सम्पादकीय

सिद्राको व्यापार नहोस् है श्रीमान्

अहिले जताततै मोदीको चर्चा छ । हुन पनि भारतीय प्रधानमन्त्रीले दशकौंसम्म नेपालको भ्रमण नगर्ने तर नेपाली प्रधानमन्त्रीले शपथ खाएजस्तै अनिवार्य रूपमा उता जानै पर्ने अवस्था रहिआएकोमा क्रमभंग गर्दै ३ वर्षको अवधिमा तेस्रोपटक उनी नेपाल आउँदै छन् । नेपालले नसोचेको बेला निकै आक्रामक भएर नाकाबन्दीको तहसम्म उत्रिएका मोदीले आफ्नो गल्ती सच्याउने प्रयासस्वरुप यो भ्रमण गरेकामा दुईमत छैन । छिमेकीसँग पञ्चशीलमा आधारित सम्बन्ध राख्ने नेपालको परराष्ट्र नीति… विस्तृत समाचार

​अगुवाहरुलाई चिन्ने अवसर

छिमेकीको प्रभाव हाम्रो आन्तरिक राजनीतिमा नपरोस् भन्ने चाहना नेपाली जनताले पछिल्लो निर्वाचनको बेला मतदानमार्फत व्यक्त गरिसकेका छन् । तर, भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणले सत्तारुढ दुई दलहरु एमाले र माओवादीबीचको एकतालाई समेत प्रभाव पारेको छ । केपी ओलीको भारत भ्रमणभन्दा अगाडि नै दुई दल एक भएको भए कुनै पनि खेलाडीको अनधिकृत प्रवेशले त्यसलाई भाँड्नसक्ने थिएन । बरु राष्ट्रवादको पक्षमा ऐक्यबद्धता जनाउँदै नेपाली जनताले दिएको जिम्मेवारी र… विस्तृत समाचार

विश्वास नतोड, मन नमोड

एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयको अन्तिम टुंगो लगाउने जिम्मा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएसँगै फेरि एकता यता न उता त हुने होइन भन्ने प्रश्न उठेको छ । दुवै जना ठूला नेताको अप्रत्याशित निर्णय गर्ने बानीले सकारात्मक परिणामको सम्भावनाजति छ त्यति नै मात्रामा कुरा बिग्रने पनि सम्भावनालाई कसैले नकार्न सक्दैन ।… विस्तृत समाचार

एकैचोटि कायापलट त कहाँ हुन्छ र !

प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो विदेश भ्रमणको रूपमा भारत यात्रा गरिसकेका छन् । यो भ्रमण समाप्तिसँगै एउटा नयाँ बहसको थालनी भएको छ– के पहिलोचोटि भारतसँग यति कडिकडाउ र प्रस्ट कुरा राख्नेले सहमतिहरूको कार्यान्वयनमा पछिसम्म पनि यही स्पिरिट कायम राख्लान् ? यो भ्रमणबाट उनले नेपालको स्वाधीन र सार्वभौमिकताको सम्मान गर्न भारतलाई सहजै मनाएर फर्किएकै हुन् ? सँगसँगै यो भ्रमणलाई नेपालको सन्तुलित कूटनीतिको दायराभित्र राख्ने ठोस कदमका… विस्तृत समाचार

​शिर झुकाउने काम नहोस् सरकार !

दुईतिहाइ बहुमतप्राप्त शक्तिशाली प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो विदेश भ्रमणका रूपमा प्रधानमन्त्री केपी ओली भारत जाँदै छन् । उनको यो यात्रा धेरै अर्थमा महŒवपूर्ण छ तर त्यसलाई उपलब्धिमूलक बनाउन जे–जस्तो तयारी र छलफल आवश्यक पथ्र्यो त्यो गम्भीरता नेपाली पक्षले महसुस नगरेझैं देखिएको छ । हो, भारतसँगको निर्भरता र उसले बेलाबखत गर्ने गरेको हेपाहापूर्ण व्यवहारले ओलीलाई मागको सूची बोक्न दिँदैन । किनकि अन्यायपूर्ण तवरले भारतबाट भएको नाकाबन्दीको… विस्तृत समाचार

​बोलीमा हैन, काममा विश्वास

आमनेपालीले अपेक्षा गरेझैं बलियो जमसमर्थन र उच्च शासकीय शक्तिसहितको सरकार प्राप्त भएको छ । तर, कतै यो सरकार पनि विगतका असफल र जनभावनाको सम्बोधन गर्न नसक्ने गरी डामिएका सरकारजस्तै पो हुने हो कि भन्ने चिन्ता पनि व्याप्त छ । हालका प्रधानमन्त्री अनेकौं दबाबबाट मुक्त रहुन् अनि आफूलाई राष्ट्र र जनताको सेवामा एकसूत्रीय ढंगले समर्पित गर्न सकुन् भन्ने चाहना जनताले राखेका छन् । तथापि, मन्त्रिमण्डलको विस्तार… विस्तृत समाचार

घुमेर मात्रै के हुन्छ हजुर !

पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिक नेपाल भ्रमण निकै अर्थपूर्ण रहेको छ । नेपालले नयाँ युगमा फड्को मार्ने प्रयास गर्दै गर्दा यसले आफ्नो कूटनीतिक दायरालाई के–कति फराकिलो पार्न सक्छ वा आफूलाई परम्परागत रूपमा कुनै एक राष्ट्रको अघोषित संरक्षणमै सीमित गर्छ भन्ने प्रश्न यो आकस्मिक भ्रमणले उब्जाएको विश्लेषकहरूले टिप्पणी गरिरहेका छन् । हुन पनि पहिले नै भावी प्रधानमन्त्रीलाई शुभकामना दिन भारतीय विदेशमन्त्रीले गरेको यात्राझैं ‘मात्र शुभकामना तथा बधाईका’ निम्ति… विस्तृत समाचार

नयाँ अवतारलाई निमन्त्रणा

राष्ट्रियसभा निर्वाचनको समाप्तिसँगै अब नयाँ सरकार गठनको अवरोध हटेको छ । बरु, नयाँ सरकारका सम्भावित सहयात्रीहरू भनेर चिनिएका एमाले र माओवादीका आन्तरिक र आपसी बेमेलहरूले पो कतै विलम्ब गराउने हो कि भन्ने चिन्ता छ । मुलुकलाई नयाँ ढंगले अगाडि बढाउन र एकसूत्रीय रूपमा संविधानको पूर्ण कार्यान्वयन तथा राष्ट्र विकासको गतिलाई तीव्रता दिन, जनताले दिएको म्याण्डेट सार्थक बनाउन वाम दलहरू जिम्मेवार भएर अघि बढ्नुपर्ने देखिएको छ… विस्तृत समाचार

सबै काम अहिले नै तमाम

प्रदेश तथा प्रतिनिधिसभा चुनाव सम्पन्न भएको विषयलाई ठूलो राजनीतिक उपलब्धि भन्दै समाचार, विश्लेषण र संविधानका धाराहरु झिकेर अनेकन व्याख्या–विवेचना भयो । निर्वाचन आयोगले भनिसकेको थियो, सम्पन्न भएको चार दिनभित्र सम्पूर्ण मत परिणाम दिइसकिने छ । तर, ‘सम्पूर्ण परिणाम’ मध्ये अन्तिम परिणामका रुपमा रहेको प्रतिनिधिसभा समानुपातिकतर्फको निम्ति देशवासीले अझै कम्तिमा २०–२२ दिन कुर्नुपर्ने स्थिति छ । चुनाव सम्पन्न हुनु नै संविधान कार्यान्वयनमा महŒवपूर्ण उपलब्धि नतिजा भन्दै… विस्तृत समाचार

​खेलको नियम झन खतरा

संविधानभन्दा संविधानवाद पहिला हुन्छ । संवैधानिक सर्वोच्चताको हल्ला होइन, संविधानवादले के भन्छ, राजनेता त्यता लाग्नुपर्छ । राजनीतिक विश्लेषक कृष्णमुरारी भण्डारीले एउटा राजनीतिक टिप्पणीमा लेखेका छन्, ‘ज्यामी वकिलहरू सरकार परिवर्तनका निम्ति गोठैपिच्छे फरक घाँस बोकेर खुवाउन हिँडिरहेछन् । यसले संविधानवादलाई समाप्त पार्छ ।’ अर्थात्, संसदीय व्यवस्थामा संसदीय मूल्य र मान्यता पहिलाको कुरा हुन्छ । नियमअनुसार खेल खेलिनुपर्छ । फुटबलमा भलिबलको नियम लगाइयो भने तुलेगाँडो व्याख्या मात्र… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

Prabhu Bank Ltd.
Top