​प्रधानमन्त्री स्वयंले भोग्नुपरेको पीडा


Thursday, 18 Jul, 2019 10:53 AM

  • ०७५/७६ को समीक्षा तथा ०७६/७७ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना यथाशीघ्र जिम्मेवार र जवाफदेही रूपमा तयार गर्ने ।
  • आगामी वर्षको कार्ययोजनाअनुरूप सूचकहरूको प्रगतिमा But and If  शब्द नआउने गरी कार्य उपलब्धिमूलक हुने गरी सम्पन्न गर्ने । 
  • आगामी वर्षको कार्ययोजना – समय सारिणीसहित जिम्मेवार र जवाफदेही रूपमा त्यसको मासिक, चौमासिक, वार्षिक अनुगमन हुने व्यवस्था मिलाउने । 
  • काम शतप्रतिशत कहिल्यै नहुने तर कार्यसम्पादन मूल्यांकन १००% कसरी हुने ! यसको जवाफ खोज्नुपर्छ ।
  • कार्ययोजनालाई अझ वस्तुगत एवं वैज्ञानिक रूपमा अगाडि बढाउँदै – आफैलाई बाँध्ने गरी कार्य सम्पादन गरौं ।
  • विकास, संरचनागत, समायोजन, कानुनी पक्षमा अलमल हुँदा पनि ७५ भन्दा बढीको आर्थिक वृद्धि हासिल गर्न सकियो । यो ठूलो उपलब्धि हो । सरकारको काम सन्तोषजनक भएको छैन । यसमा हाम्रो ध्यान जानु आवश्यक छ । नतिजा आउनुपर्छ ।
  • हाम्रो अनुगमन प्रणालीलाई साउन १ गतेबाट प्रभावकारी बनाउने हो । राष्ट्रिय गौरवका आयोजनालाई विशेष ध्यान दिने हो ।
  • आर्थिक वर्ष शुरु हुनुभन्दा धेरै अगाडि जेठ १५ मै बजेट ल्याउनुको उद्देश्य कार्य प्रगति अभिवृद्धि गर्ने थियो । तर, खर्च गर्ने क्षमता र त्यसको प्रभाव अझै देखिएन । यस विषयमा गम्भीर हुनै पर्छ ।
  • कार्य सम्पादनमा समन्वयको अभाव रह्यो– मन्त्री, सचिव, कर्मचारी, अन्तर मन्त्रालय र विभागबीच समन्वय भएनन् । आगामी वर्ष समन्वयात्मक ढंगले काम गर्नुप¥यो । मन्त्री र सचिवहरूको फरक–फरक धारणा बाहिर आयो ।
  • प्रभावकारी समन्वय, निर्देशन र कडाइसाथ पालना गर्न मुख्य सचिवले समन्वय र निर्देशित गर्ने, कारण खोज्ने, कारबाही गर्ने, परिपाटी बस्नुप¥यो ।
  • मातहत कार्यालयहरूको प्रगति प्रतिवेदनको वास्तविकता पत्ता लगाउनुप¥यो यथार्थमा छ वा छैन । विकास निर्माणबारे गलत रिपोर्टिङ भएको छ । कर्मचारी जिम्मेवार एवं उत्तरदायी भएको पाइएन । 
  • लोकतन्त्रको मूल्य, मान्यताअनुरूप सेवा सुविधा सहज रूपमा जनताले प्राप्त गर्न सक्नुपर्छ । 
  • गैरजिम्मेवार ढंगको काम भएको छ, जस्तो – वैदेशिक रोजगारीसम्बन्धी ( जेठको शुरुमा आएको पत्रको कारबाही खोइ ?) कृषि Excellence Center इजरायलले खोल्ने कार्य असारभरि लुकाएर राखेपछि के हुन्छ ? विषादीयुक्त फलफूल र तरकारीको विषयमा भारतबाट आएको पत्र– परराष्ट्र – वाणिज्य, कृषि मन्त्रालयलाई थाहा हुने तर (२९ जुनमा आएको रहेछ) प्रधानमन्त्रीलाई सम्म जानकारी नहुने अवस्था कसरी भयो ? जनतासँग माफी माग्नुपर्ने अवस्था कसरी सिर्जना भयो ? झुट बोल्नुप¥यो । क्षमायाचना गर्नुप¥यो । यस्तो गैरजिम्मेवारीप्रति सजग रहन निर्देशन दिन्छु)
  • काम गर्ने तरिका मन्त्री र सचिवको मिलेन, यसलाई Seriously  लिनुहोला ।
  • ठूलो दलबलसहितको विदेश भ्रमणलाई नियन्त्रण गर्नुपर्छ जस्तो – खेलकुद र स्वास्थ्य मन्त्रालय ।
  • जनताको पैसाबाट प्राप्त राजस्व र करको दुरुपयोग गर्ने –अटेर गर्नेलाई कारबाही गरिनेछ । यस्ता नीति अर्को वर्ष अझ कडाइ साथ पालना हुने व्यवस्था गर्नुपर्छ ।
  • भ्रमण अर्थपूर्ण हुनु जरुरी छ – उपलब्धि के हुन्छ त्यसको प्रतिफल देशले पाउनुपर्छ ।
  • भ्रष्टाचार नियन्त्रण र अनुचित कार्य नियन्त्रणमा सरकार प्रतिबद्ध छ । अनुचित कार्य रोक्नुपर्छ । भ्रष्टाचार नियन्त्रणमा अनुगमन भइरहेको छ । Video, Audio Record सहित मानिस खटाइएको छ । Sting Operation जारी छ । कर्मचारीलाई निगरानी र विश्वास दुवै गरिने छ ।
  • जिम्मेवारी र सक्रियता बढाउने प्रयास भए पनि प्रगति हुन सकेको छैन ।
  • पुनर्निर्माणलाई गति प्रदान गरिएको छ । दाताको सहयोग प्राप्त भए पनि अझै अपुग छ । लगानी सम्मेलन सम्पन्न गरिएको छ । लगानी आकर्षण गर्न नीतिगत, कानुनी सुधार गर्दै उच्चस्तरीय वैदेशिक भ्रमणमा यी विषय उठाइएको छ ।
  • दुर्भाग्यपूर्ण रूपमा मेलम्ची खानेपानी आयोजना अलपत्र भयो तर अब अगाडि बढ्नेछ ।
  • ठेक्का व्यवस्थापन प्रभावकारी हुन सकेन । ठेकेदारले धेरै वटा ठेक्का लिने, मोबिलाइजेसन रकम लिएर जग्गा खरिद गर्नेजस्ता विकृति बढेका छन् । बेवारिसे र गैरजिम्मेवारीपूर्ण काम गर्ने ठेकेदार र आयोजना प्रमुखलाई गम्भीरतापूर्वक हेरी कारबाही गर्नुपर्छ ।
  • वातावरण प्रदूषणलगायत पूर्वाधार विकासको प्रभाव काठमाडौंमा छ । नेपाल भनेकै काठमाडौंले सबैलाई प्रतिविम्बित गर्ने भएकाले यसमा ध्यान दिनुप¥यो ।
  •  नेपाल भ्रमण वर्ष काठमाडौंबाट शुरू हुन्छ । नेपालको पहिचान देखाउनुप¥यो – कार्यविधि, नियम, निर्देशिकाका विषयले प्रक्रियागत व्यवधानमा अल्झेर हुँदैन –बुटिक एयरपोर्ट खोई बनेको ?
  • हरियालीयुक्त काठमाडौं बनाऔं । आगामी वर्ष ५ करोड वृक्षरोपण ः कृषि उपज, फलफूलको बिरुवा रोपिने गरी काम अगाडि बढेको छ ।
  • काठमाडौंलाई विशेष ध्यान दिन सम्बन्धित विषयगत मन्त्रालयलाई आग्रह गर्न चाहन्छु । पुरानो शहर भए पनि नमुना शहरको रुपमा विकास गर्न सकिन्छ । बिजुली, टेलिफोनलाई ताररहित बनाऔं, Underground गरौं । Site Clearance गरौं।
  • बिजुलीका ३०० बस खरिद गर्ने भनेको विषय कहाँ पुग्यो ?
  • SAF खेलकुदको निम्ति रंगशाला बनाउन सकिएको छैन । कछुवाको गतिमा अगाडि बढेको छ । यसलाई कसरी समयमा सम्पन्न गर्ने हो, चनाखो हौं ।
  • प्रहरीले कसरी काम गरेको छ ? (छानबिनमा व्यवधान भएको निर्मला पन्त घटनाबाहेक) सरकारले विध्वंशमा संलग्नलाई कारबाही गर्छ । प्रहरीमा आवश्यक सक्रियता देखिएन । प्रहरीलाई कडा निर्देशन दिनु आवश्यक छ ।
  • Fast Track अलमलमा परेको छ । सिक्टामा काम भएको छैन ।
  • NAC- Wide body खरिदपछि दैनिक करोडौं घाटामा रहेको छ । किन योजना नभई जहाज खरिद गरियो ?
  • दुई वर्षभित्र संसद् भवन निर्माण गर्ने भनेको कहाँ पुग्यो ? Tender पनि भएको छैन ।
  • ५००० जना क्षमताको हल निर्माण गर्ने विषय कहाँ पुग्यो ? झापाको औद्योगिक पार्क निर्माण अघि बढ्ने देखिँदैन । बाटो चौडा बनाउने कार्य किन हुन सक्दैन ?
  • काठमाडौं उपत्यका प्राधिकरणको काम, कर्तव्य के हो ? कुन Structure बाट बनाइएको हो ? सुरक्षाको विषय खोइ ? (राष्ट्रपति भवन, राष्ट्रिय अनुसन्धान विभाग) राष्ट्रिय अनुसन्धानको ठीक अगाडि होटल र अपार्टमेन्ट चल्नेगरी भवन निर्माण कसरी भयो ? यस्ता पूर्वाधारलाई अब के गर्ने हो ? अधिग्रहण गर्नुपर्ने हो कि ? योजना तयार गर्नुहोस् । उपत्यका प्राधिकरणलाई पुनःसंरचना गर्नुपर्ने हो कि ? 
  • गृह मन्त्रालय र रक्षा मन्त्रालयले सुरक्षा चुनौतीबारे स्पष्ट रूपमा ल्याउनुप¥यो । सुरक्षा संवेदनशीलता हुने घरहरुलाई अधिग्रहण गर्नुपर्छ ।
  • अनुदानको आवश्यकता, सदुपयोग र अनुगमनबाट व्यक्ति र सरकारलाई के फाइदा ? सामाजिक सुरक्षा र सदुपयोगको प्रत्याभूति हुनुपर्छ ।
  • काममा ढिलाइ भएको छ । ८.५५ आर्थिक वृद्धि पूरा गर्ने, LDC बाट माथि उठ्ने एवं सन् २०३० भन्दा अगाडि मध्यम आय भएका मुलुकमा स्तरोन्नति हुने लक्ष्यअनरूप कार्य गर्नुप¥यो ।
  • असुरक्षित बस्ती व्यवस्थापन र जनता आवासलाई आबद्धता गर्नुप¥यो । फुसको छानो भएको र असुरक्षित ठाउँमा सुरक्षित रूपले बस्ती विकास निर्माण गर्नुपर्छ । जस्तापाता वितरण गरी फुसको छानो हटाउनुप¥यो ।
  • झोलुंगे पुल निर्माण र तुइन विस्थापितलाई अझै व्यवस्थित गरौं । १० मिनेटको दूरीमा तुइन राख्न दिनु भएन ।
  • यस्ता कमजोरी हटाएर अगाडि बढ्नुपर्छ । नवलपरासीको फलाम खानी उत्खनन, जाजरकोट, दैलेखमा रहेका खानी उत्खनन तथा प्रशोधन कार्य अगाडि बढाऔं ।
  • जलमार्ग र रेलमार्गको काम शीघ्र अगाडि बढाऔं । (१५० किमिभित्र पानी जहाजको बाटोमा पुग्न सक्छौं । नारायणी, कोशी, कर्णालीमा जलमार्ग चलाउन सक्छौं ।
(नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनाको वार्षिक समीक्षामा सम्माननीय प्रधानमन्त्रीज्यूबाट मिति : २०७६/३/२७ गते भएको निर्देशन)


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

गोकर्ण बचत तथा ऋण सहकारीको आठौं बार्षिक साधारण सभा

गोकर्ण बचत तथा ऋण सहकारीले आफ्रानो सहकारीको आठौं बार्षिक साधारण सभा ओसिस पार्टी प्यालेसमा एक समारोह विच सम्पन्न गरेको छ ।

​एल.आई.सी. नेपालको ‘जीवन बचत’ योजना

“जीवन बीमासहितको खुसीको बचत, जीवन बचत” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘जीवन बचत’ नामक एकल बीमाशुल्क जीवन बीमा योजना बजारमा ल्याएको छ…

प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा सम्पन्न ।

एन आई सी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा

Prabhu Bank Ltd.
Top