अर्को पाएपछि मायामा आपत


Monday, 16 Jul, 2018 2:53 PM

वर्षाैंदेखि उनीहरू एकअर्काबीच मनपेट साटेर दूरमा बसेका छन् । खुशी कोइराला, पोखरा । मौसम राई, काठमाडौं । दुवैको प्रेम बेजोडको छ । अपत्यारिलो छ । झट्ट हेर्दा जोडीमा कुनै कम्प्लेन देखिँदैन । प्रेमी आदिवासी जातको । प्रेमीका आर्य जातकी । दुवैको प्रेमलाई नियाल्दा उपन्यासको पात्रझैँ लाग्छ । हुन त वैंसमा श्याल पनि घोर्ले हुन्छ रे ! सबैको एकचोटि बैंस फुल्दोरहेछ । बैंसले जातभात केही नचिन्दोरहेछ । बस् एकआपसमा मनपेट साटासाट भए पुग्यो । पिरतीका बात् मारे पुग्यो । सँगै जिउने सँगै मर्ने वाचा गरे पुग्यो । आखिर बैंसमा मायाले यसरी नै कुत्कुत्याउने रहेछ । युग चन्द्रमामा टेकेर सूर्यमा पुग्ने दिन आयो तर मानिस फलानो जातको, चिलानो जातको भन्दै जातभातको कुरा गर्छन् । र, त अझै ‘इन्टरकास्ट’ अर्थात् अन्तरजातीय विवाहलाई त्यत्ति सहजै रुचाउँदैन यो समाज । तर, त्यो समाजका लागि एक उदाहरणीय जोडी हो यो । जो फरक भएर पनि दूरमा बसेर माया–प्रेमका कुरा गरिरहन्छन् ।

‘तिमी जहिल्यै मलाई यसै गर्छाै । यहाँ आइपुगेको एक घण्टा कटिसक्यो । तिमी मलाई सधँै यसरी नै कुराउँछौँ । फोन राखे, म घर गएँ ।’ मात्रै १० मिनेट कुर्न भनेको थिएँ उसलाई । अफिसमा थुप्रै काम छ भन्दाभन्दै उसलाई मैले कसैगरी कोटेश्वरको जी क्याफेमा साढे पाँच बजे विशेष उपस्थित हुन निमन्त्रणा गरेको थिएँ । कुरा यही १० असारको हो । सुरुमा त उसले अफिसमा असार मसान्त अर्थात् ‘क्लोजिङ टाइम’को कामले व्यस्त रहेको सुनाउँदै सातदोबाटोबाट आउन इन्कार ग¥यो । तर, विशेष कुरा देखाउन ‘सरप्राइज्ड’ छ भन्दै पटक–पटकको अनुरोधपछि बल्ल उसले हाकिमसँग कुरा मिलाएर निस्कने सुनायो । मैले एक दिनअघि नै हाकिमलाई ‘भोलि बुबा घरबाट आउँदै हुनुहुन्छ उपचारका लागि चाँडै निस्कनु छ’ भनेको थिएँ । बोस (हाकिम)ले हुँदैन भन्ने ठाउँ नै थिएन । मैले हाकिमको सहकारीलाई यहाँ ल्याइपु¥याउन भरपुर साथसहयोग दिएको थिएँ । सहकारीका लागि भनेर असार–साउनको बादल र वर्षा अनि चैतको टण्टलापुर घाम नभनी बजार दौडिएको थिएँ । त्यसैले पनि हाकिमले मेरो प्रस्तावलाई ठाडै अस्वीकार गर्ने कुनै त्यस्ता बाटा थिएनन् । मैले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेको थिएँ ।
मौसम जो–कसैलाई समान व्यवहार गर्ने । नम्र, शालीन अनि जादुमय मुस्कान । जोकोही रूपको घमण्ड गर्ने केटी लठ्ठिने जिउडाल । कसैले उनलाई कोरियन त कसैले जापानिज भनेर कलेजमा हैरान बनाउँथे । सायद हुन सक्छ, त्यसैले पनि खुशी उनीप्रति आकर्षित भएकी । तर, खुशी अरू केटीभन्दा एकदमै विल्कुल फरक स्वभावकी छन् । उनी बाहिर होइन, भित्री सौन्दर्यलाई प्रेम गर्ने क्याटेगोरीमा पर्छिन् । समाजशास्त्रमा स्नातक उत्तीर्ण उनी साँच्चिकै सामाजिक छिन् । तर, आज एकदमै दुःखित भई पोखरा फर्किन बाध्य भएकी छन् । मौसमलाई ‘सरप्राइज्ड’ दिन गुपचुप रूपमा काठमाडौं आएकी उनी मौसमलाई देख्न नपाई रुँदै फर्किएकी छन् । मौसमलाई ‘सरप्राइज्ड’ दिने कुरा म र खुशीबीच सीमित थियो । पोखराबाट ९ गते नाइट (रात्रिकालीन) पर्यटकीय बस चढेर भोलिपल्ट बिहान १० बजे सामाखुशीमा उत्रिएकी उनले मलाई बेलुकी मौसमसँग भेट गराउन अनुरोध गरिन् । त्यतिन्जेल आफू दिदीकहाँ बस्ने र भोलिपल्ट नाइट बसको टिकट काटेर पोखरा गइहाल्नुपर्ने बाध्यता सुनाइन् । उनी पोखराको नाम चलेको होटल ‘फेवा होटल’ मा क्यासियरका रूपमा कार्यरत छिन्, पाँच वर्षदेखि । तर, ६ महिनापछि मौसमलाई ‘सरप्राइज्ड’ भन्दै भेट्न आएकी उनी त्यही बेलुकी आठ बजे सुँक्कसँुक्क गरेर रुँदै पोखरा फर्किइन् । बस गुड्नुपूर्व उनले एकचोटि हातको इशारा दिँदै मलाई ‘बाई’ भनिन् । मैले पनि उनलाई उही इशारा गरेँ ।

अघिल्लो दिन ९ गते पोखराबाट काठमाडौं आएकी उनलाई लिन म साढे ५ बजे सामाखुशी पुगेको थिएँ । यता, मौसमलाई कोटेश्वरको जी क्याफेमा कफी पिउँदै बस्न सुझाव दिँदै १० मिनेटभित्र आफू ‘सरप्राइज्ड’ लिएर आइपुग्ने सुनाए । उसले ‘हुन्छ’ भन्दै १० मिनेटभन्दा बढी नकुर्ने जवाफ फर्कायो । किनकि यसअघि मैले उसलाई १० मिनेटमा आइपुग्छु भनेर यसैगरी धेरैपल्ट कुराएको थिएँ । त्यसदिन त्यो घटना फेरि दोहोरियो । आधी घण्टापछि खुशी र म त्यहाँ पुग्दा ऊ हिँडिसकेको थियो । क्याफेमा आउने÷जाने क्रम बाक्लिनाले त्यहाँका होटलका साहुदेखि वेटर सबैले मौसम र मलाई चिनेका थिए । त्यहाँ पुग्नासाथ मैले मौसमलाई फोन लगाएँ तर उठाएन । वेटर विकासलाई मौसमका आए, गएको बारे सोधँे । विकासले आधा घण्टासम्म बसेर कफी पिएर यहाँबाट निस्केको सुनायो । त्यसपछि उसलाई फेरि दोहो¥याई, दोहो¥याई फोन लगाएँ । फोन उठाउँदै उठाएन । मेरो कारणले ऊ रिसाइरहेको थियो । ‘सरप्राइज्ड’ साथमा छ यार लिन त आइजा’ मैले उसलाई म्यासेज पठाएँ तर त्यसको पनि कुनै रिप्लाई दिएन । पटक–पटक मेरो नम्बरबाट सम्पर्क गरे पनि नउठाएपछि विकल्पका लागि खुशीको मोबाइल मागेँ तर खुशीले दिन मानिन । सायद, उनी मौसमको अगाडि साक्षात् उभिएर गम्लंग अँगालो मार्न चाहन्थिन् । तर, त्यो उनको धोको बालुवामा पानी खन्याएसरि भइदियो । आफूले बुनेको जालोमा आफैँ सिकार भइन् । यद्यपि, उनले मौसमलाई आफ्नोबाट फोन गरेकी भई त्यो माहोलले अर्कै रूप लिने थियो । तर, उनले आफ्नो नम्बरबाट फोन गर्न मानिन ।

खुशी र म क्याफेमा मौसमको फोन आउने आशले कुरिबसेका थियौँ । तर, न मौसमले फोन गर्छ न त म्यासेजको रिप्लाई । रातिको साढे सात भइसक्यो तर उसले कुनै जवाफ पठाएन । त्यसपछि मैले अन्त्यमा फेरि दोहो¥याएर फोन गरे तर उठाउँदै उठाएन । फोन नउठाएपछि मलाई पनि तातो रिस उठ्यो । तर, आखिर गल्ती मेरो नै थियो । यति समयभित्र आउँछु भनेर समय तोक्ने मेरो बानीले हैरान भएको ऊ मदेखि रिसाउनु स्वाभाविकै थियो । फकाउने जति नै प्रयत्न गरे पनि रिसाएपछि कसैको जवाफ नदिने उसलाई फकाउने मसँग कुनै अस्त्र थिएन । र, खुशीलाई आफ्नो कारणले दुईबीचको भेट गर्न असम्भव भएको भन्दै माफी मागेँ । खुसीले ‘होइन’ भन्दै काँधमा हात थमथमाइन् । मैले अब के गर्ने ? कि मौसमकै कोठामा जाने ? तर, उनी ‘नाइँ’ भन्दै तर्किइन् । त्यसपछि फेरि म के गर्ने कसो गर्ने भनेर रनभुल्लमा परँे । तत्कालै खुशीले आफूलाई नयाँ बसपार्क पु¥याउन आग्रह गरिन् । म झन् अचम्भित भएँ । सपना या विपना के हुँदै छ ? केही भेउ पाउन सकिनँ ।
‘यति राति किन नयाँ बसपार्क, खुशीजी ?’ कि मौसमकै रुममा जाने कि दिदीकहाँ नै बस्न अनुरोध गरँे । तर, उनले मान्दै मानिनन् । जबर्जस्ती उनले मलाई जसरी हुन्छ, बसपार्क पु¥याउन अनुरोध गरिन् । मैले उनको बिन्तीअगाडि केही उपाय निकाल्न सकिनँ । ‘हुन्छ, जाऊँ’ भन्दै उनको कुरा सहर्ष स्विकारँे । कोटेश्वरबाट ट्याक्सी लिएर हामी बसपार्क पुग्याँै । ट्याक्सी भाडा मलाई तिर्न दिइनन् । महाराजगञ्ज नपुग्दै उनले भाडा गुरुजीको हातमा थमाइदिइन् । बसपार्क पुग्नेबित्तिकै ट्याक्सीबाट ओर्लेर सोझै काउन्टरतिर दौडिइन् । म उनलाई पछिपछि पछ्याउँदै काउन्टरनजिक पुगँे । ‘दाइ नाइट गाडी खाली छ ?’ काउन्टरवालाले पर्यटक गाडी देखाउँदै भन्यो, ‘छ अन्तिम सिट’ । उसले तत्काल टिकट काटी र बसमा उक्ली । म तीनछक्क परँे । खुशी त्यत्तिकै फर्किएर गइन् । अबउप्रान्त मौसमसँग कहिल्यै नबोल्ने र नभेट्ने वाचासाथ ।

जानुअघि उसले मौसमलाई म्यासेज पठाई, ‘तिमीलाई भेटेर सरप्राइज दिन मन थियो । तर, तिमीलाई मौसमले साथ दिएन, मौसम । आईएम भेरी सरी ।’ मेरै छेउमा बसेकी उसले आँखाको परेलीको डिलबाट दुई थोपा आँसु चुहाउँदै अन्तिम म्यासेज फेरि पठाई, ‘तिमीलाई भनेर पोखरादेखि यहाँसम्म आइपुगेँ तर तिमीले सुशानको सरप्राइज हेर्न मानेनौँ । यो सरप्राइजको योजनाकार मै थिएँ र सुशानलाई सबै कुरा काठमाडौंमा आएर भेटेपछि मात्र भन्न अनुरोध गरेको थिएँ ।’ गाडीको ढोकानिर आएर उसले एकपटक आफ्नो मोबाइलबाट मौसमलाई म्यासेज पठाएको देखाउँदै मसँग बिदा भइन् ।

रुम्दालीजी
diburchalok239@gmail.com


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top