​मान्छेको खोट र ढुंगाको चोट


Saturday, 2 Mar, 2019 1:29 PM

  • संकेत कोइराला 

एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी, तिमी र म पहाडबाटै झरेको, तिमी ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन्, पूmलप्रसाद चढाएर ढोग्छन् । तर मभित्र के त्यस्तो दोष छ र हरपल फोहोर खुट्टाको प्रहार खेप्नुपर्छ ?’ मन्दिरभित्रको ढुंगो मन्द मुस्कुराउँदै जवाफ दिन्छ– ‘हो साथी, हाम्रो जात एउटै, थातथलो एउटै हुँदाहुँदा छिनो बजारिँदा भोगिएको पीडा पनि एउटै तर मानिसले तिमीमाथि एक चोट के हिर्काएका थिए, तिमी प्याट्ट फुटेर दुई टुक्रा भयौ । त्यसैले तिमीलाई मानिसले जुत्ता पुछ्ने सिंढी बनाए । हुन त ममाथि पनि छिनोको निर्मम प्रहार भएकै हो तर मैले त्यो असह्य चोट समन गरें । त्यसैले तिमी त्यहाँ छौ म यहाँ छु । सबै चोट खानेहरु सफल हुँदैनन् । सफल हुन त चोट खप्न सक्नुपर्छ ।’ 

प्रधानमन्त्री केपी ओलीको भनाई सापट लिने हो भने उहाँ दैनिक १८ देखि २१ घण्टा काम गर्नुहुन्छ । तर उहाँले गर्ने भाषणको शैलीले के प्रमाणित गर्छ भने दिनभर सामाजिक सञ्जालमा आएका सस्ता टिकाटिप्पणी, घिउ नलाग्ने बहस र चियाकपमा क्रान्तिको तुफान ल्याउने कथित गतिविधि निशाचर रातमा मुलुकका कार्यकारी सरकार प्रमुखका खुराक हुन् । यसैलाई ओल्टाइ पल्टाई पारेर भोलिपल्ट आपूmले दिने उत्तरको बुँदा टिपिसक्दा रातले विदा माग्छ । त्यसपछि शुरु हुने ट्राइसीटमा यिनै विषयले प्राथमिकता पाउने गर्छन् ।

मकुन्दल्याण्ड ल्याउन लागिपरेको रत्नपार्कको चर्चित मुकुन्दे, जबर्जस्त गायक बनाइएका बालक अशोक दर्जी, देश विदेशका नेपालीले मायासंगै आर्थिक सहायता खन्याएर नयाँ जीवन दिएका कृष्ण ओली, वाकपटु रमेश प्रसाईं, जीविका चलाउन नारीवादी बनेकी सावित्री सुवेदी, टीभी, अनलाइन र युट्युबे च्यानलका चट्की पत्रकारिताको हारमा मुलुकका प्रधानमन्त्रीको टिकाटिप्पणी सार्वजनिक हुनु बोल्नेलाई त रमाइलै होला तर सुन्नेका लागि कानमा रोपिएको झीर समान हो । सांसदले गरेको छेडखानी, एउटा गायकको गायकीमाथि चलेको फेसबुके विवादमा प्रधानमन्त्रीको गम्भीरता साँच्चै उदेकलाग्दो छ । बोइङ चलाउने अवसर पाएका व्यक्तिले साइकलको सम्मोहन छोड्न नसकेको योभन्दा प्रखर उदाहरण केही हुनै सक्दैन । प्रधानमन्त्री त्यो हात्ती हो जसले कमिला मर्छ भनेर आफ्नो यात्रा रोक्यो भने त्यो हात्ती रहँदैन ।

आपूm नेतृत्वको सरकारले आर्थिक समृद्धिको आगो बालेको हो भने धुवाँ देखाउने साहस गर्नुपर्छ । प्रधानमन्त्रीले बोलेको विषयले देशव्यापी तरंग ल्याउनुपर्छ । चौबीसै घण्टा देश जागा रहनुपर्छ । राज्य प्रणालीभित्र एउटा कुलमान घिसिङ नामको व्यक्ति इमानी निस्कँदा विकासमा नसोचेको आनको तान परिवर्तन आउन सक्छ र कार्यकारी सरकार प्रमुखको इमान परिणाममा देखिने हो भने त्यसको प्रभाव आयतनमा नाप्न सकिँदैन । पञ्चायतले बनाएको जगमा कुर्सी, टेबल सार्ने बाहेक अरु काम गरेको भए लोकतन्त्र नै काफी थियो । काँग्रेस– एमालेले ल्याएको २०४६ सालको परिवर्तनलाई माओवादीले लोप्पा ख्वाइदियो । हुँदाहुँदा उसले कोरेको संघीयता आत्मघाती बम हुने निश्चित छ । न कामको ठेगान, न कर्तव्यको हेक्का । गरीब जनताका नाममा भएको परिवर्तनले फगतः नेता र आसेपासेको जीवनशैली मात्र परिवर्तन भएको छ । त्यागको नाममा पञ्चायतको कालकोठरीमा विताएको गर्व  गर्ने पुस्ताका नेताहरु अब घरमै नबिक्ने खोटो मोहोर हुँदै जाने निश्चित छ । 

स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु दिवंगत हुँदा तीनपुस्ता कोकोहोलो मच्चाउँदै सडकमा निस्कियो । दक्षिण एशियाका नेताहरुमा इतिहासले नेहरुको मरणलाई उच्च सम्मान दिएर मूल्यांकन ग¥यो । नेताले लिएको आदर्श, अडान देशको हितमा कति कालजयी हुनसक्यो भनेर समयको मानकमा ऊ इस्पात भएर निस्कने हो । वास्तवमा नेता पनि ढलोट मूर्तिजस्तै हो । पहिला अविरल अनि निर्मम कुटाई खान्छ, जब भगवानको आकारमा अनुवाद हुन्छ, प्रहार गर्ने नै अन्ततः लम्पसार परेर समर्पित हुन्छ । शक्तिमा हुँदा त स्यालको गर्जन नै काफी छ । यस्तो बेला प्राप्त हुने मलामी भनेको स्वार्थी झुण्ड सिवाय केही होइन । सिनेमाको रंगीन संसारबाट राजनीतिमा हेलिएकी तमिलनाडुकी मुख्यमन्त्री जय ललिताको निधन हुँदा अरु ७७ जनाले ज्यान फालेको समाचार आएको थियो । यसबाट के प्रमाणित हुन्छ भने विशुद्ध नेता एउटा त्यस्तो ग्रह हो, जो अस्ताउँदा अरु थुप्रै उपग्रहको अन्त्य स्वाभाविक हुन्छ । एक समय थियो– इटलीको मिलान शहरमा बेनिटी मुसोलिनीको साधारणभन्दा साधारण कार्यक्रममा पनि लाखौंको भीड जुट्थ्यो । मुसोलिनी त्यहा“का जनताको लागि अगुवा मात्र नभएर ‘ईश्वर’ पनि थिए । तर पा“च वर्षपछि मुसोलिनी र उनकी प्रेमिकालाई बीच सडकमा उल्टो झुण्ड्याएर लाखौं लाखले थुके । भ्रमको आयु यसरी समाप्त हुन्छ । 

राजनीतिमा सफल क्रान्तिकारी नेताले राजनेताको श्रीपेच धारण गर्छ भने असफल भएमा अपराधी करार हुन्छ । अपराधी हुन मान्छेको शिर ठुन्क्याउनु पर्छ भन्ने होइन, जब सामुहिक अपेक्षा शहीद बनाइन्छ भने त्यो पात्रको भौतिक उपस्थिति पनि निस्सार हुन्छ । जब पुलिसको सुरक्षामा उसको दैनिकी बित्न थाल्छ, ऊभित्रको नेतृत्व क्षमता धमिरा लागेको बुझ्नुपर्छ । सम्भवतः अभूतपूर्व हुने अवसर गुमाएर भूतपूर्वमा सीमित हुने हाम्रा ठूला मान्छेहरुलाई पुलिसको पछुवा जरुरी हुनु पछाडिको मनोविज्ञान पनि यही नै हो । यदि नक्शा, झण्डा, राष्ट्रिय गीत नभएर हामीभित्रको मनोविज्ञानलाई सामथ्र्य मान्ने हो भने देशको योग्य नागरिक हुने न्यूनतम योग्यता धेरै नेपालीमा छैन । देशलाई रत्नपार्कजस्तो मनमौजीको थलो बनाएर रत्यौली खेल्नुमा नागरिक हुनुको धर्म किमार्थ पूरा हुँदैन । दुःखसाथ भन्नुपर्दा अधिकांशको दैनिकी त्यसरी नै बितेको छ । कोही नाङ्गो भएर सडकमा देखिएला, कोही बन्द कोठामा अति व्यस्तको नेमप्लेट टाँगेर निर्णय गर्ला तर भीआईपी निर्णय अझ घातक ठहरिने गरेको छ । 

देश तंग्रिन नसक्दा आफ्ना गहना दिएर सहयोग गर्ने कोरियाली महिलाले देखाएको उदारता हाम्रा कति नारीका लागि सुपाच्य हुन्छ ? यहाँ त लोकसेवा पास गरेर देशको चीरहरणमा सहभागी हुने र एजेन्टको काम गरेवापत तनखा लिएर पेट पाल्नेबीच किञ्चित अन्तर भेटिन्न । रावणायण लेखिएन, त्यसैले रामायणको प्रचार भयो । तर कुनै चेलीलाई सोधिँदा तिमी कस्तो दाजु चाहन्छ्यौ भन्दा नेपाली समाजमा कसैले रावणजस्तो भन्ने हिम्मत गर्न सक्दैन । हामी त्यो समाजका उपज हौं, जसलाई क देखि अगाडि र ज्ञ भन्दा पछाडिको संसार खोज्ने न फुर्सद छ, न जाँगर नै । रावण त्यो पात्र हो, जसले बहिनीको अपमान सहन नसकी राजवंशमा लडाईंको शंखनाद गरेर आपूm नासियो तर सम्झौता गरेन । शत्रुकी पत्नी अपहरण ग¥यो तर छुनु त परै जाओस्, अनैतिक सोच्ने संस्कार ऊभित्र छँदै थिएन ।

मान्यताका यी ठेली बिर्सिएर हामी बच्चाले आमाको दूध चुस्दासमेत महिला अधिकार हनन् हुने कुतर्कतर्पm जाँदैछौं । स्तनपान दिवस मनाउने रहरले कुत्कुत्याउँछ । प्रकृति त प्रकृति नै हो नि– सर्पअघि पक्कै भ्यागुताको जन्म भएको हुनुपर्छ । मृग बाघभन्दा कान्छो पक्कै होइन । माछा बनाएपछि प्रकृतिले बकुल्ला आविष्कार गरेको भनियो भने नजाति हुन्न होला । नियालेर हेरियो भने असम्भावनाभित्र सम्भावना हुन्छ । यदि तपाईं जुनसुकै विषयलाई गहिरो बनाउँदै जानुभयो भने जन्मदिने बाउको अनुहारमा पनि बाँदर देख्न थाल्नु हुनेछ । एक दशकयता भएका राजनीतिक काकतालीको समीक्षा गर्दा छर्लङ्ग हुन्छ– यो देशमा को भयो भन्दा पनि को मन्त्री भएन ? राज्य संयन्त्रमा नालायक मानिसको उपस्थितिलाई समावेशी भनियो । अनुजा बानियाँदेखि कञ्चन रेग्मीजस्ता पात्र यही नर्सरीमा जन्माएर अरु मानिस निरपेक्ष बस्यौं ।

साग बेच्नेले साग बेचेर हैन, सिंहदरबार पुगेर सपना पूरा हुने भाकलमा दिन बितायो । पहिचान हैन अवसर, जात हैन सोच, भाषा हैन शिक्षा, धर्म हैन मानवता, संविधान होइन प्रणाली, भागबण्डा होइन, एकता आजको आवश्यकता हो । तर सत्य बोली हुतिहाराको दैनिकी जस्ता भएका छन् । 

भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम मुस्लिम थिए । नमाज पढेपछि सितारमा नित्य रामधून बजाउने उनी बाक्लै साधुहरुको सामीप्यमा पुग्थे । उनको मान्यता थियो– ‘महान मानिसहरु धर्मलाई मित्रताको माध्यम बनाउँछन् । छुद्र मानिसहरु यसलाई प्रतिष्ठाको मुद्दा बनाएर लडाईं झगडामा अग्रसर हुन्छन् ।’ पुस्तकालयमा कुरान, बाइबल र गीताका किताव एउटै खातमा मिलाएर राखिएका हुन्छन् । यी पुस्तकले आपैmँ लडाईं गरेको उदाहरण कतै भेटिँदैन । तर जब धर्मका नाममा विभेदको खेती गर्नेहरुले स्वार्थको रोटी सेकाउन निर्जीव मान्यतामा धावा बोल्ने गरेका छन् । संसारमा भएका धर्मयुद्ध पछाडिको तीतो सत्य यही नै हो । कुन धर्मावलम्बीलाई मंसिर–पुसको पारिलो घाम मन पर्दैन ? वास्तवमा सवैलाई उत्तिक्कै प्यारो लाग्ने जाडोको पारिलो घामचाहिँ धर्म हो । कुवाको पानी र ज्ञान उस्तै हो । जो कहिल्यै झिकेर र बाँडेर रित्तिँदैन । कागजमा देश देखिए पनि सार्वभौम मुलुक बनाउने प्रयास सधैं यस्तै तोरीलाउरे काइदाका कारण अद्र्धविराममा टुंगियो । मूल्य पानीको हैन प्यासको, मृत्युको होइन सासको र प्रेमको होइन विश्वासको हुन्छ । 

राजनीतिमा उपयोगवाद कति घातक हुन्छ भन्ने तथ्य १ सय ६५ वर्ष पहिले राजा राजेन्द्रले जंगबहादुरको उछित्तो काढ्दै सैनिक पल्टनलाई लेखेको यो चिट्ठीले पुष्टि गर्छ । जंगबहादुरको अधिकार कटौति गरिएको उक्त पत्रमा भनिएको छ– ‘जंग्याले मेरा विनाहुकुम भैयाद भारादार मारी उन्का जाहान् बच्चासमेत् मधेशमा धपाउँदा र ६ हरुलाई पनि औंलामा आफ्ना मनोग्य गरी धपायो, आजकाल अर्काका स्वास्नी पनी टिपि घर लैजांछ भंदा सुनीन्छ . यस्तो निमक्हराम जंग्या हत्यारोलाई मैले मुषती यारीबाट षारीज ग¥या.  यस्तो पातकी टाढाका गोतियाहरु र भारदारहरु मान्र्या फेरी आप्mनु आग्या चलाइ हजुरको कामकाजमा हुकुम् चल्दैन भनी जबरदस्ती दुनिञाहरुको सही हलाइ मेरा हजूरमा अर्जी च¥हाइ पठाउन लाउन्या ढुंगाको बीगान्र्या सबै जंग्या हो ।’ 

कृष्णलाल मारिएपनि उनको लेखनी सत्यबाट डग्मगाएको छैन । मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ– ‘....सरकारले आप्mनो देशका कुकुरहरु भन्दा विदेशी कुकुरहरुको बढ्ता मान गर्छ तर चोर, डाँकाहरुबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुरहरु काम लाग्दैनन् । स्वदेशी कुकुरहरु नै काम लाग्छन् ।’ पृथ्वीमा तीन प्रकारका रत्न छन् जल, अन्न र मीठो बचन वा सूक्ति । तर मूर्खहरुले पत्थरलाई रत्नको नाम दिएका छन् । ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन् । जबकि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छोड्छ । कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्दछ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ । तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन । भनिन्छ नि भोको पेट, खाली गोजी र असफल प्रेमले मानिसलाई धेरै सिकाउँछ । छाताले परेको पानी रोक्ने साहस त राख्दैन तर वर्षामा उभिने हिम्मत भने पक्कै दिन्छ । इमान्दारी पनि त्यही हतियार हो ।


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

Top