​ज्यान जोगाएर सुइँकुच्चा ठोके जर्नेल


Sunday, 29 Sep, 2019 8:49 AM

जर्नेल समात्न घर पुगेका सैनिक प्रहरी रित्तो हात फर्किएका छन् । तर, उनलाई पाता कसेर जंगी अड्डा ल्याउने उर्दी छ ।  अहिले पनि टोली आफ्नै भूपू जर्नेल खोज्दै हिँडिरहेको छ ।

निजगढ–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणक्रममा आफन्त पोसेको र करोडौँ अनियमितता गरेको भनी जंगी अड्डामा पूर्वप्राविधिक जर्नेल योगेन्द्र खाँणविरुद्ध उजुरी परेसँगै प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘जर्नेलमात्रै हैन, उनका जिजुबाजे नै भए पनि बाँकी राखिँदैन’ भनेपछि अचम्मको तापक्रम देखिएको छ । यस प्रकरणको छानबिन गर्ने जिम्मा पाएका छन्, प्रधानसेनापतिपछिका सिनियर जर्नेल शरद् गिरीले । 

फास्ट ट्रयाक निर्माणक्रममा अग्लो पुल र सुरुङ बनाउने काम नेपालीले नसक्ने र त्यसका लागि अन्तर्राष्ट्रिय टेण्डर गर्नुपर्ने अवस्था छ । त्यो काम जंगी अड्डाले अगाडि बढाउने सुरसार गरिरहँदा खाँणले तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीको आदेशानुसार मौखिक रुपमै आफ्ना मान्छेको डोजर, लोडर लगाएर अर्थ वर्क (जमिन सम्याउने काम) मा मात्रै पचासौँ करोड घोटाला गरेको बताइन्छ । उनले बिनायोजना लाखौँ स्क्वायर फुट बाटो त्यसै खन्न लगाउने, बिल बनाउने र पैसा दिने काम गरेको समेत उजुरीमा छ । मौखिक जिम्मा र हाताहाती पैसा दिएर उनले अनियमितता गरेको उजुरी प्रधानसेनापतिको सचिवालयमा पुगेसँगै तलका कर्मचारीको बयानका आधारमा  खाँणमात्र हैन, संलग्न जति सबैमाथि कारवाहीको डण्डा सोझिँदैछ । छानबिनक्रममा दोषी ठहर हुने सैनिक वा गैरसैनिक, जो भए पनि यसचोटि बच्न नसक्ने गरी कारवाही अगाडि बढाइएको रक्षा स्रोतले जनाएको छ ।

राजेन्द्र क्षेत्रीकै पालामा लोकमानसिंह कार्कीका सम्धी रोहिणी थपलियालाई जबर्जस्ती जहाज र स्पेयर पार्टस् खरिद गर्नदिँदा गोलमाल भएको प्रकरण छानबिनका निम्ति नागरिक उड्डयनको फाँटमा काम गरिसकेका वा रिटायर्ड भएका विशेषज्ञको खोजी भइरहेको छ । 

उता, चीनबाट आएको दोस्रो लट सामग्री लिन केरुङतर्फ लागेको नेपाली सेनाको ३० वटा ट्रक खराब मौसमका कारण बाटैमा रोकिएको छ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Prabhu Bank Ltd.
Top