​धोबीका कुरा पनि सुनौँ


Friday, 10 May, 2019 11:14 AM

  •  श्याम रिमाल

उनीहरू श्री ५ थिए, जन्मसिद्ध । विद्वान् र अलिकति पढेलेखेकाहरूले पाउनेचाहिँ श्री मात्र हो । मीतलाई श्रीश्री (आर्ट अफ लिभिङका रविशंकरलाई पनि श्रीश्री लेखिन्छ) राणा प्रधानमन्त्रीलाई श्रीश्रीश्री, घनिष्ठ मित्रलाई श्रीश्रीश्रीश्री र राजामहाराजलाई श्रीश्रीश्रीश्रीश्री भन्नुपथ्र्यो ।

लिच्छविकालमा श्रीपाद भनिन्थ्यो राजा अर्थात् सरकारलाई । जति श्री लगायो त्यति ठूलो होइने । बाबुआमालाई श्री ६ भन्न पाइन्थ्यो । एक सय आठ, एक हजार आठ श्रीचाहिँ साधु, स्वामी, पीठाधीशले पाउने गर्छन्, यिनीहरू महाराज, गुरुमहाराज भनिन्छन् । वास्तवमा सरकार चलाउने जनताबाट निर्वाचित समूहले हो । राजाहरू आफ्नो अधीनमा रहेको सरकारलाई मेरो सरकार भन्थे । राजासँग बोल्न पाउने जोसुकैले बातैपिच्छे सरकार, सर्खार भन्ने शब्द घुसाइरहनुपथ्र्याे, निहुरेको निहु¥यै गर्नुपथ्र्याे । राजाहरू त्यति ठूलाबडा थिए । देशको सार्वभौमसत्ता नै उनमा निहित भएपछि जननिर्वाचित सरकार निरीह हुने भइहाल्यो । फारसी भाषामा ‘सरकार’ शब्दको अर्काे अर्थ प्रभु, स्वामी र राजा पनि हो । त्यसैले राजा पनि सरकार, सरकार पनि सरकार । पन्ध्र सालदेखि नेपाल सरकार भन्न थालियो । पछि फेरि श्री ५ को सरकार भयो महेन्द्रका पालादेखि । गणतन्त्रमा पनि मेरो सरकार, मेरो सरकार भनी दुनियाँमा कसैले आशा नगरेको शब्दावली राष्ट्रपतिबाट सुन्नुपर्दा नेपाली जनताको चित्त कस्तो भयो होला, पूर्वराजा कतिपल्ट हाँसे होलान् ?

सर्वसाधारण प्रधानमन्त्री भए पनि सरकार राजाको थियो किनकि त्यो पदमा राजाले नियुक्त गर्थे । राजा भनेका श्री ५, त्यसैले सरकार श्री ५ को सरकार भयो । सार्वभौमसत्ता उनैमा थियो । सरकारलाई गाली गर्न त पाइन्थ्यो तर राजाका विरुद्ध चुइँक्क गर्न नपाइने । राजदरबारभित्रै भूमिगत गिरोह थियो जसले सरकारलाई प्रत्यक्ष नियन्त्रण गथ्र्याे, डिफ्याक्टो सरकार वास्तवमा उही थियो । गिरी, विष्ट, रिजाल, थापा, चन्द, सिंह डिजुरे मात्र । त्रिसठ्ठी सालपछि मात्र फेरि नेपाल सरकार भन्न पाइयो । संघसंस्था, दस्तावेज, छाप, प्रतीकचिह्नबाट राजकीय, शाही, रोयल, श्री ५ भन्ने शब्द हटे । हुँदा हुँदा राजमार्गलाई समेत लोकमार्ग भन्न थालियो । मानिसहरू लोकतन्त्र र गणतन्त्रको अभ्यास गर्दै थिए । संसद् र राज्यसञ्चालनमा समेत दलका नेताहरूको हस्तक्षेप र प्रभाव पर्न थालेपछि जनताले तिनै दलका नेताहरूमा श्रीपेच(शिरपेच)को स्पष्ट छाया देखे र तिनैलाई नयाँ राजा वा श्रीपेचविनाका राजा भन्न थाले । तिनका श्रीमती, छोराछोरी र भाइभतिजाहरूको चुरीफुरी देखिन थाल्यो । तिनको शानसौकत, सम्पत्ति र सत्तामोह देखेर देशमा राजतन्त्रकै झल्को आएको देखियो । पूर्वराजा र तिनको परिवारका सदस्यको ठाउँमा नेता र तिनका पारिवारिक सदस्य एवं नजीकका मान्छेमा भेद देख्न थालियो । जनताले सडकमा राष्ट्रपति तथा प्रधानमन्त्रीहरूको उपस्थिति हुन लागेका बेला घण्टौँ जाम भोगे । तीज, कृष्णाष्टमी, दशैँ, शिवरात्रि, घोडेजात्रा आदि पर्वमा सडक खाली गराएर सर्वसाधारणलाई पैदल हिँड्न वा सवारी साधन चल्न रोक लगाई लोकतान्त्रिक गणतान्त्रिक सरकारहरूले राजतन्त्रको झल्को मजासँग जनतालाई चखाए । त्यसविरुद्ध पत्रपत्रिकाले कति लेखे, टिभी–रेडियोमा कति पटक विरोध जनाइयो, जनताले एकापसमा कति बिलौना पोखे, अहँ सरकारहरूले टेरपुच्छर लगाएनन् । सुरक्षाकर्मीहरू माथिको आदेशबाट चल्ने भएकाले तिनले जनताको दुखेसोलाई नसुनेझैँ गर्न बाध्य हुनुप¥यो । यो क्रम आजका दिनसम्म चालु छ र भविष्यमा पनि भइरहने नै अनुमान गर्न सकिन्छ । 

दलका नेताहरू वा मन्त्रीहरूका घरमा आइस्यो, गइस्यो, हजुर, बक्सियोस्, भुजा ज्युनार, सुकला जस्ता राजसी शब्द शब्दावली चल्न थालेको छ । संविधान र ऐनकानूनमै नभएको महामहिम, सम्माननीय, माननीय शब्द दोहोरिँदैछन् । जगदीश घिमिरेले ‘सकस’ उपन्यासमा उद्दण्ड महाराज रणबहादुर शाहको आत्मा अहिलेसम्म हाम्रा शासकहरूमा परेकाले मुलुक यस्तै सकसमा परेको देखाएका छन् । जनताले ल्याएको परिवर्तनबाट जनता नै सकसमा पर्ने कस्तो उदेक हो यो ? राजामहाराजाहरूको भूतलाई हाम्रा शासकले कहिलेसम्म बोकेर हिँड्ने हो ? राष्ट्र प्रमुख र सरकार प्रमुखहरू बाटामा हिँडदा, गुड्दा वा उड्दा जनताले दुःख पाएको कुरा एक जनताले भनेको होइन, एक सयले मात्र भनेको होइन । यति कुरा त राष्ट्रपति र सरकारले बुझ्नुपर्ने हो । मिडियामा आएका कुरामा ध्यान दिनुपर्ने हो । रामले अयोध्यामा आफू र सीताबारे धोबीले गरेको कुरा सुन्दा आफैँ राति नगरमा गुप्त भेषमा थिए । राष्ट्रपति सडक र आकाश जाम पार्ने गरी हिँड्दा, उड्दा वा गुड्दा जनताले पाएको दुःखबारे सरकारले सुन्नुपर्ने होइन ? राष्ट्रपति कार्यालय यसबारे केही नबोल्ने र सरकार राजसी ठाँटको ओड बन्नाले कम्युनिष्ट सरकारप्रति जनताको धारणा कस्तो होला, नेताज्यूहरूले यति कुरा त बुझ्नुपर्ने हो । 

कुलीन र सम्भ्रान्तका शब्द र भाषा बोकिहिँड्ने सरकारले नीति तथा कार्यक्रममा अंग्रेजी शब्द शब्दावली र इस्वी सन्लाई चाहिँ किन काखी च्याप्नुपरेको होला ? नीति तथा कार्यक्रममा प्रोफाइल, स्टिमर, स्याटेलाइट, डाइभर्सन, गार्मेन्ट, फ्रेमवर्क, बिल, करिडोर, ट्रयाक, ब्रान्डिङ, बुटिक, लिफ्ट,ब्लक फरेस्ट, बायो इञ्जिनियरिङ, रोड फर्निचर्सका सट्टा नेपाली शब्द हुँदै नभएका त होइनन् होला । एउटै दस्तावेजमा कतै वि.सं. र कतै सन् (२०१९, २०२१ र २०३०) पनि त्यति सुहाएन । गणतन्त्रमा गणतान्त्रिक–लोकतान्त्रिक आचरण गर्न र नेपालको पहिचान दिलाउन नेपालीपन भाषाशैली नै प्रयोग गर्नु उचित होला । 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top