पुत्रीकै सामु डढाएर आमाको प्राणान्त


Sunday, 24 Jun, 2018 11:48 PM

  •  राजेन्द्र स्थापित

क्याथरिन डेसायसको उचाइ लगभग पाँच फुट थियो । पुष्ट शरीरकी उनी राम्री थिइन् । बिहे गरगहना र सिल्क कपडा व्यापारी एन्तोनियो मोन्टभोइसिनसँग भयो । भोइसिनको पेरिसमा ठूलो पसल थियो तर उनी चाँडै टाट पल्टिए । परिवार डुबानमा परेपछि क्याथरिनले व्यक्तिको अनुहार हेरेर औषधोपचार गर्ने वैद्यको काम थालिन् । विस्तारै भविष्य पनि बताउन शुरु गरिन् । नर्सको काम पनि गर्थिन् । विशेषतः गर्भपतन गराउने काममा पोख्त । हस्तरेखा हेरेर व्यक्तिको भूत–भविष्य बताउँथिन् । यो पेशाबाट राम्रो कमाइ हुन थालेपछि धनप्रति झन् बढी लोभिइन् । लगत्तै सौन्दर्य र यौनशक्ति वृद्धि गर्ने, गर्भपतन हुने, दम्पतीलाई छोराछोरी जुन मन प¥यो, त्यही पाउने ‘औषधि’ बनाएर बेच्न थालिन् । यो धन्दाबाट चाँडै मालामाल बनिन् ।

लोग्नेको मृत्युपछि ‘ला भोइसिन’ को नाउँबाट चर्चित बनेकी उनी अझ बढी कमाइ गर्न चाहन्थिन् । त्यसैले राजदरबारका सदस्य, कुलिन घरानाका र राजनीतिज्ञहरुलाई बोलाएर भविष्य बताउन थालिन् । उच्च घरानाका सदस्यहरु उनको घर आउँथे । निवासमा आयोजना हुने सांगीतिक महोत्सवमा सामेल हुन्थे र बिहान घर फर्कन्थे । भोइसिनले सम्राट लुई (चौधौं) सँग निकटता बढाउन मद्दत गर्ने, राजदरबारको इज्जत–प्रतिष्ठा वृद्धि हुने, मन नमिलेका लोग्ने–स्वास्नीबाट छुटकारा मिल्ने, दुश्मनलाई खत्तम पार्न सकिने, प्रेमी–प्रेमिकामाथि मोहनी लगाउन सकिने विशेष खालको उपाय आफूसँग भएको दाबी गरिन् । र, आफूले काला जादूमार्फत यी सब गर्नसक्ने बताइन् ।
सन् १६७७ सम्ममा राजदरबारका प्रायः सबै सदस्य उनको ग्राहक बनिसकेका थिए । यहाँसम्म कि सम्राट लुईकी एउटी प्रेमिका म्याडम माँतिस्पाँसमेत भोइसिनको अनुयायी बनिन् ।

सम्राट लुईका थुप्रै रखैल थिए, तीमध्येकी माँतिस्पाँबाट लुई ७ सन्तानको बाबु बने । यसबीच भोइसिनले सम्राटको मृत्युपछि कसैलाई गद्दीको उत्तराधिकारी बनाउन धार्मिक पूजा गर्दैछिन् भन्ने हल्ला फ्रान्सभरि फैलियो । यो खबर सम्राटसम्म पुग्यो । सम्राटले भोइसिनमाथि निगरानी राख्न प्रहरीलाई आदेश दिए । छानबिनक्रममा उनले दिने गरेको विषले करिब २ हजार ५ सयको मृत्यु भइसकेको जानकारी सम्राटले प्राप्त गरे । लगत्तै सन् १६७९ मार्च १२ मा प्रहरीले जादुगर्नी भोइसिनलाई पक्राउ ग¥यो । सोधपुछक्रममा दरबारका सेवक–सेविका, सम्राटका रखैलहरु र मन्त्राणीहरु सबैले भोइसिनले दिएको जन्तर लगाउने गरेको रहस्य खुल्यो । भोइसिनले सबै अपराध स्वीकारिन् । उनले बताएको कुरा पत्याउन प्रहरी प्रमुख निकोलस रेनीलाई गाह्रो प¥यो । प्रहरीले भोइसिनको घरमा छापा मा¥यो । त्यहाँबाट सयौं प्रकारका वीष, महत्वपूर्ण व्यक्तिहरुको मैनबाट निर्मित पुत्ला, ठूलो संख्यामा सियो, कालो मैनबत्ती फेला प¥यो ।

बरामद सामानबाट ला भोइसिन एक सिद्धहस्त जादुगर्नी (बोक्सी) भएको प्रमाणित भएपछि सन् १६८० को फेबु्रअरीमा मुद्दा चलाइयो । ठूलो यातना दिइयो । दुई दिनपछि नै सम्राटले भोइसिनलाई सार्वजनिक स्थलमा मार्ने सजायँ सुनाए । फेबु्रअरी २२ को दिन जब उनलाई सार्वजनिक स्थलमा उभ्याइयो र सजायँ कार्यान्वयन गर्न पादरीले प्रार्थना गर्न थाले, उनले पादरीलाई लड्ने गरी भुइँमा घचेटिदिइन् । जिउँदै आगो लगाउन चाङ लगाएको पराल पनि रुँदै–कराउँदै फालिदिइन् । पछि उनलाई एउटा काठको खम्बामा बाँधेर जलाइयो । उनी त्यसबेला ४० वर्षकी थिइन् । घटनास्थलमा छोरी मार्गरेट भोइसिनको पनि उपस्थिति थियो ।

शौचालयमै क्याबिनेट बैठक
नबाब सैøयद मोहमद हमिद अलि खान बहादुर भारतको तत्कालीन राज्य रामपुरका शासक हुन् । १३ वर्षको उमेरमा नबाब मुस्ताक अलि खान बहादुरको मृत्युपछि गद्दीमा बसेका । मुस्ताकका जेठा छोरा । सैøयद परिवार उत्तर प्रदेशको मुजफ्फर नगरका थिए । हमिद अलि खान बहादुर ललित कलामा रुचि राख्ने । उर्दू र फारसी साहित्यका राम्रा पाठक । पाहुनाको सत्कारमा भारतभरि उनको नाउँको चर्चा हुन्थ्यो । खासबागस्थित दरबारमा बस्थे । दरबारको एउटा हिस्सा अन्य राज्यका राजा, महाराजा, ब्रिटिश भाइसराय, अन्य प्रतिष्ठित स्वदेशी तथा विदेशीलाई बसाइकै लागि छुट्याइएको थियो । पाहुनालाई विशिष्ट खालको भारतीय खाना खुवाइन्थ्यो । सबैजना यस्तो स्वादिष्ट खाना कि कपुरथलाका महाराजको दरबारमा कि त रामपुरमै मात्र पाइन्छ भन्थे । स्मरणीय छ, कपुरथलाको दरबारको भान्छे फ्रान्सिसी हुने गर्थे । खानेपानीसमेत फ्रान्सको ला बेन्सस्थित एबिआन झरनाको हुन्थ्यो । रक्सी सबै युरोपको । रामपुरमा पनि पाहुनालाई कपुरथलाकै स्तरको खाना र रक्सी सेवन गराइन्थ्यो ।

कपुरथलाका महाराज जगतजित सिंह समय–समयमा रामपुर गइराख्थे । उनी त्यहाँ रहुञ्जेल दिनहुँ भोजभतेर हुन्थ्यो । यद्यपि, रामपुरका नबाब हमिद रक्सी पिउँदैनथे तर पाहुनालाई चाहुञ्जेल रक्सी सेवन गर्न दिन्थे । प्रायःजसो भोजभतेरमा नबाब हमिद पाहुनालाई कथा, चुट्किला र शायरी सुनाएर लठ्ठ पार्दै बस्थे । राजनीति र समाज विज्ञानमा विद्वता हासिल गरेका मात्र होइन, उर्दू र फारसीमा पोख्त भएका कारण उनको कुराकानी उच्चस्तरको हुन्थ्यो । यस्तैमा एकदिन नबाबले पञ्जाबी, हिन्दी, उर्दू, फारसी जुन भाषामा भए पनि गाली गरेर आफूसँग बहस गर्न पाहुनालाई चुनौती दिए । उपस्थितमध्येका ५–६ जना तयार भए, तीमध्येका थिए, कपुरथलाका शाही चिकित्सक सोहनलाल ।

निर्णयअनुसार नबाब हमिदले अलग–अलग भाषामा करिब अढाइ घण्टा गाली दिँदै गए । उनका सामु अन्य प्रतिस्पर्धी आधा घण्टा वा बढीमा एक घण्टासम्म मात्र टिक्न सके । नबाब यो प्रतिस्पर्धाबाट पाहुनाहरुलाई आफू पञ्जाबी, हिन्दी, उर्दू, फारसीको विद्वान मात्र होइन, जुनसुकै विषयमा जोसित पनि बहस गर्न सक्षम छु भनेर देखाउन चाहन्थे । यद्यपि उनले बहसको क्रममा निम्नस्तरका, अशिष्ट शब्द र वाक्य पनि उत्तिकै प्रयोग गर्थे । नबाब भारत र भारतीयप्रति गौरव गर्थे । एकपटक कुराकानीकै क्रममा सोहनलालले युरोपका महिला भारतीय महिलाको तुलनामा धेरै सुन्दर हुन्छन् भने । यो कुरा सुनेर नबाब अत्यन्त रिसाए । डाक्टरलाई गाली गरे । पाहुना भएर भारतीय महिलाको विरुद्ध बोल्ने हिम्मत कसरी गर्न सक्यौ भनेर झपारे । महाभारतको जमानादेखि वर्तमान कालसम्मका कवि र शायरहरुले भारतीय महिलाको तारिफमा लेखेका कविता र शायरी सुनाउँदै गए । त्यतिले पनि मन शान्त भएन । रिसले चुर भएर जुरुक्क उठे । कपुरथलाका महाराजा जगतजित सिंहले सोहनलालले ठट्टा गरेको, उनको कुरोलाई गम्भीरतापूर्वक नलिनु भनेर सम्झाउँदा पनि मानेनन् । नबाब त्यो बेलासम्म पाहुनाघरमा पसेनन्, जबसम्म सोहनलाल दरबारबाट हिँडेनन् । सोहनलाल कपुरथला फर्कन बाध्य भए ।

नबाब पाहुनाको सत्कारमा कुनै कमी हुन दिँदैनथे । राज्यको चलनअनुसार हरेक पाहुनालाई ताजा फूलको टोकरीमा महँगो खालको चुरोटको एक टिन र एक बोतल बेलायती स्कच ह्विस्की दिइन्थ्यो । बिहान बेयराहरु यस्तो उपहार भएको टोकरी लिएर पाहुनाको कोठाबाहिर लाइन लागी बस्थे । कहिलेकाहीं यस्ता टोकरी सुत्नुअगावै पाहुनाहरुको कोठा–कोठामा पु¥याउन लगाउँथे । यस्ता उपहार साना र तल्लो स्तरका पाहुनाले पनि पाउँथे । उच्च तहकाले भने यीबाहेक शैम्पेन र ह्विस्कीका बक्सा, स्वदेशी र विदेशी अत्तरका शिशी दैनिक पाउँथे । उपहार यति धेरै हुन्थ्यो कि प्रयोग गरेरै सकिन्नथ्यो । त्यसैले पाहुनाले फर्कंदा सँगै लान्थे ।

राज्यमा नबाबको शासन राम्रो थियो । तर मन्त्रिमण्डलको बैठक भने शौचालयमा बस्थ्यो । नबाब बिहान दुई घण्टा र साँझ दुई घण्टा शौचालय बस्थे । प्रशासनको जरुरी निर्णय लिनुपर्ने अवस्था आइलाग्थ्यो तर नबाब शौचालयबाट निस्कँदै ननिस्कने । त्यसैले राज्यका प्रधानमन्त्री साहबजादा अब्दुल समद खान तथा अन्य मन्त्रीहरु शौचालयमै गएर बैठक गर्थे । स्मरणीय छ, अब्दुल समद खान नबाब हमिदका सम्धी हुन्, रामपुरमा गद्दीका उत्तराधिकारी रजा अलि खान बहादुरका ससुरा । शौचालय यस्तो गरी बनाइएको थियो कि नबाब शौच गर्दै प्राइममिनिष्टर तथा मन्त्रीहरुको कुरो सुनी बस्थे तर मन्त्रीहरुले उनलाई देख्दैनथे । मन्त्रिमण्डलको बैठक चल्दै गथ्र्यो, नबाब हरेक विषयमा फैसला गर्दै निर्णय लेखाउँदै जान्थे । यस्तो बैठक सातामा दुईपटक बस्थ्यो । अन्य दिन पनि प्राइम मिनिष्टर शौचालयमा पस्थे, दिशा गरिरहेका नबाबसँग सल्लाह गर्थे, आदेश लिएर फर्कन्थे । नबाब शौचालयमा बस्दा नै हो प्राइम मिनिष्टर र मन्त्रीहरुले उनीसित सल्लाह र आदेश माग्ने । अरु बेला नबाब अन्य काममै व्यस्त हुने गर्थे । ४२ वर्ष शासन गरेका नबाब हमिदको निधन ५५ वर्षको उमेरमा सन् १९३० को जुन २० मा इराकको करबलामा भयो । उनीपछि रजा अलि रामपुरको नबाब बने ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top