विश्वासमा जब लाग्यो बादल


Friday, 21 Sep, 2018 12:52 PM

  • राजेन्द्र स्थापित

सन् १९४७–१९४९ मा जब स्वतन्त्र भारतको संविधान मस्यौदा हुँदै थियो, उता छिमेकी चीन माओत्सेतुङको नेतृत्वमा स्वतन्त्र भयो । च्याङ काइसेकको शासन पतन भयो । नव गणवादी चीन बन्यो । 

भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु सधैं चीनसँग असल मित्रता कायम होस् भन्ने चाहन्थे । चाङ काइसेकसित उनको राम्रो सम्बन्ध थियो । प्रधानमन्त्री चाओ एनलाइसित पनि असल मित्रता थियो तर माओत्सेतुङ ? माओ को हुन् ? उनको मिजास कस्तो थियो ? आनीबानी के–कस्ता हुन् ? भन्नेबारे पूर्णतः अनभिज्ञ थिए । उनलाई यो सबैबारे जान्न जरुरी थियो । त्यसैले सन् १९५० मा केएम (सरदार कभलम माधव) पणिक्करलाई राजदूत बनाई पठाए । पणिक्कर यसअघि संयुक्त राष्ट्रसंघका लागि स्वतन्त्र भारतको प्रथम दूत थिए । उनी इतिहासकार, पत्रकार, कूटनीतिज्ञ, प्रोफेसर, उपन्यासकार सबै थिए । उनीजस्ता दिग्गज व्यक्तिमार्फत भारतले चीनसित असल मित्रता कायम गर्न सक्छ भन्ने विश्वास नेहरुमा थियो । नेहरुले माओको मिजास, व्यक्तित्व र आनीबानीबारे बुझेर रिपोर्ट दिन पणिक्करलाई आदेश दिए । 

४५ वर्षीय पणिक्कर बेइजिङ पुगे । माओसित भलाकुसारी गरे । एक हप्तापछि स्वदेश फर्केर नेहरुसमक्ष रिपोर्ट पेश गरे । उनले दिएको रिपोर्ट यस्तो थियो, ‘मिस्टर चेयरम्यानका चेहरा बहुत कृपालु है, और उनकी आँखों से तो जैसा उदारता टपकता है । उनका हावभाव कोमल है । उनकी नजरिया फिलोस्फर वाला है । उनकी छोटी–छोटी आँखे स्वप्निलसी जान पडती है । चीनका यह लिडर जाने कितने संघर्षों में तपकर यहाँतक पहुँचा है । फिर भी उनके भितर किसी तरहका रुखापन नहीं है । प्रधानमन्त्री महोदय, मुझे तो उनको देखकर आपकी याद आइ ! वह भी आप ही कि तरह गहरे अर्थों में मानवतावादी है ।’

पणिक्करले यस्तो रिपोर्ट पेश गरेको एक वर्ष नबित्दै चीनले तिब्बतमा पकड जमायो । भारतका तत्कालीन गृहमन्त्री सरदार बल्लभभाइ पटेल चीनको यो कामबाट आगो बने । सिधै प्रधानमन्त्री निवास पुगेर नेहरुलाई भने, ‘चीनले तपाईंको राजदूतलाई सजिलै मूर्ख बनाएको रहेछ ।’ उनले भने, ‘चीन अब पहिलाको भन्दा शक्तिशाली बनिसकेको छ, हामी सावधान बन्नु जरुरी छ ।’

नेहरुले भने, ‘तिब्बतमा चीनले जे ग¥यो, त्यो गलत हो । तर, यसको अर्थ हामी ऊसित डराउनुपर्छ भन्ने होइन । हामीलाई त स्वयं हिमालय पर्वतले रक्षा गरिरहेको छ । चीन किन हिमालय पर्वतमा भौंतारिन आउँछ ?

नेहरु र बल्लभभाइ पटेलबीच यो संवाद सन् १९५० को अक्टोबरमा भएको हो । दुई महिना नबित्दै पटेलको डिसेम्बरमा निधन भयो । पटेल नभएपछि नेहरुको मनोमानीलाई रोक्ने कोही भएन । भारत–चीनबीचको लामो सिमाना निर्धारण भइसकेको थिएन । कुनै पनि बेला दुई मुलुकबीच संघर्ष हुन सक्थ्यो । चीनले तिब्बत लिएपछि यो सम्भावना झन् प्रवल बनेको भारतीय नेताहरुको ठहर थियो तर नेहरु यस्तो सोच्दैनथे । यसबीच सन् १९५२ अगस्तमा भारतीय प्रतिनिधिमण्डल चीन पुग्यो । उक्त प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन्, कूटनीतिज्ञ तथा नेहरुकी बहिनी विजयलक्ष्मी पण्डितले । उनले पनि पत्र लेखेर माओको तारिफ गरिन्, ‘मिष्टर चेयरमैनका हास्यबोध कमालका है और उनकी लोकप्रियता देखकर मुझे महात्मा गान्धीकी याद आई !’ उनले प्रधानमन्त्री चाओ एनलाइको पनि त्यसरी नै तारिफको पुल बाँधिन् ।

सन् १९५४ मा भारतले आधिकारिक रुपमा तिब्बत चीनको भूभाग हो भनेर मान्यो । चीनसित ‘पञ्चशील’ सम्झौतामा हस्ताक्षर पनि ग¥यो । सोही वर्ष अक्टोबरमा नेहरुले चीन भ्रमण गरे । माओसित भेटे । सम्बन्ध अझ प्रगाढ बन्यो । तैपनि नेहरुबाहेक अन्य भारतीय नेताले चीनप्रति विश्वास गरेनन् । नेहरु आँखा चिम्लेर ‘हिन्दी–चिनी भाइ भाइ’ को नारा लगाइरहन्थे । नेहरुलाई चीनको अन्धोसमर्थक बन्न लगाउनेमा राजदूत पणिक्कर र विजयलक्ष्मी पण्डितको ठूलो हात थियो । अर्का थिए, रक्षामन्त्री कृष्णा मेनन । उनलाई अन्तर्राष्ट्रिय जगतले बेलाबखत उपहास गथ्र्यो । ‘टाइम’ पत्रिकाले त सपेरा (सर्प नचाउने) बनाएर प्रस्तुत गरेको थियो । स्वीडेनका तत्कालीन राजदूत अल्बा मिर्डलले एकपटक भनेका थिए,  ‘बीके कष्णा मेनन यसकारण प्रधानमन्त्री नेहरुका कृपापात्र हुन्, निकि उनी एक्लो त्यस्तो व्यक्ति हुन्, जसले प्रधानमन्त्रीसँग कार्ल माक्र्सदेखि चाल्र्स डिकेन्ससम्मको गफ हाँक्न सक्छन् ।’

तर मेननलाई भारतीयहरु भने मन पराउँदैनथे । उनले पनि नेहरुलाई चीनप्रति आँखा चिम्लिन बाध्य पारे । त्यसबेला भारतको ‘साउथ ब्लक’ मा कार्यरत गिरिजाशंकर बाजपेयी मात्र यस्ता व्यक्ति थिए, जसले नेहरुलाई पटक–पटक सतर्क गरिरहे कि भारतले चीनप्रति सावधानी राख्नु जरुरी छ । तर, नेहरुले उनको कुरा कहिल्यै सुनेनन् । यस्तो कुरो सुनाउन आउने जतिलाई ‘हिन्द–चीन भाइभाइ’ हुन् भनेर फर्काइदिन्थे । 

सन् १९५६ मा चीनले ‘अक्साइ चीन’ (चीन र भारतबीचको दुई ठूला विवादास्पद सिमाना क्षेत्रमध्ये एक, चीनले यो क्षेत्र आफ्नो होतान काउन्टीमा पर्छ भन्ने गरेको छ भने भारतले लद्दाखको भूभाग) मा सडक बनाउन शुरु ग¥यो । तैपनि नेहरु चुपचाप बसे । दुई वर्षपछि सन् १९५६ मा चीनले एउटा नक्सा सार्वजनिक ग¥यो, जसमा अक्साइ चीनमा बनेको सडक खण्डको भूभाग आफ्नै हो भनियो । यसबीच तिब्बतका धर्मगुरु दलाइ लामालाई सन् १९५९ मा भारतले शरण दियो । यसबाट माओ रिसाए । भारतको गतिविधिमाथि निगरानी राख्न आदेश दिए । 

सन् १९६० मा चिनियाँ प्रधानमन्त्री चाओ एनलाइ भारत गए । नेहरुले ठूलो सत्कार गरे । अचानक सन् १९६१ मा भारतीय सेनाले ‘फर्वार्ड पोलिसी’ अपनायो । चीन–भारत बीचको ‘मैकमोहन रेखा’ पारि ४३ सैन्य चौकी स्थापना ग¥यो । चीनले भारतको यो कदमलाई ‘उक्साउने नीति’ मा¥यो । जवाफमा भारतमाथि आक्रमण ग¥यो । नेहरु अक्कबक्क परे । उनको हिन्द–चीन भाइ–भाइको नारा हावामा उड्यो । पञ्चशील सम्झौता पञ्चर भयो । भारतले नराम्रोसँग पराजय भोग्यो । चीनले अक्साइ चीनमाथि झण्डा गाड्यो । सुनिन्छ, भारत–चीनको युद्ध र युद्धमा पराजय भोग्नुपरेका कारण नेहरुलाई ठूलो आघात प¥यो । सुनिन्छ, यसै आघातसँग जुध्न नसकेपछि र युद्ध सकिएको ठीक डेढ वर्षपछि सन् १९६४ मा उनको निधन भयो । 

महान व्यक्तिको खोजी

कन्फ्युसियस चीनका महान गुरु हुन् । सम्पादक, राजनीतिज्ञ र दार्शनिक । त्यसबेला चाओ जिल्ला वर्तमान शान्डोङ प्रान्तको कुफुमा इशापूर्व ५५१ को सेप्टेम्बर २८ मा जन्मेका हुन् । बाल्यकालको नाउँ कोङ फुजी (अर्थ मास्टर कोङ) हो । कोङ उनको जात हो । बाबुको नाउँ कोङ हे । विशेषतः कन्फ्युसियसले आचारसंहिता, नैतिक तथा सामाजिक दर्शनको शिक्षा बाँडे । चीनमा त्यसबखत वसन्त–शरद काल अर्थात् पूर्व चाओ वंशको शासन थियो । सम्राट थिए– ची गाइ, चाओ वंशका २६ औं राजा । 

एकदिन सम्राट ची गाइ कन्फ्युसियसकोमा पुगे र भने, ‘मुलुकमा बेइमानी बढ्दै छ, जताततै छलकपट र धोकेबाजी गर्नेहरु छन् । के यो राज्यमा त्यस्तो व्यक्ति छैन ? जो सदाचारी र गुणवान होउन् र देवीदेवताप्रति कृपा राख्छन् !’

कन्फ्युसियस, ‘यस्ता व्यक्ति छन् । एकजना तपाईं नै हुनुहुन्छ किनभने सत्य जान्ने र जिज्ञासा राख्ने व्यक्तिलाई म महान ठान्छु ।’ 

तर ची गाइलाई जवाफ चित्त बुझेन । उनले भने, ‘हो, म महान् हुँला तर म अर्काे एकजना महान् व्यक्ति खोज्दै छु ।’

कन्फ्युसियस, ‘त्यसो भए त्यो व्यक्ति म हुँ ।’

ची गाइ, ‘म तपाईंभन्दा पनि महान् व्यक्तिको कुरा गर्दैछु । कृपया मलाई उसकोमा लिएर जानुस् ।’

कन्फ्युसियसले एकछिन राजालाई हेरे । अनि भने, ‘सम्राट, हामीलाई कतै जानु आवश्यक छैन । हाम्रो वरिपरि नै त्यस्तो व्यक्ति भेटिने छन् । मात्र हामीले उनलाई त्यसै दृष्टिले हेर्नु आवश्यक छ ।’

कन्फ्युसियसले अगाडि हेर्न इशारा गर्दै भने, ‘सम्राट, त्यो सय वर्ष उमेरकी महिलालाई हेर्नुस्, जसले कोदालो चलाएर कुवा खन्दै छिन् ।’

ची गाइले सोधे, ‘तर उसलाई कुवा खन्नुपर्ने आवश्यकता नै किन ?’ कन्फ्युसियसले जवाफ दिए, ‘सम्राट, तपाईंले ठीक भन्नुभयो तर आवश्यकता नै सबैथोक होइन र हुँदैन । तर, जो मान्छे अरुको निम्ति यसरी निर्लिप्त भई आफ्नो जीवन बलिदान गर्छ, ऊ नै वास्तवमा महान् हो । ऊ नै यो धरतीको इश्वर हो ।’

ची गाइले कन्फ्युसियससमक्ष हार माने । नतमस्तक भई दरबार फर्के । ची गाईको इशापूर्व ४७७ र कन्फ्युसियसको निधन इशापूर्व ४७६ मा भयो ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top