​मन्त्रीज्यू अकस्मात् युटर्न


Friday, 28 Dec, 2018 1:43 PM

माफियाहरू यतिसम्म शक्तिशाली छन् कि मन्त्रीदेखि सचिवसम्म सजिलै फेर्ने हैसियत राख्छन् । यस्तै दलालको फन्दामा पर्दा एक जना सचिव जोकर बन्न पुगेका छन् । 

प्रसंग हो, केदारबहादुर अधिकारीको । जो दुई साताअघि मात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खटिएका थिए । उनी त्यहाँ गएपछि जिम्मेवारविहीन बनिन् डा. पुष्पा चौधरी । छटपटीमा परे विशाल पण्डितहरू । उनको लाइफलाइन ट्रेड प्रालिले स्वास्थ्य मन्त्रालय र मातहतका वीर, भरतपुर, भक्तपुर, बिपी कोइराला, त्रिवि शिक्षण, पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतको ठेक्कापट्टामा एकछत्र राज गर्दै आएको छ । महँगा उपकरण ल्याउने र मर्मतको जिम्मा यीबाहेक अरूले पाउँदैनन् । त्यहाँ प्रधानमन्त्री कार्यालयबाट केदार अधिकारी पुगेसँगै पण्डितहरू उपेन्द्र यादवदेखि राजेन्द्र श्रेष्ठ, रेणु यादवकहाँसम्म धाए । शुक्रबारसम्म कुनै हालतमा पुष्पालाई मन्त्रालयमा हाजिर हुन नदिनू भनी अह्राएका उपेन्द्र यादव सोमबार एकाएक युटर्न हुनुको पछाडि उनै विशालहरूको सक्रियता प्रमुख कारक रहेको स्वास्थ्यका कर्मचारी सुनाउँछन् । 

उनले यही निर्देशन दिएका थिए सचिव अधिकारीलाई पनि । जनआस्थाकर्मी शुक्रबार स्वास्थ्य मन्त्रालयमा पुग्दा रमाइलो देख्न पाइयो । त्यहाँ केदार अधिकारी थिएनन् । बरु बाहिर उनको नेमप्लेट झुन्डिरहेको थियो । भित्र कुर्सीमा थिइन् पुष्पा । आइतबार दुई पटकसम्म आधा÷आधा घण्टा मन्त्री यादव र सचिव चौधरीबीच वार्ता चल्यो । मध्याह्न १२ बजे र अपराह्न ३ बजे । र, अस्ति सोमबारदेखि मन्त्रीले पुष्पालाई साविककै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिलाए भने अधिकारीलाई विभागजतिको हैसियत नभएको जनसंख्या सचिवमा खुम्च्याइदिए । 
यता, संघीय संरचनाअनुसार प्रशासनतर्फको नयाँ दरबन्दी प्रस्ताव तयार पारिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कर्मचारी समायोजनसँगै संघीय तहमा २ सय २ सहसचिव र ६ सय ५२ उपसचिव रहनेछन् । यस्तै, शाखा अधिकृत १८ सय ४ नायब सुब्बा ३२ सय १९ र खरिदार ३ हजार ६१ रहनेछन् । यता, प्रदेशमा ३५ सहसचिव, १ सय ८८ उपसचिव, ५ सय ५९ शाखा अधिकृत, ११ सय २० नायब सुब्बा र ३ सय ३९ खरिदार खटिनेछन् । स्थानीय तहमा भने १८ सहसचिवको दरबन्दी प्रस्ताव गरिएको छ । त्यस्तै त्यहाँ ३ सय ७५ उपसचिव, एक हजार शाखा अधिकृत, १० हजार २ सय ३१ नायब सुब्बा र ८ हजार ३ सय ४१ खरिदार खटिनेछन् । प्रस्तावित दरबन्दीअनुसार तीनै तहमा गरी २ सय ५५ सहसचिव, १२ सय १५ उपसचिव, ३३ सय ६३ शाखा अधिकृत, १४ हजार ५ सय ७० नायब सुब्बा र ११ हजार ७ सय ५१ खरिदार खटिनेछन् ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

Prabhu Bank Ltd.
Top