​न गन्नलायक उमेर, न भन्नलायक काम


Friday, 16 Nov, 2018 2:09 PM

  • संकेत कोइराला

एकपटक गंगा मातासँग कसैले सोध्यो, तपाईंको जलमा यति धेरै मानिसले नुहाउँछन् र आफ्नो पाप पखालेर जान्छन् । तपाईंको पानी त पापै पापले भरिन्छ होइन त ?

गंगाले उत्तर दिइन् ‘होइन म त सबै पाप समुद्रलाई पो दिन्छु त ।’ उसले यही प्रश्न समुद्रसँग दोहो¥यायो । समुद्रले भन्यो, ‘म सबै पाप बादललाई दिन्छु ।’ अब उसले बादललाई सोध्यो, ‘तपाईं सबै यी पाप के गर्नुहुन्छ ?’ बादलले उत्तर दियो, ‘म जसको पाप हो, उसकै घरमा बर्सिदिन्छु र उसैलाई छाडिदिन्छु । यति भएपछि जसको पाप हो, उसैसँग पुग्छ ।’

जस्तो करनी उस्तै भरनी भनेजस्तै कामअनुसार प्रतिफल पाउनु प्रकृतिको नियमभित्र पर्छ । भन्नलायक काम नगर्नेहरूको उमेर पनि गन्नलायक हुँदैन । यस्ता व्यक्तिको उमेर गनेर जुन समय हामी बर्बाद गरिरहेछौँ, त्यसको क्षतिपूर्तिमा पश्चात्तापसिवाय केही प्राप्त हुँदैन । समय बगेको पानी, उडेको हावा र छुटेको गोली समान हो, जो फेरि फर्कंदैन । नफर्कने समयबारे जति कुरा कोट्याउँछौं, जति बहस गर्छौं त्यसको तुलनामा अब आउने समयका लागि अलिकति मात्र सोचिदिने हो भने पनि विगतका सन्त्रास र विकृतिबाट मुक्त हुने थियौं । विगत नफर्कने हुनाले त्यो जतिसुकै डरलाग्दो, कहालीलाग्दो र यन्त्रणापूर्ण किन नहोस् हामी त्यसबारे खुलेर कुरा गर्न सक्छौं । सायद विगतजस्तो आगत निश्चित नभएरै होला, ‘जस्तो पर्छ त्यस्तै टर्छ’ भन्ने उक्तिको अनुसरणमा हामी शताब्दीयौंदेखि रुमल्लिरहेका छौं ।

घडी नबाँधे पनि समयको गति रोकिँदैन । न त कुखुराको भाले नबास्दैमा बिहान हुन रोकिन्छ । भाग्य कसैको माया, दया, प्रेम र निगाहामा प्राप्त हुने वस्तु होइन । कर्म नै भाग्यको आधार हो । मोटोलाई खुर्किएर दुब्लो र दुब्लोलाई मासु थपेर बलियो बनाउने प्रविधि आजसम्म जन्मिएको छैन । नत्र संसारको प्रारब्ध यस्तो हुने थिएन होला । सुख, दुःख सबै हेराइका उपज हुन् । यदि साग र सिस्नु खाएर आपूmलाई संसारको सुखी ठान्नुहुन्छ भने निर्विवाद तपाईं सुखी हो । सुख र दुःखको कसी हुँदैन । न त कुनै विषय या वस्तुको अन्तिम व्याख्या नै हुन्छ । समयको बदलिँदो मूल्य, मान्यता र स्थितिसँगै यो क्षणको उपयोग हुन सकेन भने हाम्रो जीवन वसन्तले छाडेर गएको बूढो रूखजस्तै निरीह र सहाराविहीन हुन पुग्छ । त्यस्तो जीवनमा न कुनै साहसको इतिहास हुन्छ, न कुनै लक्ष्यको टुंगो नै ! अवसर भनेको प्रत्येक मानिसको जीवनमा एकपल्ट आउँछ, त्यो हो, बाल्यकाल, किशोरावस्था र बुढ्यौली । धर्तीको साँचो मुस्कान बालक, राष्ट्रका मेरुदण्ड युवा अनि वृद्धहरू देशका प्रतिष्ठा हुन् । यी सबै उमेरले आफ्नो दायित्व बोकेन भने राष्ट्रको परिचय चट्टानबिनाको पानीजस्तो निष्प्राण बन्न पुग्छ ।

क्रान्तिका नाममा भएका व्यभिचारी युद्धले हाम्रा घर आँगन वर्षौं मलामी हिँड्ने बाटो मात्र बनिरह्यो तर समयले अँध्यारो मात्र बोक्दैन । खै, मलामी र जन्ती हिँड्ने बाटो कसले अलग गर्न सक्यो ? एक दशकयता जनताले केही हदसम्म भए पनि शान्तिको सास फेर्ने मौका पाएका छन् । अब इतिहासले हामीलाई तरबार चलाएका ती ठाउँमा बुद्ध जन्माउने अभिभारा सुम्पिएको छ । अब भनिरहन पर्दैन (नाराले आगो बाल्दैन, आगो बाल्न त इन्धन नै चाहिन्छ । त्यो इन्धन भनेको जनताको शक्ति हो । भत्किएको घरको इँटा जोसुकैले पनि बोक्छन् तर सग्लो घरको पर्खालमा हात हाल्ने साहस कसैले नगरेजस्तै जनताको शक्ति पनि मिलेको इँटाको मजबुत पर्खाल बनेर राष्ट्रिय शक्तिलाई अक्षुण्ण राख्ने काममा प्रकट हुन जरुरी छ । कल्पना गर्नुस् त (उखुको त्यो लाँक्रोमा अझ फल लागिदिए कति मीठो हुन्थ्यो होला । त्यस्तै प्रजातन्त्रको सुरम्य तलाउमा नेपाली जनताको भावना समेटिएको कमलरूपी पूmल फक्रिएका दिन प्रत्येक नेपाली जनता देशकै माली बन्ने सौभाग्य पाउने थिए । त्यो दिनपछि वर्षौंदेखि मुखुण्डो फेरेर अनुहार फेरेको भ्रम छर्नेहरू नाङ्लोबाट भुस छिन्किएभैmं पाखा लाग्थे । अनि निःसन्देह त्यसपछि भने घोडाभन्दा अगाडि बग्गी पुगेजस्तो बेथिति मुलुकले फेरि भोग्नुपर्ने थिएन ।

थुप्रै कालखण्ड जन्मिएका निरंकुशताको पर्दा च्यातिएपछि हामीले उन्मुक्तिको यो संसार पाएका हौं । यो स्वतन्त्र आकाश खोज्ने कैयौं प्रजातन्त्रवादीले पाएको यातना, नेल र हतकडीका डोब अभैm आलै छन् । परिवर्तनको यो मोडसम्म आइपुग्दा असंख्य लडाकुको बलिदानीको सट्टामा प्रजातन्त्र प्राप्त भएको हो । प्रजातन्त्र काख रित्तिएका आमाहरूको भरिलो आशा हो, सिन्दुर पुछिएका युवतीको गौरवको प्रतीक हो, टुहुरा नानीहरूको अभिभावक हो अनि सहारा गुमाएका बाबुआमाको टेक्ने लौरो हो ।

अहिले हामीसँग खुला आकाश छ, खुला धर्ती छ अझ भनौं सर्वत्र खुला वातावरण छ । सार्वभौमसत्ता जनतामा निहित छ । यी सबै भएर पनि यसलाई स्थिर र प्रतिष्ठित बनाउने चेतना, दक्षता र सीपको भने कमी छ । शिक्षाको उज्यालो केही सहरी क्षेत्रमा मात्र सीमित छ । यिनै कारणले खुला आकाश कतै खुम्चिएजस्तो, कतै संकुचित वृत्तभित्र फन्का मारिरहेजस्तो, देशभित्र जनता भए पनि जनताभित्र कतै देश नभएजस्तो अनुभव धेरैलाई भइरहेको छ । हो, परिवर्तन धेरै भएको छ तर भित्र होइन, बाहिर बाहिर, व्यवहारमा नभएर सिद्धान्तमा मात्र । अहिले पनि क्षतविक्षत मन लिएर नेपाली बाँच्न बाध्य छन् ।

व्यभिचारीले सदाचारीको भावना बुझेको इतिहास संसारमा कतै छैन । फलामबाट निस्किएको खियाले फलामको अन्त्य गरेजस्तै मान्छेको मनबाट निस्किएको विचारले मान्छेलाई सिध्याउँछ । यसै सन्दर्भमा एक समाज सुधारकको अनुभव उनकै शब्दमा यस्तो छ(

मैले दुनियाँको हित गरौं भनेर मन्दिर बनाएँ । मलाई शुरुमा ठूलो काम गरें भन्ने लाग्यो । म हेर्दै गएँ त्यहाँ त हिन्दूहरू मात्र जाँदा रहेछन् । मलाई मन परेन त्यसैलाई भत्काएर मस्जिद बनाएँ, हिन्दूहरू क्रोधित भए । मलाई यो पनि मन परेन । फेरि उही व्यथा दोहोरियो त्यहाँ त मुसलमान मात्र जान थाले । मलाई यो पनि मन परेन । त्यसैलाई चर्च बनाएँ । अब इसाईको भीड बढ्यो । हैरान भएँ । मलाई एउटा उपाय सुझ्यो म शौचालय किन नबनाऊँ ? मैले त्यसैलाई शौचालय बनाएँ । विडम्बना अहिले त म के देखिरहेको छु, त्यहाँ हिन्दू, मुसलमान र क्रिस्चियन सबै बिनापूर्वाग्रह हार्दिकतापूर्वक जान थालेका छन् । समयको कुनै कुइनेटोमा इतिहासले तारिफ गर्ने एउटा काम गर्नु नै महानता हो । नेपाली साहित्यमा सयौं किताब लेख्ने स्रष्टाको नामनिशान नहुँदा ११ वटा कथा भएको नासो लेखेर बाँचेका गुरुप्रसाद मैनाली कुनै मूल्यांकनमा दोस्रो हुन सक्दैनन् । भानुभक्त आचार्यको कृति छापेर उनलाई देश÷विदेशमा आदिकविको उपनाम दिलाउने मोतीराम भट्ट आपूmसमेत गजल साहित्यको महारथी बनेर २९ वर्षको उमेरमा देउताको प्यारो भए । यति छोटो आयुमा उनको त्यो अथाह सामथ्र्यको बयान जति गरे पनि साध्य छैन ।

रामायणकालीन इतिहासमा हेर्ने हो भने पन्छीराज जटायुले मृत्युको अन्तिम स्थितिमा रहँदारहँदै पनि रावणले भिक्षुको भेषमा पुष्पक विमानमा राखेर सीतालाई हरेर लंका लगेको गुप्त खबर रामलाई दिँदा त्यो सूचना नै रामकथाको मूल शूत्र बन्यो । त्यति मात्र होइन रावणलाई नाभी वाण लागेपछि मात्र उसको अन्त्य हुन्छ भन्ने गुह्य रहस्य विभीषणले नखोलिदिएको भए सायद रामको बाण त्यसै निष्फल हुन बेर लाग्ने थिएन ।

सत्तामा बस्नेहरूले अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले भनेको एउटा सानो सत्य मनन गर्नु उचित छ, ‘सत्ताको यात्रा भनेको शेरको सवारीजस्तै हो । बसिरहँदा गलेर हैरानी, झर्दा आपैंm शेरको सिकार हुने भय ।’

अब सन्दर्भ हाम्रै परिवेशको । तीनवटा प्रधानमन्त्री जन्माउने कृष्णप्रसाद कोइराला राणाविरोधी आन्दोलनका क्रममा जेलमै मरेका थिए । तर, विडम्बना कस्तो रह्यो भने उनको शव बोक्ने मान्छेको अभावमा तत्कालीन सरकारले ६ जना बाहुन पुलिस खटाएको थियो । कृष्णप्रसादको मृत्यु हुँदा जेलको सेन्ट्रीले बन्दुकमा रहेको संगीनको टुप्पोले शवलाई घोचेर मरे÷नमरेको प्रमाणित गरेको थियो । छोरा केशवले भने मरेको मान्छेलाई अपमान गरेको भनेर प्रतिवाद गरे । सायद त्यो बेला मरे÷नमरेको प्रमाणित गर्ने शैली यही नै पो थियो । हो, उनै महान् पिताको त्यागले तीनवटा प्रधानमन्त्री पुत्र जन्मिन मद्दत गरेको हुनुपर्छ ।

क्रसमा टाँगिएका जिसस क्राइस्टको मृत्यु यकिन गर्न रोमन सिपाहीले गभर्नर पिलाटेसलाई भनेछन्, ‘भाला रोप्दा मान्छे चटपटाएन, पेटबाट रगत मात्र निस्क्यो ।’

अमेरिकी राष्ट्रपति अब्राहम लिंकन जातीय दासता उन्मूलन गरेबापत संसारमा प्रसिद्ध भए । अमेरिकाको राष्ट्रिय अखण्डतालाई विखण्डन हुनबाट उनले जोगाउँदा लाखौं अमेरिकी मरे । तैपनि उनले दक्षिणी अमेरिकी राज्यलाई छुट्टिन दिएनन् । यसैका लागि श्रीलंकामा डेढ लाख नागरिक बलिवेदीमा चढे । भारत र पाकिस्तानबीच बाँडिएको कास्मिरमा सन् १९४९ मा नेहरूले राष्ट्रसंघमा त्यहाँको जनताको आत्मनिर्णयको अधिकार मान्ने भनेर जनमतसंग्रह स्विकारे पनि त्यहाँ मर्ने क्रम रोकिएको छैन । विश्वमा यस्ता मुलुक छन् जहाँ सात पुस्ता बस्दा पनि नागरिकता दिइन्न । युएईमा सम्पूर्ण नागरिकमध्ये १५ प्रतिशत मात्र स्थानीय हुन् । नागरिकता दिएको भए फिजीमा महेन्द्र चौधरी प्रधानमन्त्री भइसक्थे ।

तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तान सेनाका एक लाखजतिलाई युद्धबन्दी बनाइन् । पाकिस्तानलाई टुक्र्याएर दुई स्वतन्त्र देश बनाइन् । सिक्किमलाई भारतमा विलय गराइन् । दक्षिण एसियाका कुनै शासक उनलाई शिर उँभो पारेर हेर्न सक्दैनथे । प्रतिपक्षी दलका नेता अटलविहारी बाजपेयीले उनको ख्यातिको प्रशंसा गर्दै रणचण्डी दुर्गासँग तुलना गरे । धाँधली र सरकारी बलको प्रयोग गरी उनले पश्चिमी बंगालको चुनावमा सिपिएमलाई चुनाव वहिष्कार गर्न बाध्य पारिन् ।

अनि कांग्रेसको एकलौटी शासन चलाइन् । तर, जगमोहन लाल नाम गरेका न्यायाधीशले इन्दिरा गान्धीले गराएको चुनाव कानुनी बर्खिलाप भन्दै बदरको घोषणा गरिदिए । यो पैmसलाले सम्पूर्ण भारत हल्लियो । एउटा न्यायाधीशको पैmसलाले इन्दिरा गान्धीले सत्ताबाट हात धुनुप¥यो । एकताका सय करोड जनताकी राजमाता भनिएकी इन्दिरा गान्धीले अन्ततः चुनाव हारिन् । दुःख सबैले खेपेका छन् । तर, दुखलाई सुखमा बदल्ने दुस्साहसीको पूजा हुन्छ ।

शुभकामका लागि हरेक समय साइत हो । पात्रो सँगै भाग्यरेखा फेरिनुपर्छ । नयाँ वर्षसँगै गरिब देशका निर्धन प्रधानमन्त्रीले हाँकेको देशका नागरिकचाहिँ समृद्ध छन् भन्ने सन्देश विश्वभर जान सकोस् । नत्र त बिग्रेको घडीले पनि दिनको दुईपल्ट एक्युरेट समय दिन्छ भने सत्ताको सारथि र रोबट के फरक भयो र ? 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top