​नहाँसी, बलात्कारीलाई फाँसी


Saturday, 21 Sep, 2019 1:43 PM

  • सुनिता गिरी

अघिल्लो हप्ता वीरगञ्ज निवासी मुस्कान खातुनलाई प्रेम प्रस्ताव अस्वीकार गरेको आरोपमा एउटा युवकले साथीसँग मिलेर एसिड फ्याँकी ‘मेरो नभए अरू कसैको पनि नहोस्’ भन्ने मानसिकताको शिकार बनेको छ । एसिड छ्याप्ने वीरगञ्ज–२ छप्कैयाका १६ वर्षीय सम्साद मियाँ र एसिड प्रहारका योजनाकार १६ वर्षीय माजिद आलम समातिएका छन् । महिला हिंसाको यो प्रयोग पाकिस्तान, बंगलादेश अनि इण्डियामा बढी हुने गर्छ र इण्डियामा पनि नेपालमा जस्तै एसिड प्रहार अन्यभन्दा पनि मुस्लिम समुदायमा बढी हुन्छ । मुस्कानको बाबुले एसिड छ्याप्नेलाई झुण्ड्याइयोस् भनी सरकार गुहारेका छन् । केही दिनयता सामाजिक सञ्जालमा एसिड प्रहार गर्नेलाई मृत्युदण्डको माग चर्केको  छ । अनि  त्यसमा होमा हो गरेर स्वर मिलाउनेको संख्या कम छैन । धेरैलाई थाहा नहुन सक्छ नेपालले अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हुनाले हाम्रो संविधानमा समेत यसको प्रावधान छैन र यसर्थ कसैलाई मृत्युदण्डको सजाय तोक्न मिल्दैन ।

बलात्कारीलाई फाँसी भनेर केही सालअघि कान्तिपुरका स्तम्भ लेखक अखण्ड भण्डारीले आवाज उठाएका थिए । त्यसबेला महिला अधिकारवादी पनि आजित भएर सडकमा यही नारा लगाउँथे । यसरी नै बेला–बेला मानिस आजित भएर मृत्युदण्डको माग गरिरहन्छन् । परिवारजनहरूले आफूलाई केही पर्दा रिसको झाेंकमा यो वा त्यो कुराको माग वा अडान गर्नु स्वाभाविक हो तर त्यो कुरालाई पत्रकारले बुझ्ने र बुझाउने तरिका फरक हँुदा पो बुबा रसुल अन्सारीको आक्रोशले धेरैलाई छोएको हो कि !       

विकास गिरी पेशाले वकिल । उहाँले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेख्नुभयो,  ‘एसिड आक्रमण गर्नेलाई बलात्कारीभन्दा कडा सजायँको कानुन बनाउनुपर्ने देखियो । पीडकलाई अपराधबमोजिम गरिने सजायँ कम भयो ! तत्काल एसिड बिक्री गर्न लाइसेन्स अनिवार्य गरियोस् र नागरिकता वा परिचयपत्र लिएर मात्रै किन्न पाइने व्यवस्था गरियोस् । कमसेकम एसिड प्रहार गर्नेलाई जन्मकैदको सजाय हुने गरी कानुन संशोधन होस् । पीडितको सम्पूर्ण उपचार खर्च तत्काल सरकारले व्यहोरोस् र पछि पीडकबाट थप जरिवानासहित भराओस् ।’ 

मै पो यस्तो संवेदनशील मामलामा असंवेदनशील भएको हुँ कि ? तर, कानुनले रिसको झोंकमा निर्णय गर्दैन । रिसको निर्णय प्रतिशोध हो, न्याय होइन । बलात्कारी र  एसिड प्रहार गर्नेसँग मलाई पनि रिस उठ्छ तैपनि उनीहरूलाई सजायँ मृत्युदण्ड नै हुनुपर्छ भन्ने होइन ।  कुनै पनि सजायँको मतलब त्यो घटनालाई आउने दिनमा कसरी कम गर्ने भन्ने हो । सजायँ समाजका लागि हो, मनशान्तिका लागि मात्र होइन । इण्डियामा भएको बलात्कार र सजायलाई हेर्ने हो भने थाहा हुन्छ कि सजायँ दिँदैमा यो कम भएको छैन । अथवा के मृत्युदण्डले बलात्कार वा एसिड प्रहार कम हुने हो त ? त्यसको मतलव के उनीहरूलाई सजायँ नै नदिने ? 

पीडित र पीडित परिवारका लागि त बलात्कार र एसिड प्रहारजस्तो केसमा मृत्युदण्ड नै उचित सजायँ हो । तर, सबैखाले अपराधीको  मृत्युले समाजमा सुरक्षा कायम गर्ने कुनै ग्यारेन्टी छैन । कानुनलाई आफ्नो हातमा लिनु अनि फेरि आफ्नै जिन्दगी बर्बाद गर्नु ठीक होइन । केटाले म यो केटीलाई तवाह गर्न सक्छु भन्ने सोचेर कुनै कदम चाल्छ भने केटीले उनीहरूको मृत्यु होइन कि लामो आयु माग्न र आफ्नो जीवनमा केही गरेर अनि बनेर देखाउन सक्छे । त्यस खालका केटाहरूलाई उनीहरूभन्दा राम्रो भएर देखाउनु सबैभन्दा ठूलो सजाय हो । केटीले उभिएर यो भन्न सकुन्, तिमीलाई मेरो जिन्दगी अन्त्य गर्ने कुनै अधिकार छैन । कसैका लागि अथवा धेरैका लागि यो एकदमै कोरा काल्पनिक लाग्न सक्छ तर यो नै सत्य हो ।

एसिड प्रहार र बलात्कार निचताको हद हो । कसैको सुन्दर मुहारमा तेजाब फ्याँकेर जिन्दगी बर्बाद गरिदिन्छु भन्ने हर्कत गर्नु खराब हो । किन त्यो केटालाई आफ्नो जीवन राम्रो बनाएर तगडा जवाफ नदिने ! किन आफ्नो सौन्दर्य आफ्नो अनुहारमा मात्रै छ भनेर सोच्ने ? किन सारा इज्जत र जिन्दगी बन्ने र बिगार्ने तागत हाम्रो गुप्तांगमा अडेको छ भनेर सोच्ने ? यदि त्यसो हो भने दिमागले के काम गर्छ ? सोच्ने काम बलात्कारीलाई छाड्ने होइन न उसले सोचेको रुप र गुप्तांगलाई । सोच्ने काम दिमागको हो त्यसैले ठण्डा दिमागले सोचौं र बलात्कारीलाई फाँसी भन्न छाडौं ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Prabhu Bank Ltd.
Top