​बीच्च–बीच्चमा व्यापारी


Friday, 13 Sep, 2019 12:22 PM

यसपालिको तीजमा पुरुषले गाएको ‘हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा’ भन्ने गीतले निकै ख्याति पायो । स्रोत नखुलेको सम्पत्तिका लागि र सरकारी राजश्व घोटाला काण्डमा विवादमा आइरहने नवधनाढ्य अजेयराज सुमार्गी भने महिलाका लागि आयोजित यसपालिको तीज कार्यक्रममा ‘बीच्चबीच्चमा’ होइन शुरुदेखि अन्त्यसम्म नै नाचिरहे ।

अत्याधुनिक र सम्पूर्ण महँगा सजावटले भरिपूर्ण थापागाउँस्थित भव्य बंगलामा सुमार्गी आफैंले आयोजना गरेको तीजको दर खाने र खुवाउने कार्यक्रममा श्रीमती अस्मिता सुमार्गीका साथमा ढल्कीढल्की, कम्मर मच्चाउँदै नाचेका हुन् । आफन्त र चिनेजानेका मात्र नभई उनीहरूका समेत चिनारुलाई मन खोलेर निम्त्याएर सहभागी गराइएको दर खाने दिन भदौ १५ गते नै आयोजना गरिएको सो दर कार्यक्रममा साढे तीन सयभन्दा बढी रातो सारी लगाएका महिला सहभागी थिए । 

दिउँदो ३ बजेदेखि खानपान र नाचगानका लागि खुला गरिएको भव्य पार्टीसहितको कार्यक्रममा अस्मिताले नै माइकमार्फत सहभागीलाई स्वागत र कार्यक्रमबारे जानकारी गराएकी थिइन् । मदिराका सोखिनलाई थरीथरीका मदिरा, मासु तथा अन्य खाद्यपदार्थ उपलब्ध गराइएको दर खाने कार्यक्रममा अजेयकी आमाले सहभागी सबै महिलालाई पंक्तिबद्ध गराएर टीका लगाउँदै खाममा दक्षिणा दिएकी थिइन् । यसका लागि लामबद्ध भएर टीका ग्रहण गर्न अस्मिताले नै सबै सहभागीलाई अनुरोध गरिन् । टीका लगाउँदै एक सय पाँच दक्षिणा लिएर महिला स्न्याक्स र मदिरामा राम्रैसँग झुमेका थिए । हामी पनि नाच्नुपर्छ बीच–बीचमा भन्ने गीत लगाउँदै अजेयराज करिब ५ बजेदेखि ८ बजेसम्म थकाई मारीमारी श्रीमतीलाई सँगै घुमाई नाचेका थिए । 

पाँचतारे होटललाई बिर्साउने सजावट, स्थान र खाद्य सामग्रीका बीचमा अजेयको खुशी र उत्साह देखेर अनेकन् महिलाले त्यसको कारण पनि खोज्ने कोसिस गरेका थिए । खासमा उनको मोबाइल कम्पनी नेपाल स्याटेलाइटलाई तीजभन्दा केही अघि मात्र नेपाल दूरसञ्चार प्राधिकरणले नवीकरण शुल्क नतिरेको भनी खारेजीमा लग्ने निर्णय सुनाएको थियो । तर, सोही समयमा सर्वोच्च अदालतले विवादास्पद फैसला सुनाउँदै एनसेलले तिर्नुपर्ने भनी ठूला करदाता कार्यालयले तोकेको ६९ अर्ब पँुजीगत लाभकर तिर्नु नपर्ने भनेको थियो ।

यता, सुमार्गीले पनि करिब ४ अर्बजति पँुजीगत लाभकर राज्यले तिर्नुपर्ने भनी निर्धारण गरेको भए पनि हालसम्म नतिरी बसेका छन् । राज्यको ऐनअनुसार निर्धारित कर समयमै बुझाउनुको सट्टा उनी पनि प्रभावशाली पदमा रहेका मानिसलाई प्रभावमा पारी नतिर्ने उपाय खोजिरहेका छन् । यसैबेला सर्वोच्चले एनसेलका पक्षमा हुनेगरी दिएको फैसला उनका लागि पनि ४ अर्ब नतिर्ने नजिर बनिसकेको छ । यसै कारण सुमार्गी महिलाहरूको तीजमा पनि महिलाभन्दा बढी नाचेका हुन सक्ने सहभागी महिला बताउँछन् । राज्यले निर्धारण गरिसकेको अर्बौं पँुजीगत लाभकर वर्षौंदेखि नतिरेर मुद्दामा गएका सुमार्गीलाई पनि अब अदालतले एनसेललाई झैं नतिरे हुन्छ भनी फैसला सुनाइदेला त ? संघीयताका नाममा जनताले पालेका कुखुरा, परेवा र अन्डासमेत गनेर कर असुल्ने राज्यले एनसेल र सुमार्गीलाई भने छुट मात्रै दिइरहला ?


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Prabhu Bank Ltd.
Top