​राष्ट्रपतिले ट्याम्पो चढ्न खोज्दा


Thursday, 3 Jan, 2019 1:05 PM

‘राष्ट्रपति म ट्याम्पो चढेर हिँड्छु भन्नुहुन्छ, के त्यसै गर्न दिने त ? हामीले नै हो सेनाको मागबमोजिम उहाँको लागि राम्रो गाडीको व्यवस्था गर्न लागेको । उहाँको यसमा केही दोष छैन ।’

नेकपाको बहुचर्चित स्थायी समिति बैठकमा उठेका प्रश्नउपर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले दिएको जवाफ हो यो । त्यसअघि पूर्व एमालेको अनुशासन कमिटीमा अध्यक्ष रहेका अमृत बोहोरालगायत इमान्दार र स्वच्छ छविका नेताहरूले भिभिआईपीहरूको लागि गर्न लागिएको विलासी व्यवस्थाप्रति आम रुपमा उठेको टिप्पणीहरूलाई शीर्ष नेतासमक्ष प्रस्तुत गर्दै असन्तुष्टि जनाएका थिए । सादा जीवनमा विश्वास गर्नु पर्ने कम्युनिष्टहरू  सुविधाभोगी बन्न नहुने सुझाव पनि त्यहाँ राखियो । प्रहरी तालिम केन्द्र हटाएर राष्ट्रपतिको लागि हेलिप्याड बनाउने, उपराष्ट्रपति निवासको लागि समाज कल्याण परिषद् स्थानान्तरण गर्ने जस्ता विषयमा ओलीका जवाफ पनि त्यस्तै थिए– ‘बिहान ४ बजे नै प्रहरीले छेऊमा परेड खेल्न थाल्छ र बन्दुक पड्काइन्छ, अनि त्यस्तो होहल्ला भएपछि राष्ट्रपतिले कसरी सुत्ने ?’ पार्टी सदस्य नै नरहेकाहरू प्रदेश समितिको सदस्य बन्ने, पार्टी प्रवेश गरेको १ वर्ष नपुग्दै समितिमा पुग्ने कुराप्रति पनि बैठकमा तीतो पोखाई भयो । 

प्रदेश नम्बर ३ को राजधानी हेटौंडामै राख्ने विषयमा त्यहींका मुख्यमन्त्री र स्थानीय क्षेत्रका सांसदबाहेक अरुको इच्छा र सहमति नरहेको, दिपक निरौलाको अध्ययन समितिले निर्णय गर्न नसकेको, व्यापारीहरूको स्वार्थ हावी भएको कुरा पनि राखियो । नेकपाको बैठकमा पूर्व उच्चपदस्थहरूको सुविधालाई पार्टीले प्राथमिकतामा राख्न नहुने कुरा जोडतोडले उठेको थियो । आम जनमानसमा पार्टीको छवि बिगार्ने त्यस्ता कुराहरूबारे नेतृत्व मौन रहेकोमा अझै पनि उनीहरूको चित्त बुझेको पाइन्न । ठूला नेताहरूले त्यस्तो सुविधाको आशक्तिभाव देखिनुलाई के भन्ने ? बस चढ्दा हामीले यस्ता थुप्रै जनगुनासो सुन्ने गरेका छौं, भन्दै सोमनाथ प्यासीले प्रश्न उठाएका थिए । भित्तामा ‘म भ्रष्टाचार गर्दिन’ भन्ने नारा टाँस्न लगाउँदैमा भ्रष्टाचार नियन्त्रण हुन्छ ? के बिरालोले अब मुसा खान्न भन्दा पत्याइन्छ ? नेताहरूको प्रश्न थियो ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top