​माताजीतिर जर्सा’बको मन


Wednesday, 13 Mar, 2019 12:35 PM

प्रधान सेनापतिले आचरणयुक्त र क्षमतावान सेनाको अवधारणा सुनाएरमात्रै के गर्नु, जर्साबले दिनदहाडै माताजीसँग चर्तिकला देखाएपछि !

पूर्वी पृतना हेडक्वार्टर, इटहरीका दुईतारे प्रमुख समीर शाहीले एकजना माताजीलाई पछि लगाएर मर्निङवाक गर्दै रमिता देखाएपछि सेनापति पूर्णचन्द्र थापा धेरैचोटि जंगिसके । तर, उनी अझै ‘लाइनमा’ आएनन् । माताजी, अर्थात् झारफुक गर्ने, ग्रहदशा हेर्ने हैन, बरु सैनिक संगठनकै ग्रहदशा बिगारिदिने हुन् तिनी । ३५–३६ वर्षकी ती महिलासँग जर्नेलले विशेष सम्बन्ध राखेको भनेर पटक–पटक जंगी अड्डा र शशीभवनमा खबर पुगिसक्यो । तर, बानी जस्ताको तस्तै † हेर्दा राम्री, हिस्सी परेकी छन् । 

यदि रिक्त एउटा तीनतारे जर्नेलमा बढुवा पाएनन् भने समीर असारमा घर जान्छन् । प्रभुराम शर्मा र गौरव तण्डुलसँगै उनी पनि तीन तारेका उम्मेदवार हुन् । यदि तीनतारे पाएनन् भने पनि हेमन्त कुँवर रिटायर्ड भएको सात दिनसम्म जागिर खान्छन् । यसचोटि जसले तीन तारे जर्नेलको फुली लगाउँछ, उसलाई भावी प्रधानसेनापतिका रुपमा हेरिन्छ । प्रभुराम र गौरव त्यसका प्रतिस्पर्धी हुन् । प्रभुराम बानी, व्यवहारले पनि शुद्द ब्राह्मण । गौरव काठमाडौं, बागबजारकै नेवारी समुदायका । उनले संयुक्त राष्ट्रसंघीय मिशनमा जाने प्रयास गरेका थिए । तर, नेपाली सेनाको तर्फबाट पर्याप्त लबिङ हुन नसक्दा अवसर गुमाए । ६ वटा भाषा फरर बोल्छन् । 

उता, खाद्य परिवहनका अजित थापाले सिपाहीलाई खाजा नखुवाएर मुरै–अचारमा टारेको भनी जंगी अड्डामा झोसपोल लगाइएको छ ।
 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top