​माया भएरै गरिएको हो यस्तो आग्रह


Thursday, 30 May, 2019 1:58 PM

सशस्त्र द्वन्द्वरत अवस्थामा रहँदा लामो समय राज्य माओवादीसँग भिड्यो । त्यसबीच माओवादीले देशका सबै भागमा उपस्थिति जनाउँदै गयो । ०५२ बाट शुरु भएको जनयुद्धका क्रममा सात वर्षपछि (०५९ साल) सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ पत्नीसहित मारिए । अनि वार्ता शुरु भयो । 

अहिले देशमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको अर्को कम्युनिष्ट दस्ता उही शैलीमा उदाइरहेको छ । उसका केही नेता पक्राउ परेपछि ‘अब सकिए–छैनन्’ भनिएको थियो । तर, १३ गतेको नेपाल बन्दअगावैबाट शुरु भएको बमबाडीले भयानक रुप लियो । धन्न, उनीहरुका आफ्नै कार्यकर्ताबाहेक ठूलो जनधनको क्षति हुन पाएन । बन्दकै दिन प्रधानमन्त्रीले ‘तिमीहरु’ सम्बोधन गर्दै विप्लवकै प्रवृत्तिको शैलीमा जवाफ दिनुभयो । यस किसिमका भाषाले दुवै पक्षलाई बिच्काएको हुनुपर्छ । 

विप्लवहरु राजनीतिक समूह हुन् । उनीहरुले अबलम्बन गरेको हिंसात्मक शैलीका पक्षमा जनमत छैन । हिजोको माओवादी जनयुद्धजत्ति आकर्षण विप्लवहरुले बनाउन सकेका छैनन् । तर, त्यसका बाबजुद पनि उनीहरु सशस्त्र गतिविधिमा छन् । सरकारले वार्ताका लागि पहल ग¥यो, तर त्यो प्रभावकारी नभएको सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले भन्दै आएका छन् ।

फेरि पनि सत्य के हो भने, राजनीतिक आवरणमा भइरहेको यस्तो हिंसात्मक विद्रोहलाई राजनीतिक तवरबाटै समाधान नगरिए हिजो कृष्णमोहन मारिएजस्तो वा त्योभन्दा माथिल्लो स्तरमा पुग्न सक्ने क्षतिप्रति सतर्क हुनुपर्छ । देशको राजनीति, सुरक्षादेखि सबै विषयमा परनिर्भरता बढ्दो छ । सरकारले ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा बोकेको छ । तर, जनता कतिबेला बम पड्किएला भनेर भयभीत जीवन बाँच्ने अवस्थामा पुगेका छन् । अब फेरि पनि प्रेसर कुकुरको बिक्रीमा रोक लगाउने, अपरिचित व्यक्तिलाई कोठा भाडामा नदिने, गाडी चढेर विभिन्न ठाउँमा पुग्ने यात्रुलाई लाइन लगाएर शरिर खानतलासी लिनेजस्ता तात्कालिक टालटुले पाराले पनि ‘सुखी नेपाली र समृद्ध नेपाल’ बन्दैन । तसर्थ, ठूलो क्षतिअगावै वा स्थितिले विकराल रुप लिनुपहिल्यै सरकार र सशस्त्र समूह– दुबैले गम्भीरतापूर्वक समाधानको बाटो पहिल्याउनु जरुरी छ ।

नेकपा खेलकुद संगठनका सहसंयोजक शिव कोइराला ‘ज्वाला’ ले हिजो मंगलबार फेसबुकमा विप्लवलाई लेखेका छन्, ‘अन्ततः प्रचण्डको विशेष उत्तराधिकारी बन्नुबाहेक अरु सबै कुरा भ्रम हुन् दाजु ! तिमी झन् टाढा हुने, हामीलाई तिम्रो माया बढी लाग्ने एउटै कारण हो, तिमीभन्दा असक्षम र लोभीपापीहरुले क्रान्तिको नाममा धेरै व्याज खाएको देख्न नसकेरै हो । आऊ यही पार्टीको नेता बन्ने थुप्रै अवसर छ तिमीलाई...!’ तसर्थ, विप्लवहरुले भनेजस्तो संसद भंग, सरकार विघटनजस्ता असम्भव र अस्वाभाविक कुरा थाती राखेर मूलधारमा आउनु जरुरी छ । त्यसका निम्ति ज्वालाले भनेजस्तै भूमिका सम्भव छैन भने पनि एउटा प्रक्रियामा आउनु र सरकारले त्यसका लागि पहल गर्नु अनिवार्य भएको छ, जनताका लागि । आखिर पृथक्तावादी सिके राउतले यो रूपमा अवतरण गर्लान् भन्ने कसले सोचेको थियो र !


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top