हामी सबै ‘अपराधी’ हौँ


Sunday, 17 Jun, 2018 11:10 PM

  • नरेन्द्रजंग पिटर

मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले यसै साता विराटनगरमा भनेछन्, यो सरकारलाई बिर्सने रोग –(अल्जायमर) लागेको छ । सरकारलाई मात्रै हैन सत्तालाई र आमनेपाली नागरिकलाई पनि अल्जायमरको संक्रामक रोगले गाँजेको छ । त्यसको पहिलो लक्षण भनेकै हिजोलाई बिर्सनु हो । इतिहास भनेको तेस्रोनेत्र हो, त्यसैलाई पोली खानु हो । सुविधाअनुसारका तर्क कोरलेर जनआवेगको वायुपंखी घोडा चढ्दै मिथ्याचेतमा रमाउन उत्तेजित पार्ने नेतृत्वतहलाई अझ प्रोत्साहित गर्नु हो ।

सरकाररूपी सत्ताका रूप फेरिनेबित्तिकै सत्ताका मतियार, अंशियार र चतुरेहरूका भाषा फेरिन्छन् । चालचलन बदलिन्छ्, चाकरी चरित्र नयाँ शैलीमा देखापर्छन् । चतुरेको सुँघ्ने शक्ति अत्यन्तै तिख्खर हुन्छ । वामढल्को नेपाली समाज, अझ एमाले र माकेको एकता र पूर्ण बहुमतिया सरकार गठनसँगै अधिकांश मिडियाका ‘शालीनता’ र ‘भद्रताका’ अर्थै फेरिए । अब भने जनयुद्धको श्रेय र कमजोरीको अंशियार एमाले पनि बन्यो । श्रीपेचमुनिको संसदीय राजनीतिको मैलो पछ्यौरी ओड्ने हकवाला माओवादी केन्द्र पनि । त्यसैअनुसार अहिले अधिकांश मिडिया, बहस, फेसबुके बकबक र टुउटेका टुइटयाँइ हे¥यो भने सरकारसँगै उनीहरूको सौन्दर्य पनि फेरिएको देखिन्छ । उर्दी जे हुन्छ, रैतीले त्यही पालना गर्ने हो । हिजोका व्याख्या, विश्लेषण, ‘गम्भीर’ रचना र विवेचनबाट अब कसरी मुक्त हुने ! मात्र चिन्ता ।

 जनयुद्धकालमा माओवादी र सामान्य जनता गरेर ११ हजार ५ सय १७ जनालाई सत्ताले गैरकानुनी हत्या ग¥यो (बेपत्तासहित) । सेना, प्रहरी र अन्यगरेर ३ हजार १ सय ७८ जना माओवादीतर्फबाट । एनजिओ र मिडियाले बाँकी ४ हजारको बढाएर १७ हजार पु¥याउँदै स्वहत्या गरे । १७ हजारे अंक पहिलोपटक डा.उपेन्द्र देवकोटाले प्रयोग गरे । यदि, पहिलो र दोस्रो शान्तिवार्तामै निकास निस्किएको भए यो संख्या पहिलोमा २ हजार सालाखालामा हुन्थ्यो भने दोस्रोमा दुवैतर्फ ५ हजारभन्दा बढ्ने थिएन ।

यी हत्याका आदेश नेतृत्व सम्हालेका राजनीतिक र फौजी नेता को–को थिए ? के ती समयका सबै ‘अपराधी’ हैनन् । समर्थन गर्न, हौस्याउने योजना बन्न, सो पार्टीलाई समर्थन गर्ने सबै ‘अपराधी’ हैनन् ! हाम्रा आग्रहले त्यसको सोधखोज गर्नै मानेन् । बिनाआदेश स्वनिर्णय गरेर कोटवाडा विमानस्थलका मजदुर हत्या गरेका पूर्वसेनापति रुक्मांगद कटवालले नै आफ्नो पुस्तकमा लेखेका छन् । अझ उनी त सैन्य कोर्टर्मासलका भागी बन्न सक्छन् । मानवबधशाला बनेको भैरवनाथगण त सामान्य थियो, बर्दिया चिसापानी ब्यारेक महाचिहान बनेकै हो । बोरामा हालेर मानवसिकार खेल्दै राप्ती नदीमा बगाउँदा पनि उम्कन सकेका सुभाषलाई मैले भेटेको छु । सत्ताले तय गरेको नीति, विधि र चलन पनि लत्याएर हत्या गर्न आदेश दिने को ?

 अहिले शान्तियुद्धको पक्षधारिता र द्वन्द्व व्यवसायमा बालकृष्ण ढुंगेल चर्चाको शिखरमा छन् तर शाही सेनाबाट विद्रोह गर्दै जनमुक्ति सेनामा सामेल झलकुमार भगतलाई योजनाबद्ध बहसबाट खारेज गरिएको छ । चर्चाहीन छन् । अहिले देशमा शाही सेना हैन नेपाली सेना छ । भगतको बहस र मुद्दा विद्रोहकाल, संक्रमणकालीन न्याय सिद्धान्त र शान्ति सम्झौताका साक्षी सामनेको चुनौती र सत्ता संरचनागत विषय हो । भनिरहनै परेन– जेलमा रहेको ढुंगेल पूर्वमाओवादी र सत्तालाई जति खतरा थिए, नग्रा र दारा निकालिएर सडकमा पछारिएका ढुंगेल अब उनीहरूलाई अर्थहीन हुन्छन् । ढुंगेलको एउटै मुद्दाका पुष्कर गौतम अहिले कसैलाई सरोकार छैन । गौतम जनयुद्धको बीभत्सीकरणसम्म सत्ताको खुब प्रयोग भए अब भने कुनै एनजिओ÷आइएनजिओ वा सत्तालाई नै चासो र चिन्ता रहेन । गौतम उपयोगितावादीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बने । मणिमण्डलीले खुब सेवा त लियो, आखिर विपतमा तेरो कर्मै भनेर टाढियो ।     

 अहिले भने माओवादी जनयुद्धका सुप्रिमो प्रचण्डले आफ्ना बैठककक्षमा कम्युनिष्ट गुरुहरूको फोटो हटाएर बुद्धको ठूलो मूर्ति सजाएका छन्, माओवादी नामबाट समेत बाहिरिएर । अर्का नेता डा.बाबुराम भट्टराईले पनि माओवादीमुक्त नयाँ जनशक्ति पार्टी खोलेका मात्रै छैनन् एउटा अन्तर्वार्ताको क्रममा १० वर्षे जनयुद्धका बेला आफूले कुनै पनि मानिसको हत्या नगरेको र कुनै  मानिसको हत्या भएको हेर्नसमेत नसक्ने बताएका छन् । जनयुद्धका नीति निर्माता चालकसिटमा रहेका ड्राइभरको भनाइलाई कसरी लिने ! हामी त त्यही सवारीका यात्री मात्रै थियौँ । के आफ्नै इतिहासबाट चाहेर कोही मान्छे पनि टाढिन सक्छ ? बात कराता है...... ।

जुनसुकै नाममा भए पनि आखिर यो देशमा १४ हजार ६ सय ९५ जना नेपाली मारिए, त्यसको जिम्मेवार को हो ! के हामी समयका साक्षी मात्र नभई समयका ‘अपराधी’ पनि हैनौं ! हामी सबै अहिले कठघरामा छौं – जो देखेको नांगो कुरा भन्न, बोल्न, प्रतिकारको भूमिकामा उत्रिन सक्दैनौं । आग्रह, विश्वास र समपर्णको अन्धरास्ताले राजा नांगो छ भन्न सक्दैनौं । नेता झुटको पछ्यौरी ओढेर तर्कका गुलिया वचनले विवेकमाथि रजाइँ गरिरहेका छन् – आकाशका तारा झार्ने र समुद्रमन्थन गरेर मोती ल्याउँदै समृद्धिको महायात्रा थालनी गर्ने भन्दै । धोतीको फुर्काे सम्हाल्न नसक्ने जुल्फीमा चमेलीको तेल ! कविले समेत कल्पनै गर्न नसक्ने सपनालाई पनि नेतावाणी पत्याउन विवश । के हामी भविष्यलाई ‘अपराधी’ हैनांै र ! एउटा अदृश्य आस र त्रासको पातलो धागोमा बाँधिएका हामी तीतो सत्यबाट जोगिन चाहन्छौं, नयाँ तर्क कोरल्छौं ।

–इतिहासका साक्षीबन्दा उपलब्धि हुने र त्यसबेला भएका कमीकमजोरीको हिस्सा नलिने पाखण्डी, के हामी समयका ‘अपराधी’ हैनौं ?
–एक निर्वाचित प्रतिनिधि दलित भन्दै पानी छुँदा मारिन्छिन् म मौन छु, मेरो संसद् मौन छ, युवा मुख सिएर बसेका छन् । के हामी समयका ‘अपराधी’ हैनौं ?

ड्ड    नीतगत भ्रष्टतामा सर्वदलीय सहमति हुने । नेता रमिता र तमासा बनेका छन् । संसद् पट्यारिँदो थलो । स्वयं सांसदकौ सदनमा अनुपस्थिति । तर, राष्ट्रिय सम्पत्तिमा भने रत्यौली खेल्दै फाल्टु बकवास । जोक्कर भनेर विश्व भन्छ तर हामी थपडी मारिरहेका हुन्छौँ । के हामी समयका ‘अपराधी’ हैनौं ?

ड्ड    शक्तिपृथकीकरणको सिद्धान्तमा सबैलाई लगाम लगाउने सर्वोच्च अदालत ३ महिनादेखि नेतृत्वविहीन छ, कारण के हो ? सत्ताका चरित्र फेरिँदा न्यायालयको संस्कृति नफेरिनु र अदालतमाथि नै औंला उठ्ने परिस्थिति बनाउन हामी कतिका दोषी छौं ? सदन, न्यायिक क्षेत्रमा आइएनजिओको लगानी हुन्छ, एनजिओकर्मी र राजनीतिक पार्टीका नेता न्यायाधीश बन्छन्, तब पनि जागरुक दबाब सिर्जना गर्न नसक्ने के हामी समयका ‘अपराधी’ हैनांै ?

अन्त्यमा ०६३ साल वैशाख १३ गते पहिलाको माओवादी भएकाले जति इतिहासको हकदार हुँ, त्यत्तिकै कमजोरीको पनि हिस्सेदार हुँ । गणतन्त्रको मुख्य आधार जनयुद्धको धरहरा ढल्दा तमासा हेरिरहेर प्रकाश स्तम्भको शिलान्यास गरिसकेका हामी हाम्रो समयका सबै ‘अपराधी’ हौं ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top