​कलाभित्रको पात्र होचाहिँ को ?


Monday, 9 Sep, 2019 1:29 PM

  • राजेन्द्र स्थापित

दोस्रो विश्वयुद्धपछि अमेरिकामा राष्ट्रपति बनेकामध्ये जोन एफ. केनेडीको विशिष्ट स्थान छ । हत्या भएको ४६ वर्ष नाघिसक्दा पनि उनको चर्चा सेलाएको छैन । उनी कम आयुमा राष्ट्रपति बन्ने (४३ वर्षमा) राजनीतिज्ञ थिए । दुई वर्ष १० महिना मात्र ह्वाइट हाउसमा बस्न पाए । सन् १९६३ को नोभेम्बरमा मारिँदा मात्र ४६ वर्षका थिए । ज्याकलिनसित बिहे गरेको पनि दसांै वर्ष मात्र भएको थियो । 

केनेडी डेमोक्रेटिक पार्टीका सदस्य थिए । पहिलोपटक सन् १९४७ मा प्रतिनिधिसभाको सदस्य बने । १९५३ मा सिनेटर । उनी त्यसबेला सिनेटका सबैभन्दा कान्छा सदस्य थिए । सन् १९६० मा राष्ट्रपति पदको लागि निर्वाचन हुने भयो । डेमोक्रेटिक पार्टीले उनैलाई उम्मेदवार बनायो । विपक्षी रिपब्लिकन पार्टीले रिचर्ड निक्सनलाई मैदानमा उता¥यो । निक्सन त्यसबेला उपराष्ट्रपति थिए । जब चुनावी प्रचारप्रसार तीव्र तवरमा अघि बढ्यो, निक्सनले पूर्वराष्ट्रपति ह्यारी एस ट्रयुम्यानले बोलेका अपशब्दलाई जोडतोडसँग उछाल्न थाले । ट्रयुम्यान फ्रान्कलिन डेलानो रुजबेल्टको कार्यकालमा उपराष्ट्रपति थिए । सन् १९४५ मा रुजबेल्टको आकस्मिक निधन भएपछि राष्ट्रपतिको पदभार सम्हाले । सन् १९५३ सम्म सो पदमा बसे । 

ट्रयुम्यानको ‘इस्यु’ले चुनावी प्रचारप्रसारमा केनेडीलाई घाटा पु¥याउन थाल्यो किनकि ट्रयुम्यान डेमोक्रेटिक पार्टीकै थिए । यसबीच केनेडी एउटा चुनावी सभामा उपस्थित भए । त्यहाँ पनि उनलाई त्यही प्रश्न सोधियो– ट्रयुम्यानले पटक–पटक गर्ने गालीप्रति तपाईंको प्रतिक्रिया के छ ? 
उत्तर दिनुअघि केनेडी एकछिन मुसुमुसु हाँसे । अनि उत्तर दिन थाले, ‘यस्तो कुरा होइन कि पूर्वराष्ट्रपति ट्रयुम्यानले प्रयोग गर्ने गाली र अपशब्दलाई मैले हल्का ढंगले लिने गरेको छु । मैले हालसालै उहाँको नाउँमा सन्देश पठाइसकेको छु, जसमा लेखेको छु, ‘राष्ट्रपति महोदय, मैले तपाईंको कुरालाई गम्भीररुपमा लिएको छु । मेरो विपक्षीको पक्षमा मतदान गर्न खोज्नेहरु कता जाउन् ? म तपाईंको भावनाको कदर गर्छु र तपाईंप्रति पूर्णतः सहानुभूति राख्छु । तर, हाम्रो पार्टीले धार्मिक विषयमा बोल्न छोड्नुपर्छ भन्ने मलाई लाग्छ । कृपया, धर्मको विषयमा बहस गर्न र विवाद गर्न छाड्नुस् ।’

केनेडीको यो सार्वजनिक अभिव्यक्तिपछि ट्रयुम्यानको कारण सिर्जित बहसको विषय एकाएक साम्य भयो । यद्यपि, विपक्षी उम्मेदवार निक्सनले चुनावी सभामा फेरि पनि यो विषयलाई उठाउन छोडेनन् । साम्य भइसकेको विषयलाई जबर्जस्ती उछाल्न नछोडेका कारण घाटा उनैलाई भयो । चुनावमा केनेडीबाट पराजित भए । 

केनेडीकी पत्नी ज्याकलिन विलासी त थिइन् नै, संस्कृतिप्रेमी पनि थिइन् । प्रथम महिला बनेपछि कलाकृतिप्रतिको रुचिमा झन् अभिवृद्धि भयो । राष्ट्रपति निवास ह्वाइट हाउसलाई कलाकृतिको संग्रहालय बनाउनुपर्ने राय पेश गरिन् । फलतः अमेरिकी संसदले सन् १९६१ मा ह्वाइट हाउसमा कला संग्रहालय खोल्न अनुमति प्रदान ग¥यो । भवनको एउटा हिस्सामा मर्मतसम्भार शुरु भयो । र, सन् १९६२ को फेबु्रअरीमा सकियो । ज्याकलिन ह्वाइट हाउसमा आएर बस्न थालेपछि नै उनले सो भवनमा नियो–क्लासिकल शैलीको सजावट गराउन र भित्तामा आकर्षक कलाकृति झुण्ड्याउन लगाएकी थिइन् । 

सन् १९६१ मा केनेडी दम्पती फ्रान्स गयो । त्यहाँका संस्कृतिमन्त्री थिए जर्जस आन्द्रेइ मालराँ, उपन्यासकार पनि । उनीद्वारा लिखित उपन्यास ‘मान्छेको भाग्य’ ज्याकलिनलाई मन परेको उपन्यास थियो । त्यसैले आफ्नो प्रिय उपन्यासकारसित भेट्ने इच्छा राखिन् । केनेडी र फ्रान्सेली राष्ट्रपति चाल्र्स डे गालसित शिष्टाचार भेटघाटकै क्रममा ज्याकलिन र मालराँको पनि भेट भयो । ज्याकलिनको शुद्ध फ्रान्सिसी बोलाई र इतिहासबारेको जानकारीबाट मालराँ प्रभावित भए । अन्तिम दिन रात्रिभोजको दौरान ज्याकलिनले आफ्नो इच्छा जाहेर गरिन् । विश्वप्रसिद्ध इटालियन चित्रकार लियोनार्दो दा भिन्चीको चित्रकला ‘मोनालिसा’ अमेरिका लान चाहेको बताइन् । उनको भनाइ थियो, ‘अमेरिकीहरुले मोनालिसाबारे धेरै कुरा सुनेका छन् तर प्रत्यक्षरुपमा उक्त अद्वितीय चित्रकलालाई नजिकबाट देख्न पाएका छैनन् । उक्त चित्र अमेरिका लान दिएमा लाखौं, करोडौं अमेरिकी धन्य हुनेछन् । हामी यो कृतिलाई अमेरिकाको राष्ट्रिय सम्पत्ति बनाउन चाहन्छौं ।’

मालराँले ज्याकलिनको कानमा फुस्फुसाउँदै जवाफ दिए, ‘यो इच्छा पूरा गर्न मेरो तर्फबाट सक्दो प्रयास हुनेछ ।’

त्यसबेला मोनालिसा फ्रान्सको राष्ट्रिय सम्पत्ति थियो तैपनि यसको पर्वाह र जनताको आलोचनालाई लत्याउँदै मालराँले ‘मोनालिसा’ अमेरिका लाने निर्णय सरकारबाट गराए । र, शर्तहरु तयार गर्ने बहानामा अमेरिका पुगे । त्यसबखत अमेरिका र फ्रान्सको सम्बन्ध राम्रो थिएन । चाल्र्स डे गालले केही समयअघि मात्र अमेरिकालाई चुनौती दिने गरी ‘फ्रान्ससित पनि आफ्नै स्वतन्त्र परमाणु शक्ति हुनु आवश्यक छ’ भनेका थिए ।
यो भनाइ अमेरिकी स्वार्थविपरीत थियो ।

त्यसैले मोनालिसालाई अमेरिका ल्याउने अवसरबाट फाइदा उठाउने केनेडीले सोचे । न्यूयोर्कमा आयोजित कार्यक्रमलाई संबोधन गर्दैै भने, ‘मन्त्री महोदय (मालराँ), विश्वप्रसिद्ध कलाकृति मोनालिसा ऋणको तवरमा अमेरिकालाई दिने निर्णयबाट हामी प्रसन्न छौं, फ्रान्स सरकारप्रति आभार व्यक्त गर्न चाहन्छौं । हालै नासाउमा सम्पन्न दुई देशको बैठक (जुन बैठकमा परमाणु शक्तिको सीमा निर्धारणबारे वार्ता भएको थियो) लाई ध्यान दिएर म यो भन्न चाहन्छु कि यो कलाकृति आजसम्म फ्रान्स सरकारले आफ्नो नियन्त्रणमा सुरक्षित राखेको थियो । यो कलाकृतिको निम्ति फ्रान्सिसी सरकारप्रति आभारी त छु नै, हामी पनि प्रयास लगातार जारी राख्छौं कि आफ्नै स्वतन्त्र कलात्मक शक्तिको विकास गरौं ।’

सटिक जवाफ दिने केनेडीको शैली देखेर प्रभावित हुँदै मालराँ हाँसेर बसे । सन् १९६२ को डिसेम्बरमा ज्याकलिन केनेडीको सपना साकार भयो । मोनालिसा अमेरिकाको समुद्री तटमा पुग्यो । शुरुमा वासिंगटनस्थित नेशनल ग्यालरीमा राखियो । त्यसपछि न्युयोर्कस्थित महानगरीय कला संग्रहालय लगियो । केही दिनमै २० लाख अमेरिकीले उक्त कलाकृतिको अवलोकन गरे । टाढा–टाढाबाट कलाकृति हेर्न न्युयोर्क आइपुगे । घण्टौं लाइनमा उभिएर अवलोकन गरे । 

इटलीका चित्रकार लियोनार्दो दा भिन्चीले यो कलाकृति चार वर्ष लगाएर तयार पारेका थिए । यसको ओरिजिनल चित्र अहिले पनि पेरिसस्थित लुभ्रे संग्रहालयमा छ । मोनालिसा इटलीको सम्भ्रान्त महिला लिसा डे जियोकोन्डोको चित्र हो, जसलाई लियोनार्दोले मोनालिसा नाउँ राखेका थिए । लिसा फ्रान्सिस्को डि बार्तालोमियो डि जानोबी डेल जियोकोन्डोकी पत्नी र ५ सन्तानको आमा थिइन् । लिसाको मृत्युपछि उनको यो चित्र विश्वप्रसिद्ध भयो । यो कृति पछि फ्रान्सका राजा फ्रान्सिसी (प्रथम) ले किनेका हुन् । त्यसबेलादेखि यो फ्रान्सको राष्ट्रिय सम्पत्ति बन्यो । चित्र २१ इञ्च लामो र ३० इञ्च चौडाइको छ । यसलाई बचाइराख्न विशेषखाले सिसाको पछाडि राखिएको छ, जुन सिसा न कहिल्यै चम्किन्छ न फुट्छ । 

अमेरिकी कम्प्युटर वैज्ञानिक सुश्री लिलियन स्वाड्जका अनुसार यो चित्र लिसाको नभई स्वयं लियोनार्दोकै हो । कम्प्युटरको माध्यमबाट चित्रमाथि लियोनार्दोको कपाल, दाह्री र आँखीभौं राख्दा मोनालिसा लियोनार्दोमा परिणत भएको दाबी गर्छिन् उनी । त्यस्तै लियोनार्दोको फोटोबाट उनको दाह्री, कपाल, जुँगा, आँखीभौं हटाउँदा लियोनार्दो मोनालिसामा परिवर्तन भएको उनको दाबी छ । उनका अनुसार लियोनार्दो समलिंगी हुन् । मोनालिसा सन् १९११ मा चोरी पनि भयो तर दुई वर्षपछि चोर पक्राउ परे र चित्रकला पुनः लुभ्रे कला संग्रहालय पुग्यो । यो विश्वकै सबैभन्दा महँगो कृति हो, जसको मूल्य ८३ करोड अमेरिकी डलर पुगेको छ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Prabhu Bank Ltd.
Top