​दुष्टको पञ्जाबाट उम्किएको पल


Friday, 16 Nov, 2018 2:36 PM

प्लस टु र स्नातक तहको कक्षा जय मल्टिपल कलेजबाट उत्तीर्ण गरेकी हुँ । ऐच्छिक विषय अंग्रेजी र सामाजिक कार्य हो । अर्काे वर्ष आरआर कलेजमा अंग्रेजी विषय लिएर स्नातकोत्तर गर्ने सोचमा छु । सामाजिक कार्यसँगै विशुद्ध राजनीतिमा पनि संलग्न छु । स्नातक अध्ययन क्रममा केही वर्ष अध्यापन पनि गराएँ । तर, मेरो कार्यक्षेत्र भनेको सामाजिक कार्य नै हो । स्नातक तह (पहिलो र तेस्रो वर्ष) मा सामाजिक अध्ययनको प्रयोगात्मक प्रतिवेदन आफूले चिनेको दिदी रमा कार्कीको संस्था (अम्रिता फाउण्डेसन, नयाँबस्ती) मा गएर तयार पारेकी हुँ । प्लस टु अध्ययन क्रममा ०६९ मा पहिलोचोटि उक्त संस्थामा पुगेकी हुँ । अहिले संस्था नयाँबस्तीबाट टुसाल सरेको छ । रमा दिदी संस्थाको सल्लाहकार पनि हुनुहुन्छ । उहाँलाई मैले कक्षाको प्रतिवेदनबारे जानकारी गराइसकेपछि अम्रिता फाउण्डेसको मानसिक बिरामीबारे रहेर प्रतिवेदन तयार पार्ने मौका पाएँ । यसरी नै रमा दिदीबाट फाउण्डेसनमा जोडिने मौका पाए । तर, कालान्तरमा सामाजिक सेवामा ज्यान समर्पित गर्ने क्रममा पीडित हुन पुगे । 

वैशाखबाट अम्रिता फाउण्डेसनमा औपचारिक रूपमा कर्मचारी भई काम गर्न शुरु गरेँ । संस्थाले मानसिक रूपमा रोगीहरूलाई काउन्सिलिङ गरेर नयाँ जीवन प्रदान गर्छ । त्यस्तै, ड्रग एडिक्टहरूलाई रिह्याबमा राखेर त्यसबाट मुक्त पनि दिलाउँछ । संस्थामा रहेका बिरामीको हेरविचार गर्नु नै हाम्रो कर्तव्य हो । डेढ महिना अघिको कुरा हो, संस्थाका म्यानेजर अमृत कार्की र उनका साथी हीरामान शाहीले मेरो आमा बिरामी पर्नुभयो । त्यसपछि दुवैले कसरी सुइँको पाएछन्, निरन्तर फोन गरिरहे । शाही कांग्रेसको बधशाला संघको संयोजकसमेत हुन् । तर, दुवैले तारको तार फोन गरेको विषयमा आमाले मलाई सुनाउने भएको थिएन । केही समयपछि यसबारे मलाई आमाले सुनाउनुभयो । साथै, आमाले कार्की र शाहीले आफूलाई अम्रिता फाउण्डेसनबाट राम्रो जागिर दिने बताएको पनि सुनाउनुभयो । जब, म त्यतिखेर स्नातक तहको विद्यार्थी थिएँ । आफ्नै शैक्षिक अध्ययन क्षेत्रमा रमाइरहेकी थिएँ । स्नातक अध्ययन नसकी कुनै क्षेत्रमा जागिर खाने सोच बनाएकी थिइन् । पहिलो प्राथमिकता जागिरभन्दा अध्ययनलाई नै थियो । तर, बीचमा घरमै आएर ‘तपाईंले प्लस टु र स्नातकको प्रयोगात्मक कार्यपत्रका बेला बिरामीप्रति देखाउनुभएको सहानुभूतिले हामीलाई साँच्चिकै छोयो । अरू कुरा थाहा छैन, तपार्इंजस्तो महिला सेविका हाम्रो फाउण्डेसनलाई तु चाहियो’ भन्दै गोडा नै ढोग्न तम्सिए । स्नातक अध्ययन पूरा नभएको तर आफ्नो पर्फमेन्सले जोकसैको अफिसमार्फत कसैको ज्यान सुरक्षित बनाउन सकिन्छ भने किन काम नगर्ने । पछि मैले पनि उनीहरूको कुरालाई सहर्ष स्वीकार गरेँ । तर, यसअघि मलाई पटक–पटक फोन गरे पनि इन्कार गरिरहेको थिएँ । मैले संस्थामा काम गर्न नसक्ने जानकारी दिएपछि उनीहरूले नयाँ चोरबाटो अपनाएछन्, रमा दिदीलाई । र, पछि रमा दिदीले नै फोन गरेपछि पढाइ र काम दुवै सम्झाइ–बुझाइ गरेपछि मैले उहाँको प्रस्ताव इन्कार गर्न सकिनँ र २० वैशाखबाट निरन्तर काममा जोडिन पुगँे । 

काम गर्न थालेको दुई दिनजति भएको थियो । संस्थामा एक जना महिला बिरामीको सेक्स थेरापी हीरामान शाहीले गर्ने कुरा थाहा पाएँ । यो कुरा मैले तत्कालै संस्थाका कोषाध्यक्ष सिजा श्रेष्ठ दिदीलाई सुनाएँ । त्यसपछि तुरुन्तै हीरामान सरलाई अफिसमा महिलामाथि गरेको यस्तो अभद्र व्यवहार सचेत गराउनु हुँदै थियो । तर, हीरामानले त्यो कुरा सुनेर पनि नसुनेझैँ गरी आफू बसेको सिटबाट उठेर निस्किए । तर, यो घटनाले भोलिपल्ट अर्कै रूप लियो । कार्यालयमा आइपुग्दा ढोकाबाहिर चार जना टोले गुण्डा खडा भएका थिए । कार्यालय परिसरभित्रै दिनदहाडै यस्तो दृश्य देखिएपछि सिजा दिदीले ‘कुनै संस्थाको आधिकारिक व्यक्तिको अनुमतिबिना भित्र छिर्न मिल्दैन, तुरुन्तै यहाँबाट गइहाल’ भनेपछि उनीहरू त्यहाँबाट निस्किए । तर, जसरी उनीहरू बाहिर निस्किए त्यसरी एक जना अपत्यारिलो महिलाको आगमन भयो । जो गीता बञ्जारा हुन्, मेन्टल हस्पिटलको अनमी । उनीसँग हिमचिम भएपछि थाहा पाएँ, दक्ष अनमी भन्छिन् तर प्रविधिसम्बन्धी ज्ञानै छैन । यो थाहा पाएपछि तीनछक्क परँे तर कुनै प्रश्न उठाइनँ । कसैमाथि प्रश्न तेस्र्याउने अधिकार मसँग थिएन, आफ्नो काममा लीन थिएँ । पछि म्यानेजर अमृत सरले गीतासँग चिनजान गर्न भन्दै भन्नुभयो, ‘उहाँचाहिँ मेरो अफिसको स्लिपिङ पार्टनर पनि हुनुहुन्छ । आजदेखि कार्यालको पत्रमा हस्ताक्षर गर्ने जुनसुकै अधिकार छ ।’ त्यतिबेला लाग्यो अमृत सरले मजाकका रूपमा हामीलाई सुनाइरहनुभएको छ । र, त्यो विषयलाई मैले त्यति गम्भीरपूर्वक लिइनँ । लिनुपर्ने मेरो कुनै चासोको विषय पनि थिएन । म आफ्नो जिम्मेवारी के त्यसमै दृढपूर्वक कार्यरत थिएँ । 

२९ साउनको कुरा हो । अमृत सरले मलाई फोन सम्पर्क गरे । म्यानेजर सरको फोन आएपछि कुनै कर्मचारीले फोन रिसिभ नगर्ने कुरै आएन । मैले पनि तत्कालै फोन उठाएँ । ‘तपार्इं कहाँ हो ?’ उताबाट अमृत सरको प्रश्न सुनेपछि तत्कालै जवाफ दिएँ, सर, म अफिसमै छु । कार्यालयमा मैले गर्नुपर्ने त्यस्तो केही विशेष काम थियो कि !’ तर, केही उत्तर नदिई फोन काट्नुभयो । र, फेरि ४ बजे फोन गर्नुभयो । पहिलाकै प्रश्न दोहोरियो । उहाँले एक जना महिला मेडिकल रेस्क्युमा गइसक्नुभएको र उहाँलाई नगरकोटबाट ल्याउनुपर्ने त्यसका लागि तपार्इंको सहयोग प¥यो, जसरी हुन्छ आइदिनुप¥यो । संस्थामा आफ्नो जिम्मेवारी पनि त्यही काम भएकाले मैले सहजै कहाँ आउनुपर्ने सर भनें । यसअघि पनि अमृत सरले बिरामी लिन पोखरा जानुपर्ने सूचना दिनुभएको थियो तर मैले त्यसलाई ‘काठमाडौँ उपत्यकाबाहिर कहीँ पनि जान सक्दिनँ सर’ भन्दै ठाडै अस्वीकार गरिदिएकी थिएँ । राजधानीबाट करिब दुई घण्टाको बाटो नगरकोट भएपछि मैले आफू बौद्ध, टुसालमा रहेको सुनाएँ । र, उहाँ मलाई लिन टुसालमा आउनुभयो र हामी नगरकोटतर्फ अघि बढ्यौँ । गाडी अमृत सरले नै हुइँक्याएर आउनुभएको थियो । एउटा कुरा, म्यानेजर भए पनि उहाँलाई टेक्नोलोजीसम्बन्धी ज्ञान विल्कुलै छैन तर गाडी चलाउने सीप भएकाले कहिलेकाहीँ उहाँलाई बिरामी ल्याउने र पु¥याउने कामको जिम्मेवारी पाउनुभएको थियो । भक्तपुर सडकखण्ड पार गर्नुपूर्व बाटोमा अफिसियल विषयमा गफिँदै गयौँ । तर, भक्तपुर सडक पार गएपछि एकाएक मेरो मनमा चिसो पस्यो । ‘मेडिकल पर्सन लिन जानुपर्ने भए त कमसेकम उसले पनि त फोन गर्नुपथ्र्याे नि ! तर, ती बिरामीले एकचोटि पनि फोन गरिनन् ।’ त्यसपछि आफूमाथि केही अभद्र व्यवहार होला कि जस्तो भयो । मनमा यस्तो कुरा खेलाउने क्रममा बधशाला गाउँमा पुगेर गाडी रोक्नुभयो । नगरकोट पुग्न अझै केही समय लाग्ने भन्दै चिया खाजा खाएर जाऔँ भन्दै एउटा रिसोर्टमा लग्नुभयो । उहाँसँगै पछि लागँे । 

अमृत सरले मलाई रिसोर्टको बरण्डामा लिएर जानुभयो । वातावरण फ्रेस थियो । बरण्डामा पुगेपछि त्यहाँको लोकल हावापानीसँगै फोनमा गेम खेल्न थालेँ । अमृत सरले वेटरलाई बोलाउँदै आफूलाई भेजिटरियन खानेकुरासहित एउटा बियर मगाउनुभयो । म एक स्वंयसेविकासँगै साहसिलो नेत्री पनि भएकाले अमृत सरको व्यवहारलाई सरसर्ती नियालिरहेकी थिएँ । जबकि चिया खान जाऊँ भनेको सरले बियर माग्दा नजिक बस्ने कुनै युवतीलाई असुरक्षित महसुस हुन्थ्यो होला तर, मैले त्यो भन्दा पनि अमृत सरको चर्तिकला बुझ्ने अवसर पाउँदै थिएँ । आफूमाथि कुनै अभद्र व्यवहार भएको खण्डमा यस्तो खालको एक्सन चाल्छु भन्ने उपायको खोजी पनि त्यतिबेलै बुनेकी थिएँ । केही समयपछि वेटरले बियर लिएर आए । अमृत सरले बियर लिनुहुन्छ भन्दै प्रस्ताव गरे । मैले आफूले बियर नपिउने भनेपछि उनले कर गरेनन् । वेटरलाई कोक मगाए । सरले बियर र मैले कोक खाँदै थियौँ । त्यतिबेलै अमृतसरले आफ्नो इतिहास सुनाउन थाल्नुभयो, ‘मैले बाहिरबाट स्त्री सुख पाएँ तर आफ्नो धर्मपत्नीबाट पाइनँ ।’ म सरको कुरा केही ध्यानपूर्वक सुन्दै थिएँ । यत्तिकैमा उनले अर्काे असुहाउँदिलो प्रश्नसँगै अफर पो गर्न थाले, ‘तपार्इंले अहिलेसम्म कसैसँग सेक्स गर्नुभएको छ ?’ सामाजिक कार्य त्यसमाथि मानसिक रोगीको उपचार गर्ने मेरो जिम्मेवारी भएकाले त्यो प्रश्नलाई एउटा कौतुहलताको रूपमा लिएँ र नम्र शैलीमा केही बुझ्ने तवरले ‘छैन सर किन र ?’ जवाफ दिएँ । तर, सरले त अझ अपराधी÷बलात्कारीलाई साथ दिएजस्तो गरी अर्काे प्रश्न पो सोध्नुभयो, ‘मैले तपार्इंसँग सेक्स गर्न चाहेँ भने नि !’ अघिसम्म केही सजिलो महसुस गरेकी मलाई एक्कासि झाेंक चल्यो, ‘तपाईं बोस भएर बोसकै रूपमा बस्न सिक्नुस् । म स्टाफ हुँ र स्टाफकै रूपमा बस्न सिक्नुपर्छ’ यो कुरा सुरुमा बहिनीलाई बाहेक आमालाई सुनाएकी थिइनँ । रिसोर्टमा यस्तो चलिरहँदा यता, मैले चाँडै घर आएर खाना बनाउँछु भनेर बहिनीलाई भनिसकेकी थिएँ । तर, माहोल अर्कै सिर्जना भइदियो । यसरी अमृत सरसँग झोक्किएको केही सेकेन्डमै उहाँले फेरि अर्काे प्रश्न तेस्र्याउनुभयो, ‘तपार्इंको व्वाइफ्रेण्ड छ कि छैन । केटासँग कत्तिको हिमचिम छ ।’ अहिलेको जमानामा केटा मान्छेको केटी र केटी मान्छेको केटा साथी नहुने कुरै भएन । मैले फेरि केही शान्त भएजस्तो गरी यसैगरी उत्तर फर्काएँ । यत्तिकै फेरि वेटरलाई  अर्काे बियर मगाए । र, करिब सय मिटर पर रहेको वासरुमतिर गए । त्यो थाहा भएन हीरामानले फोन गरे या अमृत सरले तर स्पष्टसँग नेवारी भाषामा बोलेको संवाद सुनेँ ‘त्यो केटीलाई जसरी पनि कन्भिन्स गरेर बस्न भन्नू ।’ बुवा कालेबुङका नागरिक हुनुहुन्छ भने आमा नेपाली नागरिक । उहाँहरूकी जेठी छोरी । एक बहिनी छन् । जो अहिले उनी नर्सिङ मेडिकलमा नर्सिङ विषय स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । नेवारी भाषामा फर्काउन नजाने पनि अधिकांश सबै बुझ्छु । अमृत सरले हीरामान सरलाई नेवारी भाषामा भनेको मैले प्रस्टसँग बुझेँ । तर, मैले त्यो कुरालाई सुनेर पनि नसुनेजस्तो गरी आफ्नै धुनमा मोबाइलमा गेम खेल्दै बसिरहेको थिएँ । त्यतिबेलै अमृत सर मेरो नजिक आएर फोनमा आफूसँग कसैले कुरा गर्न चाहेको भन्दै मोबाइल अघि बढाए । तर, मलाई उनीहरूबीच अघि भएको कुराकानी प्रस्टसँग थाहा थियो तैपनि थाहा नपाएजस्तो ‘हेल्लो, को बोल्नुभएको’ भन्दै फोन हातमा लिएँ । ‘म हीरामान बोलेको’ । उहाँले यति भनेपछि मैले ‘हजुर सर । केही थियो कि’ भन्दै जवाफ मागँे । त्यसपछि हीरामान सरले भन्नुभयो, ‘तिमी त्यहाँ नजानुपर्ने थियो गइहालिछ्यौँ । मैले पहिले नै रुम बुक गरिसकेको हुँ । तिम्रो जागिर अझ सप्रिन्छ भने म्यानेजर सरसँग आरामले बस न त ।’ 

अमृत सरलाई अघि माथि आफ्नो स्थानमा बस्न सिक्न अनुरोध गर्दै आफूलाई तत्काल घर फर्कने गाडीको व्यवस्था गर्न भनेँ । तर, उहाँले मेरो कुरा नसुनेझैँ गरी फोन काट्नुभयो । पछि फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । यता, अमृत सर ‘मसँग बस न तिम्रा लागि मापसे तोड्न पनि तयार छु । अहिलेचाहिँ हामी जान सक्दैनौँ ।’ भन्दै गम्लंग अँगालो हाल्ने तरिकाले ‘तिमी कति राम्री’ मेरो गाला सुम्सुम्याउन थाल्नुभयो । ‘तिमीलाई जहिलेदेखि देखँे त्यतिबेलादेखि नै उपयुक्त साथी बनाउन अघि सरेँ ।’ त्यसपछि मैले अमृत सरले अँगालोमा कस्न नपाउँदै पछाडि धकेलँे । र, म बरण्डादेखि तल ओर्लिएँ । रिसोर्टको ढोकामा आइनपुग्दै सरले मलाई गम्लंग अँगालो मारे । लछारपछार पार्न थाले । माइग्रेनको बिरामी म, अहिले पनि दैनिक औषधि सेवन गरिरहेको छु । यसरी अमृत सरले अति भएपछि माइग्रेन दुखेको तालमा मैले उनको दुवै हात छुट्ट्याएर ‘बिरामी रेस्क्यु गर्न आएको मान्छेले आफ्नो कर्मचारीमाथि यस्तो दुव्र्यवहार गर्ने हो ?’ भन्दै दुई थप्पड गाला रातो हुनेगरी चड्काएँ । त्यसपछि हत्तपत्त अत्तालिँदै अमृत सर सम्हालिँदै माथि चढे । माइग्रेन दुखेर यहीँ ढलौंलाझैँ भयो । के गर्ने कसो गर्ने अन्धाधुन्ध भएँ । त्यत्ति नै बेला वेटरको भाइलाई देखें र फ्रेस ठाउँमा लैजान अनुरोध गरँे । र, उनले मलाई रिसोर्टको अर्काे बरण्डा लगे । त्यसपछि त्यहाँको हावाले फ्रेस भए । पछि एक जनालाई भाइलाई फोन गरे र उनले एक जना ड्राइभर भाइलाई मलाई लिन पठाए । राति ११ बजे वेटरलाई भाइलाई धन्यवाद दिँदै म बिदा भए । वास्तविक घटना यही हो । 

यो घटना भोलिपल्ट, सिजा दिदीलाई सुनाएँ । उहाँ संस्थाको कोषाध्यक्ष पनि हुनुहुन्छ । दिदीलाई सुनाएपछि संस्थाका अध्यक्ष सोहन प्रधानांगलाई म्यानेजर सरले आफूमाथि गरेको दुव्र्यवहार मौखिक र लिखित रूपमा बुझाएँ । भोलिपल्ट त यो केस एकाएक कताबाट कता पुगिसकेछ । अमृत सरले ‘स्लिपिङ पार्टनर’ गीतालाई भोलिदेखि कार्यालय नआउनु भन्दै मलाई गीताले माथि बोलाएर यसैगरी निर्देशन दिए । अघिल्लो दिन ममाथि त्यस्तो दुव्र्यवहार भयो । भोलिपल्ट अमृत सरले बिनागल्ती मलाई निकाल्न निर्देशन दिएपछि झन् पारो तात्यो । उनले मलाई मात्र यस्तो दुव्र्यवहार गरेको भए सहन सक्थें तर संस्थामा मजस्तै माइग्रेनको बिरामी महिला ३४ जना हुनुहुन्छ । उनीहरूलाई उनले यस्तो अभद्र व्यवहार गर्दै आएका रहेछन् । र, मैले ठाडै अमृत सरलाई आफूमाथि भएको दुव्र्यवहार प्रहरीसामु लैजान्छु भन्दै सजग गराएँ । तर, गृहमन्त्री र सबै सोर्स फोर्स मेरो हातमा छ तेरो छोरीले केही गर्न सक्दैन भन्दै आमालाई धम्की आएछ । त्यसपछि हामी सुरुमा निवेदन दर्ता गर्न बौद्ध प्रहरी प्रभागमा पुग्यौँ । निवेदन दर्ता भए पनि घटना भएको प्रहरी प्रभागमा जानुपर्ने भएपछि भक्तपुरको प्रहरी प्रभाग पुग्यौं । तर, १ भदौदेखि नयाँ मुलुकी ऐन आएको कारण देखाउँदै त्यहाँका डिएसपी रेवतीरमण पोखरेलले सीधै भक्तपुर जिल्ला अदालत जान सुझाए र पुग्यौं अदालत । अदालतमा बल्लतल्ल उजुरी दर्ता भयो । रमा दिदी संस्थाको सल्लाहकार पनि हुनुुहुन्छ । सायद, रमा दिदी नभइदिएको भए म आज यसरी न्याय पाउनका लागि ढोका ढक्ढक्याउन हरेक क्षेत्रमा पुग्न सक्दिनथें । तर, हाल हाम्रो पछाडि गुण्डा लगाएर ज्यान जोखिममा पारिएको छ । शरीरमा एक मुठी सास र एक थोपा रगत रहेसम्म यस्ता तत्वविरुद्ध लडिरहने प्रण गर्दछु । 
 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top