​बदला लिने यही हो बेला ?


Monday, 8 Oct, 2018 12:28 PM

  • नरेन्द्रजंग पिटर

सत्ताधारी नेकपाको गाँड कोराकोर राजनीतिक माछा बजारमा छरपष्ट छ । नेपालदेखि अमेरिकासम्म, सडकदेखि र सञ्चारसम्म तातेका छन् । सुकेलुतो कन्याउनुभन्दा पनि सजिलो र मज्जा त शत्रु आफ्नैलाई बनाउनुमा हुन्छ । सक्कली शत्रु भएन भने नक्कली तयार पारेर पनि प्रतिशोधको रसायन तयार पारिन्छ । गाली रित्तिएपछि शक्ति हत्याउन वा गुट तह लगाउन चुत्थो विकल्पस्वरुप फेरि मिलापको नाटक मञ्चन गरिन्छ । पुरानो माओवादीमा गोंगबु डिनर र धोबीघाट जमघट यस्तै नमूना थिए, कालान्तरमा एकातर्फ झगडा फच्छे भयो, अर्कातर्फ पार्टी फुट्यो । 

  गालीको आविष्कार, गुटको घोचपेच, कटाक्ष, व्यंग्यवाण, हुर्मत काढ्ने शिक्षा लिनु छ भने नेपाली कम्युनिस्टलाई  गुरु मान्दा हुन्छ । कम्युनिस्ट पार्टी पूर्ण मानवतावादको रक्षक हो तर नेतृत्वको व्यवहार हेर्दा तिनले सबभन्दा चर्को दुश्मन आफ्नै पार्टीभित्र खोज्छन्, देख्छन् । तयार पार्छन् । अनि अक्करमा ठक्कर दिँदै सँगालेका तुषको बदला लिन्छन् । हुन त इख नभएको मान्छे र विष नभएको सर्पको के काम भन्ने गरिन्छ । तर, उच्च आदर्शमा रही पूर्ण मानवसमाजको कल्पना गर्ने नेपाली ‘कम्युनिष्टमै’ यो समस्या अझ बढी छ । तब के यो आदर्श कतै शक्ति आर्जनको भ¥याङ त होइन ? भन्ने हुन्छ । आलोचनात्मक चेत बोली पासो कि ! गल पासो ! सरकारी भूमिकाबाट च्यूत पारिएका वा ०५४ मा पार्टी विभाजनको पीडा खेपेका घनश्याम भुसाल र योगेश भट्टराईजस्तै क–कसले थप भुक्तमान भोग्नुप¥यो ! अहिले पार्टी एकता गर्ने पुराना माओवादीले यो कुराको हेक्का राखेका छन् ? जनयुद्धका बेला वा पछि माले÷एमाले त्यागेर माओवादी बन्नेहरूको राजनीतिक हीनताबोध आगामी दिनमा कसरी देखिने हो, कुन्नि !         
                    
अहंकारको टकराहट सामन्तवादी संस्कृतिमा मात्र हुन्छ । तब नेताहरु आपूmलाई नेता नभई जिम्वाल, मालिक, भाग्यदाता सोच्ने गर्छन् । पार्टी कर्पाेरेट वा सिण्डिकेटमा फेरिएपछि शक्तिकेन्द्र चाकर उत्पादक कारखाना बन्छ । गुट राजनीतिमा भुक्तभोगीका अनेकौँ कथा–व्यथा होलान् । चुनावी टिकट, मन्त्री वा पुरस्कार, पदक वितरण र कार्यकारी पदको नियुक्तिमा नांगो चित्र र चरित्र देखिन्छ । हाम्रोजस्ता शक्तिसंस्कृतिमा पदक र पुरस्कार योग्यताको कसी होइनन् तर राज्यले तत् संस्थाले कसरी, कसलाई, कुन नजरियाले हेरेको छ वा आफूलाई सिँगारेरै तपाईंमा रहेको आलोचनात्मक चेत वा विद्रोहीपन ध्वस्त गराउन त चाहेको छैन ! भन्ने बुझ्दा हुन्छ । के नेकपाभित्रको तुच्छ खेल र इखको गुटीय व्यापारमा यसै वर्ष राष्ट्रपतिद्वारा प्रदान गरिने गणतन्त्र पदकमा सिफारिस र निर्णय भैसकेका नाम एकाएक काटिनु सामान्य विषय हो ? मानमर्दन, इख साधनाको गम्भीर संकेत र सन्देश होइन यो ?  
०४८–५० ताका चार सारी र चार दाह्रीको नियन्त्रणमा कांग्रेस मात्र होइन, नेपाली राजनीति केन्द्रित छ भनिन्थ्यो । शालिन र भद्र भनिएका सुशील कोइरालाको कोटरी समकालीन नेपाली सामन्ती राजनीति र गुटीय खेलको अध्ययन गर्ने सन्दर्भ सामग्री हुन् । उनले आफ्नै सरकार ढाल्न हुम्ली चक्रबहादुर शाही र जाजरकोटे दीपक शाहलाई अगाडि सारेका थिए । आफ्नै जिल्लामा भिन्नमतका नेतालाई कुनै स्थान र अवसर नदिँदा कांग्रेसको हविगत के भयो हेर्न बाँके गए हुन्छ । संसदीय चुनावमा राप्रपाको छहारी खोज्नु र रोज्नुप¥यो तर हात लाग्यो– शून्य । फ्रान्सको राजकीय भ्रमण तय भइसकेका कृष्णप्रसाद भट्टराईले टुँडिखेलबाटै राजीनामा घोेषणा गर्नुपरेको उदाहरण ताजै छ । गुट बचाउन खोज्दा कांग्रेसको हविगत जे भयो, त्यो रोग सरकारी नेकपामा अहिले सर्लक्कै सरेको छ । 

महेन्द्र राजशाहीका चतुर राजा हुन् । उनले संसारभरि रहेका योग्य र दक्ष नेपालीलाई देश भिœयाए । वीरेन्द्रको पालामा जस्तो त्यसबेला दरबारमा गुट थिएन । तर अहिलेका नवराजाहरूका सोच, सपना, प्रतिबद्धताको वास्तविकता नियाल्न विदेशयात्रा र गाली गलौज पढ्नुपर्छ ।
 ऐतिहासिक परिवर्तनले देश र जनताको महŒवाकांक्षा ह्वात्तै बढायो । अहिले नेतृत्वलाई आफ्नै उपलब्धिको भारी गहुँगो हुँदैछ । पत्यारलाग्दो मार्गचित्र देखिन्न । त्यसैले आफ्नै इतिहास, प्रतिबद्धता, देखाइएका सपना, कोरिएका नक्सा, गाइएका गीतलाई विषयान्तर गर्न नक्कली शत्रु खोज्नु परिरहेको छ । आफ्नैलाई हेप्ने, चेप्ने, समय पाउनेबित्तिकै उडाउने र गुटभित्रै रमाउने भएकाले स्वस्थ आलोचना उनीहरूलाई मुटुमा ठोकेको किलो बन्न पुग्छ । कुनै पनि दिनको तुषको बदला लिने मौका र गल्छेंडो कुरिन्छ । के अहिले देउवा, प्रचण्ड, माधव नेपाल र झलनाथले आफ्नो सरकारभित्रैबाट ढालिएको तुष बिर्सिएर रामनामी ओढेका होलान् ! 

सामन्तको परिचय आर्थिक हैसियतले मात्रै किटान गर्दैन, संस्कृतिमा हुन्छ । आचार, विचार र व्यवहारमा देखिन्छ । सामन्त टुट्न सक्छन् तर झुक्न मान्दैनन् । इख कोखमा साँचेर राखेका हुन्छन् र मौका पाउनेबित्तिकै डस्छन् । पहिलो डसाइ दास नबन्ने आलोचनात्मक चेत र निर्गुटीय कार्यकर्ता बन्छ । तर, पुँजीवादमा यस्तो हुँदैन । योग्य प्रतिस्पर्धी र क्षमताको कदर हुन्छ । आन्दोलनको मर्म सकिएका लालसामन्त र लालगद्दार परम्परागत सामन्तभन्दा पनि विषालु हुन्छन् । कुन रंगको कपडा र ट्रेडमार्क छ भन्ने कुराले व्यक्तिको स्वभाव नियन्त्रण गर्दैन ।                       
आन्दोलनको औजार र सामुहिक शक्तिको औकात गुमाएका पार्टी कार्यकर्ताले पनि राजनीतिक हैसियत कायम राख्न सक्दैनन् । उनीहरूका योग्यता, क्षमता र दक्षता आधुनिक चाप्लुसतन्त्रले निर्धारण गर्छ । नेतालाई अगुवा साथी मात्र सोचेर चाकडी नबजार्नेले कुनै कार्यकारी भूमिका पाउँदैन, भ¥याङको तल्लोसिँढीमा मात्रै बसेर ताली पड्काउने हैसियतमा पुगिन्छ । तब राजनीतिक सुरक्षाका लागि पनि ऊ गुटमा, कोटरीमा सक्रिय हुने बाध्यता रहन्छ । भुक्तभोगीका भोगाइले भन्छ– पार्टी र विचारभन्दा नेताभक्ति अहिलेको अत्यावश्यक योग्यता हो । 

 नेतृत्वमा दायित्व रित्तिएर शक्तिले मैमत्त भएपछि अहंकार जन्मन्छ । ठूला शक्तिबाट स्वयं हेपिएको ख्याल गरिन्न तर अरूलाई हेप्दा, मानमर्दन गर्दा, उछित्तो काढ्दा भने हड्डी खित्खिताउँछ । कसै–कसैका स्वभावै अर्काको दुःखमा तिघ्रा ठटाउने परपीडक हुन्छ । अझ गुटमहात्म्य यति सशक्त हुन्छ कि आफ्नो हित सुरक्षित गर्न नसके पनि अर्काका योजनालाई ध्वस्त गर्न र रोक्न भने सक्छ । चेतहीन लम्पटदास उम्दा सहयोगी बनिदिन्छन् । आन्दोलन बाँकी नरहेको पार्टीमा राजनीतिक सुरक्षा चम्चागिरी कलामा निहित रहन्छ । यिनीहरूका बाइबल, गीता र कुरान भनेकै भतृहरि, चाणक्य, मेकियाबेली र हेनरी किसिन्जरगाथा हुने गर्छन् । 

सक्रियताका लागि प्रतिस्पर्धीको आवश्यकता हुन्छ । त्यसले उसलाई बाठो बनाउन, सक्रिय पार्न, नयाँ लक्ष्य तय गर्न प्रोत्साहित बनाउँछ । प्रतिस्पर्धा उम्दा ठहरिनु हो, इख र बदला हैन । इख र बदला केही निजी हुन्छन् । मानवीय गुणका दायित्वबोधले इख होइन, जीवन र जगत् नियाल्न हौस्याउँछ र मानवताको रक्षा गर्न, आन्दोलित बन्न प्रोत्साहित गर्छ भने अहंकारसिर्जित इखले घर पोलेर आगो ताप्छ । समयमै चेत भया !


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top