किन रुचि जागेन कुन्नि !


Thursday, 30 May, 2019 1:47 PM

जेठ ८ गते बुधबार कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको सिमकोट पुगेका २० भारतीय तीर्थयात्री त्यत्तिकै फर्किए । काठमाडौंको सन्नी ट्रेकमार्फत महाराष्ट्र प्रदेशबाट आएका ७५ जना तीर्थयात्रीमध्ये चीनले ५५ जनालाई मात्र भिसा दियो । सन्नी ट्रेकले सबैको भिसा आउँछ भन्दै पर्यटकलाई हुम्ला पठाएर आफ्नो मान्छे काठमाडौंमा भिसा लिन कुराइराखेको थियो । यात्रीहरू हुम्ला पुगिसकेका थिए । तर, सबैको भिसा आएन ।

दूतावासले ५५ मध्ये २० जनालाई छुटाउनुको खास कारण रहेछ, दुई जना भारतीय प्रहरी हुनु । बाँकी १८ जना उनीहरूकै आफन्त भेटिएपछि सुरक्षाकर्मी रोकिएको बताइन्छ । 

विशेषगरी दुई वर्षअघि भुटान र तिब्बतको सीमाक्षेत्र दोक्लममा भएको द्वन्द्वपछि चीनले भारतीयमाथि कडा नजर राख्न थालेको चर्चा छ ।
खोइ त चासो बुझेको ?

प्रधानमन्त्री केपी ओलीले चीनसँगको सम्बन्धलाई गम्भीर रूपमा लिएको बताउने गरे पनि कतिपय कुरामा ध्यान नपुगेको स्पष्ट देखिएको छ । लामो कसरतपछि दक्षिणी शहर ग्वाङझाउमा खुलेको नेपाली महावाणिज्य दूतावास यतिबेला घर न घाटको बनेको छ । तत्कालीन वाणिज्यदूत रवि भट्टराई उमेरका कारणले सेवानिवृत्त भएर फर्किएको एक वर्ष हुन लाग्दा पनि सरकारले अर्को व्यक्ति पठाउन सकेको छैन । अहिले दुईजना कर्मचारी भवन कुरेर बसेका छन् ।

चीनले पाँच वर्षदेखि सिचुवान प्रान्तको चेङ्दुमा महावाणिज्य दूतावास खोल्न सुझाव दिँदै आएको थियो । नेपालले ग्वाङजाउतिरै जोड गर्दा पनि चीनले त्यहाँ धेरै विदेशी महावाणिज्यदूतावास रहेको भन्दै यस्तो अनुरोध गरेको हो । चीनले चेङ्दूलाई नेपाललगायत दक्षिण एसिया हेर्ने रणनीतिक हब बनाएको छ । स्थलमार्गबाट यो नेपालका निम्ति तिब्बतपछि सबैभन्दा नजिकको ठाउँ पनि हो । यहीँबाट एयर चाइना र सिचुवान एयर लाइन्सले नियमित उडान भर्दै आएका छन् । यस हिसाबले पनि नेपालमा सबैभन्दा धेरै पर्यटक चेङ्दूले पठाउने गरेको छ । यहाँ महावाणिज्य दूतावास खोल्न सकिएको भए आगामी वर्ष सन् २०२० मा नेपालले मनाउँदै गरेको भ्रमण वर्षलाई सफल बनाउन महŒवपूर्ण टेवा पुग्ने थियो ।

सिचुवान नेपालमा सबैभन्दा धेरै लगाउन ल्याउने प्रान्त पनि हो । त्यहाँको भूबनोट र हावापानी नेपालसँग मिल्दोजुल्दो छ । सिचुवानबाट नेपालको कृषि र जलविद्युतमा थुप्रै लगानी भित्रिएको छ भने भूकम्पपछि नेपाललाई उद्धार गर्ने कार्य पनि मुख्य रूपमा यसैले गरेको थियो । चीनले चेङ्दूमा महावाणिज्य दूतावास खोल्ने सुझाव नेपालसँगै थाइल्याण्डलाई पनि दिएको थियो । थाइल्याण्डले त महावाणिज्य दूतावास खोलि पनि सकेको छ । महावाणिज्य दूतावास खोलेपछि थाइल्याण्ड जाने चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढेको छ । चीनका लागि पूर्वराजदूत डा. महेशकुमार मास्केले पनि नेपाल सरकारलाई चीनको चाहना बारम्बार राख्दै आएका थिए भने वर्तमान राजदूत लीलामणि पौडेलले समेत यही कुरा भनिरहेका छन् ।


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top