तन एकातिर मन अर्कैतिर


Saturday, 2 Mar, 2019 1:36 PM

मात्रै ६ महिनाअघिको ब्रेकअप । यसबीच कैयौँचोटि मनमुटाव भए । तर, एकअर्कालाई छाड्नै सकेनन् । ६ महिनासम्म कोसौँ टाढा रहँदा पनि सम्बन्ध घरी बिग्रन्छ, घरी सुध्रिन्छ । माया अचम्मको छ ।

जुगेशको दोस्रो माया झापालीसँग भयो । तर, त्यो सम्बन्ध हावाहुण्डरीझैँ छिनभरमै समाप्त भयो । पहिले र अहिलेको मायाचाहिँ विदेशीसँग रफ्तारमा बढिरहेको छ । दोस्रो प्रेमिकासँग बानेश्वर होटलमा केही दिन रमाइलो भयो । तर, पछि विवाहित र चार वर्षको बच्चासमेत भएको थाहा भएपछि जुगेशले जीवनबाट हटाइदिए । र, विदेशीको प्रेममा मग्न भए । विदेशी केटीलाई भेट्न अमेरिकी भिसाका लागि पनि अनेकाँै कोसिस गरे । प्रक्रिया अघि बढिरहेको थियो । तर, बीचमा आमा बिमार भएपछि त्यसलाई चाहेर पनि अघि बढाउन सकेनन् । अहिले जुगेश आमालाई हस्पिटलबाट डिस्चार्ज गरेर गाउँ (खोटाङ) पुगेका छन् । तर, मन कोसौँ पारी भए पनि दुईबीच सम्पर्क भने भइरहेको बताउँछन् । 

झापाली प्रेमिकासँग केही वर्षको चक्करले एक दिन बानेश्वरको होटलमा बसायो । तर, त्यो सम्बन्ध त्यतिका लागि मात्र रहेछ । यो अवधिमा जुगेशलाई फेसबुकमा कैयौँ केटीले मायाको प्रपोज राखे । अहिले पहिलो गर्लफ्रेन्ड अमेरिकाबाट आउने तयारीमा छन् । पहिलो प्रेमिकाले त अहिले पनि जुगेशलाई फोन गरिरहन्छिन् तर जुगेशले भाउ दिए त मरिजाऊँ । मैले उसको फोनमा मिस्ड कल आएको देखिरहन्छु, अझै पनि उसले जुगेशलाई फलोअप गरिरहेकी छ । तर, जुगेशलाई न फोन रिसिभ गर्छ न कुनै प्रतिक्रिया पठाउँछ । ऊ आफ्नै संसारमा व्यस्त छ । विदेशी प्रेमीले हालसम्म उसलाई दुईचोटि पैसा पठाइदियो । एकचोटि दुई सय डलर । अर्काेचोटि पनि उत्तिकै । त्यो पैसा के शीर्षकमा खर्च ग¥यो मलाई भनेन । तर, केही रकम भने बचत गरेको थियो । यही नयाँ वर्षको जनवरीमा नेपाल आउने तयारीमा विदेशी प्रेमी रहे पनि सफल नभएको केही दिनअघि मात्र जुगेशले मलाई सुनाएको थियो । जुगेशका अनुसार उसको प्रेमी सेक्युरिटी गार्डको काम गर्छ रे ! कमाइ राम्रै छ !

अहिले जुगेशसँगै हामी ६ जना रुममा छौँ । तीन वटा कोठाको फ्ल्याट छ । जुगेशको विषयमा हामी सबैलाई थाहा छ । ऊ शारीरिक रुपले पुरुष हो भने मानसिक रुपले होइन । उसलाई महिलाप्रति कुनै आकर्षण छैन । भन्छ, ‘महिलासँग कुनै फिलिङ्स नै आउँदैन ।’ पहिलोचोटि उसको बारेमा थाहा पाउँदा अचम्भित भएको थिएँ । जुगेशले साँच्चै सही बोलिरहेको छ कि झुट ? अलमलमा परेको थिएँ । तर, पछि उसको सबै चालामाला, आनिबानी, गर्ने व्यवहारमा क्रमशः परिवर्तन हुँदै गएपछि सहजै ठम्याउन सकेँ । पहिलोचोटि उसले आफूँ ‘गे’ हुँ भन्दा मेरो मानसपटलमा अनेक चित्र नाचेका थिए । जुगेशको विषयमा दिदीबाहेक अरूलाई थाहा छैन । एक जना दाइ छन् । दिदी कोरियामा । दाइ पनि विदेशमै । पढाइ राम्रै भए पनि जुगेशले स्नातकभन्दा उता पढ्न मन गरेन । अहिले ऊ गाउँबाट काठमाडौं फर्किन चाहे पनि आमालाई गम्भीर चोट लागेका कारण उतै बस्न बाध्य छ । अस्ति फोनसम्पर्क हुँदा भनेको थियो–खै, सपना साकार नहोलाजस्तो छ । आमालाई यस्तो अवस्थामा छाडेर आउन सक्दिनँ । भिसा प्रक्रिया पनि बीचमै तुहियो ।

मान्छेको मन कस्तो हुन्छ ? भनेर ईश्वरले पनि नचिन्नेरहेछ । न रंग हुने, न स्वाद । यदि त्यस्तो हुँदो हो त को–कस्तो क्षणभरमा पहिल्याउन सकिन्थ्यो । मैले जुगेशलाई करिब एक वर्षको बसाइपछि चिनेँ । त्यतिञ्जेल उसले मप्रति कुनै प्रतिक्रिया देखाएन । हामी साथी भएर बस्यौँ । सँगै ओछ्यानमा सुत्थ्यौँ । अरूभन्दा मसँगै प्रायः जुगेश हुन्थ्यो । म ऊ त्यस्तो होला भनेर कहाँ सोच्थँे । तर, उसको रंग बेग्लै रहेछ । ‘म र ऊ’ उस्तै हौँ भन्थेँ । उसले आफ्नो फेसबुकमा केटीहरूले पठाएको प्रस्ताव पनि देखाउँथ्यो । हेर्थें । जिस्क्याउँथेँ । ऊ पनि उसैगरी जिस्किन्थ्यो । जुगेश जति ह्यान्डसम छ, मन पनि त्यति नै सुन्दर ! पढाइ छाडेर विदेशी प्रेमीसँग चक्कर चलेपछि रातदिनको गन्तव्य नै अमेरिकाको सुनाउँथ्यो । मैले हतारमा निर्णय नगर्नु र पछि पछुताउनुपर्ला भनेर सम्झाउने प्रयास गरँे । तर, उसले ढिपी कसिरह्यो । 

पहिले किताबमा पढेको थिएँ, गे अर्थात् होमोसेक्सुअलको विषयमा । आङ जिरिंग हुन्थ्यो । कतै म पनि त्यस्तै त छैन ? डर लाग्थ्यो । आफू शुद्ध पुरुष नै त हो नि भनेर कैयौँचोटि शरीर चेकजाँच गरेको छु । राजधानीमा बेलुकी यात्रा गर्दा कैयौँचोटि ऊ नै हो ‘छक्का’ भनेर एकजना साथीले भन्दा थाहा पाएको थिएँ, मान्छेहरूको तनमनबारे । ०६९ मा काठमाडौं आएपछिको पहिलो बसाइ बालाजु थियो । कलेज आरआर । यही क्रममा साथीमार्फत चिनजान भयो, सुदीपसँग । ऊ पशुपति कलेज पढ्थ्यो । बसाइ सरस्वतीनगर । हामी एउटै श्रेणीमा पढ्थ्यौं, स्नातक । शनिबार राजधानीभित्र त कहिले बाहिर घुम्न निस्कन्थ्यौँ । सुदीपमार्फत नै जुगेशसँग चिनापर्ची भएको हो । ऊ पनि सुदीपसँगै पढ्थ्यो । पढाइमा अब्बल । स्नातक तह प्रथम श्रेणीमा उत्तीर्ण । उसलाई मैले कैयौँचोटि अध्ययनलाई अघि बढाउन सल्लाह दिए पनि टेरेन । चिनापर्ची भएको केही समयपछि हामी तीन जना रुममेट हुन पुग्यौँ । त्यसपछि सरस्वतीनगरको तीनवटा कोठा भाडामा लियौँ । अहिले पनि त्यहीँ छौँ ।

अमेरिकन केटासँग गर्छु भन्ने जुगेशको ढिपीसामु दिदीको पनि केही सीप चलेन । केही समयअघि आएकी दिदीले केही सम्झाइबुझाई गरिन् तर उसले आफ्नो इच्छालाई नमार्न बिन्ती बिसायो । महिलाको मन न हो, दिदी पनि भावुक बनिन् । भाइको खुशी नै आफ्नो खुशी हो भनेर विदेश फर्किइन् । जुगेशको प्रेमी ७० वर्षको केटा (गे) हो । नाम ‘निक’ । अहिले पनि जुगेश केवल निकसँगै विवाह गर्छु भनिरहन्छ, फोनमा । अस्ति सोमबार फोनमा कुराकानी भएको थियो । उसले गाउँमा रिचार्ज नपाइने र नेट पनि कछुवाभन्दा ढिला चल्ने भएकाले निकसँग कुराकानी गर्न नपाएको बतायो । मोबाइलमा रिचार्ज सकिएको बताएपछि मैले एक सय हालिदिएँ । आमा बिमारी भएर गाउँ जानुपूर्व दिनहुँ भिडियोकल हुन्थ्यो । मायाप्रीतिका कुरा हुन्थे । यता राति, उता दिन । उनीहरूको उमेर पनि त्यस्तै, रातदिनको अन्तरजस्तै । तर, मनको सीमा बाँधिएपछि कसको के लाग्दोरहेछ र । त्यसै भनिएको होइन, मायाको आँखा हुँदैन । विलियम सेक्सपियरले भनेका छन् ‘लभ इज ब्लाइन्ड ।’ 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top