​चिनियै चिनियाँ


Sunday, 29 Sep, 2019 9:08 AM

चिनियाँ राष्ट्रपति आउने कुरो के टुंगो भयो नेपाल त पूरै चीनमय भएको छ । जहाँ गए पनि चीनकै कुरा । चिनियाँ रेल, चिनियाँ गाडी, चिनियाँ राष्ट्रपति, चिनियाँ सामान, चिनियाँ प्रधानमन्त्री, चिनियाँ ठेकेदार, चिनियाँ एटीएम चोर.....जहाँ जानोस् चीनै चीन । हुँदा हुँदा अब त सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्तालाई समेत चिनियाँ सिद्धान्त पढाउन थालेको छ । हालै मात्र नेपाल कम्युनिष्ट पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीको सिद्धान्तबारे एउटा ठूलो गोष्ठी आयोजना ग¥यो । सिकाउन आउने गुरु पनि चिनियाँ नै ! 

नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीको सिद्धान्तबारे प्रशिक्षण कार्यक्रम राखेपछि भने केहीले विरोध गरे । वास्तवमा विरोध स्वाभाविक पनि हो । किनभने नेपाल कम्युनिष्ट पार्टीमा अहिले धेरै कार्यकर्ता त्यस्ता छन् जसलाई नेपालकै कम्युनिष्ट सिद्धान्तबारे जानकारी छैन । केही केही त कम्युनिष्ट सिद्धान्तको कुरा गर्दा ‘अँ, प्रदीप गिरीको भाषणमा सुन्या थिएँ’ भन्न थाल्छन् । अब भन्नोस्, जसलाई नेपालकै कम्युनिष्ट सिद्धान्तबारे जानकारी छैन त्यस्तालाई चिनियाँ कम्युनिष्ट पार्टीको सिद्धान्त सिकाएर के काम ? भोलि नेपाली कम्युनिष्ट सिद्धान्त कसले प्रतिपादन गरको भनेर सोध्दा चिनियाँ कम्युनिष्ट पार्टीको नाम लिइदिए भने के गर्ने ? तातोपानी र केरुङबाट भेडा र च्याङ्ग्रा मात्र होइन राजनीतिक सिद्धान्त पनि आउने हो ?


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Prabhu Bank Ltd.
Top