​चतुरवाणी, घायल राजनीति र रागदरबारीहरू


Friday, 16 Nov, 2018 1:57 PM

  • नरेन्द्रजंग पिटर

चतुरेका घ्राणशक्ति र सफलता सूत्र अनौठा हुन्छन् । कुन बेला कुन राजनीतिक दल र दलभित्र पनि कुन गुट वा गिरोह हाबी हुन्छ ! कुन खुशप्रसाद, खुशकुमारी र खुशीलालकोमा दैनिक हाजिरी जनाउनुपर्छ ? कुन चरणदासको हिसाबकिताब बहीखाता सजाएका छन् भन्ने हेक्का राख्छन् । ठाकुरेहरू के भन्दा, कुन राग गाउँदा खुशी हुन्छन् ? मिहीन हिसाबकिताब राख्छन् । 

कुन गिरोहको कुन लठैत कुन शक्तिकेन्द्रमा छ र पुग्नेवाला छ ? शक्तिरूपा कुन वेला चञ्चल भएर ख्वामितलाई जिल्याउँदै अर्काको काखमा गर्माउँछिन् र भोगिन्छिन् भन्ने हावाको वेगबाट नाडी छाम्न सक्छन् । नित्य नयाँ बल्छी थाप्दै सिकार फसाउँछन् । सिकार पनि स्वयंसेवी बनेर सेवामा हाजिर हुन्छ । दन्त्यकथाको राजकुमारले राक्षसको काल कहाँ लुकेको छ भनेर पत्ता लगाएझंै ठाकुरेको कमजोरी थाहा पाउँदै त्यहीँ घोडा चढेर हस्तिनापुरको सयर गर्छन् । भावनामा उरालेर, वासनामा फसाएर, लोभको पासोमा अडक्याएर, उत्तेजनाको चक्रव्यूहमा हेलिदिएर, मनोत्रासमा अल्झाएर, कृतिम आतंक खडा गरेर, रुढिवादमा झोकिदिएर । जे गरेर हुन्छ शक्तिलाई निर्वस्त्र पारेपछि सधैँ सत्ता भोग्न पाइन्छ भनेर जोगाड लगाइरहन्छन् । जोगाड सत्ताको भ¥याङ बनिदिन्छ । भावना, आदर्श र विचारभन्दा चतुरे खुराफातको सहारा लिन्छ । ठाकुरेलाई एकचोटि फसाएपछि निरन्तर ब्याकमेल गर्न सकिन्छ । आदर्श र सिद्धान्त कायर, पामर, अक्षमहरूको रुलाई हो भन्दै मौकामा चौका हान्छ । चुतु¥याइँ र बठ्याइँबाट शक्ति आर्जन गरेपछि त्यसैलाई चाबुक दिन्छन् । अहिले सरकारी नेकपा र कांग्रेसलाई यही गुरुमन्त्र बनेको छ । समकालीन राजनीतिको यो राष्ट्रिय आदर्श चरित्र बनेको छ ।

हिजो त्यस्तै नौलौ चतुरेसँग जम्काभेट भयो । उसको राजनीतिक विश्लेषण गजवकै थियो । जब राजनीति पार्टीसँग आ–आफ्ना मौलिक सिद्धान्त पोली खान्छन् तब उनीहरूका बल र वर्गत भनेको व्यवहारवादका आडमा टिकेको हुन्छ । त्यस्तै व्यवहारवादी दीक्षान्त दिने चतुरेले राजनीति र देशको भविष्यको मार्गचित्र यसरी पेश ग¥यो – अब भने देशले गति लिनेछ । क्रमभंग हुनेछ । फड्कै मार्छ हेर्दै जानुहोला... छलाङ नै मार्नेछ । ंसुखका दिन आउनेछन् । प्रधानमन्त्री राजनीतिक–बिरामीबाट तंग्रिए । तिहार सकियो । राष्ट्रियपर्व च्यापाण्डेको (चिया, पान डे) लठारोबाट पार्टी फुर्सद भए । अब निर्मला पन्तका हत्यारा, बलात्कारी पत्ता लाग्नेछ । सुनकाण्डका दोषीलाई कारबाही हुने छ । न्यायको सेटिङ अन्त्य भयो । सामाजिक सुरक्षासम्बन्धी गृहका पेन्डिङ घोषणा क्रियान्वयन हुनेछन् । नीतिगत र आर्थिक भ्रष्टाचारको पूर्ण अन्त्य हुनेछ । विकासले गति पक्रिनेछ । सरकार र पार्टीमाथि माफिया र एनजियो÷आइएनजियो कब्जा मुक्त हुनेछ । कुनै पनि निर्णय पक्रियामा बाहिरी शक्तिको प्रत्यक्ष÷परोक्ष हस्तक्षेप÷प्रभाव पर्ने छैन । कालापानी लिम्पियाधुराको नक्सा सच्याइनेछ । देशलाई भावनात्मक एकतामा जोड्न राज्यको अभिभावकीय भूमिका बढाइनेछ । नामअनुसार लक्ष्य र सिद्धान्त, सिद्धान्तअनुसार पार्टी, पार्टीअनुसार आदर्श स्थापित गरिनेछ । आखिर समाजवाद उन्मुख सरकार र पार्टी न हो ।       

.जेटका पाइलटद्वयका कुरा हैन अब सरकारले गेयर चेन्ज गरिसक्यो । पार्टीको स्थगित सचिवालय बैठकको साइत जुरिसक्यो । गुट र गिरोह अन्त्य हुनेछ । स्थायी समिति बैठक बसेर पोलिटब्युरो गठन हुनेछ । केन्द्रीय समिति सदस्यले निर्णयमा साक्षी दस्तखत धस्काउनेछन् । जनवर्गीय संगठन, जिल्ला र स्थानीय पार्टी एकता हुनेछ । परिचयहीन विलखबन्दका पूर्वमाओवादी र पूर्व एमालेका साधारण सदस्यले समेत नयाँ राजनीतिक परिचय पाउनेछन् । सबै सम्पन्न गर्ने केही समय लाग्ने हुँदा सकारात्मक परिणामका लागि देशवासीले केही समय भने धैर्यता राख्नुपर्छ । सकारात्मक सोच राखौँ ।’ 

म अल्पमतमा परेँ । ऊ ज्योतिष त हुँदै हैन । नौला प्रवक्ताले कविता भन्यो कि ! सपना ! या दिउँसै तन्काएर आ छ ! नयाँ चतुरेभाष्यको व्याख्या ग¥योे । अहिले प्रत्यक्ष वा परोक्ष चतुरेहरूले सरकारी नेकपाको पार्टी र सरकार चलाएका छन् ! कि पार्टीले चतुरेहरूलाई चलाएका छन् अन्योलमा परेँ । यही बिगबिगी देखेर अहिले यी हरफ लेखिरहँदा समय पनि खित्का छाड्दै हाँस्दै छ । 

राजनीतिमा चतुरे र व्यापारमा दलालको एउटै चरित्र, मान्यता, आदर्श र प्रतिबद्धता हुन्छन् । चतुरेहरू आफ्नो औचित्य र आरक्षणका लागि युक्ति र बुद्धिको कलामय व्यापार गर्छन् । दलालहरूको पनि स्तरअनुसारका एजेण्ट, मध्यस्त, सहजकर्ता, रिप्रिजेण्टेटिभ, लवियस्टिक नाम र भूमिका हुन्छ । दुवैको चरित्र भनेको – मूल्य नतिरी फाइदा गर्नु, समयको घोडा चढ्नु । शक्तिको असफताका लक्षण देखिनेबित्तिकै उपियाँले लास छोडेझंै, जहाज डुब्न थाल्दा मुसाहरू पहिल्यै समुद्रमा हामफालेझंै, पैसा टकटकिएपछि वेश्याले ग्राहक छाडेझंै, काम सकिएपछिको भाँडोलाई ठाँडो सोचेर रछ्यानमा मिल्क्याउने गृहस्थीजस्तै चटक्क छाड्दै मालिक फेर्दै सेवा अर्पण गर्नु हुन्छ । आदर्श र सिद्धान्त चालितलाई देखेर खित्का छाड्दै उनीहरू भन्छन्, ‘कमाउँछ गोरुले, खान्छ घोडाले । ती मूर्ख हुन् जसले सिद्धान्तका लागि जीवन दिए, उमेर दिए, फल खाने त दिमागको खेल र चातु¥याइँ हो ।’ जबसम्म लोभ देखाउन सक्दैन, तबसम्म ठगले दुनियाँमा कुनै ग्राहक पाउँदैन । जति ज्यादा मान्छे लोभी र महत्वाकांक्षी हुन्छ त्यति नै चतुरे र ठगको भाग्य खुल्छ । जर, जोरु र जमिनको लोभी र शक्तिको भोका चतुरे र ठगका लागि उत्तम ग्राहक हुन् । शक्ति, पैसा र रूप अत्यन्तै चञ्चल हुन्छ । त्यसलाई कज्याउन सामान्य मान्छेको बुँताको कुरा होइन । तर, शक्तिकेन्द्र एकपटक भित्रिएकी शक्तिरूपालाई जीवनपर्यन्त भोगिरहन्छु भन्ने मिथ्या विश्वासमा पुगेपछि चतुरेका भर पर्छन् । त्यसैलाई थप मलजल गरेर विश्वास जितेर चतुरेहरूले आफ्नो पसल चलाएका हुन्छन् । 

 शक्तिरूपाले भोग्यपात्र फेरेपछि चतुरेहरू पनि ख्वामित फेर्छन् । समकालीन राजनीतिक इतिहासले आइते, गइते र चैतेहरूका कथाले त्यसै भन्छ । कुन बेला कुन पेचकस् कहाँ प्रयोग गर्ने कुशलता चतुरेहरूसँग मनग्गे हुन्छ । कसरी शक्तिकेन्द्र पग्लन्छ र एम्बुसमा स्वयंसेवी बनेर फस्छ भन्ने हेक्का राखेका हुन्छन् । चतुरेहरू यस्ता ‘महान्’ मान्छेलाई ठग्छन् जसले ठगिएको कुरा अन्यत्र भन्न पनि लजाउँछन् ।
 चतुरेलाई कुनै पनि पार्टी, आदर्श र सिद्धान्तप्रति नभई आफंैप्रति इमान्दार र भरोशा गर्छन् । शक्तिकेन्द्रको विश्वास जित्दै सुविधाको जोगाड गर्न भने खप्पिस हुन्छन् । उनीहरू सफलताको वफादार मात्र हुन्छन् । गुरुमन्त्रै– सक्छौ जित्नेको पछाडि लाग, सक्दैनो हार्नेको पछाडि किमार्थ नलाग । पक्षधारिताको अत्यन्तै संगिन घडी आउन सक्छ त्यसवेला युद्धरत पक्षलाई जित्यो .. जित्यो भनेर थपडी मात्र बजाऊ । ताली बजाउने मेरै पक्ष हो भन्ने भान पार्न सक । लडाइँ सकिएपछि जित्नेलाई आफ्नो समथन मात्रै हाइेन, मैदानमै उत्रिएर ताली पड्काउने पहिलो मै त थिएँ नि भनेर साखुल्ले बन्दै शक्तिको भ¥याङ चढ । तर, चढ्नेवित्तिकै अरू पनि माथि उक्लन सक्लान् भ¥याङलाई भने मिल्क्याइदेऊ ।’

पश्चिमेली चाणक्य माइकावेलीले व्यावहारिक दृष्टान्त दिँदै आधुनिक राजनीतिमा चतुरेहरूलाई कालजयी दीक्षा दिए । अभिभावक दरिए । राजनीति भनेको भावना, आदर्श र सिद्धान्तको अनुयायी र कर्ता नभई समयको नाडी छामेर मैदानमा उत्रिने दिमागी खेल हो भन्ने गुरुमन्त्र रह्यो । नैतिकता, आदर्श भनेको जितेपछिका नजिर मात्र हुन् भन्ने मान्यता बन्यो । गिरोहको वर्चस्व भएका पार्टीमा त उनीहरूको महŒव नै वास्तविक कार्यकर्ताभन्दा झन् बढी हुन्छ । विडम्वना, वास्तविक कार्यकर्ता चतुरेहरूलाई नै नेता मान्न विवश हुन्छन् या पलायन हुन्छन् । चतुरेहरू कमजोरको फुर्को समातेर औचित्य दिलाउँदै सिँढी चढ्छन् । पार्टी फुट्दा र जोडिँदा अथवा सानै शक्तिले राष्ट्रिय महŒव पाउँदा उनीहरूकै भाउ बढ्छ । ठूलो पार्टीको सामान्य कार्यकर्ताभन्दा सानु पार्टीको ठूलो नेता बनेर औकात देखाउने चतुरेखेल बन्छ । शक्तिशाली ठाकुरेहरू पनि राजनीतिक कार्यकर्तालाई भन्दा चरणदासमा भरोसा राख्छन् । कुनै सिद्धान्त र आदर्श नभएका राजनीतिक चतुरे या व्यापारी दलाल दुवै लगानी बेगरको खाने पल्कने परजीवी हुन् । यो हरेक प्रतिकूलतामा पिठ्यूँ फर्काएर कुलेलम ठोक्ने जात हो । आधुनिक माइकावेलीका चेला अझ सरकारी नेकपामा चतुरे बनेर छ्यासछ्यास्ती देखिन्छन् । 

चतुरवाणी धर्यसाथ सुनेँ । धेरै गमेँ । हो त् ...नि समाजवादी यात्राको कमाण्डिङ गरिरहनुभएका प्रधानमन्त्रीज्यूले रागदरबारी र दरबारीलालहरूका गम्भीर र संवेदनशील स्वप्नमय कविता त बालुवाटारमा भर्खरै सुनी भावुकै हुनुहुन्छ नि !


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top