​नैतिक मूल्य किन खस्कियो नेपालमा ?


Saturday, 21 Sep, 2019 1:37 PM

समाजमा आर्थिक र नैतिक भ्रष्टिकरण बढ्दो छ । चेतनशील र आधुनिक समाज निर्माण गर्ने नाममा अवज्ञाकारी पुस्ता हुर्काउने काम तीव्र भएको छ । असंगठित, विचारहीन र योजनाविहीन हुल जम्मा पारेर कानुन, प्रशासन र सिंगो व्यवस्थाको हुर्मत लिने प्रबृत्ति पनि यसबीचमा प्रोत्साहित भएको छ । यसका अनेकन कारणमध्ये एउटा हो, सामाजिक सञ्जाल ।

पछिल्लो घटनाका रुपमा नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईविरुद्ध भएको नाराबाजीलाई लिन सकिन्छ । जहाजले सकेसम्म टिकट काटिसकेका यात्रु छुटाएर उड्न चाहँदैन । त्यसमा पनि जहाज सञ्चालनसँग सम्बन्धित विभागीय मन्त्रीलाई उसले १५ मिनेट पर्खियो । विषय सामान्य हो । यति सामान्य विषयलाई लिएर जहाजभित्रै हुलहुज्जतपूर्ण गतिविधि भयो । मन्त्रीको संयमता, धैर्यता थियो, यसकारण घटनाले कुनै अप्रिय रुप लिएन । तर, हाम्रो समाजमा निर्माण भइरहेको सामाजिक मनोविज्ञानलाई यो घटनाले प्रतिनिधित्व गर्छ ।

एउटा मान्छे निश्चित विषयको अध्ययन, अनुसन्धान र त्यो क्षेत्रको भूमिका, कृयाशीलताबाट विषय विज्ञ बन्ने हो । उसैको योग्यता र क्षमताले कस्तो व्यक्ति बन्ने भन्ने कुरा निर्धारण गर्छ । तर, नेपालमा फस्टाएको छ, अनियमितता विरुद्धको आवाजका नाममा अराजकता । हो, जनताको तहबाट राज्यका हरेक गतिविधिमाथि खबरदारी हुनु स्वाभाविक पनि हो । तर, खबरदारी गर्ने नाममा परिचालित वा आग्रह पालिएका मानिसहरु सल्बलाएका छन् । सामाजिक सञ्जालले त्यस्ता मानिसलाई ‘भाइरल म्यान’ को संज्ञा दिन्छन् । कुन कुरामा कति बोल्नु, गर्नुपर्ने हो भन्ने हेक्का नराखी केवल प्रतिकार वा प्रतिरोधका नाममा कुर्लिने जत्था सर्वथा निन्दनीय हुन्छ । र, यस्तो जनमत बनाइदिए सामाजिक सञ्जाल, कतिपय गैरजिम्मेवार अनलाइन मिडिया र युट्युब च्यानलहरुले । ‘मिडिया हेजेमोनी’, अर्थात् निश्चित व्यक्तिको भूमिकालाई अस्वभाविक रुपमा बढाइचढाइ गरिदिने, जनसमूहलाई त्यसतर्फ आकर्षित गरिदिने र प्रकारान्तरमा त्यसबाट प्रतिकूल परिणाम निस्कने क्रमकै पछिल्लो उदाहरण बनेका छन्, यस्ता पात्रहरु ।

‘भ्रष्टाचारविरोधी अभियान’ का नाममा हिँड्ने मान्छेको विलाशी यात्राको स्रोत भन्नुपर्दैन । तर, उसले गरेका विरोधका स्वरचाहिँ ठुल्ठूलो हुनुपर्ने ! एउटा व्यक्तिको एउटा सन्दर्भमा विरोध गर्ने, तर अनेकन लाञ्छनायुक्त भाषा शैली प्रयोग गर्नुपर्ने † नेपाली समाजमा विकास भइरहेको नैतिक भ्रष्टिकणको यो ज्वलन्त उदाहरण हो । यस्तो भ्रष्टिकरणले प्रोत्साहन पाउँदैन, जाने हो, दण्डहीनता रहिरहने हो भने अबको केही वर्षपछि समाज कस्तो बन्छ ? कल्पनासम्म गर्न सकिन्न । सरकारले अराजक शैलीमा प्रस्तुत हुने, सामाजिक सद्भाव, राष्ट्रिय अखण्डता र वैयक्तिक हकको उल्लंघन गर्ने सामाजिक सञ्जाल, युट्युब प्रयोगकर्तालाई नियन्त्रण गर्ने कानुन त ल्याएको छ । तर, त्यसको कार्यान्वयन निराशालाग्दो स्थितिमा छ । गैरसञ्चारकर्मी बृत्तबाट गरिने अराजकता नियन्त्रणका पहललाई सञ्चार संकुचनसँग जोडेर विश्लेषण गर्ने अर्को रोगी मनोबृत्ति हामीकहाँ हावी भएको छ । त्यसले गर्दा अवाञ्छित तत्वहरु ‘हेजेमोनाइज्ड’ हुने र तिनीहरुबाट नैतिक भ्रष्टिकरणका नमुनाहरु पेश भइरहने घातक प्रवृत्ति बढ्दो छ । यस्ता प्रबृत्ति नियन्त्रणयोग्य छन् । 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Prabhu Bank Ltd.
Top