बलात्कारीभन्दा अपराधी हुन् पत्रकार ?


Saturday, 25 May, 2019 9:45 AM

  • कृष्णबहादुर मसाल, केबी

प्रस्तावित मिडिया काउन्सिल विधेयकमाथि बहस जारी छ । आइतबार बिहान धुम्बाराहीमा सञ्चारमन्त्रीसहित विगतमा माओवादी र एमालेको मिडिया इञ्चार्ज भएकाहरु पनि बोलाइएछन् । तर उनीहरू बोलेको खासै सुनिएन । सुवाष नेम्वाङले विगतकै सहमति, सहकार्यमा संशोधनको कुरा गरेछन् । 

आमसञ्चार ऐन अरु डरलाग्दा छन् । मिडिया काउन्सिल ऐनको विरोधमा स्वयं सञ्चारमन्त्रीकै पूर्व सम्पादकहरू शम्भु श्रेष्ठ, किशोर श्रेष्ठलगायतको टोली देखिएपछि धेरै भन्नै परेन । गोपाल थपलिया, कमल कोइरालाहरूलाई सोध्न भ्याइएको छैन । कान्तिपुरमा मजदुरले आन्दोलन गर्दा संसदमा स्वतन्त्र मिडियामाथि आक्रमण भयो भन्ने गोकुल घर्तीको स्वर पनि सुन्न पाइएको छैन । युवा पुस्ताका नेताहरूले त्यतिखेर सही बोले या अहिले सही बोल्न दिइएन, समयले जवाफ माग्नेछ । धन त तीन महिना बाउआमा, घर छाडेर यार्सागुम्बा टिप्न हिँडेकी बझाङकी छोरीले पनि कमाउँछे भीरमा झुण्डिएर, नेताको पुच्छर भएर शहरमा हिँड्ने जो कोहीले नकमाउने कुरा भएन । 

गोविन्द आचार्य, खिलबहादुर भण्डारी, बद्री सिग्देल, रमेश विष्टहरूले आमसञ्चार ऐनको ड्राफ्ट पढ्न भ्याएनन् या मिडिया काउन्सिल विधेयकको विरोधमा आन्दोलन भएपछि उक्त ऐन आउँदैन भन्ने बुझे । उनीहरूको तजबिजी अधिकार हो । तर आमसञ्चार ऐनमा यति धेरै जरिवानाका बुँदा छन् कि पत्रकार हत्यारा र बलात्कारीभन्दा पनि ठूलो अपराधी ठहरिनेछ अब मुलुकमा । ज्यानमारालाई बरु भवितव्यमा परेर मृत्यु हुन गएको भन्दै जरिवाना र जेल घट्नेछ । बलात्कारीले पैसा दिएर मुद्दा मिलाउन सक्नेछ । तर पत्रकारका हकमा कर्मचारी, बिचौलिया, दलाल, ठेकेदार, नेता, सत्ता कोही पनि सहमतिमा आउने छैनन् । जरिवाना र जेल त हुनेछ–हुनेछ ।

आमसञ्चार ऐनको अर्को रमाइलो पाटो के भने, एउटा अनलाइन दर्ता गर्न काठमाडौं आउनु पर्ने । तर प्रदेश सरकारले एक हजार वाटको फ्रिक्वेन्सी दिने । यसको अर्थ होः सञ्चारमा हुँदै गरेको अधिकार प्रत्यायोजनले राष्ट्र विखण्डनलाई राम्रै मलजल हुनेछ । केही मिडिया विज्ञ, रेडियो विज्ञ र विगतमा गोकुल बाँस्कोटाको पार्टीलाई भोट हालेका राम्रा पत्रकार, लेखकले भने, ‘लौ न तिमीहरू मिडिया विधेयकको विरोध र समर्थनमा रत्तिन थाल्यौ, आमसञ्चार त झन डरलाग्दोसँग आउँदैछ । केही त लेख !’

पत्रकार ‘ब्लाकमेलर’ हुन्– राज्य यसरी प्रस्तुत भएको देखिन्छ । यो व्यवस्था ल्याउने काममा यिनै नेताहरूले प्रेसलाई के भनेका थिए, अहिले पनि दृष्टि, जनआस्था, बुधबार छलफल साप्ताहिकका पुराना अंकहरू हेरे, सबै नेताहरूको त्यतिखेरको हुलिया, भुँडी, चाउरी परेका गाला, नमिल्दो अनुहारमा देश बनाउने सपना देखिन्छ । आज देश बनाउने सपनामा रहेका यिनै नेताहरू मिडियालाई सबैभन्दा ठूलो शत्रु मानिरहेका छन् । यिनले लोकमानसिंह कार्कीको गोडधुवा गर्दा हामीले विरोध गरिदियौँ । यिनले ५ वर्षलाई जनताले बिदा दिएका वामदेव गौतमलाई अघि सार्दा र जनताका प्रिय नेता, नेवारका छोरा रामवीर मानन्धरलाई राजीनामा गर्न लगाउँदा हामीले वाह ! क्या बात भन्न सकेनौँ । धुम्बाराहीमा बसेर कालो चिया नखाई स्थानीय तह र प्रदेश तथा संघीय निर्वाचनमा भोकभोकै प्रचारमा लाग्यौँ ।

चुनावका बेला फुल पेज विज्ञापन अहिले सत्तालाई गाली गर्ने अनलाइन र पत्रिकाले पाए । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, महासचिव राजेश राई, कोषाध्यक्ष ईन्द्र आचार्यका अनलाइनमा त्यो विज्ञापन आएन । सधैँ दास, सेवक, हुक्के, चाकरभन्दा माथि मिडिया जानुहुन्न भन्ने उहाँहरूको बुझाइ सायद हामीलाई रुचेन । प्रेस संयोजक, सल्लाहकार, वडादेखि केन्द्रसम्म, विज्ञ, संस्थानमा नियुक्तिका लागि संगठनका पत्रकारहरू योग्य भएनन् । यतिसम्म कि, आफ्नो संगठनका पत्रकारहरूसँग बोल्ने फुर्सद भएन । दुःख त त्यहाँ लाग्छ, केही महिनाअघि शम्भु श्रेष्ठलाई समात्नुपर्छ भनेर प्रहरी परिचालन भयो । शम्भुले लेखेको समाचार अरुले सारेका भरमा उनीमाथि जुन षड्यन्त्र भयो, त्यतिखेर उनी आफैँ दुईपटक अध्यक्ष भएको संगठनको जीब्रो कोमामा थियो । बरु अहिले शत्रु ठानिएको प्रेस काउन्सिल उनलाई छुटाउन कस्सियो । 

फेरि पनि बलबुतामा मिडिया चलाइरहेकाहरूमाथि जुन ढंगले बर्बरसँग राज्य प्रस्तुत हुन खोजेको छ– त्यसबाट नेताहरू र मिडियाबीच दूरी बढेको छ । सायद नेताहरूलाई लाग्यो– अबको ३ वर्षमा भएभरका पत्रकारहरू सबैलाई थुन्न सकिन्छ । त्यसपछि ‘रामराज्य’ आउने छ । त्यो रामराज्य पत्रकाररहित हुनेछ । यो कल्पना, यस्तो सल्लाह दिने हुक्केहरू पञ्चायतमा त टिकेनन् । अहिले टिक्लान् र ? सबै संगठनका अध्यक्षहरूले दोहो¥याएर अवसर पाउने, प्रेस चौतारी नेपालका अध्यक्षहरू विजय चालिसे, शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईं, गगन विष्ट, राजेन्द्र अर्याल, गणेश बस्नेतहरू नेताहरूले प्रचार विभागबाट पनि हटाउलान् भनेर डराइहिँड्नु पर्ने कस्तो दिनका लागि उनीहरूले लोकतन्त्रको लडाईंमा आफूलाई समाहित गरेछन् ? लाग्छ, सरकार ठेस लागेर, उधमुन्टिएर निधारमा टुटुल्को उठेर, खुट्टाका औँला फुटेर ज्वरोले हनहनी छ । मस्तिष्कमा सिर्फ त्यही सम्झिरहेको छ, ‘अपराधी पत्रकारलाई सम्झनाले ठेस लाग्यो । यिनलाई नसिध्याई रामराज्य आउँदैन ।’


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Top