​कसले टेक्ने, कसले छेक्ने


Friday, 10 May, 2019 11:17 AM

न्यायालयमै कस्तो बिडम्बना छ भने, त्यसैलाई करिअर बनाएर छिर्नेले छिट्टै–छिट्टै बिदा हुनुपर्ने, तर लामो समय वकालत गर्नेहरुले चाहिँ लामै समय कब्जा जमाउने !

लोकसेवा उत्तीर्ण गरेर न्यायसेवामा छिरेका मीनबहादुर रायमाझी प्रधानन्यायाधीश त भए, तर जम्मा सात महिना । उनीजस्तै रामप्रसाद श्रेष्ठले आठ महिनामा राम्रो काम गरेर वाहवाही कमाए । तर, त्यसभन्दा बढी काम गर्न पाएनन्, सेवाहदका कारण । अनुपराज शर्माले तीन महिना खाए । अलिक बढी हुने दामोदर शर्माले डेढ वर्ष, दिलिप शर्माले दुई वर्ष, गोपाल पराजुलीले दश महिना सर्वोच्चको नेतृत्व सम्हाले । दीपकराज जोशीले कामुका रुपमा चार महिना चलाए । अब नेपालको न्यायिक इतिहासमा विश्वनाथ उपाध्यायपछि चार वर्ष चलाउने छन् चोलेन्द्रसमशेर राणाले । त्यसपछि भर्खरै कानुन व्यवसायीका तर्फबाट सर्वोच्चको न्यायाधीश नियुक्त हरिप्रसाद फुयाँल हुँदैछन्, लामो कार्यकाल चलाउने प्रधानन्यायाधीश । केही समय तत्कालीन पुनरावेदन न्यायाधीश हुँदै अहिले सर्वोच्चमा नियुक्त मनोज शर्माले न्यायपरिषद्मा आठ वर्षसम्म वरिष्ठतम् न्यायाधीशका रुपमा प्रतिनिधित्व गर्दैछन् ।\

पहिला न्यायाधीशमा कानुन व्यवसायीमध्येबाट ४० प्रतिशत नियुक्त गर्ने प्रचलन थियो । तर, अहिले ६० प्रतिशतले सर्वोच्चमा अवसर पाएका छन् । कुमार चुडाल पोखराबाट पाटन उच्च अदालतको मुख्यन्यायाधीशमा आएका छन् । उनी प्रकाश ढुंगानापछि दोस्रो नम्बरमा परे पनि सपना प्रधान मल्लले बाटो छेक्थिन् । भदौमा केदार चालिसे घर गएपछि पनि उनको पालो आउला नआउला ठेगान छैन । उतै ससुराली भएका कुमार रेग्मीले बंगालबाट एलएलएम गरेका हुन् । उनी तीन वर्ष प्रधानन्यायाधीश हुन्छन् । १३ वर्ष सर्वोच्चमा काम गरेपछि सपना प्रधानन्यायाधीश हुनेछिन् । उनी दोस्रो महिला प्रधानन्यायाधीश बन्ने लाइनमा छिन् । सुष्मालता माथेमाजस्ता करिअरवाल महिलाले न्यायाधीशमै चित्त बुझाउनुपर्ने स्थिति छ । यदि कानुन व्यवसायीको भीड नबढेको भए केही करिअरवाला श्रीमान् सरासर माथि उक्लिन्थे । मनोज र हरि ०२८ सालका व्याची हुन् । यिनले १७ वर्षसम्म अदालतमा कार्यसम्पादन गर्छन् । कुमारले १३ वर्ष न्यायाधीश र तीन वर्ष प्रधानन्यायाधीश भ्याउँछन् । हरिले चार वर्ष अदालत हाँक्ने मौका पाउनेछन् ।

 रमाइलोचाहिँ के भएको छ भने, ल क्याम्पसमा लामो समय पढाएर न्यायसेवामा प्रवेश गरेका गुरुहरु तलै छन्, सर्वोच्च र उच्चमा न्यायाधीश नियुक्त भएका विद्यार्थीहरूचाहिँ गुरुहरुको पनि गुरु बन्दैछन् ।
 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top