कोही गए टाँडमा, कोही रहे भाँडमा


Thursday, 30 May, 2019 2:15 PM

  • संकेत कोइराला

आफ्नी एक मात्र सन्तान अत्यन्त रोगी भएका कारण राजा चिन्तित थिए । भएजति सबै उपाय लगाए, रोग बीसको उन्नाइस भएन । एक प्रख्यात ज्योतिषीले राजकुमारी निको हुने उपाय सिकाए, ‘लोभ नभएको मानिसले लगाएको थोत्रो कमिज लगाइदियो भने रोग निको हुन्छ । उनी स्वस्थ हुन्छिन् ।’ सन्तानका लागि सबै गुमाउन तयार कबिल्ला राजा हर्षविभोर भए । ज्योतिषीलाई पुरष्कृत गरे । अनि लागे लोभमुक्त मानिसको खोजीमा । तर, विडम्बना जो मानिस भेटिए, ती लोभबाट निरपेक्ष थिएनन् । जहाँ गए पनि दिने र लिनेमा रस्साकस्सी चल्थ्यो । उदार मानिस खोज्ने क्रममा एउटा किसान बस्तीमा पुगे । हलो जोतिरहेको साधारण किसानलाई ठम्याएर परिचय दिँदै कमिज मागे । ऊ तयार भएन । आकर्षक प्रस्ताव राखे, त्यसले पनि छोएन । राजा थोत्रो कमिजका लागि साम, दाम, दण्ड, भेद लगाउन तयार थिए । आखिर किसानको शरीरबाट हातै हालेर कमिज हात पार्न राजा अघि बढे । किसान डराएर भाग्न थाल्यो । राजा पछ्याउँदै गए । धेरै समयको दौडधुपपछि राजाले ओढ्ने हात पारे । जब त्यो तानिएर हातमा आयो, आश्चर्य ! राजा देख्छन् त उसको शरीरमा कमिजै पो रहेनछ । 

समृद्ध नेपालको नारा अन्ततः त्यही थोत्रो कमिज पाउन कबिल्ला राजाले गरेको निरर्थक प्रयासजस्तै बनेको छ । सुशासनको माथापच्चीले नेपालको राजनीतिमा अर्को धतुरो रोपिएको छ । व्यक्तिको उदय पतनको सवाल होइन, विषवृक्ष रोपिएपछि त्यसले दिने फलले कति पुस्ता दुष्प्रभावित हुन्छ भन्ने अहं प्रश्न हो । यो भूमिलाई सार्वभौम बनाउने प्रयास कहिल्यै भएन । बरु देशलाई रत्नपार्क बनाइयो । नेताहरू चटपटे व्यापारीजस्ता भए । अनि भारतलाई महानगरको पुलिसजस्तो बनाएर आफूमाथि उत्ताउलो शासन गराउने परिपाटी बसाइयो । देश सधैं भाँडमा गयो, नेता टाँडमा रमाएर बसे । सत्ता र प्रतिपक्षमा बस्दाका कम्युनिष्ट, कांग्रेस कुनै मानेमा फरक देखिएनन् । 

खलिल जिब्रानले भनेका छन्– ‘कुटिलता कहिलेकाहीँ मात्र सफल र सधैं आत्मघाती सिद्ध भएको छ ।’ आखिर हिजो र आजको शृंखलामा भोलि टाँसिएर आउने हो । कुनै मान्यता भत्काउँदा त्यहाँ ठड्याउने आस्था तयार गर्न सकिएन भने त्यसले सधैं अन्धकार निम्त्याउँछ । जतिसुकै राम्रो सरकार बने पनि बाघले मृगको शिकार गर्न छोड्दैन । गाई मांसाहारी हुँदैन । लामखुट्टे टोकेर भाग्न छाड्दैन । पशुपतिको बाँदरले भक्तले बोकेको केरा थुत्नबाट सन्यास लिँदैन । सूर्य उत्तरबाट उदाएर दक्षिणमा अस्ताउने पनि होइन । नेपालको भूगोल तन्किने, खुम्चिने प्रश्नै रहेन । सेनाको ब्यारेक सरेजस्तो जनता साँटिने पनि होइन । छिमेकी र सन्तान फेरिने होइन । अनि नचाहिँदो कोकोहोलोको के अर्थ ? पानी जतिसुकै तरल भए पनि त्यसको शोभा चट्टानसँग भएजस्तै नेताहरू जतिसुकै नालायक भए पनि तिनीहरूको साइनो लोकतन्त्रसँगै सुहाउँछ । कहिल्यै नभुलौं– ‘सत्यभन्दा संग्रहयोग्य अर्को वस्तु छैन । यो घुमाउरो बाटो हिँड्दैन ।’ 

हामीले चामल फे¥यौं, चरित्र फेरेनौं । शिक्षक फे¥यौं, किताब उही रट्यौं । टेबल फेरियो, खानेकुराको मेन्यू उही रह्यो । रंगविरंगी बोतल फेरिए, रक्सीको पुरानै स्वादमा जिब्रो रमायो । समय र भूगोलअनुसार माक्र्सवाद फेरियो, माक्र्सवादीको फेरिने चाह नै रहेन । संसद्को कुर्सी फेरियो, कार्यशैली फेरिएन । यति मात्र कहाँ हो र ? मन्त्री, प्रधानमन्त्री, प्रशासक फेरिए, दाम चढाए खुशी हुने शैली झन्झन् बलवान हुँदै गयो । यो कस्तो मुलुक होला, जहाँ सरकारको एउटा मन्त्रीले ट्राफिक नियम पालना गरेको समाचार ‘हटकेक’ बन्छ । गल्ती हुनु प्राकृतिक, स्वीकार्नु संस्कृति र सुधार्नु प्रगति हो । तर, सरकारमा गएपछि विधि विधान मान्नु भनेको अपमान भन्ने बुझाई खतरनाक हो । नेपालमा सबैभन्दा सजिलो र अनुत्तरदायी जागिर भनेको मन्त्री पद हो । यहाँ त त्यही सजिलो जागिर पनि बचाउन हम्मे पर्नेहरू त्यो पदमा आसीन छन् ।

प्रधानमन्त्रीको काम हैन, मुख बोलेर हैरान छ । काम गर्नुपर्ने कर्मचारी सुतुरमुर्गभैंm भुइँमा चुच्चो जोतेर बसेका छन् । मन्त्री, प्रधानमन्त्रीले आदेश दिए पुग्ने, सचिव, सहसचिवले रातो मसीले सदर लेखे जागिर पाक्ने, त्यसभन्दा मुनिकालाई ट्रेड युनियनका नाममा नेताका सल्लाहकार हुने विधि विधानले फुकाइदिएपछि काम गर्ने जनशक्ति कहाँबाट ल्याउने ? आदेश दिनेको तामेली कसले गर्ने ? अनि काम नभएको रनाहामा तिनै मुखिया, खरिदारको सल्लाहमा सचिव, सहसचिवको सरुवामा बहादुरीको उपलब्धि दशकौंदेखि राजनीतिक परिवर्तनको मानक बन्ने गरेको छ । नेताजीहरूसँग अब दुईवटा विकल्प छन् कि कर्मचारीलाई राजनीतिबाट अलग गर्नुस् नभए नेपाल देशको राज्य प्रणाली भंग गर्नुस् । यस्ता द्वैध चरित्रले अब चल्दैन । देशका फ्रन्ट डेस्क यति नालायक भए कि टीभीमार्फत चिच्याउने एउटा गैरपत्रकारसँग मानिसको भीड थेगिनसक्नु भइसक्यो । रिपोर्टर्स क्लब, नेपाल सरकारको मन्त्रालयभन्दा प्रसिद्ध मानिन थालिसक्यो ।

निर्मला पन्तको काण्डपछि पुलिसको अनुसन्धान प्रक्रियामा कस्तो सुधार आयो ? गोरे सुनकाण्डपछि सुनको अवैध व्यापार रोक्न कस्ता संयन्त्र अपनाइँदै छ ? हजारे भ्रष्टाचारीलाई त अख्तियारले छिर्के लाउला तर सरकारको नीति तथा कार्यक्रममै मिलाएर नीतिगत प्रसाद ज्यूनार गर्नेहरूको ओखती सरकारसँग के छ ? बदमास पक्रने कानुनको एउटा प्वाल तर निस्कने ध्वजापताकासहितका हजारौं द्वार बन्द गराउन सरकारसंग जाँगर कति छ ? सरकारी कार्यक्रममा भन्दा प्रोजेक्ट म्यानेजरसँग सरकारका मुखियाहरूको उठबस ज्यादा देखिन्छ । मार्सी चामल, कथित शान्ति सम्मेलन यसैका बाछिटा हुन् । जनताको नाम लिएर सरकारलाई कर्पोरेट हाउस बनाउनु सरासर अपराध हो । 

अहिले यस्तो बेथिति छ, जसले जीवनमा एउटा सिँगो किताव उधिनेर पढेको रेकर्ड छैन, त्यसको बैठक पुस्तकको चाङले भरिएको देखिन्छ । पशुपतिमा सिँगो मोहोर नचढाएकाहरूलाई त्यहाँको पारदर्शिताको हिसावले भतभती पोल्छ । हो, यी सवै दृश्यले भन्छ– हाम्रा लागि आवश्यकता कम, पाखण्ड ज्यादा महत्वपूर्ण बन्दै गएको छ । हरेकलाई आफ्नो कर्म र कर्तव्य साँघुरो बन्दैछ । न धर्म, न कर्म, न शर्मको पराकाष्टाले गिजोलिएको छ । जो जे मा योग्य छ, त्यसलाई विपरीत काम दिइन्छ । योग्यले पायो भने पनि सबभन्दा पहिले उसको रुचि सिण्डिकेट चलाउनेमा हुन्छ । कलम चलाउनेहरू कलम चलाउने बाहेकका काममा योग्य भए भने त्यो अपराध हो । डाक्टरहरूको अग्निपरीक्षा बिरामीको अनुहारले गर्छ । ३ करोड जनताको भविष्य निर्धारण गर्न नसक्ने नालायकहरू राजनीतिक डाक्टर हुन खोज्दा नेताहरूले खानुपरेको सत्तोसराप जगजाहेर नै छ । एउटा भकुण्डो हात पार्न २२, २२ जना झुत्ति खेलेको पीडा खेप्न नसकेर प्रत्येकलाई एक एक वटा भकुण्डो किनिदिने उद्घोष गरेको भन्दै पुराना मन्त्री ध्यानबहादुर राईलाई उडायौं ।

टेलिफोनको रिसिभर उठाएर उताबाट गरिएको नमस्ते फर्काउन दुई हात जोड्दा टेलिफोन फुटाएको भनेर धनशेर राईलाई जोकर बनायौं । अंग्रेजी नजानेका जोगमेहरले गाडीको दुईतिर लेखिएको फेरि भेटौंलाको अंग्रेजी अनुवाद हर्न प्लिज भन्दै विदेशीसँग विदा मागेकोलाई किस्सा बनाइयो । आखिर त्यो समय बितेको दशकौंपछि पनि त्यस अवस्थाबाट हाम्रा दैनिकीहरू एक पाइला अघि बढेका छैनन् । मान्छेको कमजोरीमा खेल्नेहरूले ३६ वर्षमा तुलसी गिरी प्रधानमन्त्री, अनिरुद्धप्रसाद सिंह ३४ वर्षमा प्रधानन्यायाधीश, भरतमणि शर्मा २३ वर्षमा मन्त्री, ३१ वर्षको उमेरमा हिमालयसमशेर राणा राष्ट्र बैंकको गभर्नर, भेषबहादुर थापा २५ वर्षमा सचिव, ३१ वर्षको उमेरमा अमेरिकाको राजदूत बन्ने हैसियत बनाएका हृषिकेश शाहको पदचाप किन पछ्याउन सक्दैनन् ? संसारको नेतृत्व दुई बीस नकट्दै लिने परम्पराविपरीत ६० वर्ष नाघेपछि दलहरूमा राजनीतिको खाता खोल्ने परिपाटी कहाँबाट आयो ?

राजनीतिलाई मनपरीको लिगबाट समाधानको बाटोमा ल्याउने एक मात्र निर्विकल्प सूत्र न्यायालय हो । यसमा खिया लाग्यो भने राजनीतिको धुर्वे हात्तीले जतिबेला जसको बाली पनि बिमाख गर्न सक्छ । निरंकुशता लादेर देशमा ‘रणचण्डी’ को उपाधि धारण गरेकी इन्दिरा गान्धीलाई भारतीय सर्वोच्च न्यायालयका तत्कालीन प्रधानन्यायाधीश वीआर कृष्ण अøयरको पैmसलाले चुरीफुरी सिध्याइदियो । आपूmलाई सर्वशक्तिमान बनाएकी गान्धीको संकटकालविरुद्ध अयरले ऐतिहासिक पैmसला गरेर भारतलाई २१ महिने स्वेच्छाचारी निरंकुशताबाट मुक्त बनाए । उनले संकटकाल विरुद्धको पैmसलामा भनेका छन्– ‘आपतकाल जम्माजम्मी शासनको स्वेच्छाचारिता रहेछ ।

यो बर्बर निरंकुशतालाई शीघ्र र सामूहिक रूपमा सामना गरिएन भने यसको घातक प्रभुत्व झन् बढ्नेछ । र हाम्रो राजनीतिक प्रणालीमा निहित धेरथोर प्रतिकार क्षमता पनि यसको विषाक्त प्रभावबाट नष्ट हुनेछ । यसलाई समयमै निषेध गर्न सकिएन भने यसले विविध व्यवस्थालाई नै ध्वस्त गर्ने राजकीय आतंकवादीको रूप लिनेछ ।’ यो नैतिकता र साहस प्रदर्शन गर्ने हाम्रो न्यायक्षेत्र आपैंm कलंकित छ । लाग्छ, समाजका हरेक तह र तप्काका मानिसहरू पत्रिकामा निस्किएका वर्गीकृत विज्ञापनजस्ता भएका छन् । जमिनको लेनदेन घटे पनि मानिसका किनबेच अपत्यारिलोसँग फस्टाएको छ । जीवनभर बर्दी र विलासी जीवन धारण गरेकाहरू यतिबेला नवक्रान्तिकारी बनेर सर्पको मुखमा परेको भ्यागुतोले छिचिमिराको लोभ गरेजस्तै पदको आशक्तिमा मुख बाइरहेका छन् । उनीहरू सेवाभन्दा पनि प्रतिशोधको आगो झोस्ने योजनामा रहेको बुझ्न कठिन छैन ।

एकदिन विश्वविख्यात कलाकार पिकासोलाई कसैले सोध्यो– ‘तपाईंको तस्वीर म त केही बुझ्दिन ।’ उनले प्रत्युत्तरमा स्वाभाविक उत्तर दिए– ‘चिनियाँ भाषा शायद तपाईं बुझ्नुहुन्न तर ५० करोडभन्दा बढी, यही भाषा बोल्छन् ।’ हो, कम्युनिष्ट भाषा थोरैलाई मात्र आउँछ तर विश्वका सात अरब मानिसले बुझ्ने यौटै भाषा छ । त्यो हो– हाँसो । हरेक राजनीतिको गन्तव्य त्यही हो । त्यसबाहेकका सबै चिज वस्तुको हैन, मान्छेको व्यापार बढाउने कुटिल खेल मात्र हो 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top