कसले देख्ने, कसले छेक्ने


Saturday, 2 Mar, 2019 1:32 PM

महासेनानी सुरेश गुरुङ सेनामा जागिर खाएर करोडौं कमाउन सफल भाग्यमानी अफिसर मानिन्छन् ।

प्रमुख सेनानीबाट अवकाश भए पनि रोमान्टिक स्वभावका धु्रव गुरुङ (हाल युएसए पलायन कर्साब) का छोरा सुरेश गाडी मर्मत गर्ने, गाडीको जगेडा पार्टपुर्जा खरिद गर्ने ग्यारेजको हाकिम भएको धेरै वर्ष भयो । गौरवसमशेर, राजेन्द्र क्षत्री र हालका सेनापतिसम्म आइपुग्दा समेत निजकै हाली मुहाली छ । टेकु र कुलेश्वरका व्यापारीसँग मिली कमसल सामान ल्याउनुका साथै नक्कली बिलभर्पाइ मिलाएर हरेक वर्ष तीन–चार करोड हात पार्न सफल भएको प्रमाण भर्खरै ललितपुर सुनाकोठीमा आठ करोडजतिको महल बनाएबाटै पुष्टि हुन्छ ।

घर सरेको उपलक्ष्यमा कर्सापले दिएको भोज देखेर आमन्त्रित  पाहुना अचम्मित भएका थिए । हेटौंडा पृतनामा हुँदा एउटी महिला अधिकृतसँग विशेष सम्बन्ध बनाई बेलुकी–बेलुकी कारमा घुम्न लैजाने गरेको पृतनाका सिपाहीहरुले बिर्सन सकेका छैनन् । आर्थिक अनियमिततालाई ुनै हालतमा रोक्ने हालका चिफसापको नीति भए पनि गुरुङ कर्सापको आम्दानीमा कुनै कमी आएको छैन ।

– जीब्रो टोक्ने जेसिओहरू


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top