जसले नातेदारकै भकारी फोरे


Sunday, 29 Sep, 2019 9:19 AM

  • राजकुमार दिक्पाल
एउटा सानो होटल थियो । चिया चमेना हुने, मिठाई लड्डु पनि पाइने । क्षेत्रीयस्तरको शिक्षा निर्देशनालय, जिल्ला शिक्षा कार्यालय र लोकसेवा आयोगको सम्मुख रहेको यो होटलमा सरकारी कर्मचारीको चियाचमेना र खानाका लागि राम्रो जमघट हुन्थ्यो ।
 
होटल सञ्चालकका एक जना छोरा साह्रै खरा । संयोग, भर्खरै बहुदल आउनु अनि आफंैमा सानै उमेरदेखि वामपन्थ चढ्नु । यता आफू पनि बाल्यकालदेखि नै तिनै पन्थ बोकेर हुर्किएका कारण होटल सञ्चालकका खरा छोरालाई साथ दिँदै वाद र प्रतिवादमा उत्रँदा बेजोडको आनन्द आउँथ्यो ।

धनकुटा, देब्रेबासका रवि रानाको जग्गा भाडामा लिएर सानो छाप्रो हाली सञ्चालित त्यो होटलमा अनेक थरी बिचारका मानिसको जमघट हुन्थ्यो । धनकुटा नगरको वडा नम्बर ४ मा अधिकांश सरकारी कार्यालय छन्, जंगीदेखि निजामतीसम्म । तर, देब्रेबासले पञ्चायतका देब्रे ढल्को लिएको र नेपाली वाम आन्दोलनलाई मलजल दिएकै कारण यस वडाका मतदाताले अहिलेसम्म सूर्य चिह्नलाई छाड्न मानेका छैनन् ।

त्यो होटलमा जब खरा कुरा गर्ने मेरा साथी खरै रूपमा उत्रन्थे, उनलाई रोक्न बाबुआमा र दिदी, दाइहरूले भन्नुपथ्र्यो, ‘ए साहिँला, भयो चुप लाग्, कति करा’को ?’

साहिँला अर्थात् मेरा बालसखा युवराज दाहाल, ताप्लेजुङको पाथीभरामा भएको हेलिकोप्टर दुुर्घटनामा तत्कालीन पर्यटनमन्त्रीसँगै भौतिक रूपमा सदाका लागि अस्त भए, नेपाल सरकारका उपसचिव थिए ।

अर्का सुरा बालक

जसको आवासवरपर चियाचमेना पसल प्रशस्तै थिए, त्यता कहीँ ननिस्केर एक जना फुच्चे केटा त्यहीँ युवराजजीहरूले चलाउनुभएको होटलमा चियाचमेना गर्न आइपुग्थे । प्रायः साँझतिर खाजा खान आएको देख्थेँ । भर्खरै बहुदल आएको छ, राजनीतिक बहस र विवाद रस्साकस्सीमा छ । हिजो योगदान र बलिदान दिनेहरूका आफ्नै कथाव्यथा छन् । चैतेहरूको बिगबिगी खपिनसक्नु छ ।

ती सुरा बालकले नेपाली वामपन्थी आन्दोलनको राम्रो समर्थन गर्थे । युवराजजी र म कुरा गथ्र्यौं, ‘हिजो अग्रजहरूले कोरेको बाटो हामीले समाइहाल्यौँ, अब यी भाइहरूले त्यो बाटो समात्नेछन् ।’

त्यो भाइको नामथर र वतनबारे जिज्ञासा नराख्ने कुरै भएन । उनी  धनकुटा जिल्लाको वामआन्दोलनको एक त्यागी, जुझारु, निर्लोभी र निष्ठाका प्रतिमूर्ति नेताका छोरा पो रहेछन्, अर्थात् मनोज राई । यिनले हाम्रो तर्कमा साथ दिँदा हामी कम्ताको राहत महसुस गर्दैनथ्यौँ ।

मैले जसलाई ‘भाइ’ संबोधन गर्छु, यी पढाइमा पनि राम्रो । अहिले राजनीतिमा सक्रिय देखिँदैनन् ।

ती निष्ठावान् विद्रोही

उस जमानामै ‘आईएस्सी शिक्षक’ कहलाएका व्यक्तिलाई एकाएक माक्र्सवाद–लेनिनवाद नामको दर्शनले छोयो । धनी किसान परिवारमा जन्मी छिन्ताङको सामन्ती परिवारसँग नजिकको नातागोता छँदै थियो । ती शिक्षक क्रमशः नरबहादुर कुथुमी र आनन्दसन्तोषी राईहरूको सारसंगतमा वामपन्थतर्फ उन्मुख हुँदै गर्दा बम देवान र गोविन्द विकलहरूको संगतपछि पूर्णरूपले विद्रोहमा उत्रिए । अनि खनिए, आफ्नै नातेदार मझिया खलकको भकारी फोर्ने आन्दोलनमा ।

छिन्ताङमा ठूलो अनिकाल प¥यो, २०३६ सालमा । त्यहीबेला त्यहाँ मालेको संगठन गर्न पुग्नुभएको थियो, यमनाथ बराल । भक्त बोलना माले हुनुभएन, मनमोहनको लाइनमा हुनुहुन्थ्यो । तर भोकभोकै परेका जनतालाई अन्न बाँड्न उहाँले नै मझिया खलकको भकारी फोर्ने आन्दोलनको नेतृत्व गर्नुभयो ।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई आफ्नो जिल्लामा यो ठूलो प्रतिष्ठाको सवाल भयो । उनले छिन्ताङ आन्दोलन दबाउन एउटा काण्डकै रचना गरे र १६ जनाको ज्यान हरे । यस काण्डमा बडो मुस्किलले एक जना विद्रोहीले ज्यान बचाए । उनी हुन् भक्त बोलना राई । माथि उल्लेख गरिएका ‘सुरा बालक’ उनै विद्रोहीका कान्छा छोरा हुन् ।

यहाँनेर छिन्ताङका मझिया खलकको विषयमा लेख्नुपर्दा एउटा गज्जवको प्रसंग छाड्नु हुँदैन । छिन्ताङकै त्रिवेणीघाटमा मझिया खलकको ठेक्का थियो, डुंगाको । छद्म रूपमा सर्वसाधारण भएर तत्कालीन युवराज वीरेन्द्र ०२८ सालमा जनताको अवस्था बुझ्न गाउँघर डुल्दा डुंगा त तरे तर आफूसँग सोको शुल्क तिर्ने पैसा नभएको बताउँदा मझियाबाका श्रीमतीले त्यसबापत दाउरा चिर्न लगाएकी थिइन् । वीरेन्द्रले हातमा फोकैफोका हुनेगरी बञ्चरो चलाएको देख्ने र सुन्नेहरू जीवितै छन्, छिन्ताङमा ।

लोभपाप नजान्ने

राजेन्द्र राई (हालः सभासद्)को नेतृत्वले हस्तान्तरण गरेको अखिलको जिल्ला कमिटीमा म पनि पदाधिकारी हुन पुगेँ । आफ्नो कार्यकाल पूूरा गरी हामीले नेतृत्व हस्तान्तरण ग¥यौँ, एक महिला विद्यार्थी नेत्रीलाई । जेनी राई उनको नाम । धनकुटा अखिलमा पहिलो महिला नेतृत्व । उनी हुन्, उनै भक्त बोलनाकी छोरी ।

उनको नाम जेनी पनि कम्युनिष्ट सल्लाहअनुसार राखिएको रहेछ । बम देवान र गोविन्द विकल शिक्षक भएर कम्युनिष्ट फैलाउन छिन्ताङ छिरी भक्त बोलनाको घरमा डेरा बस्दा पुत्री प्राप्तिका अवसरमा न्वारान गर्दा कार्लमाक्र्सकी श्रीमती जेनीलाई सम्झना गर्दै उनको नाम पनि जेनी राखिदिएका रे !

भक्त बोलना राजनीतिमा कतिसम्म इमान्दार भने कहिल्यै पद, प्रतिष्ठा र अवसर खोज्नुभएन । छोराछोरीलाई पार्टीमा सुम्पेर आफू ओझेलमै सन्तुष्ट रहनुभयो । ०४९ को स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको सभापतिका लागि तत्कालीन पार्टी सचिव गोपाल गुरागाईंबाट आएको प्रस्ताव अस्वीकार गर्नुभयो । धनकुटा अखिलको पहिलो महिला अध्यक्षमा छोरी जेनीले कीर्ति राखिन् । अहिले धनकुटा क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यका रूपमा जेठा छोरा निरन राई निर्वाचित भएका छन् । 

निष्ठाको पनि एउटा मूल्य हँुदो रहेछ । उहाँलाई कम्युनिष्ट बनाउनेहरू कोही पञ्च बने, कोही कांग्रेस । तर, भक्त कहिल्यै आस्था र निष्ठामा बिचलित हुनुभएन । उहाँ बितिसक्नुभए पनि उहाँको आस्था र निष्ठाको सम्झना गर्ने कति छन् कुन्नि धनकुटामा ?


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Prabhu Bank Ltd.
Top