कतिसम्म सास्ती छ यहाँ केटीलाई


Monday, 9 Sep, 2019 1:22 PM

दुई/चार अक्षर पढेको र जानेको छु भन्दैमा आफैंले व्याख्या गरेझंै चल्छ र कानुन ? सम्बन्धविच्छेद नगरी अर्की श्रीमती भिœयाउनेले किन ठूला कुरा गर्नु ? तीज पर्वमा सबै दिदीबहिनी श्रीमान्को दीर्घायुको कामना गर्दै बसेका छन् । तर, विवाह मण्डपमा लगाएको त्यही एक धर्काे सिन्दूरका कारण म भने मर्नु न बौलाउनुको स्थितिमा छट्पटाइरहेको छु ।

१८ वर्षअघि विवाह बन्धनमा बाँधिएको हुँ, विश्वास थापासँग । लामो समयदेखि चलेको प्रेम सम्बन्ध विवाहमा परिणत भयो तर बोक्रा मात्र हेरेर मान्छे चिन्नलाई गुदी नै चिन्नुपर्ने रहेछ । बाहिरबाट हेर्दा सौम्य र शान्त देखिने उसको कुरूप र राक्षसी अनुहार विवाहपछि देख्दै र भोग्दै गएँँ । सम्बन्ध जोड्न पो गाह्रो सम्बन्ध तोड्न एकै निमेष काफी हुँदो रहेछ । विवाह हुँदा किशोर थियो । स्कुल पढ्दै । विवाहपछि लागेको थियो घर लैजाला । कोठामै सीमित राखेपछि शंका लाग्यो । पटक–पटक आग्रह गरँे । लाग्यो कार्यव्यस्तताले होला । उसले घर लैजाने पटक्कै इच्छा प्रकट गरेन । मैले पटक पटक जिद्धि गरिरहँँे । एक वर्षपछि घर पुग्दा आमाले कहिल्यै बुहारीको व्यवहार गर्नुभएन ।

सीधै भनिन्, ‘तँ झापाली होस् । थर्काएर र दलाएर खान पल्किएकी ।’ तिनताक ऊ श्री एयरलायन्समा जागिरे थियो । घर गएपछि आमाले चलाखी गरिन् । उसलाई त्यतैबाट दिल्लीतिर पठाइन् ताकि मबाट छुटाउन सकियोस् । त्यहाँ उनकी दिदी थिइन् । जसलाई आफ्नो तन, मन र जीवन दिएको थिएँ । ऊ नै साथमा नभएपछि त्यो घरमा रहन सक्ने कुरै भएन । छोरीचेलीको जातले अर्काको घर गरेर खानुपर्छ भन्ने त लाग्थ्यो तैपनि रातदिनको टोकसो सहन नसकेर पेटमा बच्चा हुँदाहँुदै माइती फर्किएँ । बच्चा जन्मियो । खै कहाँबाट थाहा पाएर हो छोराको न्वारान हुँँदै गर्दा ससुराली आइपुग्यो । दुई महिनासम्म बसेर बुबाआमालाई फकायो । अनेक तवरले फकाएर काठमाडौं ल्यायो । 

लागेकोथ्यो अब जीवनमा खुशीको सञ्चार हुनेछ । तर, फुटेको खप्पर जता पाइला चाल्यो उतै ठक्कर भनेझैं भयो । नानीदेखि लागेको बानी, सिस्नुपानी लाए नि नजानी भनेको त्यसै होइनरहेछ । काठमाडौं आए पनि उसको बानी परिवर्तन भएन । रिसको झोंकमा कहिले चुलेसीले हान्ने त कहिले खुकुरीले सेर्न खोज्ने । एकपटक चुलेसीले हान्न खोज्दा उसैकी दिदीले छेकेर जोगाइन् । त्यहाँबाट भागेर काखे बच्चा च्यापी प्रहरी चौकीमा गएर शरण लिएँ, भोलिपल्ट झापा पुगँे । साथमा पैसा थिएन । चिनेजानेका साथीसंगीबाट पैसा उठाएर माइती गएँ । २ महिनापछि फेरि आइपुग्यो । बुबाआमासँग रोइकराइ गरेर अब म सुध्रन्छु, उसलाई सुख दिएर पाल्छु भन्दै फकायो र काठमाडौं लिएर आयो । त्यस समय ऊ पसल पसलमा लगेर अण्डा बेच्ने काम गथ्र्याे । कहिले कता जान्थ्यो, कहिले कता । साथमा सानो बच्चा, खाने सामान हुँदैनथ्यो ।

हप्तौं हराउँथ्यो । ध्यान गर्न गएको थिएँ भन्थ्यो । पछि कोठा छाडेर हिँड्यो । कहाँ गयो पत्तो थिएन । त्यस समय बालाजु बस्थ्यौं । एक रात अलि अबेला आयो । राम्रै मुखले बोलेको थिएँ । सम्झाउन खोज्दा उल्टै घाँटी ताकेर खुकुरी प्रहार ग¥यो । छेक्न खोज्दा पाखुरामा लाग्यो । त्यो चोट त बिर्सन सकिएला तर कहिले नमेटिनेगरी लागेको दाग छँदै छ । कतिसम्म छुद्र र धुन्धुकारी हुन सक्छ है मान्छेको जात ? जवानीमा कामवासनाको ‘आगो’ शान्त पार्न प्रेमको नौटंकी गरेर कसरीसम्म फसाउन सक्छन् निर्दयी लोग्ने मान्छेहरूले एउटी महिलालाई ! नारीको चरित्र र जिन्दगीसँग खेलवाड गर्ने यी यौन पिपासुलाई थाहा छ कि छैन ‘नारी’ उग्रचण्डी पनि हो भन्ने कुरा । ०६५ सालको कुरा हो यो । बालाजु प्रहरी चौकीमा उजुर गरेपछि यही कारण एक दिन सोह्रखुट्टे र २४ दिन हनुमानढोकामा थुनियो । हातको खर्च व्यहोरेपछि एकअर्काेलाई दुःख नदिने कागज गरेर हनुमानढोकाबाट छुटेको हो । 

बाउ भन्नु ढोड मात्र भएपछि छोराका लागि सतिसाल बन्नु थियो आफैंले । टिक्नु थियो यही राजधानी खाल्डोमा । अलि धेरै इख थियो केही गरेरै देखाउने र सानैदेखिको सोख थियो कलाकारिता क्षेत्र । भगवान्ले भन्छन् रे, तँ आँट् म पु¥याउँछु । त्यही इख र सोखको जोडस्वरूप कलाकारितामा स्थान पाउँदै गएँ । सानो पर्दा हुँदै ठूलो पर्दा र केही विज्ञापनमा अभिनय गरेँ । देश विदेश घुम्ने अवसर पाउँदै गएँ । ७ पटकसम्म हामी कलाकारको समूह नै विदेश गएको हो । आजसम्म काठमाडौं खाल्डोमा टिकेको छु, छोरालाई पढाएको छु त्यही कलाकारिताको आडमा । मेरो पैसामा दुनियाँले रजाइँ गरेका छन् । मेरो पैसा खाएर फरार हुनेहरू धेरै छन् । जीवन आफ्नै रीतमा छन्दबन्द नदीझैं बग्दैथ्यो । ऊसँग छुटेको आठ वर्षपछि फेरि भेट भयो । मनमा कत्ति पनि प्रेम, सद्भाव र आदर बाँकी थिएन ।

यद्यपि, भन्यो हेर दुई दिनको जिन्दगी तिमी एक्लै, म पनि एक्लै बसेर कसैलाई केही फाइदा छैन । एकै ठाउँमा बसौं । हिजो जे भयो–भयो, त्यसलाई बिर्सिएर नयाँ र तरोताज– सम्बन्ध स्थापना गरौं । पग्लिएँ । खासमा छोराको जन्मदर्ताका कारण समस्या भइरहेको थियो । त्यही कारण उसको प्रस्तावमा लचिलो भएँ । उसको प्रेम मप्रति थिएन । मेरो शरीरप्रति थियो । एउटै फ्ल्याटमा तीन कोठा थियो । कामवासना शान्त पार्न चाहन्थ्यो मबाट । उसको इच्छा पूरा नभएपछि एकाबिहानै बाटो लाग्यो । जिन्दगी चलिरहेकै छ । छोरोको मुख हेरेर सास अड्याइरहेको छु । उसका लागि जन्मदर्ता त चाहियो । ऊ बिनाबाउको छोरा त थिएन । यही जन्मदर्ताका लागि उसलाई खोज्दै हिँडेँ । पुरानो काम गर्ने ठाउँ बानेश्वर पुगेर खोज्दा केही व्यक्तिले ज्ञानेश्वरतिर हार्डवेयर पसलमा काम गर्ने गरेको सुनाए । सोध्दै खोज्दै त्यहीँ पुगेँ ।

देख्नेबित्तिकै झस्कियो, भन्यो–  यहाँ आएर मेरो बेइज्जत नगर । मैले भनँे, तपाईंको के इज्जत छ र ! बेइज्जत हुनलाई ? मलाई अरू केही चाहिएन, छोराको जन्मदर्ता बनाइदिनू, अहिले मसँग बसाइँ सराइको कागजात छैन भन्दै तर्कियो । बनाइदिन्छु भन्यो । पटक–पटक विश्वासघात गर्ने आश्वासनलाई पत्याएर फर्किएँ । आनाकानी गरेपछि उसको बिलबुक, लाइसेन्स, नागरिकता खोसेर राखेँ । साता दिनपछि ३२ नम्बर वडा कार्यालयमा भेट भयो । बच्चाको जन्मदर्ता गर्न पहिले विवाह दर्ता नभई नहुनेरहेछ । यही थाहा पाएर विवाह दर्ता गर्न मानेन । एकछिन फोन गर्छु भन्दै ससुरालाई बोलायो । मालपोत कार्यालयमा लफडा भयो । मसँग सम्बन्धविच्छेद नभई अर्की केटीसँग विवाह गर्न भ्याएछ । दोस्री श्रीमती अहिले पाटन अस्पतालमा काम गर्दै छिन् ।

उसले बच्चाको डिएनए टेस्ट गर्ने कुरा गरी तर जन्मदर्ता गर्दै नगर्ने अडान लिई । जन्मदर्ता गर्न नमान्दा प्रहरी बोलाएर  डिएनए टेस्ट गर्नेसम्मको कुरा उठेपछि केस अदालत पुग्यो । ऊ केही लचिलो भयो र जन्मदर्ता भयो । आखिर यहाँ सहनेकै छाती अचानो हुन्छ । श्रीमान्सँग छुटँे । एक्लै छु । संघर्ष गरेर छोराको लालनपालन गरिरहेछु । महँगो काठमाडौंमा अडिरहेछु । उल्टो मलाई चरित्रहीनको आरोप लगाउँदा मन पोल्छ । तीन÷चार वर्षमा श्रीमती फेर्दै हिँड्ने पुरुषलाई मर्द कहलाउँछ यो समाज । आखिर यो विभेदको रेखा कहिलेसम्म ! अलिकति पनि लाज, श्रम र इमान बचेको छ भने तिनले बाँच्नु बेकार छ । सम्बन्धविच्छेद नगरी दोस्रो श्रीमती भिœयाउने अनि आफैं उल्टो छोराको जन्मदर्ता गरेपछि अब अंश माग्छे भन्ने डरले जे पायो त्यही बोल्दै हिँड्न अलिकति लाज लाग्दैन ? 

- विश्वास थापा पीडित मनिता


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Prabhu Bank Ltd.
Top