​जसले मच्चायो खल्बली


Saturday, 8 Jun, 2019 10:09 AM

सोलुको महाकुलुङ गाउँपालिका– ३ छेस्कामस्थित प्रहरी चौकी विप्लव समूहले कब्जा गर्न खोजेको हल्लालाई लिएर सरकारसँग उसले गुनासो पोख्ने मौका पाएको छ । 

भोजपुर, सोलु र संखुवासभा बेल्टमा २५ देखि ३० जना छापामारको हुल हिँडिरहेको सूचना सरकारसँग छ । छेस्कामभन्दा डेढ घण्टाको दूरीमा नेपाल प्रहरीका डिएसपीको कमाण्डमा एउटा टोलीले गस्ती गरिरहेको छ । त्यसले आइतबार राति गरेको खबरले हो, यस्तो सनसनी मच्चिएको । रातको ११ बजे लाइट बालेर केही मान्छे हिँडेको खबर उनीहरुले दिए । हल्ला भएर स्थानीयवासीले ढोका थुनेको अवस्थामा नेकपासम्बद्ध गाउँपालिका अध्यक्ष र कांग्रेसका केही जनप्रतिनिधिले पनि होहल्ला गरेको भनी उक्त गस्ती टोलीले जिल्लाका इञ्चार्ज, जिल्ला सुरक्षा समिति र प्रदेश प्रहरी प्रमुखसम्म खबर पु¥याए । यही खबर गृहसम्म पुग्यो । खबर कस्तो थियो भने, प्रहरी चौकीमा जम्मा सातजना तैनाथ छन् । तर, विप्लवका सशस्त्र कार्यकर्ता २५ जनाको हुलमा छन् । यति भएपछि सनसनी नमच्चिने कुरै भएन ।

त्यहाँका प्रहरीलाई हत्तपत्त ‘लोकेशन आउट’ को आदेश गयो । विहान तीनपटक गरेर हेलिकोप्टरबाट ८० सिपाही छेस्काममा उत्रिए । मकालु, बरुण निकुञ्जतिर विप्लवका कार्यकर्ताले तालिम लिँदै छन् कि भन्ने आशंका पनि भयो । तर, सेनाको नियन्त्रणमा रहेको जंगलमा त्यस्तो सम्भव छैन भन्ने ठहर भयो । उनीहरुसँग चौकी हान्ने योजना र त्यो स्तरमा सैन्य फर्मेशन विकास भएको छैन भन्ने निचोड निस्कियो । हल्लैहल्लाको भरमा त्यो रात दुःख पाइएको निश्कर्ष निकालिएको छ । विप्लव समूहले विज्ञप्ति प्रकाशित गरेर हामीविरुद्ध दमन गर्न यस्तो गरियो भनेको छ । 

त्यस्तै, १३ गतेको नेपाल बन्दको प्रचारका क्रममा ठाउँ–ठाउँमा बम बिष्फोट गराउने क्रममा आफू–आफैँ त्यसमा पर्दा केहीले ज्यान गुमाए, केही घाइते छन् । घाइतेले दिएको बयानअनुसार, धुम्बाराहीस्थित नेकपाको पार्टी कार्यालय र  सिंहदरबार गेटलाई निशाना बनाइएको रहेछ । 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top