​ठ्याक्कै अघिल्तिरका ठहरै


Monday, 15 Jul, 2019 12:02 AM

सुशासन र समृद्धिको नारालाई सार्थक तुल्याउन सरकारले कतिपय संवेदनशील निकायलाई सोझै प्रधानमन्त्रीले हेर्ने गरी तानेको छ । योचाहिँ अहिले होइन, २०५९ सालदेखि नै त्यता गएको अड्डा हो तर जति पुरानो, त्यति बेकारको बनाएर राखिएको छ ।

यतिबेला बजेट सिध्याउनका निम्ति पानी, बाढीको पर्वाह नगरी धमाधम सडक पिच गरिँदैछ । खाल्डाखुल्डी उस्तै छन् । पिचमाथि पिच थप्ने काम भइरहेको छ । सडक, सुरुङ र विद्युतगृहहरुको निर्माणमा अनियमितता भएको भए स्याम्पल ल्याएर कारवाहीको सिफारिस गर्ने निकायभित्र कति भद्रगोल छ, हेरौँ ।

नामै सुन्दा झसंग होइने निकाय हो– राष्ट्रिय सतर्कता केन्द्र । गृहअन्तर्गत थियो । प्रहरी र अनुसन्धान विभागका कर्मचारीलाई समायोजन गरेर विभिन्न कार्यालयका भद्रगोलमाथि निगरानी गर्ने निकाय हो यो । योसँग एउटा ल्याब छ । किनेर ल्याएको एक वर्ष भयो । त्यसले कुनै पनि कामको वैज्ञानिक परीक्षण गरेर गुणस्तर पहिल्याउँछ । साँच्चै इमान्दारिता देखाउने हो भने केन्द्रका रुपमा हैन, अलग्गै विभागका रुपमा काम गराए हुन्छ । मानौँ, पिच बनेको छ । तर, त्यसमा कति अलकत्रा, कति गिटी र बालुवा मिसाइयो ल्याब परीक्षणबाट थाहा हुन्छ ।

र, अनियमितताको पोल पनि खुल्छ । यस्तो महŒवपूर्ण निकायको बेहाल कस्तो भने भूकम्पले सिंहदरबारभित्र रहेको प्रहरी किताबखानासँगैको भवन भत्कायो । यसका लागि अलग्गै अत्याधुनिक भवन बनाउने काम भयो, राष्ट्रिय अनुसन्धान विभागसँगै । बन्यो पनि । तर, त्यहाँ गएर ढसमस्स बस्यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय । अहिले शिक्षा मन्त्रालय मुन्तिरको भुँइतलामा काम चलाइएको छ । ल्याबका निम्ति सहसचिव र उपसचिव तहका १० जना प्राविधिक कर्मचारी कार्यरत छन् । तर, तिनले केही परीक्षण गर्न र सोको रिपोर्ट दिनसमेत सकेका छैनन् । ब्रिफिङका लागि ठ्याक्कै सामुन्नेको भवनमा प्रधानमन्त्रीको समय माग्दा मुख्यसचिवलाई ब्रिफिङ गर्नुपरेको छ ।

यसका प्रमुख माधव बेल्बासे, इञ्जिनियर हुन् । सिञ्चाईं विभागमा महानिर्देशक भएर काम गरिसकेका । यो संस्थाको न आफ्नो भवन छ, न राम्रोसँग काम गरेर देखाउन पाएको छ । पहिला–पहिला सरकारी स्कुलका विद्यार्थी बेञ्च जोडेर बस्नेजस्तो नौ–दश जना एटै कोठामा कोच्चिने अवस्था छ । 

त्यसमाथि कर्मचारी खटाउने ताल हेर्दा झन् उदेक लाग्छ । रेल्वे विभागका अनन्त आचार्य एक वर्षदेखि थन्किएर त्यहाँ बसेका छन् । विकास निर्माणको गड्बडी हेर्ने ठाउँ भनेर गए, तर आफैँ गड्बडीमा परेर बस्नुपरेको छ । एक महिनामा अवकाश पाउँदैछन् । उनीअघि विष्णुराज लामिछानेले असार १ गते अवकास पाए । भर्खरै नुवाकोटबाट सिडिओ उद्धवबहादुर थापालाई ल्याएर राखिएको छ । उनी पनि दुई–तीन महिनामा घर जाँदैछन् । अर्थात्, सतर्कता केन्द्र घर पठाउनेलाई राख्ने ठाउँ भएको छ । प्रशासनतर्फका सचिव, सहसचिव जान मान्दैनन् । किनभने, त्यो मालदार ठाउँ परेन । कूल एक सय २५ कर्मचारी झिँगा मारेर बस्न बाध्य छन् ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

गोकर्ण बचत तथा ऋण सहकारीको आठौं बार्षिक साधारण सभा

गोकर्ण बचत तथा ऋण सहकारीले आफ्रानो सहकारीको आठौं बार्षिक साधारण सभा ओसिस पार्टी प्यालेसमा एक समारोह विच सम्पन्न गरेको छ ।

​एल.आई.सी. नेपालको ‘जीवन बचत’ योजना

“जीवन बीमासहितको खुसीको बचत, जीवन बचत” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘जीवन बचत’ नामक एकल बीमाशुल्क जीवन बीमा योजना बजारमा ल्याएको छ…

प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा सम्पन्न ।

एन आई सी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा

Prabhu Bank Ltd.
Top