भारतीय सुन्दरीको जिन्दगीमा भाँडभैलो


Tuesday, 21 Aug, 2018 12:17 PM

  •  राजेन्द्र स्थापित

रोबर्टो रोसेलिनी इटालियन चलचित्र निर्माता, निर्देशक र पटकथा लेखक हुन् । बाबु एन्जिलो गुसेपले इटलीको राजधानी रोममा पहिलो फिल्म ‘बार्बेरिनी’ बनाएका थिए । मूलतः उनी वृत्तचित्र बनाउँथे । बाबुको निधनपश्चात रोबर्टोले चलचित्र निर्माण थाले । उनी निर्मित पहिलो चलचित्र ‘डाफ्ने’, सन् १९६३ मा प्रदर्शित भयो । बिहे सन् १९३४ मै भइसकेको थियो, रुसी अभिनेत्री आसिया नोरिससँग । २४ वर्षीया नोरिसको त्यसबेला एउटै मात्र चलचित्र ‘थ्री लक्की फुल्स’ बजारमा आइसकेको थियो । 

सन् १९३५ मा रोबर्टो फेशन डिजाइनर मार्सेला डे मार्चिसको नजि पुगे । पति–पत्नीबीच यसै कुरामा झगडा भयो । आसियाले दुई वर्षपछि लोग्ने त्यागिन् । सन् १९६५ सम्म करिब ३५ वटा चलचित्र खेलिन् । दोस्रो बिहे गरिनन् । उनको मृत्यु ८६ वर्षको उमेरमा सन् १९९८ मा भइसकेको छ । आसियाले छाडेपछि रोबर्टोले त्यसै वर्ष मार्सेलासँग बिहे गरे । यो दाम्पत्य जीवन १४ वर्ष चल्यो, स्वीडिस नायिका इन्ग्रिड बर्गमनसँग प्रेमालाप उत्कर्षमा नपुगेसम्म । इन्ग्रिड पनि विवाहिता थिइन् । थुप्रै पुरस्कार प्राप्त गरिसकेकी उनले रोबर्टोको निम्ति लोग्ने पिटर लिन्डसट्रोमलाई त्याग्न तयार भइन् । उता, रोबर्टोले पनि मार्सेलालाई त्यागे । दुवै दाम्पत्य जीवनबाट स्वतन्त्र भइसकेपछि सन् १९५० मा विवाह बन्धनमा बाँधिए । इन्ग्रिडोको सबैभन्दा चलेको चलचित्र हो, ‘कासाब्लान्का’, जुन सन् १९४२ मा रिलिज भएको थियो । 

रोबर्टो नवयथार्थवादी चलचित्र त बनाउँथे नै, सुप्रसिद्ध नायिका इन्ग्रिडको लोग्ने बनेपछि उनको लोकप्रियताले आकाश छोयो । भारतमा त्यसबेला अधिकांश वृत्तचित्र बंगाली निर्माता–निर्देशक हरिसदनदास गुप्ताले बनाउँथे तर प्रधानमन्त्री जवाहरलाल नेहरु इन्ग्रिडसँग प्रत्यक्ष भेट्न चाहन्थे । त्यसैले वृत्तचित्र निर्माण गराउने बहानामा उनले रोबर्टो दम्पतीलाई भारत बोलाए । सन् १९५६ मा भारत सरकारले साँस्कृतिक, आर्थिक जीवनबारेको १२ वटा वृत्तचित्र बनाउने जिम्मा रोबर्टोलाई सुम्पियो । रोबर्टोले शुरुमै वृत्तचित्र निर्माण गर्दै आएका उनै हरिदास गुप्तासँग सम्पर्क गरे । सहयोग मागे । गुप्ताको बिहे सन् १९५२ मा बंगाली सुन्दरी सोनालीसँग भएको थियो । रोबर्टोको भारत आगमनको समय सोनाली पाँच वर्ष र आठ महिनाका दुई छोराको आमा थिइन् । दाम्पत्य जीवन सुखद थियो । जब रोबर्टोको हरिदासको घरमा आनाजाना शुरु भयो, उनको नजर सोनालीमाथि प¥यो । सोनालीको अद्वितीय सुन्दरताबाट मोहित बने । गुप्ता परिवारको आर्थिक अवस्था कमजोर रहेको थाहा पाएर सोनालीसमक्ष एउटा प्रस्ताव राखे । एउटा चलचित्रको पटकथा लेख्ने र त्यसबापत मासिक दुई हजार पाँच सय भारु. पाउने । त्यसबेला त्यो रकम ठूलो थियो । त्यसैले रोबर्टोको प्रस्ताव गुप्ता परिवारले सहर्ष मान्यो । 

अब, रोबर्टो दिनहुँजसो गुप्तानिवास पुग्न थाले । सोनाली पनि बिस्तारै रोबर्टोसँग खुलेर कुराकानी गर्न थालिन् । रोबर्टोले थाहा पाए कि सोनाली चलचित्र अभिनेत्री बन्न चाहन्छिन् तर हरिदासले उनको इच्छालाई दबाइराखेका थिए । एकदिन मौका पाएर  उक्साए, ‘तिमी अपूर्व सुन्दरी छौ, तिम्रीभित्र अभिनय क्षमता छ, तिमी सफल बन्न सक्छौ । तिम्रो सुन्दरता र अभिनय क्षमताको सामु इन्ग्रिड बर्गमन कोही हैनन् ।’ रोबर्टोले त्यसैबेला भनिहाले, ‘म तिमीलाई पे्रम गर्छु, तिमीलाई चलचित्रमा अघि बढाउन जे गर्न पनि तयार छु ।’

एकदिन रोबर्टोले प्रस्ताव राखे, ‘सोनालीलाई चलचित्रमा खेल्ने अनुमति दिनुस् ।’ तर, हरिदासले ठाडै नकारे । कुरा त्यत्तिकै सकियो तर त्यस दिनदेखि हरिदासको मनमा शंका उब्ज्यो । रोबर्टो दिनहुँ घर आउँदा सोनाली र उनीबीच सम्बन्ध विकास त भएन ? यसै कुरालाई लिएर सोनालीलाई दिनहुँ घुर्की सुनाउन र झगडा गर्न थाले । सोनाली त्यसबेलासम्म रोबर्टोको प्रेममा फसिसकेकी थिइन् तर रोबर्टोको दबाब र पारिवारिक मामिलामाथि हस्तक्षेप महसुस गर्ने गर्थिन् । आर्थिक अवस्थाको कारण रोबर्टोको दबाब सहँदै आइरहेकी थिइन् । उनी आफ्नो परिवार बिगार्न रत्तिभर चाहन्न थिइन् । हरिदासले एकदिन रोबर्टोसित यसबारे सिधै कुरा गरे । तर, रोबर्टो धूर्त थिए । उनले भने, ‘सोनाली मेरो छोरी समान छिन् ।’

हरिदासको शंका मेटियो । तर, केही दिनपछि घर फर्कंदा पत्नी सोनालीलाई रोबर्टोको अँगालोमा देखे । त्यो दिन ठूलो झगडा भयो । रोबर्टो घरबाट निस्केपछि पनि झगडा शान्त भएन । त्यसदिन सोनालीले जीवनको महत्वपूर्ण निर्णय लिइन् । लोग्ने छाडेर हिँडिन् । रोबर्टो बस्ने गरेको ताजमहल होटल छिरिन् । रोबर्टोले सँगैको कोठा ५४४–ए मा बस्ने व्यवस्था मिलाइदिए । सोनालीले कान्छो छोरा लिएर हिँडेकी थिइन् । उनी पुनः गर्भवती थिइन् । उनले लोग्नेलाई आफू बसेको ठाउँको जानकारी पनि दिइन् । रोबर्टो यस्तो मामिलामा अनुभवी थिए । सोनालीको कारण हंगामा हुनसक्ने ठाने । त्यसबेला इन्ग्रिड पेरिसमा ‘टी एण्ड सिम्पैथी’ को सुटिङमा व्यस्त थिइन् । रोबर्टो सोनालीसितको सम्बन्धबारे पत्नीलाई थाहा दिन चाहँदैनथे । हरिदास पनि यो विषय पत्रकारहरुले थाहा नपाउन् भन्ने नै चाहन्थे । यसबीच रोबर्टोले फोनमार्फत इन्ग्रिडलाई सोनाली र हरिदासबीच भएको झगडाबारे जानकारी दिए । साथै पत्रकारहरुले आफूलाई मुछेर समाचार बनाउनसक्ने तर सोनालीसित आफ्नो त्यसखालको सम्बन्ध नभएकाले चिन्ता नलिन भने । 

ताजमहल होटल बम्बईको केन्द्रमा अवस्थित छ । त्यहाँ ठूला र चर्चित व्यक्तिहरु बस्न आउने भएकाले सधैं पत्रकारहरुको भीड लागिराख्थ्यो । यस्तैमा रोबर्टो र सोनालीको सम्बन्धबारे दुई दिनपछि भए पनि जानकारी हासिल गरी छाडे । एकाएक भारतलगायत युरोपका पत्रपत्रिकामा ‘रोबर्टो–सोनाली पे्रम’ बारे समाचार छापियो । पेरिसबाट प्रकाशित हुने पत्रपत्रिकाले इन्ग्रिडले रोबर्टोलाई त्याग्न लागेको समाचार प्रकाशित गरे । त्यसो त रोबर्टो पत्रकारहरुलाई आफ्नो सोनालीसितको सम्बन्ध व्यावसायिक मात्र भएको भनेर सम्झाउने प्रयास गर्दै थिए । उता, सोनालीलाई उनका बाबु र लोग्नेको परिवारले घर फर्कन आग्रह गर्दै थियो । तर सोनाली मानिनन् । चाँडै नै काण्डले राष्ट्रवादी आन्दोलनको रुप लियो । पञ्जिकाधिकारीको कार्यालयले विदेश मन्त्रालयमा पत्र पठाएर रोबर्टोको प्रवेशाज्ञा रद्द गर्न माग ग¥यो । गुप्ता परिवारले पनि त्यस्तै माग ग¥यो । सोनालीका बाबुले गृहमन्त्री गोविन्दबल्लभ पन्तसँग भेटी सहयोग मागे । बम्बईका सामाजिक कार्यकर्ताको एउटा टोली नयाँ दिल्ली पुगेर प्रधानमन्त्री नेहरुसँग भेट्यो । भारतीय पत्रपत्रिकाले सोनालीको नाउँमा एउटा अपिल नै निकालेर एक विदेशीको प्रेमजालमा फसी भारतीय नारीको अपमान र शीललाई कलंकित नपार्न आग्रह गरे । 

उता रोबर्टो पनि अडिग रहे । वृत्तचित्र बनाउन भारत सरकारले आफूलाई दुई हजार पाँच सय डलर भुक्तानी दिइसकेकाले प्रवेशाज्ञा नवीकरण हुनुपर्ने अडान राखे । यसबीच वृत्तचित्रको काम सकिनसकोले प्रवेशाज्ञाको म्याद थप्न भारत सरकार बाध्य बन्यो तर उसले सोनालीसँग भेट्न र बिहे गर्न नपाउने शर्त राखियो । तर, रोबर्टोले भने, ‘भारतसित मेरो प्रेम भइसक्यो, म यहीं बस्न चाहन्छु । मलाई नागरिकता दिइयोस् ।’
विरोधी स्वर चर्को बन्न थालेपछि रोबर्टो ताजमहल होटल छाडेर भाडाको घरमा सरे । ४–५ दिनपछि सोनाली पनि रोबर्टोका साथीकोमा बस्न गइन् । बम्बईबाट प्रकाशन हुने पत्रिका ‘ब्लिट्ज’ले रोबर्टो र सोनाली प्रेम प्रकरण नै हो भनी लगातार समाचार छाप्न थालेपछि रोबर्टोले अदालत जाने धम्की दिए तर ब्लिट्ज टसमस भएन । छापेको छाप्यै गर्न थाल्यो । अन्तिममा सोनालीले मुख खोलिन् । रोबर्टोसँग पैसा असुल्न लोग्ने हरिदासले आफूलाई प्रयोग गरेको आरोप लगाइन् । एउटा विदेशी पत्रिकाको संवाददातासँग भेटेर भनिन्, ‘शुरुशुरुमा रोबर्टोसँगको सम्बन्ध मेरो लोग्नेकै सहमतिमा अघि बढेको हो । उनलाई हाम्रो सम्बन्धबारे शुरुदेखि नै सबै थाहा थियो ।’

उता नायिका इन्ग्रिड बर्गमन लोग्ने र सोनालीबीचको सम्बन्धी समाचार पढ्दै बसेकी थिइन् । उनी भित्रभित्र सोनालीप्रति इष्र्या गर्दै थिइन् तर बाहिर भने रोबर्टो र सोनालीको प्रेम सम्बन्धलाई ‘सामान्य’ हो भनी अन्तर्वार्ता दिँदै हिँडिन् । उनले आफूले लोग्नेलाई साधु, सन्तको जीवन व्यतित गर्न र अरु स्त्रीसँग सम्बन्ध नराख्न कहिल्यै नभनेको बयान जारी गरिन् । यसबीच सोनाली चलचित्रको सम्पादन गर्ने भन्दै पेरिस पुगिन् । इन्ग्रिडले सोनाली पेरिस आइसकेको थाहा नै पाइनन् । महिना दिनपछि प्रधानमन्त्री नेहरुकै आग्रहमा रोबर्टोले भारत छाडेर पेरिस पुगे, विमानस्थलमा इन्ग्रिडले स्वागत गरिन् । तर, अकस्मात दुई महिनापछि इन्ग्रिडले सम्बन्धबिच्छेद गरिन् । त्यसपछि सन् १९५७ मा रोबर्टो र सोनालीको बिहे भयो । त्यसबेला सोनाली २७ वर्षकी थिइन् भने रोबर्टो ५१ का थिए । रोबर्टोले सोनालीको छोरा अर्जुनलाई स्वीकारे । अर्जुन गिल रोजालिनी बने । पछि सोनालीले छोरी जन्माइन् राफेला । रोबर्टो र सोनाली १६ वर्ष सँगै बसे । सन् १९७३ मा एउटी सुन्दरी सिल्भिया डि अमिकोको निम्ति रोबर्टोले सोनालीलाई छाडे । रोबर्टोको निधन ७१ वर्षको उमेरमा सन् १९७७ को जुन ३ मा हृदयाघातबाट भयो । सोनालीको निधन पनि चार दिनपछि जुन ७ मा रोममा भयो । सोनाली ‘इण्डिया ः मातृभूमि’ चलचित्रका चारमध्ये एक पटकथाकार थिइन् ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top