रोचक प्रसङ्ग

चुम्बन गर्दा च्याप्पै

केटी साथीलाई चुम्बन गरेको आरोपमा आठ वर्षीया बालिका पक्राउ परेकी छन् । युगाण्डाको राजधानी कम्पालामा निकालिएको समलिंगी जुलुसलाई प्रशासनले रोकेको केही दिनपछि नै बालिका पक्राउ परेकी हुन् । छिमेकीले निज बालिकाले अरु बालिकासँग आपत्तिजनक व्यवहार गर्ने गरेको आफूले पटक–पटक देखेको रिपोर्ट प्रहरीमा दिएकी थिइन् । प्रहरीले बालिका समलिंगी हो वा होइन, पत्ता लगाउने जिम्मा गुप्तचरलाई सुम्पेको छ । युगाण्डाका नैतिक तथा सत्यनिष्ठा मन्त्री सिमोन लोकोडो… विस्तृत समाचार

आमालाई सम्झेर

बेलायती राजकुमार ह्यारी सुटुक्क पूर्वी लण्डनस्थित मिल्डमे अस्पताल पुगेका छन्, जहाँ उनकी आमा डायना एड्स रोगी मार्टिनलाई म्वाइ खाएपछि आलोचित बनेकी थिइन् । डायना उक्त अस्पतालमा १७ पटक गइन् । ह्यारी गत वर्ष पनि पुगेका थिए । उनले २६ वर्षीया एचआइभी संक्रमित महिलालाई भेटेर फर्केका छन् । २४ वर्षअघि ती महिलाले डायनाको घुँडा च्याप्प समाउँदा ह्यारी आमासँगै थिए । विस्तृत समाचार

अंगमा अचम्म

केन्याली एक युवक अनौठो रोगको कारण निराश छन् । २० वर्षीय सोरेन्सो ओविती ओपियोलाई १० वर्षअघि यस्तो रोग लागेको हो । उक्त रोगकै कारण उनको शिश्न सामान्य युवकको भन्दा १० गुणा ठूलो छ, अर्थात् घुँडासम्म लत्रिएको । किसुमु काउन्टीका सोरेन्सोले असामान्य यौनांगकै कारण स्कुल छाड्नुपरेको छ । कमिज र पाइन्ट लगाउन अप्ठ्यारो छ । पाँच वर्षकै उमेरमा अनाथ भएपछि बज्यैकोमा बस्दै आएका उनको एकपटक शल्यक्रिया… विस्तृत समाचार

उत्तरमा हो, म उभयलिंगी

अमेरिकी अभिनेत्री तथा गायिका १९ वर्षीया बेला थोर्नले आफू उभयलिंगी भएको रहस्य खोलेकी छन् । ट्विटरमा एकजना प्रशंसकले तपाईं उभयलिंगी हो ? भनेर सोधेको प्रश्नमा जवाफ दिएकी छन्, ‘हो ।’ यसै साता एउटी युवतीलाई म्वाइ खाइरहेको फोटो सार्वजनिक भएपछि उक्त प्रश्न उठाइएको हो । यसअघि अभिनेता ग्रेग सुल्किनसँग प्रेम गरेकी थिइन् । एक वर्षपछि गत अगस्तमा मात्र अलग्गिएकी हुन् । विस्तृत समाचार

नग्न न्यायाधीश

नांगो फोटो सार्वजनिक भएपछि न्यायाधीशले त्यसो गर्न पाउने कि नपाउने भन्ने बहस न्युजिल्याण्डमा चर्किएको छ । ती न्यायाधीश रोलेस्टोनस्थित पाइनग्लेड्स प्राकृतिक क्लब पुगेका थिए, जहाँ सबै सर्वांग नांगिएर हिँडडुल गर्छन् । इन्टरनेटमा ती न्यायाधीशको सबै अंग देखिने तस्बिर र नांगै खेलकुदमा रमाइरहेको फोटो सार्वजनिक भएको थियो । त्यहाँका मुख्य न्यायाधीश ज्याँ–मेरी डुघले ती न्यायाधीशले आचारसंहिता भंग नगरेको दाबी गरेकी छन् । विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top