अन्तरवार्ता

​मेरी छोरीको कुरा कोट्याएर किन समय खेर फाल्ने ?

विरोध खतिवडा, नेकपाका सांसद विरोध खतिवडा परिपक्व सांसद मानिन्छन्, जसले ०४८, ०५१ र ०५६ का संसदमा आफूलाई उपस्थित गराइसकेका छन् । यसै कारण संसदीय अभ्यासका कतिपय त्रुटीमाथि पहिलो नजर उनकै लाग्ने गरेको छ । प्रत्येक समय कुनै न कुनै विषयमा चर्चा वा विवादमा आइरहनु विरोधको नियति नै बनेको छ । पेशाले कानुन व्यवसायी हुन् । ०४८ मै दोस्रो विवाहको कारण चर्चामा आए । अहिले उनकी… विस्तृत समाचार

​दुई जनाले केही छुनै दिएनन्

वेदुराम भुषाल, नेकपाका स्थायी कमिटी सदस्य पूर्वएमाले पंक्तिभित्रका वैचारिक नेता हुन्, बेदुराम । माधव नेपालपक्षीय मानिने उनी पार्टी जिम्मेवारीमा पटक–पटक पछाडि पारिएका छन् । गत राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ३ बाट उम्मेदवार थिए । तर, अन्तिम अवस्थामा ‘पार्टी निर्णयका आधारमा’ फिर्ता भयो । यसचोटि पार्टीको सांगठनिक एकताका लागि स्थायी कमिटी बैठकले ९ सदस्यीय कार्यदल बनाउँदा उनी पनि थिए । कार्यदलको पटक–पटक बैठक बस्यो । तर,… विस्तृत समाचार

हामी त खञ्चुवा मात्र भएछौं ।

–दीपेन्द्रबहादुर क्षेत्री, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर  देशको आर्थिक परिचालनको स्थितिमाथि अहिले प्रश्न उठिरहेको छ । राजस्व लक्ष्य पूरा नहुने पुरानै रोग बढेको छ । आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन गर्ने सरकारको नीति ठीक उल्टोसँग अगाडि बढेको छ । अर्थात्, निर्यात ठप्पप्रायः र आयात आकाशिँदो छ । यस्तै सन्दर्भमा नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले केही विश्लेषण गरेका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि भएका उनी माओवादीसँग… विस्तृत समाचार

​आफैं कमजोर हुँदाको फल पायौं

प्रकाशशरण महत, कांग्रेस सहमहामन्त्री  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस महासमितिको बैठक अपुरो अवस्थामा हालै सम्पन्न भएको छ । बैठक विधिसम्मत चलेन भन्ने गुनासोको भारी बोकेर महासमिति सदस्यहरु घर फर्किएका छन् । र, कांग्रेसले बहुपदीय विधिबमोजिम अन्तरविरोध हल गर्ने उपाय निकालेको छ । तर यसमा सहमहामन्त्री प्रकाशशरण महत भागबण्डा भएको स्वीकार्दैनन् । ० संघीयता र समावेशिता भन्दै पार्टीको विधानमा भागबन्डा कसरी अटायो ? – भागबण्डा होइन, सर्वसम्मत… विस्तृत समाचार

गुट हैन, ‘भेरिगुड’ भएर जाऔँ न

रामवीर मानन्धर, नेकपाका सांसद, काठमाडौं– ७ सांसद बन्नुअघि रामवीर मानन्धर मामुली राजनीतिक कार्यकर्ताका रूपमा काठमाडौं महानगर–१६ बाट दुइचोटि निर्वाचित वडाध्यक्ष, सिनेमा हल व्यवसायी मात्र थिए । तर, जब उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनबाट संसद्मा प्रवेश गरे, चर्चामा आइरहे । यसचोटि नेकपाका सचिवालय नेता वामदेव गौतमलाई संसद् प्रवेश गराउन आफूले जितेको क्षेत्र छाडिदिने तयारीका कारण उनी बढी चर्चामा आए । यस्तो गर्दा उनको आलोचना पनि… विस्तृत समाचार

​कहाँ–कहाँबाट आयो मलाई के थाहा

डा. केबी रोकाया, ईशाई धर्मका अगुवा÷मानवअधिकार आयोगका पूर्वसदस्य इसाइ समुदायका अगुवा हुन्, केबी रोकाया । वास्तविक नाम कालीबहादुर । केही समय राष्ट्रिय मानवअधिकार आयोगको सदस्य रहे । भनिन्छ, नेपालमा संसारभरका क्रिस्चियनहरुको लबिङका कारण संविधानमा धर्मनिरपेक्षता लेखियो । तर, त्यही धर्मका सबभन्दा अगुवा केबी अहिले धर्मनिरपेक्षताको विरोधमा छन् । उनी पहिला राजाको समर्थक, केही समय माओवादीको सल्लाहकार । हाइड्रो इञ्जिनियरिङमा विद्यावारिधी गरेका उनले पढाईको विषयभन्दा बढी… विस्तृत समाचार

मेरो पनि बेला आउँछ, हेर्दै जानुहोला : रेवती भण्डारी, पूर्वसांसद (नेकपा)

रेवती भण्डारी, पूर्वसांसद (नेकपा) - कानुन व्यवसायी सुनसरी– २ बाट ०७० को दोस्रो संविधानसभा निर्वाचनमा भारी मतका साथ विजयी भए रेवती भण्डारी । कानुनी पृष्ठभूमिका उनी संसदीय गतिविधिलाई मिहिन ढंगले अध्ययन गरिरहेका छन् । केही समय अध्यापन र कानुन व्यवसायीको रूपमा पनि काम गरे । अहिले तिनै अनुभवहरु प्रदेशसभाका सांसद, सभामुख र नीति निर्माताहरुमा बाँडिरहेका छन् । तत्कालीन एमाले जिल्ला अध्यक्ष र केन्द्रीय आयोगको सदस्यसमेत… विस्तृत समाचार

​मान्छेले हामीलाई बहुलायौ भने !

शंकरनाथ रिमाल, वास्तुविद् (इञ्जिनियर) ०१९ सालअघि नेपालको झण्डामा एकरुपता थिएन । कसैले माथिल्लो भागको त्रिभुज लामो बनाउने त कसैले तल्लो भागको । लम्बाइ, चौडाइ र उचाइमा एकरुपता नहुने, चन्द्रमा एक ढाँचाको, सूर्य अर्कै ढाँचाको । ०१९ सालमा संविधान मस्यौदा समिति बन्यो । अनुसूचीमा उल्लेख गर्नका लागि झण्डाको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरियो, जसलाई पाइथागोरस त्रिकोण भनिन्छ । यो भनेको ३,… विस्तृत समाचार

​बीचमा म किन जान्ने हुनु ?

हरि वैरागी दाहाल, एमाले नेता राजनीतिमा एकथरि हुन्छन्, पार्टीले काम, भूमिका र जिम्मेवारी दिइरहने । तर, जति दिएर पनि नपुग्ने । एउटालगत्तै अर्को भूमिका खोज्न बिहान–बिहानदेखि नेताकहाँ धाउने । तर, हरि वैरागी दाहाल त्यस्ता उदाहरण हुन्, पार्टीले दिएको काम सकेर बचेको समय जनतासँगका प्रतिबद्धता आफ्नै पहलमा पूरा गर्न लागिरहने । तत्कालीन एमालेको कुनै पद, भूमिकामा थिएनन् । यसो हुँदैमा उनी निस्क्रिय बस्नुपर्छ भन्ने मान्दैनन् ।… विस्तृत समाचार

सकिन बाबा, सकिन भन्दिनु भएछ

डा. शोभाकर पराजुली, कांग्रेस नेता कांग्रेसभित्र वैचारिक अभ्यासमा तल्लिन थोरै नेता छन्, तीमध्येका हुन्, डा.शोभाकर पराजुली । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर (एमपिए) गरेका उनले हालै भारत, राजस्थानस्थित सिंहानिया विश्वविद्यालयबाट पिएचडी सकेका छन् । कांग्रेस केन्द्रीय कार्यालयको मुख्यसचिव, केन्द्रीय सदस्यजस्तो जिम्मेवारी निभाइसकेका उनले बाराबाट निर्वाचनमा पराजित भएपछि अध्ययनमा लागेर पिएचडी गरेका हुन् । पार्टीभित्र देउवाविरोधी भएका कारण हिजोआज अलिक फुर्सद पाएका छन् । ० प्रतिपक्षका रुपमा… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top