​आधा जोडी किन हुँदै छन् अलग ?


Monday, 15 Jul, 2019 12:48 AM

  • संकेत कोइराला

पति-पत्नीको पारपाचुकेसम्बन्धी बहस चलिरहेको थियो । पैmसलाअघि अभियुक्त पतिसँग न्यायाधीशले सोधे– ‘सफाइमा केही भन्नु छ ?’
पति– ‘श्रीमान् आपैंm भन्नुस् यसलाई मैले कसरी स्वीकार गर्ने जबकि मसँग बिहे हुनुअघि नै अर्कैको पेट बोकिसकेकी रहिछ । यसले मलाई धोका दिई । अर्काको सन्तान म कुनै हालतमा सकार्न सक्दिनँँ । त्यसैले पारपाचुके हुनै पर्छ ।’ 

‘तिमीलाई केही भन्नु छ ?’ महिलातर्पm फर्किएर न्यायाधीशले सोधे । उनले आत्मविश्वासको स्वरमा भनिन्– ‘मैले पनि न्याय पाउनै पर्छ । महाशय, तपाईं नै भन्नुस् – यदि कसैले अर्कैले बाली लगाएको खेत किन्यो रे, के त्यसले अर्कोले रोपेको खेत भोग गर्दिनँ भनेर छाडिदिन्छ ?’ महिलाको कुराले न्यायाधीश मौन भए । 

खरिदार हुँदै भन्सारको ठेकेदारसम्म भएका कृष्णप्रसाद कोइरालाका तीन छोरा मातृका, बिपी र गिरिजाप्रसाद संयोगले प्रधानमन्त्री भए । यो देखेर कोइराला परिवारको शुभचिन्तक दाहाल परिवारमा अर्को सपना रोपियो । न्यायक्षेत्रमा लागेका तीन भाइमध्ये विश्वनाथ, केदारनाथ उपाध्याय प्रधानन्याधीश भए । दुर्भाग्यवश अर्का भाइ बैजनाथ उपाध्यायको निधारमा यो भाग्य लेखिएन । फलतः सोचेजस्तो इतिहास कोरिएन । नेपालमा ठूला मानिसको चरित्र र ती महिलाको तर्क एउटै छ । आफ्नो अनुकूलका लागि कानुन खरानी बनाउने र अरूलाई सिध्याउन कानुनका नौ सिङ तिखार्ने चलन झन् प्रबल बन्दै गएको छ । राजनीति, फौजी, प्रशासन जताततै विरासतको हक रोप्ने प्रतिस्पर्धा बढ्दो छ । राणा, पञ्चायत हुँदै गणतन्त्रमा त यसका हाँगाबिँगा यसरी फस्टाएका छन् कि अब यो विसंगति छिमल्ने तागत कसैसँग छैन । मान्छे मरेपछि करोडौं रुपैयाँ राज्यका तर्फबाट दिएर किन नहोस् स्मृति प्रतिष्ठानको बँँुख्याचा ठड्याएरै भए पनि आफ्नो बर्चस्वको प्रयास बाँकी राखिन्न । गणतन्त्रका महानायक मानिएका प्रचण्ड परिवारमा हजुरआमा र दुईवटा नातिबाहेक सबै राज्यका तलवी हकदार छन् । प्रधानमन्त्री केपी ओली त के उनले नाम काढेर बोलाउनेसम्मको मानिसले देशको कार्यकारी पद सौदा गर्ने औकात राख्छ । 

राजा महेन्द्रका अंगरक्षक गोपालबहादुर खत्रीले छोराहरूलाई सेनाको मुखिया बनाउने सपना देखेरै हुनुपर्छ, नामै राखिदिए– रमिन्द्र, राजेन्द्र, रतिन्द्र । जुन नाम राजामहाराजा वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रसँग मेल खाने खालको थियो । गोपालबहादुरका पिता बलेन्द्र सेनाकै मेजर थिए । कर्मले के गरे, आफ्नो ठाउँमा छ तर बाउको सपना पूरा भएरै छाड्यो । राजा महेन्द्रले छोरालाई मात्र हैन, छोरीहरूलाई आफ्नै करेसाबारी अघिल्तिर घरबासको व्यवस्था गरिदिएर अंश दिने चलन विधिवत् विजारोपण गरे । राजाका हरेक कर्म लालमोहरसरह हुने गथ्र्यो । बक्सिस र तदर्थवादको माखेसाङ्लोबाट राजनीति, निजामती, सेना, पुलिस र न्यायसेवा मुक्त हुन सकेको छैन । एकातिर आगो लागेपछि दमकल किन्ने फाइल उठाउने प्रवृत्ति र अर्कातिर चिनेको अनि किनेको बीच अनौठो रसायन मिलेपछि पेशागत मर्यादा र धर्मका कुरा दन्त्यकथा बन्दै गएका छन् । 

सन्काहा युवराज राजेन्द्रको कमजोरीमा खेल्न शुरु गरेका जंगबहादुरले महत्वाकांक्षा र अवसरको सिंढी यसरी उपयोग गरे कि आफ्ना छोरी राजामहाराजाको बुहारी बनाए । राजाकै सम्धी भएपछि के थियो, नाम अगाडि श्री ३ लेखिदिए । उनको इतिहास यति सकसपूर्ण थियो कि बाह्रमासे जुवाडे जंगबहादुर सुत्केरी पत्नीलाई खानाको बन्दोबस्त मिलाउन नसक्दा उनको प्राणान्त भएको थियो । अरू त अरू नेपालको सबैभन्दा पुरानो पार्टी प्रजापरिषद्का नेताहरू राजा त्रिभुवनले पार्टी चलाउन दिएको खर्च घरायसी मामलामा खर्च गरेपछि फाटेको धाँजाका आफ्नै कथाव्यथा छन् । समय फेरिए पनि हाम्रो शासन प्रणालीमा कपटी खेल खेलेर देशलाई गुठी बनाउनेहरूको संख्या प्रतिदिन बढ्दो छ । 

एउटाको त्यागलाई ब्याजका रूपमा सन्तान दरसन्तानले ग्रहण गरेर समाजमा विशिष्ट मुखिया हुन खोज्ने प्रवृत्ति दक्षिण एशियामै भाइरस बनेर उपस्थित छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी चिन फिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यही बाटोमा छन् । उनीहरूमा अहिले ढुंगालाई प्राण दिएर देउता बनाई विश्वलाई ढोगाउन सक्ने तागत छ । बिपीका छोराहरू जतिसुकै नालायक भए पनि लायक ठहरिए । बलिउडका असफल नायक सिद्धार्थ यहाँ राजनीतिक नायक हुने प्रतिस्पर्धामा छन् । गिरिजाप्रसादकी छोरी भएकै योग्यतालाई सुजाताले दशकौं देखि भजाउँदै आएकी छन् । जबकि शुद्धसँग दुई लाइन नेपाली संवाद गर्ने क्षमता उनीसँग छैन । तर, निजामती सेवामा एउटा विडम्बना यो छ कि हाकिमको छोरोले हाकिम बन्ने चाह किमार्थ राख्दैन । आफ्नो बाउको कागजी विकासमा पोख्त हाउभाउबाट कायल भएर हाकिम बन्ने सपनाको सानैमा भ्रूण हत्या गरेको हुनुपर्छ । 

गीताले खबरदारी गर्दै भनेको छ– ‘मैले आज यति पाएँ, पछि यति पाउनेछु, अहिले मसँग यति छ पछि अरू थपिन्छ, मैले यो शत्रु मारें, अरू पछि मार्छु भन्ने, मै मालिक हुँ मै भोग गर्ने हुँ, सिद्ध मै हुँ, बलवान पनि मै हुँ, सुखी म नै छु, कुलीन धनवान मै हुँ, मेरो बराबर को छ र ? पुज्छु, दिन्छु, मोज गर्छु भन्ठान्ने मूर्खहरू राक्षसी श्रेणीमा जन्मेका नीच हुन् ।’ 

एउटा समय थियो– हरेक मानिसले आफ्नो सुरक्षाको लागि धनुकाँड बोक्थ्यो । कोही गुलेली बोक्थे । कोही तीर उध्याउँथे । निशस्त्र महिलाहरू केही नहुँदा पनि दुवै औंलामा नङ पाल्थे । खुर्सानीको धुलो बोक्थे । समय परिवर्तनसँगै ओहोदा सामथ्र्य हेरेर मानिसहरू भरुवा बन्दुक राख्न थाले । राज्यले आत्मसुरक्षाका यी उपाय आपूmले गर्ने ढाडस दिँदै हतियार नियन्त्रणमा लियो । जनताको शरीरमा घात हुन नदिने बचन दिएपछि जनता आश्वस्त भए । तर संगठित हुन नसक्ने जनताको प्रकृतिमाथि राज्यको नाममा यस्तो कपटपूर्ण खेल खेलियो कि कानुनमा लेखिएका शब्दबाहेकका खेलबाट जनता आहत हुन थाले । जनताले पाउने सुरक्षा चाकरीको माध्यम बन्यो । दर्ता चलानीको कामसमेत शुभलाभबिना नहुने दिन आए । हुँदाहुँदा नेपाल मात्र त्यस्तो देश हो, जहाँ राजश्व तिर्न पनि बिचौलियाको भरथेग चाहिन्छ । राज्यको संयन्त्र कागज चिन्छ, काम चिन्दैन । कर्मचारीहरू सेवाग्राही चिन्दैनन्, बिचौलिया चिन्छन् । 

त्रिभुवनलाई त्रास देखाई दिल्ली भगाएर चारवर्षे बच्चोलाई राजा बनाउने देखि लिएर प्रचण्डलाई तिलस्मी देवदूतको रूपमा अवतरण गराई एक दशक बीचमा नाङ्गेझार बनाउन प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ । केपी ओलीलाई पानीजहाज, ग्यासपाईप, बुलेट रेलका विषयमा मच्चीमच्ची भाषण गराउनेहरूले यसरी जोकर बनाइदिए कि सरकारको कार्यकारी प्रमुखले बोलेको विषय हावामा तरवारको प्रहारजस्तै भयो । 

राजा ज्ञानेन्द्रलाई देवत्वमा आरुढ गराएर अन्ततः सन्न्यासी बनाउने लोकमान र गिरिजाप्रसाद कोइरालालाई सन्काएर सम्पूर्ण निजामती प्रशासनमा राजनीतिको विषवृक्ष रोप्ने भोजराज घिमिरे चरित्रले सामाजिक मनोविज्ञान नै आँधीमा परेको डुंगाजस्तो भइरह्यो । त्यसैको परिणाम नेपालको निजामती प्रशासनभित्रका २५ प्रतिशत टे«ेड युनियनका नाममा, २५ प्रतिशत तदर्थवादका नाममा, २५ प्रतिशत अख्तियार, कानुनको त्रास देखाएर हाजिर गरेर जागिर पचाइरहेका छन् । जो जनताको आवश्यक बन्छ, उसलाई बन्दुकको सुरक्षा रुचिकर हुँदैन । राजाको दरबारी नखरा जनताको छोराछोरीले प्रतिनिधित्व गर्ने संस्थामा पनि अक्षरशः अनुवाद गर्ने हो भने भएका राजनीतिक परिवर्तनप्रति जनतामा आस्था र विश्वास कहिल्यै नजाग्ने पक्का छ । सुरक्षा थ्रेट त्यसलाई हुन्छ, जो धेरैको भाग खोस्ने थोरै फटाहाहरूको बस्तीमा आगो झोस्न सक्छ । तर, यहाँ त घरका एकमुठी जहान मिलाउने लुर नभएकालाई के को थ्रेट ? हातमुख जोर्नेेदेखि रातीको सोमरससम्म पनि अरूकै आतिथ्यमा जीवन अर्पिएकालाई के झार्न थ्रेट दिनु ? नेताहरूको यही कमजोरीको फाइदा उठाएर स्वार्थीहरूले देशमा फौजी निकायको संख्या लाखौं पु¥याइसके । लाख नाघेको निजामती कर्मचारी सत्तरी हजारबाट ओरालो लागिसक्यो । भ्रष्टाचारी ठीक लाउने नाममा अख्तियारका गतिविधि युद्धकालिन माओवादीको एम्बुसभन्दा कम खतरनाक हुन छोड्यो । भ्रष्टाचार, अनाचार, व्यभिचार किन मौलाउँदैछ भनेर त्यसको ओखती खोज्नु साटो सरकारी निकायबीच नै को बढी तोरी लाउरे देखिने भनेर प्रतिस्पर्धा चल्न थालेको छ । संसदका समितिहरू हिन्दी सिनेमाका जुँगे तहसिल्दारजस्ता भएका छन् । यत्तिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीहरूमा आएन । पूmलपाती लिएर पूजा गर्न जाने कार्यकर्ताहरूको हात शीर्ष नेताहरूको गालामा पुग्दा पनि उनीहरूको कार्यशैलीमा बीसको उन्नाइस सुधार आएन । कथित जनयुद्ध सफल पार्न हजारौंले बलिदान दिएको स्थायी रेकर्ड राखेका माओवादी नेताहरूलाई थाहा छ छैन, ती ठाउँका जिल्ला अदालतले गरेको आधा पैmसला सम्बन्धविच्छेदका छन् । विकासमा कालिकोटको कुरा गर्दा थानकोट र पेटीको कुरा गर्दा केटी भनेर बुभ्mने देशका सारथीहरूले आपूmलाई परिवर्तनसँग कहिल्यै रूपान्तरण गरेनन् । 

एकदिन एकजना राजनीतिज्ञ मित्रको पक्षमा वक्तव्य दिन मार्क ट्वेन प्लेटफर्ममा उभिए । विपक्षी दलका विपक्षी दलका विरोधीहरूको हुटिङले उनलाई वक्तव्य दिन मुस्किल परिरहेको थियो । त्यतिमात्र हैन, एकजनाले त बन्दाकोभीले नै झटारो हान्यो । जब बन्दाकोभी ट्वेनको अगाडि खस्यो, उनले त्यसलाई हेर्दै भने– ‘महिला तथा सज्जन वृन्द हाम्रा विपक्षीहरू मध्ये एउटाको काटिएको शिर मेरो खुट्टाको छेउमा लडिरहेको छ । सम्बन्धित पक्षले पोस्टमार्टमका लागि लानुहोला ।’ सत्यको बाटो घुमाउरो हुन्न । यदि सत्यमाथि अत्याचार, व्यभिचार गरियो भने मार्क ट्वेनको ठट्टामा सत्य घटना बन्न कत्ति बेर लाग्दैन । 
 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top