गल्ती जब माओबाटै हुन गयो


Tuesday, 24 Jul, 2018 1:02 PM

  •  संकेत कोइराला

भँगेराले धान खाएर उत्पादन कम भएको कारण देखाई १८ मे १९५८ मा माओले ५ वर्षमाथिका सबैलाई देशभरबाट भँगेरा मारेर उन्मूलन गर्न उर्दी लगाए । माओको आदेश कसले उल्लंघन गर्ने ? आखिर सबै भँगेराको सत्यानाश गरियो ।  किरा मार्ने भँगेरा नै नभएपछि त्यही वर्ष धानको उत्पादन स्वात्तै घट्यो । 

ऐतिहासिक निर्णयको कारण धान उत्पादन बढेको देखाएर आपूmलाई सर्वज्ञानी प्रमाणित गर्ने योजना बोकेका माओको दिमागले किरा लाग्नुको कारण पत्ता लगाउन नसकेपछि रसियाबाट वैज्ञानिक झिकाइयो । वैज्ञानिकले किरा मार्ने चरा मारिएका कारण धानको उत्पादन सखाप भएको तथ्य बाहिर ल्याएपछि माओको घैंटोमा घाम लाग्यो । त्यसपछि गोप्य रूपमा रसियाबाट भँगेरा आयात थालियो ।  अचम्म त के भने माओको मृत्यु नहुञ्जेल जनतालाई भँगेरा हानिकारक नभएको जानकारी दिइएन । माओको निर्णय गलत थियो भन्नु भगवान्को सृष्टिमा खोट छ भन्नु जत्तिकै अपराध थियो ।  

नेपालीको हालत पनि त्यस्तै छ । संघीयता नामको नौटंकीविरुद्ध बोल्यो कि जिब्रो काटिने भयले कुण्ठा पाल्नेको संख्या लाखौं छ । जताततै लथालिंग, भताभुंग छ । सबैलाई चाहिएको छ तर के चाहिएको कसैलाई थाहा छैन । निर्धन त निर्धन नै भए, धनीमानीमा पनि उत्तिकै चिडचिडाहट छ । चुनावमा हारेकाहरू हार मान्दैनन् । जितेकाहरूमा काम गर्ने अदम्य साहस छैन । सबै गुनासोको पहाड चुल्याएर बसेका छन् । बेथिति छ, स्वामित्व लिने कोही छैन । विकास ठेकेदारको हातमा छ । नियम–कानुन अपराधीअनुकूल छन् । राजनीति अपराधको जगमा उभिएको छ । एउटाले बोलेको सत्य अर्कोलाई पच्दैन । आलु कोक्याउँछ, आलु चिप्स आकर्षक मेनु बन्छ । आमा सम्बन्ध बिझाउँछ, मामुले नजिक्याउँछ । खाए मकै, नखाए भोकैहरूको जिब्रो एकाएक पपकर्नमा अभ्यस्त हुन थालेको छ । जहाँ मुलुकको कार्यकारी प्रधानमन्त्रीले बोलेका विषय सरकारको रोडम्याप नभएर गफाडीको गफ बन्छ । हुँदा–हुँदा हामी मृत्युमाथि पनि ठट्टा गर्न थालेका छौं । भरोसा र स्नेहका हात फेसबुकको रिपमा बिसर्जन भएका छन् । सम्बन्धहरू व्यापारमा अनुवाद भएका छन् । आजको देवता चौबिस घण्टाभित्र दानव बनाइने विश्वका कुनै भूगोलमा नदेखिने परिदृश्य यहाँ स्वाभाविक बन्दै गएको छ । यी सबै दृश्य हेर्दा लाग्छ– तिर्खा मेटाउने पानी आपैंm प्याकप्याक परेर बसेको छ । ३ करोड जनसंख्या, एउटा रात्रिबसले एकरातमा पूरै छिचोल्ने भूगोल भएको देशमा एउटा दल चलाउन जम्बो केन्द्रीय कमिटी, लाखौं सरकारी फौज, ७० हजार कर्मचारी, सिंहदरबारदेखि ब्रह्मनालसम्म लाखौं झण्डे अखडामा लाखौं मानिसको तलवी संलग्नता छ । जंगलका जनावर र घरपालुवा पशुपक्षी अपवाद छाडेर बाँकी सबैलाई राजनीतिक दलको दास बनाइएको छ । यदि, हावा किनेर बाँच्नुपर्ने भएको भए यो देशमा झण्डा र जीवन एउटा रोज्नुपर्ने हुन्थ्यो । देशका हरेक तह र तप्काका मानिसमा व्यस्तता छ । प्रधानमन्त्री हेर्नुस् भालेको डाँकदेखि नै साइरन गाडी अघि–पछि लगाएर कुदेका कुद्यै छन् । मन्त्रिपरिषद्को बैठक अनगिन्ती बस्छ । मन्त्रीहरू चारैतिर दौडाहामा छन् । अहिले अमिबासरिका हजारौं जनप्रतिनिधिलाई भ्याइनभ्याइ छ । बैठकमाथि बैठक हेर्दा लाग्छ– कोही कसैलाई सास फेर्ने फुर्सद छैन । मुख्यसचिवदेखि सचिवहरू बिहानदेखि बेलुकासम्म विभागीय प्रमुखहरूको भेला गरेर गाँठो फुकाउन व्यस्त छन् । हिमालमा यती भेटिएला तर तिनलाई मन्त्रालयमा भेट्नुभयो भने त्यसदिन आफ्नो भाग्यलाई सलाम ठोके हुन्छ । फौजका प्रमुख जर्नेलहरूको बैठकमा रातदिन शान्ति–सुरक्षा पेचिलो बनाउन लागेकै छन् । दलका माथिदेखि गाउँ इकाइसम्मका नेतालाई नयाँ नेपालको सपनाबाट ब्यँुझिने एकछिन फुर्सद छैन । केन्द्रमा यसखाले पानी परेपछि त प्रदेश, क्षेत्र, जिल्लाले सक्कलबमोजिम नक्कलअनुसार छाता ओढ्न परिहाल्यो । मुख्यमन्त्री, उपमुख्यमन्त्री, मन्त्री, प्रदेश प्रमुख, सभामुख मुख्यसचिव, सचिव, सेना, प्रहरीका प्रमुखहरूजस्ता ठूला मानिसको प्रवेशले राजधानीबाहिर आकर्षण हैन, आतंक थपेको छ । अदालत, अख्तियार, वित्त व्यवस्थापन हेर्ने निकायको भूमिकाको विषयमा बोल्नु त व्यर्थ भइहाल्यो । सञ्चार क्षेत्रमा सूचनाको भल बाढी त कुरै गर्नुपरेन, युधिष्ठिरलाई जस्तै इच्छा मरणको उपहार समाचार शिल्पीहरूबाट प्राप्त हुनेछ । कुर्सीमा बसेका त व्यस्त भए नै, भूतपूर्वहरूमा पनि माटोसँगको उभार यसरी आयो कि उनीहरू पनि भूमिका खोज्न तल्लीन छन् । दर्जनौं पूर्वभीभीआईपी, हजारमाथि पूर्वमन्त्री, निजामती, जंगी, न्यायका पूर्वबर्दीधारीसमेत जुँगाअनुसार भाग खोज्न लालायित देखिन्छन् । यायाति ऋषि यति विलासी थिए, छोरा पुरुको जवानी पैंचो लिएर भोगविलासमा आपूmलाई रित्याए । यायातिलाई टक्कर दिने पुस्ता अझ उम्दा भएर उपस्थित छ । चौबिसै घण्टा जाँगरिला देखिने लाखौं नेपालीले यति सानो भूगोल र एक गाउँ अटाउने परिवार भएको देश किन व्यवस्थापन गर्न नसकेका हौंला ? देशको भूगोल कति छ ? राष्ट्रिय गीत के हो ? हाम्रो इतिहास के हो ? यसको रेकर्ड कतै छैन । तर, भारतबाट यो वर्ष कति खाद्यान्न आयात गरियो ? हिन्दी सिनेमाले नेपालमा बर्सेनि कति व्यापार गर्छ ? भारतीय र चिनियाँ उत्पादनका वस्तु शहरका कुन मलमा पाइन्छ ? सबैलाई कण्ठ छ । 

सडकमा हेर्नुस्– एम्बुलेन्सजत्तिकै शववाहनलाई हतारो छ । राजनीतिका नाममा जन्ती र मलामी हिँड्न अलग–अलग बाटो खोज्ने प्रतिस्पर्धा छ । कसैलाई झुन्ड्याउन ठीक पार्नुस्, छिचोली नसक्नु मानिसको भीड लाग्छ । पूmलमाला, खादा, अभिनन्दनको कुरै छाडौं, आधा क्विन्टलको माला धारण नगर्ने कुन ठूलो मान्छे होला ? कुर्सी पाएका मानिसको आधा कार्यकाल खादा, माला र अबिर लगाएरै सकिन्छ । नेपालमा पहिला–पहिला मानिस पशुपक्षी चराएर दूध, अन्न, फलपूmल उब्जाउँथे । बाउबाट छोराले सुनसरी फल्ने नासोस्वरूप सुन्तलाको बगैंचा र टारीखेत उपहार पाउँथ्यो । अहिले मान्छेले भैंसी होइन, मान्छे चराउँछ । मान्छे जब मान्छे चराउन पल्किन्छ, ऊ अरू भाव हराउँछ । एम्बुस थापेर मान्छे ढाल्नमा जस्तो आनन्द र आम्दानीको रस उसले केहीमा भेट्दैन । यही प्रतापले नै त अमेरिकामा बसेको नेपाली अमेरिकीसँग होइन, आफ्नै वंशसँग डराउँछ । अरबी मालिकको जासुस भएर नेपालीले नेपालीकै घर खरानी बनाउँछ । भलिभाँती नेपाली नारीको संस्कार र अनुशासन बुझेकी केटी डिपेन्डेन्ट भिसामा लगिएको केटालाई विदेशी भूमिमा अलपत्र पार्छे । शास्त्रले व्यापार उत्तम, खेती मध्यम र नोकरीलाई अधम परिभाषित गरे पनि कलियुगमा भने पेशा जुनसुकै होस्, ठगी पेशा किस्मतको अब्बल सूचीमा बढुवा भएको छ । सम्भवतः यही प्रवृत्ति सलहभैंm बढेका कारण  कुअन्न मानिने कोदो, फापर, दाँत कोट्याउने बाँसको सिन्कोसमेत बाहिरबाट भिœयाउनुपर्ने अवस्था आइपरेको हुनुपर्छ । महात्मा गान्धी, नेल्सन मण्डेला, देङ सियाओ पिङ, महाथिर मुहम्मद, बिल गेट्स, मार्क जुकरबर्ग, डोनाल्ड ट्रम्प प्रकृतिले दिएको त्यही चौबिस घण्टा उपयोग गरेर पूज्य हँुदा हामी समयको कुन ‘सुपर मुन’ कुर्दै छौं ? जसका घरमा अन्न छैन, उसैलाई बढी भोक लाग्छ रे ! समयले देश बनाउने होइन । मानिसले सुकर्मको रंग छ¥यो भने समय आपैंm इन्द्रेणी बनेर उपस्थित हुने हो । हलेदो रोपेर, उखुको अपेक्षा गरियो भने त्यो आपूmमाथिको अन्तर्घात हो । ईश्वरको संरचनामा कतै खोट छैन । मन्दिर, चर्च, मस्जिदलाई रोमनमा उल्था गरेर हेर्नुस, सबै ६ वटा अंग्रेजी अक्षरले बनेका छन् । गीता, बाइबल, चर्च अनुवाद गर्नुस्, अक्षरका पाँच गेडा पाउनुहुनेछ । 

हामी पछि परेको नजानेर, नबुझेर, नदेखेर नभई नियत नै खोटो भएर हो । नेपालमा मानिसको भिजन हैन, पोर्नस्टार सन्नी लियोनको अद्र्धनग्न जवानी बिक्छ । बब मार्लेको लट्टे कपाल बिक्छ । राखी सावन्तको छिल्लिएको मादक नखरा बिक्छ । अझ विश्वबाट काम नलाग्ने भनी मिल्काइएको माओ डक्ट्रिन भित्तामा पु¥याइँदा पनि अभैm टालाटुली बटुलीका शैलीमा तानतुन पारेर राजनीतिक भोटो सिउने प्रयास गरिन्छ । विकास वादले नभई इच्छाशक्तिले हुन्छ भन्ने नर्सरी बालकले बुझेको सत्य तिनका हजुरबा पुस्ताको मथिंगलमा पसेको छैन । जीवनको पूर्वार्धलाई उपेक्षा गरियो भने उत्तराद्र्धमा पुगेर बुझेको सत्य काम लाग्दैन । भूपि शेरचनको कविताले अरूलाई मिठास दियो । तर, जीवनको उत्तराद्र्धमा उनले निष्कर्ष निकाले– आपूmलाई दुईवटा क ले बिगारे । जसको अर्थ थियो– कविता र कम्युनिष्ट । जीवनभर नास्तिकवादमा कलम चलाउने लक्ष्मीप्रसाद देवकोटाले ब्रह्मनालमा पुगेपछि भने, ‘आखिर श्रीकृष्ण रहेछ एक ।’ विश्व राजनीतिमा निरंकुशताको सजीव पात्र सम्झिइने हिटलर कालिदासको साकुन्तल महाकाव्यका प्रशंसक मात्र भएनन्, आर्य संस्कृतिको प्रतिरक्षा गरे । त्यसैले राजनीतिका नाममा मनमा एकथोक, बोलाइ अर्को र गराइ तेस्रो खाले संस्कृति नत्यागेसम्म हाम्रालागि राजनीति सेवा हैन, धोकाको अर्को नाम हुने निश्चित छ । 

राजनीतिका महारथी कुम्भमेलामा हराएको बालकजस्तै जो अगाडि देखापर्छ उसकै हात समाउने अवस्थामा पुग्नुको परिणाम पनि यही हो । बुद्ध, एरिस्टोटल, प्लेटो कसैको वाद थिएन, समूह थिएन, झण्डा थिएन । तर विचारका लागि सधैं बाँचेका छन् । पूज्य छन् । धृतराष्ट्रले दुर्योधनको दुर्गुण, अहंकार र स्वार्थबारे पूर्ण जानकारी राख्दाराख्दै पनि मोह त्याग्न नसक्दा महाभारतको युद्ध भई सुखद सपना दुःखद घटनामा अवसान भयो । महाभारत सकिए पनि आखिर आँसुको कथा सकिएन । पाण्डवहरू जितेर पनि हारे । राजनीतिमा नैतिक बल गुमेपछि नेताको अवस्था भनेको रोबोट मान्छेको बचाइ मात्र हो । सर्वहाराको शासन, गरिबको सत्ता, जनवाद यी सवै पण्डित र धामीका मन्त्रजस्तै हुन् ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top