​गर्ने कुरा अझै धेरै छन्


Wednesday, 13 Mar, 2019 12:57 PM

  • लीला बराल 

छाउपडीबाट महिलाको लाश निकाल्ने क्रम रोकिएको छैन । मधेसतिर कथित बोक्सीको आरोपमा विपन्न एवं वृद्ध महिलाको ढुकढुकी छाम्ने अभियान जारी छ । फोहोरको डंगुरभित्र सास धान्ने पदार्थ पाइने आसमा निरूपायहरू सडकमा भौंतारिरहेका छन् । डोकामा कोचिएर उपचारमा लगि“दै गरेकाहरू स्वास्थ्यचौकीमा पुग्नुअगावै सिद्धिएका घटना बग्रेल्ती छन् । कुष्ठरोगले हातखुट्टा फतफती झरेका नागरिक सडक गल्लीमा पसारिएको देखिनु आम विषय हो । यति मात्र होइन, कुपोषणले हाडछाला मात्र भएका बालबालिकाको जीर्णस्वरूप हेरिनसक्नु छ । 
यो शब्दचित्र हाम्रो सामाजिक जीवनको यथार्थ हो । कुनै प्रविधि, आडम्बर या छलछामले क्रूर यथार्थ छोपिने स्थिति छैन । नेपाली जनताको एउटा ठूलो हिस्सा यस्तो अकल्पनीय अवस्थाको सामना गरिरहेको छ, तिनका लागि शिक्षा, मनोरञ्जन, स्वस्थकर खानपान, हँसीखुशी टाढाको कुरा हो । अकालमा मर्नु परिरहेका वा बा“च्ने घिडघिडोले जीवन घिसारिरहनु पर्नेलाई मानवीय जीवनका न्यूनतमभन्दा न्यूनतम आवश्यकता पनि कल्पनातीत हु“दा हुन् । तर, भइरहेको यस्तै छ । जस्तो कि सरकारी कोटाको दुई पाथी चामल किन्न गएका कर्णालीका अभागीहरू बीचबाटोमै जाडोले कठ्यांग्रिएर मरेको कुनै नेपालीले बिर्सिहाल्ने घटना होइन । 

मुुलुकव्यापी रूपमा विद्यमान यस्तो त्रासद् परिस्थितिस“ग सरकारी आश्वासनले भरिएको सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यले कहाँनेर तादात्म्य राख्ला भन्ने अहिलेको ज्वलन्त प्रश्न हो । सरकारी नारामा समृद्धिका कतिपय प्राथमिकता पनि किटान गरिएको प्रचारबाजी छ । रेल, पानीजहाज, ६ लेनका चौडा सडक, ठूला विमानस्थल, बृहदस्तरका हाइड्रो प्रोजेक्ट आदि । यसले हाम्रो विकास या समृद्धिको मोडल कस्तो हुने रहेछ भन्ने छनक दिइरहेको छ । सरकार के कस्तो समृद्धि ल्याउन चाहिरहेको छ र त्यसले कुन वर्ग, समुदायमा समृद्धि र खुशी थप्नेवाला छ भन्ने र कसलाई यो ‘कागलाई बेल पाकेसरह’ हुनेछ भन्ने पनि आउने परिस्थितिले स्पष्ट गर्दै लैजानेछन् ।

समृद्ध नेपाल र सुखी नेपालीको प्राथमिकतामा भोक, रोग, असुरक्षा एवं तमाम विपन्नताले रुग्ण रहेको विशाल समुदाय पर्न सक्दैन भने यसको दायरा सीमित र सानो हुने निश्चित छ । यसले समृद्धिको सट्टा असमानता र गरिबीको रफ्तारलाई अझ तीव्र बनाउ“दै लैजानेछ । जस्तो ः छिमेकी भारतको भौतिक विकास हाम्रो तुलनामा अकल्पनीय छ । यसलाई अर्को शब्दमा विशाल समृद्धि भने पनि हुन्छ । तर, यो समृद्धिले बहुसंख्यक भारतीय जनतालाई खुशी दिएको छ कि छैन भनेर पर्गेल्नु आवश्यक हुन्छ । धेरैै टाढा जानु पर्दैन । बिहार, बंगाल, आसाम, मणिपुर, मध्यप्रदेश जस्ता राज्यका रेल्वे स्टेशनमा कहिलेकाही“ पुग्दा मर्म थाहा हुन्छ । त्यहा“को चरम गरिबी र असमानता कतिसम्म कहालिलाग्दो छ भने दौडँदै गरेको रेलको झ्यालबाट एउटाले छादेको वस्तु अर्कोले हातमा थापेर खाइरहेको भयानक दृश्यसम्म देख्न सकिन्छ । यस्ता दारुण दृश्यले भारतीय सत्तालाई जति गिज्याए पनि त्यसको निरूपण आजसम्म हुन सकेको छैन । बरु गरिवी र असमानताको खाडल अझ बृहत्तर हु“दै गएको छ । यसले भारतीय समृद्धिको मोडल कति सफल र असफल छ भन्ने आफै“ प्रष्ट गर्छ । 

 समृद्ध नेपाल र सुखी नेपालीका निम्ति हामीले आफ्नै बाटो तय गर्नुपर्छ । कसैले हासिल गरेको समृद्धिको नक्कल गरेर आफ्नो समृद्धिको यात्रा तय गर्नु बुद्धिमानी हुने छैन । इच्छाशक्तिको अभावमा दशकौ“अघि नै समाप्त हुनुपर्ने समस्याले नेपाली जनतालाई गा“जेर राखेको छ । कुपोषणले सिद्राझैं सुकेका बालबालिकालाई तत्काल पोषणयुक्त खाद्यान्न उपलब्ध गराएर तिनको रक्षा नगरे जीवन चु“डिदै जानेछ । छाउपडीलाई आजै अन्त्य नगरे भोलि अर्की महिलाकोे ज्यान जोखिममा पर्नेछ । बोक्सीजस्तो राक्षसी परम्पराको निदान भोलि नै नखोजे पर्सि अर्की वृद्धाका करङ भा“चिनेछन् । शहरका सडकपेटीमा रात बिताउन बाध्य विपन्न युवतीको सुरक्षा र व्यवस्थापन नहु“दा हरेक रात तिनीहरू बलात्कारजस्तो जघन्य अपराधको शिकार हुने गरेको छिपेको छैन । 

 वृद्धावस्था, कुष्ठरोग, पारिवारिक अवहेलनाजस्ता परिस्थितिबाट सडकमा पुगेका अशक्तको बहुमूल्य जीवनलाई कति लम्ब्याउन सकिन्छ र सुरक्षित पार्न सकिन्छ त्यसको थालनी आजैबाट हुनुपर्छ । मानवीय जीवनको मूल्य अतुलनीय छ । मानवीय गरिमाका अघि संसारका सबै वस्तु होचा छन् । त्यसकारण समृद्धि अव्यवस्थाको अन्त्यबाट शुरु गरौ“ । लोककल्याणकारी कामका माध्यमबाट समाजमा ब्याप्त विकृति, विसंगतिको अन्त्य समृद्धिको सुगम यात्रा हो । यसले जनताको मनोबल उठाउनुका साथै विश्वास पनि बढाउ“छ । रेलको छुकछुक भोलि पनि सुनांैला, पानीजहाजको आनन्दमयी यात्रा पर्सि पनि गरौ“ला । विशालकाय जहाज र ठुल्ठूला चौडा सडकको सुविधा भोग पछि पनि गर्ने दिन आउलान् । तिनकाप्रति कुनै ठूलो विमति छैन । तर, पहिला त मानवजीवन सुरक्षित र संरक्षित हुनुप¥यो । जीवनका लागि हो, सोख, सुविधा, आनन्द र सुखानुभूति । त्यो नै सुरक्षित रहन सकेन भने सम्पन्नताको उपादेयता आफै“ सकिएर जानेछ । 

बाँँकी दुनियाँ कति हो कति अघि बढिसक्यो । हामीकहा“ अझै पनि समाजको मूलधारमा समाहित हुन नसकिरहेको राउटे र चेपाङजस्ता समुदाय जंगलका ओडारमा गिठ्ठा र भ्याकुरले जीवन धानिरहेको पाउँदा उदेक लाग्छ । यता, हाम्रा सरकार र मुलुकका ठूला नीति–निर्माताले रेल र पानीजहाजभन्दा तलका कुरै गर्न छाडे । पत्रकारिताका एक जना अग्रज मोहन मैनालीले उपल्लो थलो नामक पुस्तकमा उत्तरी गोरखाको जनजीवनको यस्तो मर्मस्पर्शी चित्रण गर्नुभएको छ, पढ्दा त्यह“ाका मानिसलाई आफ्नो देशमा सरकार भन्ने कुनै पद्धति÷प्रक्रिया छ भन्ने सूचना आजसम्म पुगेको छैनजस्तो अनुभूति हुन्छ । र, हाम्रा सरकारलाई गोरखाका अनकन्टारमा मानव जीवन सक्रिय छ भन्ने खबर पनि पुगेको छैन भन्ने निश्कर्षमा पुग्न सकिन्छ । यस्ता हिमाली जीवन यो मुलुकमा अरू कति होलान् कति ! जुन धागो चुँडिएको चंगाजस्तो कतै टाढा उछिट्टिएको परिस्थिति हो । सरकारले लक्ष्य गरेको समृद्धि यात्राले चँुडिएको धागो जोडिन सक्छ कि सक्दैन, त्यसको लेखाजोखा ह“ुदैै जाओस् ! 
 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकको मिति २०७६/०५/०९ मा बसेको संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि…

साँचो, झूठो– जय शुभशंकर

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

Top