केही दुखियाका कथा


Saturday, 25 May, 2019 10:44 AM

‘पत्रकारिता शुरु गरेको ३ दशक भयो, फल खानेमा अरूलाई सिफारिस गर्दै ठिक्क छ, अरू प्रदेश अनि संघका मन्त्री भए, कति त प्रधानमन्त्रीको प्रेस सल्लाहकार भए तर आफूचाहिँ मेयरको ड्युटीम सीमित हुने, के ताल हो भाइ तिम्रो ? न घरबासको ठेगान छ न सम्पत्ति कमायौ, किन व्यर्थ पत्रकारितामा बंैस गुमायौ ?’ एकाबिहानै शुभचिन्तक रामप्रसाद दाजुको गन्थनले मन एकतमासको भयो ।

उहाँले मसँग र मपछि पत्रकारिता गरेका मात्र होइन, दायाँ–बायाँकारिता गर्नेलाई पनि चिन्नुहुँदोरहेछ, थप्नुभयो, ‘हेर भाइ, पाल्पा, रूपन्देही, गुल्मी मात्र होइन, काठमाडौंका पनि कतिपय पत्रकारलाई चिनेको छु, कर्म देखेको छु । के गर्थे उनीहरू, अहिले के भए, सबै नियालेको छु, तिमी निष्ठाको कुरा गर्छौं, त्यसैले छायाँमा पर्छौं । कतिञ्जेल आदर्शका कुरा गर्छौ भाइ, कमाइबिना यो स्वार्थी संसारमा बाँच्न गाह्रो छ । तिमी कामको कदर होला भनेर ढुक्क छौ, त्यो तिम्रो मृगतृष्णा मात्र हो, कसले सम्झन्छ तिम्रो काम ? तिमीले संस्थागत विकास गरेको तिम्रै जिल्लाको महासंघले समेत सम्झन्न, तिमीले काम गरेका पत्रिकाको सम्पादकले सम्झन्नन् भने तिमीले फन्को नमार्ने, नमस्कार नगर्ने मन्त्री, नेताले झन् सम्झने कुरै भएन ।’

रामदाइले काम गर्नुपर्छ, राज्यले पक्कै एक न एकदिन मूल्यांकन गर्छ भनेर सोझो हिसाबले पत्रकारिता गर्नेहरूको समेत सवाल उठान गर्नुभएको हो भन्ने लाग्छ । हो, मैले पटक–पटक आफूभन्दा उमेरले जेठा, कपाल फुलेका व्यक्तिबारे भन्न मिल्ने, कुरा सुन्ने व्यक्तिलाई सम्मानका लागि आग्रह गरेको थिएँ । त्यसमध्ये कति सम्मानित तथा पुरस्कृत हुनु पनि भयो । कतिका मुद्दा मामिलालाई अन्तर्राष्ट्रियकरण गर्ने कामसमेत गरेको सम्झना छ । आफैंले पत्रकार महासंघको सदस्यता दिएका भाइहरूले आवास, सवारी सुविधासमेत जोहो गर्न सकेका छन् । पत्रकारिताको कमाइबाट त्यसो गर्न सक्नु चानचुने कुरा होइन तर रामदाइले आशंका गरेझैं अन्य थोकको कमाइबाट गरेको रमाइलोमा के खुशी हुनु र ? निष्ठाको पत्रकारिता पुरस्कृत होला भन्ने आश कमै छ सोझो हिसाबले पत्रकारिता गर्नेहरूमा । कित्ताबाट, गुटबाट छानियो भनेर गरिने हल्लाले सोझाहरूका मनमा आशंका बढ्ने नै भयो । यसो नहोस् भनेर कामना गर्नुसिवाय के पो गर्न सकियो र ?

पत्रकारितामा दलाली, सलामीसमेत चल्दो रहेछ भनेर गुनासो नसुनिएको होइन तर यसलाई व्यवस्थापन कसरी गर्ने हो अनि कसले गर्ने हो त्यतातिर कसैको ध्यान गए जस्तो लाग्दैन । देखाइदिने, नंग्याइदिने अनि बदला लिने प्रवृत्तिलाई पत्रकारिताले कहिलेसम्म ढाकछोप गर्ने हो ? ऋण काढेर, कागज ल्याएर, भोको पेटमा पत्रकारिता गर्ने, धूमपान, मद्यपानलगायत गोरखधन्दाका विज्ञापन बहिष्कार गरियो, काउन्सिलको वर्गीकरणमा विश्वास गरियो । कतिपय हामीतिर औला देखाउँदै भन्छन्, ‘देख्यौ निष्ठाको अनि सामाजिक मूल्य मान्यताको पत्रकारिता !’

सम्मान अनि पुरस्कारको लागि होइन बरु पाठक अनि समुदायका आममानिसले ‘ए कुरा त ठीकै लेखे’ भनेको सुन्न पाउँदा पनि आँत भरिएझंै भयो, हौसला मिल्यो । के सबै यसरी नै टिक्न सक्लान् त ? थाहा छैन । समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न नसकेसम्म साना लगानीका अनि निष्ठा र मूल्य–मान्यताको पत्रकारिता गर्छु भन्नेहरूले घरखेत गरेर विदेश पस्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । अरूका कुरा थाहा भएर भोगाइले त्यही भन्यो, त्यही लेखियो, जे देखियो । 

– गोविन्द भट्टराई


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top