​घरिघरि आए– स्वाद पाए


Thursday, 30 May, 2019 1:46 PM

हल्ला भयो, योजनाबद्ध रुपमा, आफू बच्नका लागि मिलाएर नक्कली भारु बरामद गरिएको । तर, यो कुरा सोह्रैआना गलत भएको घटनाक्रमले बताउँछ ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात करोड ६७ लाख ९४ हजार नक्कली भारुसहित पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुससहित तीन पाकिस्तानी नागरिक समातिए । त्यसदिनको घटनाक्रम यस्तो थियो– 

कतार एयरवेज सधैँ बिहानको ८ः३० देखि ८ः४० मा अवतरण हुनेमा त्यसदिन ८ः३५ मा ओर्लियो । अध्यागमनलगायतका सबै प्रक्रिया पार गर्दा तीनजना पाकिस्तानी यात्रु ९ः४० मा लगेज लिने ठाउँमा पुगे । तिनले नोटलाई चकलेट, किताब ल्याएजस्तो देखिने बनाएर झोलामा फिट गरेका थिए । ब्यागेज झार्नेबित्तिकै भन्सारले एक्सरे मेसिनबाट सामान स्क्यान गर्छ । त्यसो गर्दा केही देखिएन । त्यसपछि पालो आउँछ, बेल्टमा हाल्ने । त्यहाँ पनि हरियो र रातो गरी दुई अलग–अलग प्रणाली हुन्छन् । संयोगवस कष्टमको कर्मचारीले लगेज स्क्यान गर्दा केही शंका गरे । अनि, ब्यागेजमा आरसी (रेडच्यानल) लेखिदिए । एकजनाले आफ्नो झोला टिप्नासाथ त्यो अक्षर मेटाइदिए । बाँकी दुईजनाको आरसीमा गयो । एक्सरेमा हाल्दा भित्र बेग्लै किसिमको डब्बा देखियो ।

भन्सार अधिकृतले कर्मचारीलाई सोधे, ‘कुन देशको नागरिक हो ?’ ‘पाकिस्तानी’ भन्ने सुन्नासाथ उनीहरुको पासपोर्ट हेरियो । ती अधिकृतको मनमा केही खड्किएपछि बल्ल कडाइ शुरु भयो । उनले खोलेर हेरे । खोल्न खोज्दा पाकिस्तानीहरुले केही अस्वाभाविक व्यवहार देखाए । ‘नोथिङ–नोथिङ...’ भन्दै कराउन थाले । पछि ‘हाउमच ?–हाउमच ?’ भन्दै घूसको अफरसम्म गरे । एउटा बण्डल खोल्दा दुई हजार दरका नक्कली भारु निस्कियो । तर, उनीहरुले लगेज आफूहरुको नभएको भन्दै टार्न र कसैलाई पर्खिएजस्तो, केही सोचेजस्तो गरेर टोलाउन थाले । नोट भएको ब्रिफकेश बोकेनन् । प्रहरी आयो । तत्कालै नियन्त्रणमा लिएर भन्यो, ‘त्यो ब्रिफकेश किन नबोक्नुभएको ?’ पाकिस्तानीले ‘हमको मालुम नहीं है कि, किसका ब्रिफकेश है’ भन्दै अनभिज्ञता दर्शाए । तर, प्रहरीले सिसिटिभी फुटेजबाट तिमीहरुले त्यो ब्रिफकेश हालेको देखिन्छ भन्दै कराउन थालेपछि उनीहरुले आफ्नै भएको स्वीकारे । यसपछि प्रहरीले थप अपरेशन चलायो ।

नक्कली भारु बरामद गरिसकेपछि लगेज दिइयो र भनियो, ‘तपाईंहरु जान सक्नुहुन्छ ।’ उनीहरु बाहिर निस्किए । पछि–पछि सादा पोशाकका प्रहरी पनि लागे । पार्किङबाट उनीहरु हिँड्दै–हिँड्दै गोल्डेनगेटतिर लागे । गोल्डेनगेटभन्दा केही वर देखिए, युनुस अन्सारी, उनको गाडी र ड्राइभर । र, युनुससहित तीन पाकिस्तानीलाई प्रहरीले नियन्त्रणमा लियो । 

नक्कली भारु बरामद भएको सामान र यात्रु आबुधावीबाट काठमाडौं आएको थियो । जबकि, विश्वव्यापी रुपमा आबुधावीलाई सुुरक्षित र गैरकानुनी काम नहुने विमानस्थलका रुपमा बुझिन्छ । त्यस्तो ठाउँबाट यस्ता मान्छे उत्रिएको खबरले उड्डयन क्षेत्रमा हलचल मच्चिएको छ । त्यसमाथि यिनै पाकिस्तानीहरु नसिरुद्धिन (पासपोर्ट नम्बर एआर २४०६४३२), नादिया अनवर (सिएन १८१२०३२, र अख्तर मोहम्मद (एए १३४५४९४) चैत ३० गते आएर वैशाख ३ गते मंगलबार फर्केको देखिन्छ ।


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top