​बलात्कारीलाई अब के गर्ने ?


Tuesday, 21 Aug, 2018 11:19 AM

  • कौशल चेम्जोङ

नेपालमा सार्वजनिक तथ्यांकअनुसार प्रतिदिन तीन जना बलात्कृत अनि दुई जनामाथि जबर्जस्ती करणीका प्रयास हुन्छन् । गाउँघरमा मिलापत्र भएका, घरैमा दबाइएका र अव्यक्त यौन अपराधका घटनाको अभिलेख छैन । बलात्कार आफैंमा पाशविक कर्म हो र बलात्कारपछिको हत्या त झन् जघन्य अपराध हो । नेपालमा जस्तोसुकै अपराध गरे पनि मृत्युदण्ड दिने प्रावधान छैन । जानेबुझेकै मान्छे सामाजिक सञ्जालमा, सडकमा जताततै नाराबाजी गर्दै छन्, ‘बलात्कारीलाई फाँसी दे !’ पीडितलाई भन्दा पीडकलाई उन्मुक्ति दिने अभिप्रायका कानुन बनुञ्जेलसम्म बलात्कारीलाई फाँसी होइन, ‘हाँसी–हाँसी शिकार गर्न’ प्रोत्साहन मिल्छ । किनकि हामीलाई अमेरिकी, ब्रिटिस र भारतीयभन्दा ठूलो लोकतन्त्रवादी बनेर देखाउनु छ, ती देशमा देशद्रोह, लागुऔषध (पदार्थ), भ्रष्टाचार, हत्या अनि बलात्कारका अपराधीलाई मृत्युदण्ड दिइन्छ । तर, हामी त्यस्तो कानुन बनाउन सक्दैनौं किन ? केले रोकेको छ ? जनताको बलमा बनेको दुईतिहाइको सरकारले सोच्ने हो कि ?

छोएर र नछोएर हुने यौन दुव्र्यवहारमध्ये छोएर गरिने दुव्र्यवहारको पराकाष्ठा अर्थात् बलात्कारसम्बन्धी समाचारले गर्दा सर्वसाधारणका कन्सिरी तातेका छन् । गत आर्थिक वर्षमा १२४४ जना बलात्कृत भएका थिए । तीमध्ये आधाभन्दा धेरै बालिका तथा किशोरी छन् । बीस वर्षभन्दा कम उमेर समूह यसबाट बढी पीडित देखिन्छ । लिभिङ टुगेदरमा खलल पैदा भएपछि मानमर्दन गर्न, अरूले थाहा पाएपछि रकम झार्न र तह लगाउन सिर्जिएका, श्रीमान्ले इच्छाविपरीत सम्भोग गरेका घटना पनि बलात्कारभित्रै समेटिएका छन् । 

जबसम्म यौन दुव्र्यवहारलाई सामान्य घटनाको रूपमा लिएर लुकाइन्छ, तब यसले बलात्कारलाई निमन्त्रणा दिन्छ । यौन दुव्र्यवहार गर्नेहरूको पहिचान गर्न अभिभावक, बालबालिका सक्षम बन्दै जानुपर्छ । कतिपयलाई लाग्दो हो, नानीबाबुहरू बलात्कृत भएपछि सबै कुरा सकियो, इज्जत धुलिसात हुने भो । तसर्थ घटनालाई एक कान, दुई कान मैदान बनाउनु हुँदैन ।  अपराधी छाती खोलेर हिँड्ने, पीडितहरूचाहिँ मुख लुकाएर हिँड्ने चलनलाई प्रश्रय दिउञ्जेलसम्म बलात्कारीलाई फाँसी दिने मागको कुनै तुक हुँदैन । तसर्थ नानीबाबुहरूलाई यौन दुव्र्यवहारविरुद्ध बोल्न प्रेरित गरौं । 

आफ्नो सर्वश्व गुमाएर अरूलाई धारेहात लगाउँदै सराप्नुभन्दा आफैं सजग हुन आवश्यक छ । सडकमा फाँसी र लिंगछेदनको कुरा उठाएर तमाशा बनाउनुभन्दा, सामाजिक सञ्जालमा बिभत्स तस्बिर छरेर समवेदना गुमाउनुभन्दा, छोरीहरू भड्किला भएकाले बलात्कार भएको तर्क गरेर ठालु विद्वान् पल्टिनुभन्दा छोराहरूलाई जोगाएर राख्न अभिभावकले समय खर्चिए हुने हो । 

सुझाइएका केही कुरा खतराको सूचक हुन सक्छन् । यस्ता आनीबानी र व्यवहार देखाउनेप्रति सचेत भई आवश्यक सावधानी अपनाउनुपर्छ भन्ने हो । त्यस्ता व्यवहार प्रदर्शन गर्ने मानिस नानीबाबुलाई शिकार गर्ने प्रवृत्तिका हुन सक्छन् भन्ने हो । यौनदुराचारी, पीडक वा बलात्कारी नै हुन्छन् भन्ने होइन । तर, अधिकांश यौन दुव्र्यवहार र बलात्कार घटनाको सूक्ष्म विश्लेषण गर्ने हो भने बलात्कारीलाई चिन्न सकिने आधारका रूपमा लिन सकिन्छ । यी आधार हुन् :
 
१. यदि तपाईंको नानीबाबुसँग अरू कोही आफन्त, छरछिमेक वा चिनेजानेका मान्छेले अनावश्यक धेरै समय बिताउँछ भने अभिभावक सचेत हुन आवश्यक छ । त्यस्ता मान्छेको व्यवहारबारे बुझ्न आवश्यक छ । उनीहरूले यौन दुव्र्यवहारदेखि बलात्कारसम्मको वातावरण तयार गर्न ‘ललाइफकाइ’ गरिरहेका हुन सक्छन् । 

२. कुनै मानिस जसले नानीबाबुसँग एक्लै भेट्ने गर्छ, त्यस्ता मान्छे पनि खतरनाक हुन सक्छन् किनभने यसरी एक्लै भेट्नुपर्ने कारण खराब कामका लागि बाहेक अर्थोक हुनै सक्दैन भन्ने हेक्का राख्नुपर्छ । 

३. नानीबाबुलाई मन नपर्दा पनि छुन, अंकमाल गर्न, चुम्बन गर्न, कुतकुती लगाउन र समाउन खोज्नेसँग पनि सावधान हुन जरुरी छ । 

४. तपाईंसामु नानीबाबुको रुपरंगबारे अनावश्यक बखान गर्नेले जालमा पार्न खोजेको हुन सक्छ । 

५. नानीबाबुको सधँै हेरचाह गरिदिन्छु, म हुँदाहुँदै तपाईंहरूलाई केको चिन्ता ? ढुक्क भएर आफ्नो काममा जानोस् भनी घुलमिल हुन मन पराउने आफन्त वा छरछिमेकसँग पनि सचेत हुन आवश्यक छ । 

६. नानीबाबुलाई एक्लै खेलकुद, साँस्कृतिक कार्यक्रमलगायत घरबाहिर दिन बिताउन प्रेरित गर्ने व्यक्तिमाथि पनि बेला–बेला निगरानी राख्नु आवश्यक छ ।

७. अनि नानीबाबु स्नान गर्दा, कपडा फेर्ने बेला ओहोरदोहर गर्ने, चियाउनेहरू पनि खतरनाक हुन्छन् । 

८. सार्वजनिक स्थल जहाँ नानीबाबु भेला भएर धेरै समय रमाइलो गरेर, सेल्फी खिचेर, फोटो लिएर बिताउन चाहन्छ, त्यस्तो ठाउँ मन पराउनेहरू, नानीबाबुको सहमतिबेगर फोटोलाई पनि शंकाको घेरामा राख्ने हो भने यौन दुव्र्यवहारदेखि बलात्कारसम्मका अपराधबाट बचाउन सकिन्छ । कानुन कडा बनाउँदैमा अपराध निमिट्यान्न हुन्छ भन्ने सोच गलत हो । कडा कानुन भएका ठाउँमा पनि बलात्कार भएका छन् तसर्थ बलात्कारी चिन्न र बेलैमा सचेत हुन थाल्ने हो कि ?


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top