जीवन को रंग

​हन्टिङले यतातिर हान्दा

पाएसम्म मुर्गा खोज्ने, नभेटे आफैं चलचित्र निर्माण गरेर टाट बन्नेहरूको लस्कर बढ्दै जान थालेको छ । यस्तै टाट पल्टिएका फिल्मकर्मीहरूको भीडमा अर्काे एक नयाँ निर्माता भेटिएका छन् । अघिल्लो आर्थिक वर्षमा झन्डै ९० चलचित्र निर्माण भएकामध्ये दर्जन हाराहारीमा चलचित्रले मात्र नाफा कमाए । बाँकी चलचित्रले पानीसमेत पिउन पाएन । चलचित्रको भीडमा अर्काे चलचित्र पनि थपिएको छ नेप्टे । रोहित रुम्बाले निर्माण गरेको ‘नेप्टे’ मा अभिनेता… विस्तृत समाचार

​बसन्तको विदेश बास, बेग्लै उल्लास

दशकभन्दा लामो समयदेखि निरन्तर प्रेमिल काव्य सिर्जनामा सक्रिय छन्, व्यापारिक पृष्ठभूमिका कवि÷गीतकार बसन्त चौधरी । यसचोटि फेरि अष्ट्रेलिया बस्ने नेपाली र हिन्दीभाषी समुदायमाझ गुञ्जिएका छन् । बसन्त कवितामा माया प्रेम मात्र खोज्दैनन्, देशप्रेमको न्यानो अंगालो पनि रोज्छन् । गीत अनि गजलमा उत्साह र उमंग मात्र होइन कि साहस र प्रेरणा थप्छन् । सिड्नीमा नेपालीमाझ उन्मुक्त गुञ्जिँदा दर्शकहरु रोमाञ्चित भएको क्षण अविष्मरणीय थियो । बसन्तले सुनाएका थिए, … विस्तृत समाचार

ढलेपछि ढकाल, सम्झनामै बेहाल

एमाले लुम्बिनीतिरका नेता–कार्यकर्ताले खाइलाग्दा नेता रामनाथ ढकालसम्बन्धी स्मृति ग्रन्थ’ त निकाले तर न मिति सही छ, न भाषासम्पादक । ग्रन्थका प्रमुख संरक्षक विष्णुप्रसाद पौडेल र प्रधानसम्पादक खिमलाल भट्टराईलाई कहाँ फुर्सद हुनु यस्ता झिनामसिना कुरा हेर्न ? बिचरा पाठक दिमाग चाटिएर रुनु न हाँस्नु भइदिन्छ । उनको जन्म धेरैले २०१९ भन्दा झपेन्द्र जिसी २०१८ लेख्छन् । निधन माधवकुमार नेपालले चैत २०, अन्यले २२ र डा. प्रेमराज… विस्तृत समाचार

​चोरमाथि चकार, बल्ल गल्ती सकार

अल्मोडा राणा उप्रेती, अर्थात् पुराना सांगीतिक रचना तोडमरोड गरी आफ्नो बनाउन माहिर संगीतकार । यिनैले हो, ‘नाइलनको सारीमा’ देखि ‘चिप्पक चिप्पक’, ‘फोन्टास्टिक...वन्डरफुल’, हुँदै पछिल्लो समय ‘कृ’ को ‘उकालीमा पछि पछि’ लाई आफ्नो रचनाका रुपमा पेश गरेको । गरे अल्मोडाले, तर मतियार बन्दा सजायँ भोगे चलचित्र निर्माता सुवाष गिरीले । सुवाष घानमा पर्नु, अल्मोडाहरु उम्किनुको रमाइलो प्रसंग अर्कै छ । चलचित्र विकास बोर्डका कारण सुवाष त्यो… विस्तृत समाचार

​कमरेडको भीडमा कोलाहल

विषय मामुली हो, स्वागत मन्तव्यको । तर, यही विषयलाई लिएर अहिले महाभारत मच्चिएको छ माओवादीनिकट जनसांस्कृतिक महासंघमा । प्रसंग हो, प्रतिरोध दिवसको । चैत ५ गते राष्ट्रिय सभागृहमा पूर्वप्रधानमन्त्री प्रचण्डको आतिथ्यमा कार्यक्रम सम्पन्न भयो । माओवादी निकट आठ जनसंस्कृतिकर्मी रायन, जीवन शर्मा, विमल निभा, सीता आचार्य, सुभाष गजुरेलसहित राष्ट्रिय सम्मानबाट सम्मानित भए । जसै कार्यक्रम सकियो तर सरल सहयात्री र विमला केसीबीचको सम्बन्धलाई जोडेर पदाधिकारीले… विस्तृत समाचार

​कता राख्ने टुंगो छैन, कोशेलीको पीर

‘काम गर्ने कालु, मकै खाने ढेडु’ भन्या यही हो । चलचित्र तथा हलहरूको सुुधारका लागि बक्स अफिस लागू गर्ने घोषणा झण्डै दशकअघि उठेको हो । फिल्मले कति कारोबार ग¥यो, कति हलमा रिलिज भयो, कुन हलमा कति शो र कति दर्शकले हेरेको छ भन्ने अभिलेख राख्न बक्स अफिस लागू गर्ने तयारी थियो १० वर्षदेखि नै ! झण्डै दशकदेखि विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताहरूको योजना हो यो… विस्तृत समाचार

चियाएर त हेर भित्र कति व्यथा छ

अरूलाई हँसाउने कलाकार दुःख र पीडाको अजंग पहाड बोकेर बाँचिरहेका हुँदा रहेछन् । यस्तै पीडा भोगिरहेका मनोज गजुरेल । कम्ता पीडामा छैनन् सुरेश थापा अर्थात् ‘दर्शने’ । मेरी बास्सै हुँदै युट्युबमा सर्वाधिक हेरिने टेलिशृंखला कमेडी गाइजमार्फत जमेका । रिल लाइफमा दर्शने र अनिता दंगाल अर्थात् मनमायाको जोडी खुबै जम्यो । श्रीमान्÷श्रीमतीको भूमिकामा । बढ्दो घनिष्टता देखेर आमदर्शकले उनीहरूलाई साँच्चैका श्रीमान्÷श्रीमती ठान्न थाले । कलाकारमध्येकै कसैले… विस्तृत समाचार

​उनी आएपछि अरु अनुपस्थित

चलचित्र विकास बोर्डमा निकिता पौडेलको नियुक्तिसँगै सदस्यले मिटिङ बहिष्कार गर्न थालेका छन् । उत्तम केसी, नरेन्द्र महर्जनलगायतले बोर्ड बैठक बहिष्कार गर्दै आएका छन् । सदस्यको उपस्थिति नभएपछि अध्यक्षले सञ्चार मन्त्रालयका सहसचिव तथा बोर्ड सदस्य युवराज खतिवडा, अर्थ मन्त्रालयका सहसचिव डम्बर पराजुलीलगायतलाई डाकेर बोर्ड बैठक राखेकी हुन् । अध्यक्ष नियुक्त भएयता आधा दर्जन बढी बैठक बसिसकेको छ । उनी त्यहाँ नियुक्त हुँदादेखि नै उत्तम, नरेन्द्रहरूले स्वागत… विस्तृत समाचार

​किरियाघरमै झण्डै कुटाकुट

विकास बोर्डको अध्यक्ष बन्न नपाएकोमा राजकुमार राई कतिसम्म तड्पिरहेका रहेछन् भन्ने दृश्य अस्ति दिउँसो दुई बजे पशुपतिमा देख्न पाइयो । कांग्रेसनिकट साँस्कृतिक फाँटका प्रमुख तीर्थ थापा जीवनसंगिनी मैयाँको मृत्युको शोकमा थिए किरियाघरमा । १३ औं दिनको पुण्यतिथिमा पुगेका विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले निर्माता संघका महासचिव रोज रानालाई देख्नेबित्तिकै भनिहाले, ‘तिमी चलचित्र विकास बोर्डतिर हुनुपर्ने मान्छे, किन यहाँ छौ ?’  रोजले प्रतिवाद गरिहाले,  ‘तपार्इं नै… विस्तृत समाचार

जातै जान्थ्यो र सर !

क्रान्तिकारी नेता नेपाली गद्यकविताका पिता एवं नेपाली समस्यामूलक नाटकका प्रणेता गोपालप्रसाद रिमालको जन्मजयन्ती कहिल्यै नमनाएको नेपाल प्रज्ञा(प्रतिष्ठानले यस वर्ष दुई पल्ट कार्यक्रम गरे पनि 'कम्युनिष्ट कवि’ भूपि शेरचनको जन्मदिन मनाएको थाहा छैन । कम्युनिष्ट नेतृत्वको पछिल्लो एकेडेमी ०७२ ले पनि आफ्ना पूर्वप्राज्ञ भूपीलाई सम्झन चाहेन । रहस्य के भने यी 'सर्वहारा’ कवि राजदरबारको छत्रछायामा रहेको एकेडेमीको कुर्सीमा ०३६ सालमा थपक्क बस्न गए, जसलाई युद्धप्रसाद मिश्र घोडातबेला भन्थे! त्यसपछि कम्युनिष्टको छिछि… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top