भुलक्कडको गिदी अझै भाँडोमा


Saturday, 8 Jun, 2019 10:44 AM

  • राजेन्द्र स्थापित

अल्बर्ट आइन्स्टाइनलाई आधुनिक भौतिक विज्ञानको पिता मानिन्छ । जर्मनीका थिए । केटाकेटीमा उनलाई बोल्न कठिन लाग्थ्यो । पढ्न–लेख्नमा पनि कमजोर । त्यसैले एकपटक विश्वविद्यालयको प्रवेश परीक्षामा फेल भए । कहिल्यै मोजा लगाएनन्, न जुंगा दाह्री खौरिँदा सेभिङ क्रिम नै प्रयोग गरे । जीवनमा धेरै कुरा पत्ता लगाए तर स्विटजरल्याण्डको जुरिच विश्वविद्यालयमा पढाउन थालेपछि मात्र सम्पूर्ण विश्वले उनलाई महान् वैज्ञानिक मान्न थाल्यो । 

आइन्स्टाइन खराब–सम्झनाको कारण बदनाम थिए । प्रायः तारिख र फोन नम्बर थाहा पाउँदैनथे । सन् १९५२ मा भर्खर इजरायल देश बनेको थियो । बेलायत र अमेरिकाको योजनामा संयुक्त राष्ट्रसंघले प्यालेस्टिनी भूमिलाई टुक््रयाएर इजराल निर्माण गरिदिएको थियो । यहुदीहरुको छुुट्टै मुलुक बन्नुपर्छ भन्ने अभियान चलाएकै कारण पहिलो प्रधानमन्त्री बने डेभिड बेन गुरियन । उक्त अभियानको नेतृत्व गरेकाले उनलाई इजरायलको पिता पनि भन्ने गरिन्छ । प्रथम राष्ट्रपति बने क्लाइम बाइजमन । नवनिर्मित मुलुक इजरायललाई अमेरिकाबाट मान्यता दिलाउन क्लाइमले अहम् भूमिका खेलेका थिए । राष्ट्रपति बन्नुअघि पनि यहुदीहरुका प्रमुख नेता थिए । राष्ट्रपति रहँदै सन् १९५२ को नोभेम्बर ९ मा उनको निधन भयो । 

क्लाइमको निधनपछि रिक्त पदका निम्ति अमेरिकाले आइन्स्टाइनसमक्ष प्रस्ताव राख्यो तर ‘म राजनीति गर्न जन्मेको मान्छे होइन’ भन्दै सो प्रस्ताव अस्वीकार गरे । स्मरणीय छ, जर्मनीमा हिटलरको उदयपछि यहुदीमाथि चर्को दमन शुरु भयो, यसै क्रममा सन् १९३३ मा आफैं यहुदी रहेका आइन्स्टाइन अन्य यहुदीसरह भागेर अमेरिका पसे । उनले सन् १९४० मा त्यहाँको नागरिकता लिए । कहिल्यै स्वदेश फर्केनन् । अमेरिकाले आफ्नै नागरिकलाई इजरायलको राष्ट्रप्रुमख बनाउन चाहेको थियो । आइन्स्टाइनले नमानेपछि राष्ट्रपति बने यित्जाक बेन ज्भी । उनी र बेन गुरियनले सन् १९६३ सम्मै राष्ट्रको नेतृत्व गरे । 

आइन्स्टाइनले सन् १९२१ मै भौतिक विज्ञानतर्फ नोबल पुरस्कार पाइसकेका थिए । एकपटक क्रिस्टिनबाट कतै जान रेल चढे । बीचमा कर्मचारीले टिकट देखाउन भने । आइन्स्टाइनले खल्तीमा हात छिराए । त्यहाँ टिकट नपाएपछि सुटकेस खोलेर हेर्न थाले । त्यसभित्र पनि टिकट थिएन । त्यसपछि सिटमुनि खोज्न थाले । यो देखेर टिकट जाँच्ने कर्मचारी हाँस्यो । र भन्यो, ‘ठीक छ, टिकट नभेटिए पनि केही छैन, चिन्ता नलेऊ ।’

टिकट जाँच्नेले आइन्स्टाइनलाई चिनिसकेको थियो । यति ठूलो दार्शनिक र वैज्ञानिकले टिकट नलिइकन पक्कै रेल चढेनन् भन्ने सोचेर ऊ अरु यात्रीको टिकट जाँच्दै अघि बढ्यो । एकछिनपछि फर्केर हेर्दा पनि आइन्स्टाइन यताउता टिकट खोज्दै थिए । त्यो देखेर जाँचकर्ता नजिक पुगेर भने, ‘होइन, तपाईं चिन्ता नलिनुस् । म तपाईंसँग फेरि टिकट माग्दिनँ ।’

तैपनि आइन्स्टाइनले टिकट खोज्न छोडेनन् । उनले भने, ‘मलाई टिकट त जसरी पनि चाहिएको छ, त्यो भेटिएन भने कहाँ उत्रने मलाई नै थाहा हुँदैन ।’

आइन्स्टाइनको स्मरणशक्ति कति कमजोर थियो भन्ने सिद्ध गर्न यही घटना पर्याप्त छ । एकपटक सहकर्मीले टेलिफोन नम्बर मागे । आइन्स्टाइनले डायरी पल्टाएर नम्बर खोज्न थाले । यस्तो चाला देखेर अचम्म मान्दै सहकर्मीले सोधे, ‘महाशय, तपाईंलाई आफ्नै नम्बर पनि याद छैन ?’

आइन्स्टाइनले जवाफ दिए, ‘नाइँ, म त्यस्तो कुरा किन सम्झिराखौं ? जुन डायरी र किताब पल्टाएपछि पाइन्छ ।’

विश्वविद्यालयमा प्रोफेसरको काम गरिरहेकै बेला एकजना विद्यार्थीले भने, ‘सर, यो वर्ष पनि परीक्षामा उनै प्रश्न आए, जुन पोहोर साल पनि आएको थियो ।’

आइन्स्टाइनलाई विद्यार्थीले सम्झाएपछि मात्र आफू भुलक्कड भएको थाहा भयो । तर उनले आफ्नो गल्ती ढाकछोप गर्दै उत्तर दिए, ‘जाऊ, खुरुखुरु परीक्षा देऊ । हो, पोहोर र यसपालिको प्रश्न एउटै छ तर चिन्ता नगर, उत्तर मैले फेरिदिएको छु ।’

त्यसो त आइन्स्टाइनले भौतिक विज्ञानको क्षेत्रमा धेरै नयाँ–नयाँ खोज र सिद्धान्त पत्ता लगाए तर सापेक्षतावादको सिद्धान्त अर्थात् ‘ई बराबर एमसी स्क्वायर’ ले उनलाई प्रसिद्धिको शिखरमा पु¥यायो । जसको मद्दतबाट संसारका मानिसले ब्रह्माण्डको नियम थाहा पाउन सके । आइन्स्टाइन आफूले खोजेको र पत्ता लगाएको कुनै सिद्धान्तको गलत प्रयोग कसैले नगरुन् भन्ने चाहन्थे तर उनैले प्रतिपादन गरेको ‘ई बराबर एमसी स्क्वायर’ सिद्धान्तमै टेकेर अमेरिकाले आणविक बम बनायो र दोस्रो विश्वयुद्धताका जापानमा हान्यो । अगस्त ६ र अगस्त ९  (सन् १९४५) मा हिरोसिमा र नागासाकीमा खसालिएको दुईवटा आणविक बमले १ लाख २६ हजारको ज्यान गएको थियो, मारिनेमा अधिकांश गैरसैनिक थिए । 

आइन्स्टाइनले सापेक्षताको सिद्धान्तको खोज त गरे तर पछिसम्म पनि यो यथार्थमा के हो भनेर धेरैले बुझ्नै सकेनन् । सिद्धान्तको खोजीपछि उनी जहाँ जान्थे, सबैको एउटै जिज्ञासा हुन्थ्यो, ‘यो सिद्धान्तलाई सरल शब्द र भाषामा व्याख्या गरिदिनुस् ।’

उनी भन्थे, ‘तपाईं आफ्नो हत्केला बलिरहेको आगोमाथि १ मिनेट राखेर हेर्नुस्, एक मिनेट एक घण्टाजस्तो लाग्नेछ । तपाईं एउटी रुपवती युवतीसँग एक घण्टा बिताएर हेर्नुस्, तपार्इंलाई त्यो एक घण्टा एक मिनेटबराबर लाग्ने छ । हो, यही हो सापेक्षता ।’

आइन्स्टाइन प्रिन्स्टन विश्वविद्यालयमा कार्यरत थिए । एकदिन विश्वविद्यालयको काम सकाएर फर्कंदा घरको ठेगाना नै बिर्सिए । त्यसो त प्रिन्स्टनका सबैजसो व्यक्ति उनलाई चिन्थे तर दुर्भाग्य, उनी घर जान भनी जुन ट्याक्सीमा बसेका थिए, त्यसको ड्राइभरले उनलाई चिनेनन् । आइन्स्टाइनले सोधे, ‘भाइ, तिमीलाई आइन्स्टाइनको घरको ठेगाना थाहा छ ?’

ड्राइभरले भन्यो, ‘लौ, प्रिन्स्टनमा उनको ठेगाना थाहा नहुने को छ र ? तपाईंलाई उनको घरसम्म पु¥याइदिन्छु ।’

आइन्स्टाइनले भने, ‘लाटा, म नै हुँ आइन्स्टाइन । मलाई आफ्नो घरको ठेगाना याद नभएर तिमीसित सोधेको हुँ ।’

ड्राइभरले खुशी भएर आइन्स्टाइनलाई घरसम्म पु¥याइदियो । आइन्स्टाइनले कति कर गरे पनि ड्राइभरले भाडा लिन मानेनन् । 

आइन्स्टाइनको मृत्यु सन् १९५५ को अप्रिल १७ मा भयो । तर उनी कसरी भौतिक विज्ञानमा असाधारण मानिएका खोजहरु पत्ता लगाउन सफल भए भन्ने जिज्ञासा सम्पूर्ण विज्ञानको क्षेत्रमा थियो, त्यसैले निधनको साढे सात घण्टामा उनको शरीरबाट मस्तिष्क झिकियो र तत्काल डा. थोमस हार्भेको ल्याबमा राख्ने व्यवस्था मिलाइयो । पछि पेन्सिलभानिया विश्वविद्यालयको ल्याबलाई डा. हार्भेले आइन्स्टाइनको मस्तिष्क हस्तान्तरण गरिदिए । 

केही वर्षअघि अध्ययन गर्दा मस्तिष्कभित्रको सेरेब्रल कोर्टेक्स नाउँको भाग साधारण मानिसको भन्दा भिन्न पाइएको थियो । यो अंगलाई वैज्ञानिकहरुले मानवको अति महत्वपूर्ण अंग मानेका छन्, जुन सबैभन्दा जटिल दिमागी प्रक्रियाहरुको निम्ति जिम्मेवार छ । स्मरण शक्ति, कार्ययोजना बनाउने, चिन्ता, तनाव, भविष्यको योजना, कल्पनाजस्ता काम यस अंगले गर्छ । आइन्स्टाइनको मस्तिष्क अहिले पनि अमेरिकी संग्रहालयमा सुरक्षित छ । 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top