​‘साले, हान्दिऊँ’ भन्दै सनक्क


Wednesday, 20 Feb, 2019 10:23 AM

जनयुद्ध दिवस थियो, फागुन १ गते । नेकपाका भएभरका कार्यकर्ता त्यतै व्यस्त थिए । तर, त्यहीबेला नेकपाका अर्काथरी कार्यकर्ता त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा कर्मचारीको कुटाइ खाइरहेका थिए । 

उही प्रकृतिको एक सय ९० वटा कम्पनी दर्ता गरिसकेको रजिष्ट्रारको कार्यालयले सत्तारूढ पार्टीसम्बद्ध वकिलहरूले लगेको कम्पनी दर्ता गर्न आनाकानी गरेपछि कुटाकुटको अवस्था आएको थियो । खास कुराचाहिँ ती वकिल नेकपाका कार्यकर्ता थिए भन्ने कुरा थाहा नपाएर कर्मचारी ‘कति पैसा दिने ?’ भन्दै हिसाब मिलाउन खोज्दै थिए । ‘ए, हामीसँग घुस माग्ने’ भन्दै वकिल टीकाध्वज खड्का पड्किए । त्यहीँ थिए, नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति तथा अहिलेका सक्रिय वकिल गुणराज आचार्य पनि । उनी पर बसेर रमिता हेर्दै थिए ।

हेर्दाहेर्दै टीकाध्वजले उपरजिष्ट्रारको टेबुलमा एक मुक्का हाने । ‘साले, हान्दिऊँ म’ भन्दै उनी कराउन थालेपछि अफिसमा भएभरका कर्मचारी त्यहाँ जम्मा भए । ‘काम गरिरहेका कर्मचारीलाई बसेकै ठाउँमा आएर हातपात गर्ने ?’ भन्दै कर्मचारीरूएकस्वरमा तात्तिन थाले । यो सब घटनाका कारण टीकाध्वज थिए तर कुटाइ खान थाले गुणराजले । उनको कसूर कति मात्र हो भने उनले भनाभन चलिरहँदा टीकाध्वजको पक्ष लिएका थिए । स्वाभाविक पनि हो कि एउटै पेशाको साथी, त्यसमाथि पहिलाको फर्मपार्टनर पनि । एकैछिनमा कालिमाटी प्रहरी वृत्तबाट भ्यान आइपुग्यो । कर्मचारीले ‘यही हो–यही हो’ भन्दै टीकाध्वजलाई हैन, गुणराजलाई देखाइदिए । प्रहरीले उनलाई भ्यानमा हालेर कालिमाटी लैजाँदै थियो । यस्तो कुरा सुनेपछि अखिलका केही नेताले प्रहरीको उच्चपदस्थ हाकिमलाई फोन गरेर भने, ‘उहाँलाई थुन्नुभयो भने चौकीमा आगो लाग्ला !’ यसपछि टेकु पुग्दानपुग्दै प्रहरी परिसरका एसएसपी वसन्त लामाले गुणराजलाई वृत्तमा लगेर थुन्नुको सट्टा घटनास्थलमै कर्मचारीसँग वार्ता गराउन निर्देशन दिए । कर्मचारी र वकिलबीच वार्ता भयो । वकिलहरूले माफ मागे । तर, कर्मचारीले भोलिपल्ट ‘हातपातको विरोधमा’ भन्दै काम ठप्प पारे । 

त्यहाँबाट मुक्ति पाएपछि विद्यार्थी नेतासमेत रहेका गुणराज साथीहरूसँग भन्दै थिए, ‘मेरो इमेज त अझै खत्तम रहेछ यार †’ गुणराजको यो पहिलो काण्ड थिएन । केही वर्षअघि नगरकोटमा पिकनिक खाएर फर्किएपछि वीर अस्पतालअगाडि ट्याक्सी चालकसँग यस्तै विवादमा उनी परेका थिए । ट्याक्सीले बालाजु जान नमानेपछि भएको भनाभनमा उनले प्रधानमन्त्रीको मान्छे हुँ भन्दै एकजना चालकलाई हातपात नै गरेका थिए । ट्याक्सी चालकहरूले प्रहरीलाई बोलाएर जनसेवा वृत्तमा थुनेपछि मात्र उनले आफ्नो परिचय दिए, ‘म ल क्याम्पसको स्ववियु सभापति हुँ’ भनेर ।


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

Top