सम्राटलाई मात्रै हैन नि स्वतन्त्रता


Thursday, 30 May, 2019 2:18 PM

  • राजेन्द्र स्थापित

त्यसबेला उत्तर भारतमा ठूलो हलचल मच्चिएको थियो । स–साना राज्य थिए । कतै शाके त कतै तुर्कीहरुको शासन थियो । उत्तरपश्चिमबाट भारत पसेका यिनीहरु बौद्ध धर्म मान्थे । भारतमाथि आक्रमण गर्ने उद्देश्यले होइन, बस्ने ध्येयले त्यहाँ छिरेका थिए । त्यसैले त्यहाँ पुगेपछि भारतीय आर्यहरुको आचारविचार संस्कृतिलाई अपनाए । ताकि त्यहाँका जनताले उनीहरु विदेशी हुन् भन्ने बिर्सुन् । यो कोशिशमा धेरै हदसम्म सफल भए पनि पूर्णरुपमा भिज्न भने सकेनन् । 

त्यहाँ क्षेत्रीहरु धेरै थिए । शाके या तुर्कीहरुले जति कोसिस गरे पनि यिनीहरु हामीलाई शासन गर्न आएका विदेशी नै हुन् भन्ने क्षेत्रीहरुले कहिल्यै बिर्सन सकेनन् । त्यसैले असन्तुष्ट जनतालाई गोलबद्ध गर्न थाले । त्यही क्रममा एकजना योग्य योद्धा भेट्टाए । आर्यवर्त खण्डलाई स्वतन्त्र पार्न धर्मयुद्ध शुरु गर्ने चन्द्रगुप्त । पाटलीपुत्रका राजा । सन् ३०८ को समय थियो त्यो । उनले उत्तरका अन्य आर्य राजाहरुलाई आफूसँग मिलाउने र एउटा संघ बनाउने कोसिस गर्न थाले । त्यसक्रममा मसहुर र शक्तिशाली लिच्छवि राजाकी पुत्री कुमारी देवीसँग बिहे गरी लिच्छविहरुको पनि सहयोग लिए । शक्ति सञ्चय गरिसकेपछि ती विदेशी शासकविरुद्ध धर्मयुद्ध छेडे । १२ वर्ष चलेको युद्धपछि चन्द्रगुप्त उत्तर भारतको केही भूभाग कब्जा गर्न सफल भए । त्यो भूभागसहितको राज्य नै आजको उत्तरप्रदेश हो । उत्तर भारतमा एउटा विशाल राज्य खडा गरेपछि उनले ‘राजराजेश्वर’ पदवी धारण गरे र गद्दीमा बसे । यसरी चन्द्रगुप्तले खडा गरेको गुप्तराजवंशले भारतमा करिब २ सय वर्ष शासन चलायो । चन्द्रगुप्त आफैंले १६ वर्ष राज गरे । 

उनीपछि छोरा समुद्रगुप्त सन् ३३५ मा पिताभन्दा शक्तिशाली राजा भए । उनी योग्य सेनापति थिए । भारतमा रहेका स–साना राज्यलाई जितेर सम्पूर्ण भारतको शासक बन्ने सपना देखे । नभन्दै आफ्नो राज्यलाई दूरदूरसम्म फैलाएर दक्षिण भारतसम्म पुगे । पछि उनलाई भारतको नेपोलियन पनि भन्ने गरियो । उनको शासनकाललाई भारतको स्वर्णयुग शुरु भएको मानिन्छ । उनी एक महान राजा मात्र होइन, उदार शासक, वीर योद्धा र कलाका संरक्षक थिए । समुद्र चन्द्रगुप्त (प्रथम) का ज्येष्ठ पुत्र थिएनन् । उनका थुप्रै दाजु थिए तर चन्द्रगुप्तले योग्य पुत्र सम्झी समुद्रलाई उत्तराधिकारी घोषित गरेका हुन् । समुद्रगुप्तले सिंहासन पाउन आफ्ना दाजु काछासित युद्ध गर्नुपरेको थियो । 

समुद्रगुप्त जति प्रतापी राजा भए पनि चिन्ताबाट भने मुक्त हुन सकेनन् । चिन्तामाथि चिन्तन गर्न एकदिन जंगल पसे । त्यसै क्षण बाँसुरीको धुन सुनेर रथलाई विस्तारै हाँक्न आदेश दिए । बाँसुरी बजिरहेको तिर पुगेपछि पानीको झरना र त्यसवरिपरि रुखहरु देखे । एउटा ठूलो रुखमा अडेस लगाएर एकजना व्यक्ति बाँसुरी बजाइरहेको रहेछ । नजिकै भेडाको बथान घाँस खाइरहेको थियो । 

समुद्रगुप्त ती व्यक्तिको नजिक पुगे र भने, ‘तपाईं अत्यन्त प्रसन्न भई बाँसुरी बजाइराख्नुभएको छ, मानौं कुनै देशको साम्राज्य प्राप्त गर्न सफल हुनुभएको छ ।’

बाँसुरी बजाउँदै गरेका युवकले सम्राटलाई चिन्न सकेनन् । उनले भने, ‘श्रीमान, तपाईं भगवानसँग मलाई कुनै साम्राज्य नदेऊ भनी प्रार्थना गर्नुस् किनभने म अहिले पनि सम्राट नै हुँ । साम्राज्य हात पार्दैमा कोही सम्राट हुँदैन । बरु साम्राज्य पाएपछि ऊ सेवक बन्न पुग्छ ।’

युवकको कुरा सुनेर समुद्रगुप्त दंग परे । युवकले फेरि भने, ‘साँचो सुख स्वतन्त्रतामा हुन्छ । मनुष्य सम्पत्ति हुँदैमा स्वतन्त्र हुँदैन । बरु ईश्वरको चिन्तनमा स्वतन्त्र हुन्छ । त्यसो गर्न सकेमा चिन्ता दूर हुन्छ । सूर्य देवताले आफ्नो किरण सम्राटलाई दिन्छ भने मलाई पनि दिएकै हुन्छ ।’ समुद्रगुप्त युवकको भनाइबाट अत्यन्त प्रभावित भए । चिन्तन गरेपछि चिन्ताबाट मुक्ति पाइने रहेछ भन्ने ज्ञान हासिल गरे । चिन्ताबाट मुक्त हुँदै दरबार फर्के र भारतमा ४५ वर्ष शासन गरे । उनको निधन सन् ३८० मा भयो । 

लडाकू रानी

कीर्तिपुरकी कीर्तिलक्ष्मी र भारतकी लक्ष्मी बाईको वीरगाथा उस्तै छ । लक्ष्मी बाईको जन्म वाराणसीको ब्राह्मण परिवारमा भएको थियो । वास्तविक नाउँ मणिकर्णिका टाम्बे हो । मरणोपरान्त टाम्बे र भगिरथी साप्रेकी छोरी । बिहे झाँसीका राजा गंगाधर रावसँग १४ वर्षको उमेरमा भयो, जबकि त्यसबेला राजा ४५ वर्षका थिए । बिहेपछि मणिकर्णिकाको नाउँ दरबारको परम्पराअनुरुप लक्ष्मी बाई राखियो । वर्षदिन नपुग्दै उनी गर्भवती बनिन् र छोरा जन्माइन् । तर, उक्त छोराको चार वर्ष नपुग्दै मृत्यु भयो । 

सन् १९५३ मा राजा गंगाधर सिकिस्त बिरामी हुन थालेपछि उत्तराधिकारी खोज्ने क्रममा उनैका काका वासुदेव नायलकरका छोरालाई धर्मपुत्र स्वीकारियो । उनको नाउँ दामोदर राव राखियो । गंगाधरको मृत्यु सन् १८५३ मा भयो । ब्रिटिश सरकारले ‘राज्य हडप नीति’अनुरुप झाँसी आफूअन्तर्गत आइसकेको दलिल दिँदै दामोदर रावलाई राजा मान्न अस्वीकार ग¥यो । साथै लक्ष्मी बाईलाई वार्षिक ६० हजार भारु निवृत्तिभरण भत्ता दिने भनियो । निवृत्तिभरण भत्ताबापत लक्ष्मी बाईले दरबार छोडेर जानुपर्ने शर्त थियो । प्रस्ताव सुन्नेबित्तिकै रानी क्रोधित बनिन् र कराइन्, ‘म झाँसी ब्रिटिश सरकारलाई सुम्पन तयार छैन ।’

अंग्रेजले झाँसीविरुद्ध अदालतमा मुद्दा दायर ग¥यो । लामो समय बहस भयो र अन्त्यमा मुद्दा खारेज भयो । तैपनि ब्रिटिश सरकारले झाँसी राज्यको सम्पूर्ण ढुकुटी जफत ग¥यो । यसबीच सन् १८५७ को ब्रिटिश उपनिवेशविरुद्ध भारतीयहरुले क्रान्तिको बिगुल फुके । मे १० मा यो क्रान्ति मेरठबाट शुरु गरिएको हो । उता, ग्वालियर पुगेकी लक्ष्मी बाईले त्यहाँका विद्रोहीहरुको साथ लिएर सेना गठन गरे । उनको सेनामा महिला योद्धाहरुको उल्लेखनीय सहभागिता थियो । उनले विद्रोहीलाई सैन्य तालिम दिइन् । सेनाको संख्या १४ हजार पु¥याइन् । क्रान्तिकै दौरान झाँसीमाथि ओरद्दा र दतिया राज्यले आक्रमण गरे, जसलाई लक्ष्मीबाईले सजिलै असफल बनाइन् ।

सन् १८५८ को जनवरीमा ब्रिटिश सेनाले झाँसीमाथि आक्रमण ग¥यो । लक्ष्मी बाईले साहसपूर्वक लडिन् । तर दुई हप्तामै झाँसी नगर ब्रिटिश सेनाको कब्जामा गयो । उनी भागेर ग्वालियर पुगिन् र सैन्य गठन गरिन् । ब्रिटिश सेनासँग चार महिना युद्ध लडिन् । लड्दालड्दै सन् १८५८ को जुन १८ मा वीरगति प्राप्त गरिन् । उनी त्यसबेला ३० वर्षकी थिइन् । भारतीय टेलिभिजन ‘कलर्स’ मा यतिखेर लक्ष्मी बाई उर्फ ‘झाँसीकी रानी’ को जीवन चरित्रमा आधारित सिरियल प्रसारण भइरहेको छ ।

लक्ष्मी बाई जो कसैलाई पनि ठाडै जवाफ दिन्थिन् । प्रष्ट धारणा राख्थिन् । एकपटक  कथावाचककोमा पुगिन् । विधवा भए पनि हातमा सुनको बाला थियो । हातमा चुरी देखेपछि पण्डितले व्यंग्यात्मक लवजमा भने, ‘घोर कलियुग ! धर्मकर्मको सम्पूर्ण नियमको उल्लंघन हुन थाल्यो । विवाहित महिला पहिला–पहिला काँचको चुरी लगाउँथे, अहिले विधवा भइकन पनि सुनको बाला लगाउन थाले ।’

पण्डितले त्यसो भन्दा थुप्रै मानिस उपस्थित थिए । पण्डितको कुरा सुनेपछि लक्ष्मी बाईले उत्तर दिइन्, ‘महाराज, तपाईंलाई के थाहा, मैले यो सुनको चुरी किन लगाउने गरेकी छु ? लोग्ने होउञ्जेल महिलाले काँचको चुरी यसकारण लगाइराख्थे कि हाम्रो सुहाग काँचसरह नासवान रहोस् । र, लोग्नेले शरीर त्यागेपछि हामीले सुनको चुरी यसकारण लगाउन थाल्यौं कि हाम्रो सुहाग सुनजस्तै चम्किरहोस् ।’

लक्ष्मी बाईको सटिक प्रत्युत्तरपछि पण्डित नाजवाफ बने । राम्रोसँग जान्ने र बुझ्ने प्रयास नगरिकनै कसैमाथि व्यंग्य कसेकोमा पछुताए ।


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top