​बम्जनलाई जोगाउन जातको बात


Wednesday, 13 Mar, 2019 12:41 PM

वर्गीय आधारमा अघि बढेको कम्युनिष्ट राजनीतिमा जात र धर्मले महŒव पाउन थालेपछि के हुन्छ ? 

जस्तो कि, ‘तपस्वी’ रामबहादुर बमजनले भक्तिनी (आनी) हरुमाथि शारीरिक दुव्र्यवहार गरेको र ज्यान बेपत्ता पारेको उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले छानवीन थाल्यो । पीडितको बयान सुरक्षित छ । तर, पीडक भनिएका बमजनलाई नियन्त्रणमा लिन सजिलो छैन । कारण हो, कम्युनिष्ट पार्टीकै नेताहरु ‘एउटा तामाङको छोरोलाई...’ भन्दै जातीय आधारमा सक्रिय हुनु । 

काभ्रेका नेकपा नेता तथा पूर्व जलस्रोत राज्यमन्त्री सूर्यमान दोङ अहिले रामबहादुरमाथि कुनै प्रकारको कारवाही नहोस् भन्दै पार्टी अध्यक्षसहित प्रहरी महानिरीक्षककहाँ धाइरहेका छन् । भनिँदैछ, ‘उनको दोष छैन । उनलाई फसाएर क्रिश्चियन धर्मको प्रबद्र्धन गर्ने मान्छेहरु सल्बलाएका हुन् !’

पछिल्लो समय आनी रिता बोटमाथि शारीरिक दुव्र्यवहार गरी उनलाई बेपत्ता पारेको आरोपबारे प्रहरीले छानवीन गरिरहेको छ । हत्या र मान्छे बेपत्ता पारेको उजुरी परेपछि बमजन आफ्नो आश्रममा बस्ने आनी रिताका आमाबुवाको घर गएका थिए । एक महिनापछि त्यहाँबाट रिता र बमजनसँगै हिँडे । बमजन जान्छु भनेको ठाउँमा पुगे, तर रिता अहिलेसम्म बेपत्ता छिन् । त्यसअघि पनि बमजनको नाममा सिन्धुपाल्चोक, सिन्धुली, बारामा खोलिएका आश्रममा बस्ने भक्तहरु बेपत्ता भएका र तिनीहरूको ‘खोजतलास गरिपाऊँ’ भन्दै प्रहरीमा उजुरी पर्दा सिआइबी सक्रिय भएको हो । प्रहरीले उजुरीका आधारमा प्रदेश २ र ३ मा अनुसन्धान केन्द्रित गरेको छ । रिता बोट ०६३ सालमा बारा जिल्लाको हलखोरियास्थित रामबहादुरको आश्रममा गएकी थिइन् ।


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top