​रातो गुलाफ सिउरिरहनुको रहस्य


Sunday, 1 Sep, 2019 11:03 AM

  • राजेन्द्र स्थापित

विन्स्टन चर्चिल बेलायती राजनीतिज्ञ । दोस्रो विश्वयुद्धताका सन् १९४० देखि १९४५ सम्म र पछि फेरि सन् १९५१ देखि १९५५ सम्म त्यहाँको प्रधानमन्त्री बने । जवाहरलाल नेहरु सन् १९४७ मा भारतको प्रधानमन्त्री बने र सोही हैसियतमा सन् १९४८ को अक्टोबरमा इंग्ल्याण्ड गए । प्रधानमन्त्री क्लिमेन्ट एटलीलगायत थुप्रै बेलायती नेतासित उनको भेट भयो । 

एउटा कार्यक्रममा विन्स्टन चर्चिलसँग पनि भेट भयो । चर्चिल त्यतिखेर प्रधानमन्त्री थिएनन् । दोस्रो विश्वयुद्धको सफल नेतृत्व गरेको भए पनि युद्धलगत्तैको निर्वाचन हारे । नेहरुको आलोचना गर्नेम ध्ये चर्चिल अग्रपंक्तिमा आउँछन् । तर लण्डनको कार्यक्रममा जब भेट भयो, दुवैले जोशिलो तवरले हात मिलाए । अंगालो मारे । पुरानो कुरो सम्झेर हाँसे । कुरैकुरामा चर्चिलले सोधे, ‘नरिसाउने भए एउटा प्रश्न सोधौं ?’

नेहरु– ‘अवश्य सोध्नुस् ।’

चर्चिल– ‘तपाईंले अंग्रेजहरुको जेलमा कति वर्ष बिताउनुभयो ?’

नेहरु– ‘१० वर्ष ।’

चर्चिल– ‘त्यसोभए अंग्रेज सरकारले गरेको दुव्र्यवहारको कारण तपाईं हामीहरुलाई घृणा गर्नुहुन्छ होला ।’

नेहरु– ‘त्यस्तो कुरा छैन । हामीले यस्तो नेताको मातहतमा बसेर काम ग¥यौं, जसले दुइटा कुरा सिकाएका छन् । पहिलो कसैसँग नडराऊ । दोस्रो, कसैप्रति घृणा नगर । त्यसैले हामी त्यो बेला तपाईंहरुदेखि डराएका थिएनौं र आज पनि घृणा गर्दैनौं ।’

चर्चिल स्पष्ट वक्ता मात्र होइन, हाँसठट्टा गर्नुपर्ने नेता थिए तर पनि नेहरुको जवाफले नाजवाफ बने । हाँसेर बसे ।

भारतले बेलायतबाट स्वतन्त्रता प्राप्त गर्न सक्नुमा नेहरुको ठूलो भूमिका छ । तसर्थ जब भारत स्वतन्त्र बन्यो, उनी नै स्वतन्त्र भारतको प्रथम प्रधानमन्त्री बने । केटाकेटीलाई औधी माया गर्थे । उनीहरुसँग रमाउँथे । केटाकेटीको प्रायः कार्यक्रममा सरिक हुन छुटाउँदैनथे । केटाकेटी उनलाई ‘चाचा नेहरु’ भनेर संबोधन गर्थे । फलतः आफ्नो जन्मदिनलाई बालदिवसको रुपमा मनाउन दिए । 

नेहरुको प्रायः सबै फोटोमा एउटा वस्तु सधैं देखिन्छ । कोटको बायाँपट्टि रातो गुलाफ । लामो समयसम्म छोरी इन्दिरा गान्धीले बाबुको लागि बगैंचाबाट गुलाफको फूल ल्याउने काम गरिन् । उनले बगंैचामा फुलेकामध्ये सबैभन्दा गाढा रातो रंगको गुलाफ चयन गर्थिन् । रातो गुलाफ हुँदाहुँदै नेहरु परिवारको अभिन्न हिस्सा बन्यो । यहाँसम्म कि १९५० को दशकमा नेहरुका समर्थकहरुले नारासमेत लगाए, ‘लाल गुलाफ– जिन्दाबाद !’

सन् १९३८ मा एउटा कार्यक्रममा सरिक हुन पुग्दा स्टेजअगाडि सजाइएको अग्रपंक्तिको कुर्सीमा बसिराखेका उनको कोटमा एउटा बच्चा दगुर्दै आएर रातो गुलाफको फूल लगाइदिए । नेहरु त्यो बच्चाबाट अत्यन्त प्रभावित बने र बोल्ने पालोमा केटाकेटीलाई रातो गुलाफसित तुलना गरिदिए । उनले भने, ‘केटाकेटी भनेका बगैंचामा फुल्न लागेका कोपिलाजस्तै हुन् । उनीहरुलाई प्रेमले, स्नेहले हुर्काउन जरुरी हुन्छ किनकि तिनीहरु नै देशका भविष्य हुन् ।’

नेहरु १७ वर्ष प्रधानमन्त्री रहे । यसबीच सयौंपटक पत्रकारमाझ प्रस्तुत भए । धेरैपटक रातो गुलाफबारे सवाल उठाए तर कारण फरक–फरक दिए । पत्रकार रामनारायण चौधरीलाई दिइएको अन्तर्वार्तामा भने, ‘हैन, त्यत्तिकै लगाउने गरेको छु, मलाई मन पर्छ ।’

अमेरिकी पत्रिका ‘दि लेडिज होम जर्नल’ का सहसम्पादकद्वय ब्रुस गौल्ड र बेट्रिस गौल्डले यही प्रश्न सोध्दा जवाफ दिए, ‘रातो गुलाफ चञ्चलताको सूचक हो । यसले मलाई गम्भीरभन्दा गम्भीर विषयको बीचबाट पनि हल्का विषय खोज्न प्रेरित गर्छ ।’

पुस्तक ‘फ्रिडम फाइटर्स अफ इण्डिया’ भाग २ का लेखक एम.जे. अग्रवालका अनुसार नेहरुले स्वर्गवासी पत्नीको सम्झनामा सधैं कोटमा रातो गुलाफ लगाउने गरेका हुन् । स्मरणीय छ, नेहरुपत्नी कमलाको निधन सन् १९३६ मा भइसकेको थियो । ३७ वर्षको उमेरमा । सन् १९१६ मा बिहे गर्दा नेहरु २७ र कमला १७ का थिए । उनीहरु २० वर्ष मात्र सँगै रहे । कमलाको निधन क्षयरोगबाट स्विट्जरल्याण्डमा भएको हो । इन्दिरा गान्धी उनीहरुको एक्ली सन्तान थिइन् । 

बुद्धले अर्कै बाटो रोजेको भए...

असार महिना मध्याह्नको समय प्रचण्ड गर्मी थियो । गौतम बुद्ध त्यस्तो गर्मीको समेत पर्वाह नगरी शिष्यहरुको साथ भ्रमण गर्दै थिए । जुन मार्गबाट जाँदै थिए, बाटोमा एउटा पनि रुख थिएन । जता हे¥यो, उता बालुवाबाहेक केही थिएन । बुद्धले पाइला टेकेको स्थानको बालुवामा पैतालाको निशान बन्दै गइरहेको थियो । हिँड्दाहिँड्दै अलि पर पुगिसकेपछि शिष्यहरुले टाढा एउटा रुख देखे । उनीहरु त्यतै लागे । त्यहाँ पुगेपछि बुद्ध र शिष्य छायाँमा विश्राम गर्न थाले । 

एकछिनपछि एकजना व्यक्ति त्यही बाटो भई घर फर्कंदै रहेछन् । पेशाले ज्योतिषी  उनी बुद्धको पैतालाको निशान नाप्दै विश्राम गरिरहेको स्थानमा पुगे । बुद्धको पैतालाको छाप देखेर अचम्मित भएका रहेछन् । त्यति सुन्दर र भाग्यशाली पैताला जीवनमा पहिलोपटक देखेका रहेछन् । त्यस्तो पैताला पक्का पनि चक्रवर्ती सम्राटबाहेक अरुको हुनै सक्दैन भन्ने मनमा गुन्दै उनी त्यहाँ पुगेका रहेछन् तर जब उक्त पैताला कुनै राजा–महाराजाको नभई, एउटा भिक्षुको भएको थाहा पाए, विश्वासै गर्न सकेनन् । बुद्ध आँखा चिम्लेर ध्यानमग्न थिए । 

ज्योतिषीले दुई हात जोडेर नम्र स्वरमा ध्यान भंग गरेकोमा क्षमा मागे अनि भने, ‘तपाईंको पैतालामा पद्मको निशान रहेछ । यो अति दुर्लभ कुरा हो । हजारौं वर्षमा एकजना व्यक्तिमा यस्तो निशान पाइन्छ । यस्तो निशान भएको व्यक्ति अत्यन्त भाग्यशाली हुन्छ । हाम्रो ज्योतिष विद्याले भन्छ, चक्रवर्ती सम्राट बन्नुपर्ने व्यक्ति हुनुहुन्छ तर तपाईं...!’

बुद्ध ज्योतिषीको कुरो सुनेर मुसुक्क हाँसे । अनि नम्र स्वरमा भने, ‘सायद तपाईंको विद्या सही ठहथ्र्यो होला, यदि मैले शान्तिको यो मार्ग नरोजेको भए ! मैले त सबै सम्बन्ध, राजपाठ, धनसम्पत्ति त्यागिसकें । सबै बन्धन र मोहबाट मुक्त भइसकें । माफ गर्नुहोला, धन्न तपाईंको विद्याले मेरो जीवनलाई डो¥याउन पाएन ।’

सराप्नेको सम्मान

अब्राहम लिंकनको जन्म गरिब परिवारमा भयो तर कालान्तरमा अमेरिकाको राष्ट्रपति जस्तो गरिमामय पदमा आसीन भए । १६ औं राष्ट्रपति बने । सन् १८६१ देखि १८६५ सम्म सरकार चलाए । अमेरिकालाई दासप्रथाबाट मुक्त पारे । जातपात, कालोगोरो सबै समान हुन् भन्थे । साहसी व्यक्तित्व थिए । इमानदार र उदार विचार राख्थे । 

लिंकनले राष्ट्रपतिको निर्वाचन जितेलगत्तै सिमोन क्यामेरोनलाई युद्धमन्त्री बनाए । एडविन लिंकनका स्कुले सहपाठी थिए तर लिंकनको आलोचना गरिरहन्थे । 

उनलाई सन् १८६२ मा लिंकनले रक्षामन्त्री (युद्धमन्त्री) बनाए । यो कुरा थाहा पाएपछि एकजना साथीले भने, ‘तपाईंलाई थाहा छैन, रक्षामन्त्री बनेको व्यक्ति को हुन् ?’

लिंकन, ‘गल्ती के भो र ?’

साथी, ‘उसले हिजै मात्र तपाईंलाई दुब्लो, पातलो गुरिल्ला भनेको होइन र ?’

लिंकन, ‘मलाई थाहा छ, मैले समाचारमा पढेको हुँ ।’

उनले लिंकनलाई भड्काउने कोशिश गर्दै भने, ‘यसभन्दा पनि अगाडि एउटा कार्यक्रममा उनले तपाईंलाई बहुरुपी भनेका थिए ।’

लिंकनले भने, ‘मलाई यो पनि थाहा छ ।’

साथी अब भने रिसाए । रिसाउँदै भने, ‘सबै थाहा पाउँदापाउँदै रक्षा मन्त्रालयजत्तिको महत्वपूर्ण मन्त्रालय किन उसैलाई दिनुभो ?’

लिंकनले उत्तर दिए, ‘ऊ जस्तोसुकै भए पनि एकजना कुशल प्रशासक हो । आफूले गर्नुपर्ने कार्य लगन र निष्ठाले गर्छ । मलाई यस्तै देशभक्त रक्षामन्त्री आवश्यक छ... न कि चाप्लुसीवाला ।’


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Prabhu Bank Ltd.
Top