व्यापार अरूको पर्व, पैसा र रमाइलो हाम्रो


Friday, 16 Nov, 2018 2:04 PM

  • गोविन्द भट्टराई

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका स्वाभिमानी नागरिक हामी तसर्थ हामीले अचेल काम कम कुरा धेरै गरेर रमाउन थालेका छौँ । सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने सपना बाँडेको छ । संघीय सरकारले मात्र होइन, प्रदेश र स्थानीय सरकारले समेत थरीथरी सपना बाँडेका छन् नागरिकलाई सुखी र समृद्ध बनाउन । विगतमा राणा सरकार, पञ्च सरकार, बहुदलीय सरकार आदि÷इत्यादि एउटै हुन्थे र त नेपाली मतदाताले अर्थात् नागरिकले सरकारले बाँडेको सपनामा विश्वास गर्थे भने अहिले त ७ सय बढी थरीथरीका सरकारले घोषणा गरेपछि कसो समृद्धि नआउला ? नेपाली नागरिकले शंका गर्ने कुरै भएन । यसर्थ पनि अचेल कामभन्दा चियापसलदेखि सडक र साहित्य भेला र मेलामा समेत समाजवादका कुरा बढी हुन थालेका छन् । ओली प्रचण्डका कुराले शेरबहादुर ओझेलमा परेका छन् । त्यसो त बलात्कारका घटना बढेका कि सार्वजनिकीकरण बढेको भन्ने चर्चाले पनि ठाउँ पाएको छ । 

कम्युनिष्टको दुईतिहाइ मतको सरकार छ । तसर्थ, देशमा सबैलाई सुख चाहिएको छ, समृद्धि चाहिएको छ । विगतका सरकारले भएका संघसंस्था निजीकरण ग¥यो, कौडीका भाउमा बेच्यो अनि वर्तमान सरकारले देशमा रोजगारी दिन नसकेर के भो, उद्योग–धन्दा स्थापना गर्नेतिर नलागेर के भो विदेश जाने बाटो खुल्लै छ । विदेश गयो काम पाए ग¥यो पैसा पठायो । नसक्ने ऋणमा डुब्यो म¥यो, कति बाकसमा फर्कियो त्यसको लेखाजोखा नगरौँ । सक्नेले पैसा पठाएपछि यहाँ सबथोक हुन्छ । 

घरमा (घरमा कहाँ अचेल त शहरका कोठामा) बस्नेले कुरैका भरमा सबथोक जुटाउँछन् । हातमा दामी मोबाइल छ किन खुट्टा दुखाउनु नम्बर डायल गरेपछि नुन, तेल, तरकारी, मसला, दाल चामललगायत खाद्य सामग्री, फलफूल, गोरस आदि कोठैमा ल्याइदिन्छन् व्यापारीले । मासु र मसलको व्यापार पनि मोबाइलबाटै हुने गरेको छ । छोराछोरी स्कुल छाड्न जानु पर्दैन दैलोमै गाडी लिन आउँछ । पीर नमान्नुस, ठूलो गाडी आउन नमिल्ने सडक छ भने इ–रिक्सा, रिक्सा, भ्यान, जिप र त्यो पनि नभए थरीथरी बाइकको व्यवस्था गरिएको छ । केबुल, पानी, बत्ती, फोन आदिको पैसा बुझाउन लाइनमा बस्ने झन्झट किन गर्ने अचेल यी कामका लागि एजेन्ट भेटिन्छन् । दुइ पाइला हिँड्नुपर्दैन हेल्लोका भरमा दैलोमा सुविधायुक्त सवारीसाधन लिन आउँछ । सेवा दिने जन आउँछ । सपिङ गर्न, घुम्न जान के गर्न मन छ भन्नुस् क्षणमै व्यवस्था हुन्छ । पहिलेजस्तो खेतबारी जोत्न गोरु पाल्न, हली बोलाउन पर्दैन, हेल्लो गरे जोत्न ट्र्याक्टर आउँछ नत्र पालिकाले ५० प्रतिशत अनुदानमा मिनिटिलर दिनेछन् । धान काट्न कम्पायन जो छँदै छ । किन खेताला खोज्नु किन दाइँ गर्नु ? कतै पूजा गर्न फूल चाहिए पनि बजारमै पाइन्छ । आगनमा सयपत्री, मखमली फूल रोप्नु पर्दैन । पूजा सामग्री र खोजेजस्ता फूलका करोडौंका मालासमेत विदेशबाट उपलब्ध हुन्छन् । हातमा पैसा हुनुप¥यो सबथोक हाजिर हुन्छ अचेल । यी सबै रेमिटेन्स अर्थात् विदेशबाट भित्रिएका पैसाका कमाल हुन् ।

यसपटकको तिहारमा अर्बको हाराहारीमा भारतबाट पटका, मालासँगै भाइमसला नेपाल भित्रियो । झिलिमिली तार त चीनतिरबाट समेत ल्याइयो । हामी कति सोखिन, खाडीमा पसिना बगाएर कमाएको धन सहजै भारत, चीन पठाएर मौलिक पर्व मनाएँ भनेर मख्ख पर्छौं । व्यापार अरूको रमाइलोका नाममा पैसा खर्च हाम्रो भएको छ तर हामीलाई कति पछुतो छैन । नेताले त्यही सिकाए अर्थात् कुरा गर काम भर्सेलै परोस् भने उदाहरण देखाए । समाजवादको कुरा गरियो, संविधानमा उल्लेख गरियो तर त्यसलाई व्यवहारमा उतार्ने कसले र कहिले ? न नेताले ख्याल गरे न त नागरिकले नेतालाई सोधे । आफूले समेत नेपाली स्वाभिमानीपन गुमाउँदै गए । जिजुका पालादेखि चलेको नेपाली मौलिक संस्कार, सभ्यताका असल पक्षलाई जगेर्ना गर्न सकिन्थ्यो, खराब पक्षलाई हटाउन सकिन्थ्यो तर अहिले त पर्व र पैसा हाम्रो व्यापार, संस्कार र फेसन अरूको हाबी भयो । तासका खालमा बस्न नपुगेर शहरका ठूला जुवाघरमा समेत लर्को बढ्दै छ । हामी नेपाल संवत भन्दा इश्वी संवत्लाई महŒव दिन रुचाउँछौँ । बुद्ध, सीता, अरनिको अनि शंखधर साख्वाभन्दा विदेशी प्रभुलाई बुझ्ने र पुज्ने नेपालीको संख्या बढ्दो छ । पृथ्वीनारायण शाहलाई साम्राज्यवादी देख्ने तर अमेरिकी र भारतीय शासकलाई आफन्त ठान्ने मानसिकता हुर्कंदो छ । पशुपतिनाथ, लुम्बिनी, जनकपुरभन्दा हामीलाई विदेशका धर्मस्थल पवित्र लाग्दै छन् । संस्कृत भाषालाई होइन, अंग्रेजी भाषालाई मातृभाषा बनाउन हुरुक्क हुँदै छौँ हामी । हो, आ–आफ्नो धर्म, संस्कृति मान्ने अधिकार, स्वतन्त्रता सबैलाई छ तर धर्म निरपेक्षताको आशय जो–कसैले अरूलाई दबाब, प्रभावमा पार्नु भने पक्कै होइन । हो र नेताज्यू ? 

बुद्ध भारतमा होइन, नेपालको लुम्बिनीमा जन्मिएका हुन् भनेर नेपाली नेताले भारतका शासकसँग भन्न नसकेपछि नेपाली शिक्षण संस्थाका पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिएका हुन् भन्ने पाठ हटाउन कसलाई चासो ? सकिन्छ भने सुनौलीको नेपाल प्रवेशद्वारमा बुद्ध जन्मस्थल नेपालमा स्वागत छ भनेर लेखौँ । कसले रोकेको छ आफ्नो देशमा यस्ता सन्देश दिन ? लुम्बिनीको विकासबाट देशमा समृद्धि सम्भव छ तर नेता, शासक र दलले महसुस गर्नुप¥यो नि । भारत रिसाउला भन्ने धङधङी वा पीरले गणतन्त्रवादीलाई समेत छाडेको छैन । मिचिएका सीमाको कुरा टुंग्याउन ख्वै पहल गरेको ? नेपाली बजारमा रहेको अनावश्यक दबाब, प्रभावलाई कहिलेसम्म थेगिरहने ? नेपाली माटो सुहाउँदो जीवनशैली विकास पद्धति कहिले र कसले शुरु गर्ने ?

संविधानमा उल्लेख गरिएको समाजवादको आधार कहिले र कसले तय गर्ने ? तीन तहका सरकारबीच समन्वय अनि सहकार्य र संविधानको मर्मअनुसार काम किन अगाडि नबढाउने ? चाकडी, चाप्लुसी, चुक्ली अर्थात् चाचुचा प्रथाको अन्त्य कसरी गर्ने ? सर्वसाधारण नेपालीले गणतन्त्रको अनुभूति बोलीमा होइन, व्यवहारमै गर्न पाउने कहिले ? दुइतिहाईको सरकार आयो भने हामीले यी काम गर्छौं भनेर गरिएका भाषण कार्यान्वयन नगर तर कमसेकम चुनावका बेला सार्वजनिक गरिएका घोषणापत्रअनुसार काम कहिले गर्ने ? अब त केही गर्ने कोसिस गर सरकारमा हुनेहरूले । यो सर्वसाधारण नेपालीको आग्रह हो, अनुरोध हो । कतिन्जेल स्वाभिमानी नेपाली भन्दै विदेश जान डिभी भर्ने, कामका लागि खाडी पलायन हुने अनि कतिन्जेल व्यापार अरूको पर्व, पैसा र रमाइलो हाम्रो भनेर मन खिन्न पार्ने ? सोचांै र व्यवहार परिवर्तन गरौं नेतागण, लागोस काममा सरकार, सघाऔँ हामीले ।


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top