रेसकै कार्यशैलीको खुलेर आलोचना गर्ने वकिल मानिन्छन् । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति क्रममा उनको नाम पनि चर्चामा थियो । तर, सिफारिस हुनेबेलासम्ममा कुरै उल्टियो । यसकारण पनि आफू आस्थावान पार्टीको आलोचना गर्न पछि पर्दैनन् । ०… विस्तृत समाचार

हामी भित्रैबाट पनि बदमासी भएको छ

पुरुषोत्तम पौडेल, पूर्वमन्त्री तथा एमाले सांसद कांग्रेस–एमाले गठबन्धनको सरकारमा युवा तथा खेलकुद मन्त्रालय सम्हालेका पुरुषोत्तम पौडेल लोकमानपीडित हुन् । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्ति प्रकरणमा एमालेभित्र उत्पन्न विवाद पार्टीकै केही नेताको उक्साहटमा अख्तियार पु¥याइयो । अख्तियारले क्षेत्राधिकार नाघेर मन्त्रिपरिषद् सदस्यलाई स्पष्टिकरण सोध्ने काम ग¥यो । तत्कालिन उर्जामन्त्री राधा ज्ञवाली पनि यसरी नै लोकमानबाट पीडित भइन् । अन्ततः सरकारको स्वाभाविक बहिर्गमनपूर्व नै उनले राजीनामा दिइन्… विस्तृत समाचार

नत्र मैले त्यहीं हात हाल्थें

यशोदाकुमारी लामा, सांसद सिन्धुली, भिमानकी यशोदाकुमारी लामा कहिले एमाले, कहिले कांग्रेस हुँदै पछिल्लो समय विश्वेन्द्र पासवानको पार्टीमा लागिन् । दोस्रो संविधानसभाबाट सांसद त बनिन्, तर पासवानसँग सम्बन्ध राम्रो रहेन । संसदीय दलको नेतादेखि पार्टीको तर्फबाट मन्त्री हुने व्यक्तिसम्बन्धी विवाद चर्कंदा दुई सीटे पार्टी फुटाइन् । आफू एउटा र विश्वेन्द्र अर्कै पार्टीका भए । तर, पार्टी फुटाए पनि मन्त्री बन्न सकेकी छैनन् । ओली सरकारमा मन्त्री… विस्तृत समाचार

यो सरकारमाथि अब हाम्रो समर्थन रहँदैन

महेन्द्र राय यादव, अध्यक्ष– तराई–मधेस सद्भावना पार्टी लामो समय एमालेको राजनीतिमा रहेका, मन्त्री पनि भएका महेन्द्र राय यादवले ०६४ को पहिलो संविधानसभा निर्वाचनपूर्व सांसद पदबाट राजीनामा दिँदै एमाले परित्याग गरेका हुन् । एमालेले मधेसको मुद्दा नबोकेको नाममा राजीनामा गरेका उनी पहिला महन्थ ठाकुर नेतृत्वको तमलोपामा गए । पछि पार्टी फुटाएर तराई–मधेस सद्भावना पार्टीको अध्यक्ष छन् र उनीसँग तीनजना सांसद । सर्लाहीबाट अर्का मधेसवादी अगुवा राजेन्द्र… विस्तृत समाचार

खानेको चाहिँ केही दोष हुन्न ?

राजेशपायल राई, गायक ४२ वर्षकै हट्टकट्टा उमेरमा ‘वारी जमुना, पारी जमुना’ का गायक खेमराज गुरुङको देहान्त भएको छ । उनको देहान्तको घाउ राजेशपायल राईहरूको मनमा आलै छ । त्यसमा पनि खेम अस्वस्थ भएर अस्पताल भर्ना भएको खबर पाउनासाथ उपचार र रेखदेखमा राजेशपायलसहितका कलाकार सक्रियतासाथ जुटे । खेमको परिवारका सदस्यहरू हङकङ र बेलायत हुनाले हो, साथीभाइले अस्पतालमा सक्रिय हुनुपरेको । राजेशपायल आफैँ पनि खेमको जस्तो रोगको… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top