नाकाम नै भए पनि जमाना नौजवानको


Tuesday, 21 Aug, 2018 12:14 PM

  • संकेत कोइराला

बिपी कोइराला पत्नी सुशीलासाथ भारतबाट रेलमा घर फर्कंदै थिए । मुसलधारे पानी दर्किएको थियो । लुगाको धरोका नाममा एउटा कट्टु मात्र लगाएको ७÷८ वर्षको बालक डिब्बामा प्रवेश ग¥यो । ऊ मुसोभैंm लुथ्रुक्क भिजेको थियो । अपरिचित बालक विदेशी भूमिमा त्यसरी प्रकट भएको देखेपछि बिपी दम्पती सचेत भयो । पहिले त यात्रु लुट्न बालक प्रयोग गरिएको हुन सक्ने ठानेर उनीहरू सतर्क भए । केहीबेर मुखामुख गरे । केटो थर्रर्रर काँपिरहेको थियो । अपरिचित बालकको आशामुखी नजर बिपी दम्पतीमाथि परिरह्यो । यो दृश्यले सुशीलाको बात्सल्य उम्लेर आयो र त्यो बच्चालाई आपूm नजिक बोलाइन् । खानेकुरा दिइन् । न्यानो लुगाले शरीर ढाकिदिइन् । त्यो फकिर केटाको न जाने गन्तव्य थियो, न कुनै परिचय नै । बिपीले सोधे– ‘मसँग जान्छौ ?’ उसले पहिलो सोधाइमै स्वीकृतिको मुन्टो हल्लायो । केटो विराटनगरको कोइराला निवासमा प्रवेश ग¥यो । उमेरले तारिणीप्रसाद कोइरालाको समवयी त्यो बालकले घरमा सहोदर भाइकै दर्जा पायो । त्यहीँ हुक्र्यो, बढ्यो । राजनीतिक क्रान्तिका हरेक मोडमा झण्डा बोक्यो । स्वदेशमा होस् या प्रवासमा बिपीको असली भाइ बनेर घर र राजनीतिको मोर्चा सम्हाल्यो । साहित्यमा कलम चलायो । भारतमा नामी लेखकको ख्याति पायो । बिपीका अधिकांश कृति हिन्दीमा अनुवाद ग¥यो । जसको नाम थियो– फणिश्वरनाथ रेणु । 

नेता कस्तो हुनुपर्छ ? त्यसको सपाट उत्तर संसारको कुनै पनि विधि तथा शास्त्रले दिन नसक्ला । तर, व्यक्तित्वको निर्माण हुन ऊभित्रको मानव धर्मको दीप कहिल्यै निभ्नुहुन्न भन्नेमा दुईमत छैन । संसारमा कसैले वस्तु आविष्कार गर्ने होइन । न नयाँ माटो बनाउने नै हो । भगवान शिवको आराधना गर्दैमा हिमालय पर्वतबाट हिमचट्टान फोरेर पानी झर्ने होइन । पानी त त्यस्तो चिज हो, जुन एक थोपो पनि कसैले बनाउन सक्दैन । यो त रिचार्ज हुने मात्र हो । हिन्दी फिल्मको हिरोभैंm असम्भव पुरुषार्थ देखाउने होइन । काम गर्नु इमानदारीको संस्थागत विकास हो । राज्य सञ्चालन प्रक्रियामा जनतालाई कम गुनासोको अवसर दिनु हो । दुःख कहिले पो थिएन ? चोरी, हत्या, बलात्कार, दुराचार, पापाचारका घटना भर्खर शुरु भएका हुन् र ? होइन, मानव प्रयास यस्ता कुकृत्य न्यून बनाउनेतर्पm केन्द्रित हुनुपर्छ । गाई परापूर्वकालदेखि नै घाँस खान्थ्यो । बाघ अहिले आएर मांसाहारी भएको होइन । लामखुट्टे, उडुस, उपियाँलाई मान्छेले तालिम दिएर रगत चुसी भाग्न सिकाएको होइन । मान्छेले बाँदरलाई भन्ने त्यही चकचके स्वभावका कारण प्राकृतिक चक्र चलेको छ । जहाँ बाँदरले चाहिनेभन्दा बढी तुलपूmल झार्छ, त्यो खान मृग हाजिर हुन्छ । जहाँ मृग आफ्नो पेट भर्न आउँछ, तब ऊ पत्तै नपाई चितुवाको आहारा भइसकेको हुन्छ । हात्ती स्वभावतः भीमकाय हुन्छ । ऊ हिँड्दा मात्रै लाखौं साना जीवजन्तु मरिरहेका हुन्छन् । अब कमिला, पानीमुनिका माछा, गँड्यौलाको नास हुन्छ भनेर हात्तीले दैनिकी ठप्प ग¥यो भने के हुन्छ ? 

नेताहरूलाई थाहा भएको तर बक्न नसकेको अज्ञात शक्तिको इञ्जिनियरिङमा बनेको संघीय लाठेरोपाइँले देश चाल्नी बन्दै गएको छ । जनप्रतिनिधि नामका हजारौं भोकाहरूको महŒवाकांक्षी भीडले भाषण परिवर्तनका गरे पनि चासो रासनबाट माथि उठ्न सकेको छैन । प्रधानमन्त्रीभन्दा वडाध्यक्षको हुंकार ठूलो छ । वडाध्यक्षसँग वडा हैन, देश सम्याउने असीमित योजना छ । भागशान्ति खाने सल्लाह नमिल्दा एउटै पार्टीका प्रमुख र उपप्रमुखबीच बोलचाल बन्द छ । भ्रष्टाचारको प्रकृति यस्तो छ कि अख्तियारका अनुसन्धानकर्ता नै तिलमिलाउने अवस्था छ । गाउँपालिका अध्यक्षले निजी गाडी किनेर आफ्नो सुविधामा उपयोग गरी तेल, मर्मत र भाडाका नाममा लाखौं असुल्दै आएका छन् । पाँच वर्षसम्म यो खेलकुद चल्दा त्यसको हिसाबकिताब समृद्ध नेपाल बनाउनेहरूलाई फलामको चिउरा सावित हुने पक्का छ । गाउँमा कोदालो, गैंती, ट्याक्टर, मलबीउ नभएर डोजर किन्ने प्रतिस्पर्धा छ । कतै आफ्नै नेतृत्वविरुद्ध अनशनमा छन् । कोही सोचेजस्तो हातमा घिउ नलागेपछि बेल्चा चलाउन खाडी भासिएका छन् । महिलालाई माथि उठाउने नाममा हरेक क्षेत्रमा प्रतिनिधित्व गराउँदा संख्या त बढेको छ तर पारिवारिक, सामाजिक सन्तुलनमा नकारात्मक बाछिटा पर्न थालेको छ । आमाको कोखमा जन्म लिएको बालकले जुनसुकै कारणले पनि मातृवात्सल्य पाउन सकेन भने त्यसको क्षतिपूर्ति भर्ने अर्को शक्ति आजसम्म संसारमा आविष्कार भएको छैन । विकसित देशमा जन्मसिद्ध बालअधिकारको रक्षा गर्न आमाको कामलाई बन्देज लगाइन्छ । सिंहदरबारदेखि ब्रह्मनालसम्मको यात्रा बैठकै बैठकमा सीमित छ । अनुत्पादक जनशक्तिको पैmलावट छ । कुनै विचार, वाद, भिजनभन्दा पनि आपूmअनुकूलको स्वार्थ बोकेर राजनीतिक खपतमा हिँड्नेहरूको भीड बढ्दो छ । स्वभावतः मानिस आलोचना रुचाउँदैन । त्यसमाथि सत्ता र शक्तिको रथ हाँक्नेहरूका लागि आलोचक त कालो अरिंगाल नै प्रमाणित हुन्छ । नेपालमा राणाशासन १०४ वर्ष टिक्यो । पञ्चायतले तीन दशक राज ग¥यो । बहुदल डेढ दशकमै नासियो । गणतन्त्रले देशलाई शिर, पुच्छर छुट्याउन नमिल्ने अमिवा बनायो । संघीयताले त सुनामी नै ल्यायो । बेथितिको श्रृंखला बढ्दै जाने हो भने भविष्य अनुमानलायक पनि छैन । संसारमा चलेका सफल शासन व्यवस्था हाम्रोमा भुत्ते भए । नीति अब्बल भएपनि नियत कालो हुँदा कागजमा लेखेको शासकीय संयन्त्र नै अफाप हुने रहेछ । अब पढेलेखेका विद्वान्हरूले बिनापूर्वाग्रही राजहाँस भएर भन्नुप¥यो– यो देशमा भएका हरेक राजनीतिक परिवर्तन किन असफल हुन्छ ? यो देशको माटो सुहाउँदो शासन व्यवस्था कस्तो हुनुपर्छ ?

चुनावले मुलुकको कायापलट भइदिने भएको भए नेपाल संसारको त्यस्तो मुलुक हुनेछ, जहाँ वर्षका ३६५ दिन कसै न कसैको चुनाव भएकै हुन्छ । तर दुर्भाग्य त्यो चुनाव पद्धति, विधि र देश विकासका लागि नभएर शासक जन्माउन हुने गरेको छ । एउटा सामान्य संस्थाको सदस्य चुन्न गरिने चुनावमा पनि लाखौंको सौदावाजी देखिन्छ । बाक्लै हुने चुनाव र पैसाको भल बगाउनुपर्ने अघोषित मान्यता स्थापित हुँदै जाँदा करोडौं, अरबौंको यो अदृश्य अंकले देशको अर्थतन्त्रमा कस्तो दुष्परिणाम ल्याउला ? संस्थाका नाममा चुनाव लड्ने, संस्था धराशायी बन्दै जाने तर चुनिने व्यक्तिको आर्थिक श्रीवृद्धि हुने यो कस्तो प्रजातान्त्रिक पद्धति हो ? जुनसुकै तह र तप्काका उम्मेदवारलाई सहयोग गर्ने दाताको खाँचो छैन । इमान र पसिनामा बाँच्नेले कसैलाई चन्दा दिन सक्दैन । अपराधीले कसैमाथि लगानी किन गर्छ ? उत्तर खुला किताबजस्तै छ । सेना, प्रहरी, न्यायालय, कर्मचारीको सरुवा–बढुवामा पैसामार्पmत हुने स्वस्ति शान्तिको त हिसाब–किताब नै छैन । त्यो त झन् अविराम चल्ने चुनाव हो । त्यहाँभित्रका यस्ता गतिविधि बरु माछाले पानी खाएको देखिएला तर कर्मचारीले कर्मचारीबाट छिनेको दृश्य नै अदृश्य छ । जुनियर डग र सिनियर गडको लक्ष्मणरेखालाई जुनसुकै परिवर्तनले पनि छुट्याउने छाँटकाँट देखिँदैन । राजनीतिमा भित्रिएको वर्णशंकर खेतीले कर्मचारीतन्त्रमा चिनेको हुँदै अब किनेको चाहिँ पक्का दरिँदै गएको छ । चुनावका नाममा हुने बहुरुपियाँले लुट, झुट र फुटलाई प्रश्रय दिँदै आएको छ । बर्सेनि दर्जनौं चुनाव हुन्छन् । चुनाव लोकतान्त्रिक व्यवस्थाको सामान्य प्रक्रिया हो । तर, यो कुनै पर्वभन्दा कम हुँदैन । 

भनिन्छ– नयाँ पात पुरानो पातसँग झर्न बनेको हुँदैन । तर, नेपालको राजनीतिको हाँगामा सुकेको पात झर्न नमान्दा नयाँ मुनाहरू असमयमै ओइलाएका छन् । टुक्रिएको माओवादी अध्यक्ष वैद्यले नै पदवी छोडेनन् । अरु दुईचार कार्यकालका लागि प्रचण्डले बैना मार्दै आएका छन् । मट्याङ्ग्रा अरुको प्रयोग गर्ने, अन्त्यमा सिकार दाउ लाउने केपी ओलीको चलाखी प्रस्टै छ । घृणाको त्यो तहमा पुगेर पनि कांग्रेसमा देउवाको विकल्प अरू देखिएन । नेपालका कुनै राजनीतिक दलको मुखिया हुन त्यहाँभित्रका हजारौंलाई तलब दिन सक्ने सामथ्र्य त्यो व्यक्तिमा हुनुपर्छ भन्ने त नफेरिएका व्यक्तिको अनुहारले प्रस्ट पारेकै छ । पहिला–पहिलाका राजा, महाराजा र राजनेतामा प्रताप हुन्थ्यो । त्यसैले तिनीहरू प्रतापी कहलाउँथे । प्रताप भनेको नाममा जोडिएको पुmँदो नभएर नैतिकताको अर्को नाम हो । 

अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सधैं नालायक देख्छ रे ! तर सत्यचाहिँ के हो भने नयाँ पुस्ता जतिसुकै नाकाम भए पनि समयचाहिँ उसैको हो । मानिसको बुढ्यौली लागेपछि ऊसँग रहेको वस्तु फगतः अनुभव र अनुभूति मात्र हो । मानिसका जीवनमा दुःख–सुख त सिक्काको गाई र त्रिशुल हो । थालको भात दुःख हो भने अचार सुख हो । कोही त्यही अचारको भरमा भात मीठो मानेर बुत्याउँछन् त कोही अचार रित्याएर भातरूपी दुःखको पसल खोली बस्छन् । सुख र दुःखको प्रारब्ध दृष्टिकोणबाट शुरु हुन्छ । मृत्युका अगाडि आपूm मात्र एक्लो ठिंग उभिन्छु भन्ने सोच नै दुःखको खाडल खन्ने औजार हो ।

 पैसाको महŒव बुझाउन आफ्ना साना नानीलाई जागिर खोजेका बाराक ओबामा स्वयं आइसक्रिम पार्लरमा काम गर्थे । अमेरिकी राष्ट्रपतिसँग नारिएर फोटो खिच्न रौसिने हाम्रा प्रधानमन्त्रीहरूले त्यहाँका राष्ट्रपतिको साख ह्वाइट हाउसमा नभएर नैतिकतामा छ भन्ने सत्य किन बिर्सन्छन् ? तर, सानो हैसियत पाएका हाम्रो देशका ठूला मान्छे आफ्ना सन्तानलाई भाँडा मोल्न ओबामाको देश पठाउँदा छातीको आयतन बढेको सम्झन्छन् । 

प्रकृतिमा मान्छेभन्दा अगाडि जन्मिएको प्राणी साङ्लो हो । जुन प्राणी चार अर्ब वर्षअघि पृथ्वीमा आएको विश्वास गरिन्छ । यो जति पुरानो छ यसले बोकेको सत्य उति नै घतलाग्दो छ । पत्याउनुहुन्छ ? साङ्लो एक मात्र त्यस्तो प्राणी हो, जसको रगत सेतो हुन्छ । परीक्षण त भएको छैन तर जति परिपक्व हुँदै गयो, उति असहिष्णु हुने हाम्रा नेतामा बढ्दो चरित्र कतै सेतो रगतको करामत त होइन ?


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top